Skip to main content

नयाँ वर्ष २०६९ को शुभकामना ! [Happy New Year 2069]

आज देखि नयाँ वर्ष २०६९ लागेकोछ ! हुन त दिन, हप्ता, महिना उनै हुन् ! बिहान, दिउँसो, बेलुका अनि रातीको आफ्नो ‘टाइमटेवल’ पनि उही नै हो ! तर पनि नयाँ वर्ष भन्ने बित्तिकै, आजको शुक्रबार अन्य शुक्रबार भन्दा पृथक र विशेष छ । यो शुक्रबार नयाँ वर्षको दिनमा परेको छ !

मान्छे उही नै हुन्, सोच उनै हुन् तर पनि नयाँ वर्ष लागेपछि हामी केही राम्रो सोच्ने प्रण गर्छौँ, राम्रो गर्ने प्रण गर्छौँ ! आफ्ना आशा र विश्वासलाई अझ दरिलो पारेर, अघि बढ्ने कुरा नै हुने गर्छन्, वर्षको पहिलो दिनमा ! तर वर्षको अन्त्य सम्म आइपुग्दा, आफूले सोचेका – नसोचेका अनगिन्ती कुराहरु हुन्छन् ! अनि वितेको वर्षलाई नियाल्दा, कुनै कुरा राम्रा लाग्छन्, अनि कुनै कुरा आफैँलाई झुर लाग्छन् ।

सायद नयाँ वर्ष, आफूले गरेका कामहरुलाई फर्किएर हेर्ने स्थान पनि होला, अनि सकरात्मक सोच्ने समय होला । २०६८ मेरा लागि निकै महत्वपूर्ण वर्ष रह्यो ! २०६८ मा इन्जिनियरिङ पास गरियो, पहिलोपटक रेल अनि जेट चढियो, पहिलोपटक नै बेङ्लोर गइयो, इन्टर्नसिपको लागि ! हुन त जिन्दगीमा गरिने सबै कुराहरु पहिलोपटक नै हुन्छन्, तर पनि पहिलोपटक कुनै काम गरियो भने त्यसको बेग्लै खुशी लाग्ने रहेछ ! जिवनमा पहिलोपटक “जागिर” खाने देखि लिएर, पोखरामा हावामा कावा खाँदै प्याराग्लाइडिङ नि गरियो । अनि पहिलोपटक ‘व्यस्तता’ भनेको के रहेछ, भन्ने कुरा पनि अनुभव गर्न पाइएको छ ! धेरै कुरा गर्न मन लाग्छ तर यति व्यस्त भइएकोछ कि, यही ब्लगमा लेख्ने काम पनि निकै पातलिँदै गएको छ !

नयाँ वर्षमा यो नै गर्छु भन्ने योजना बनाइएको छैन !  जे हुन्छ राम्रै को लागि हुन्छ, भन्ने कुरामा प्राय: विश्वास गर्छु !  अन्जानमै गरिएका कुराहरुलाई पनि निरन्तर अभ्यास गर्दै जाँदा, सिक्दै र सुधार गर्दै जाँदा, गरेका प्राय: कुराहरुमा सफल भइने रहेछ भन्ने लाग्छ । आफूले जानेका साना साना कुराहरु अरुलाई पनि बाँड्दै जाँदा आफूमा आत्मविश्वास पनि बढ्दोरहेछ ! धुलिखेलको ४ वर्षे बसाइ पछि, फेरि काठमाडौँ फर्किएको छु ! ४ वर्ष अघि विश्वविद्यालय छिर्दा र गतवर्ष विश्वविद्यालयबाट बाहिर निस्कदाँ आफूमा आकास-पातालको फरक पाएको छु ।

नयाँ वर्ष लागि नै सकेको छ, बितेको समय फर्केर आउँदैन तर त्यस समयमा गरिएका गल्तिहरुलाई सुधार्दै, त्यसै गल्तिबाट सिक्ने प्रयास गर्दै अघि बढ्नेछु । आफ्नो ठाउँ र सामर्थ्यले भ्याएसम्म, अनि आफ्नो ब्रम्हले देखेसम्म सबैको भलो हुने कुरा गर्न नै कोशीस गर्नेछु !

Happy New Year 2069“आकार पोष्ट” ब्लग पढ्नुहुने, “आकार अनिल” भनेर चिन्नुहुने, माया र सहानुभुति दर्शाउनु हुने, देश विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको पल शुभ बितोस् ! “Happy New Year 2069” !

Comments

  1. नया बर्षको धेरै धेरै शुभकामना आकारजी र तपाइंको यो ब्लग भिजिट गर्न आउने सबै मित्रहरुलाई ..

    ReplyDelete
  2. 2068 was also for me a nice year and hope this 2069 will help me to fulfill my dream too. :-)


    Nice Post Aakar. Keep writing. I'm sure it will help you to bring our your inner creativity and make more mature in writing and that will be base of your passion - The Writing. Wish you all the best. God bless you. :-)


    नव वर्ष २०६९ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।


     ~ J :-)

    ReplyDelete
  3. असाध्यै घतलाग्दो ब्लग पोस्ट .... साह्रै नै मज्जा आयो पढेर.... नयाँ बर्षको धेरै धेरै शुभकामना साथी ... तिम्रो उत्तरोत्तर प्रगतिको कामना गर्दै आउने दिनहरु पनि शुभ रहोश... 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post