Skip to main content

हैट ! प्रोक्रास्टिनेसन

खण्ड गर्न आन्दोलन !
अखण्ड राख्न आन्दोलन !
जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन !
संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला?

अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ।


हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न, इन्टरनेट भएकोबेला फेसबुक, ट्विटर चलाउँदैमा फूर्सद हुन्न आदि इत्यादी । मैले जुन समस्या हुन् भनेर सोचेको थिँए, सायद ती आफैँमा समस्या थिएनन्, सायद म आफू बहाना बनाइरहेकोथिँए, भोलि भोलि भन्दै आफू अल्छि बनिरहेकोथिँए । हुन त अफिसबाट थकित नै भएर घर आइएको हुन्छ, तर घर आएर गर्न सकिने कामहरु पनि विभिन्न बहाना बनाएर पछाडी नै धकेलिन्छ ।

अफिसमा ८ घन्टा काम गरेर घर आयो, घर आउँदा बत्ति हुन्न, कस्तो काम गर्ने जोशले घर आइएको हुन्थ्यो तर बत्ति नहुँदा खिन्न भइन्थ्यो । लौ अब भोलि काम गरुँला भनेर मन बुझाइन्थ्यो । बत्ति आइरहेकोबेला, कहिलेकाँही मुड चल्थ्यो, कम्प्युटर अन गर्यो, कम्प्युटर नै स्लो लाग्थ्यो, कम्प्युटर अलिक चलेजस्तो लाग्दा, इन्टरनेट स्लो लाग्थ्यो । जब बत्ति, कम्प्युटर, इन्टरनेट सबैको अवस्था ठिकठाक हुन्थ्यो, बस्ने ठाउँ नमिलेको जस्तो लाग्थ्यो, घरमा कम्प्युटर चलाउने सँधै एउटा कुनो, मलाई काम गर्न समस्या नै समस्या भएजस्तो लाग्थ्यो, त्यही नि कहिलेकाँही अपर्रझट गर्नुपर्ने काम गरिन्थ्यो, कतिपय काम भोलि भोलि भन्दै साँचिराखिन्थ्यो ।

मलाई लाग्यो समस्या म'मा हैन, मेरो वरिपरि छ । यदि मेरो इन्टरनेट राम्रो हुने हो, लोडसेडिङ नहुने हो, कम्प्युटर गज्जबले चल्ने हो भने त काम गरिहाल्थेँ नि, 'प्रडक्टिभ' भइहाल्थेँ नि भन्ने कुराले धेरै महिनासम्म डेरा जमायो । अनि त झन् आज गर्नसक्ने कुरो पनि, इन्टरनेट राम्रो नभएर पो त, बत्ति नभएर पो त नभए गरिहाल्थेँ भनेजस्तो लाग्यो । अत: मलाई काम गर्न वाधा पारिरहेका कुराहरु (जुन मैले सोचेको थिँए) समाधान गर्नतर्फ लागेँ ।

पहिलो कुरो त लोडसेडिङ, अफिसबाट घर आइपुग्दा, घर अन्धकार देख्दा केही गर्नै मन नलाग्ने हुन्थ्यो, लाग्यो यो पहिलो कुरो समाधान गरियो भने, मेरो लगभग सबैकुरा समाधान हुन्छ । इन्भर्टर राख्यो भने, ल्यापटप चार्ज गर्न पनि भयो, इन्टरनेटमा पनि समस्या नहुने । यही सोचेर फ्ल्याटमा एउटा इन्भर्टर राखियो, बत्ति र इन्टरनेट राउटरको लागि, ईमरजेन्सी परेको बखत ल्यापटप र फोन पनि चार्ज गर्न मिल्ने ।

इन्भर्टर राखियो तर मेरो समस्या ज्युँ'का त्युँ रह्यो । मलाई किन किन, ईन्टरनेटको ब्यान्डविड्थमा समस्या लाग्यो, ईन्टरनेट अलि तुफान चल्ने भए'पो मैले काम सजिलो सँग गर्न सक्थेँ । ईन्भर्टर छ, तर ईन्टरनेट राम्रो छैन, आज गर्नुपर्ने काम, भोलि - भोलि भन्न यत्ति काफी थियो । केही महिना यस्तैसँगले बिताइयो । धेरै महिना सोचेर, वायरलेस ब्रोडब्यान्ड छाडेर, फाइबर इन्टरनेट लिने निर्णय गरियो, यो आशामा कि म फाइबर इन्टरनेट जोडिएको दिनदेखि 'प्रडक्टिभ' भइहाल्छु भनेर । फाइबर इन्टरनेट पनि जोडियो, अझै काम गर्ने जाँगर चलेन, म त अझ समस्या देख्दैथिँए। मेरो ल्यापटप मेरो लागि समस्या भएर खडा भयो, हुन त ल्यापटपको सट्टमा 'ट्याब' नै लिएको थिँए, जहाँ पनि बोकेर सजिलै जानमिल्ने, केही कामहरु ट्याबबाटै पनि गर्न सकिन्छ भनेर, तर जे सोचेर ट्याब लिइएको थियो, त्यही अनुसारको काम गरिएन । बरु अंग्रेजी सिरिज र सयौँ मुभीहरु सुतेर हेरियो, ट्याबमै । टेबल कुर्सी, बत्ति, ईन्टरनेट सबै भयो तर ल्यापटप भएन भन्ने लाग्यो, ल्यापटप भए त गरिहाल्थेँ नि भन्या जस्तो लाग्यो । काम नगरिएको बहाना खोज्दै खोज्दै नयाँ ल्यापटप पनि किनियो ।

साथमा नयाँ ल्यापटप हुँदा पनि, जुन आफूले गर्छु भनेर सोचिएको थियो, त्यो गरिएन । बत्ति, ईन्टरनेट, ल्यापटप सबै भयो, अब आफूलाई टेबल र कुर्सीमा समस्या लाग्नथाल्यो । यी सबै कुराहरु भएपछि, म 'प्रडक्टिभ' भइहाल्छु भन्ने लागेको थियो, तर घर आइपुगेपछि त्यही टेबल र कुर्सी समस्या'का रुपमा खडा भए । मैले अर्को फरक किसिमको कुर्सी लिने, अर्को टेबल लिने विचार गरेँ, विचार गर्नुमात्रै के थियो, नयाँ किसिमको कुर्सी पनि लिँए । तर यसले नि मलाई कुनै फलिफाप भएन, पहिले जस्तो थिँए, त्यस्तै नै भएँ, फरक यत्ति थियो बत्ति जाँदैनथियो, ईन्टरनेटको ब्यान्डविड्थ राम्रो थियो, नयाँ ल्यापटप थियो, १०-११ घन्टा सजिलै ब्याट्रि टिक्थ्यो, नयाँ प्रकारको कुर्सी थियो । मैले औँल्याएको सबै समस्या समाधान भइसक्दा पनि आफ्नो 'प्रडक्टिभिटि'मा चाँहि 'वाट्' नै लागिरहेकोथियो । केही गर्छु भन्दा भन्दै पनि, भोलि भोलि भनेर टार्दै गइएको थियो । सायद मैले आफ्नो समस्या के हो भनेर बुझेकै थिइन । कहिलेकाँही आफ्नो समस्या के हो, कसरी व्यवस्थापन गर्ने भनेर नजान्दा, आफ्नो लक्ष्य के हो भनेर हेक्का नराख्दा, भोलि भोलि भनेर काम साँचिने रहेछ । यो भए यसो गर्थेँ, त्यो भए यसो हुन्थ्यो भन्ने फगत कल्पना मात्रै हुने रहेछन् ।

ईन्टरनेटमा डुल्दै गर्दा केही समय अघि पढिएको 'प्रडक्टिभिटि' सम्बन्धी लेखले चाँहि नराम्रो सँग घच्घच्यायो । म जे कुरा मेरा समस्या हुन् भनेर भनिरहेको थिँए, खासमा ती समस्या भन्दा पनि बहाना मात्रै थिए । उक्त लेख पढेपछि चाँहि नियमित केही न केही काम गरिरहेकोछु, (के/कसरी/कस्तो 'प्रडक्टिभिटी' भनेर पछि लेखौँला) । ट्विटरको फिडमा, अखण्ड भन्दै चलेको आन्दोलनमा आज २ जनाले ज्यान गुमाइसके भन्ने खबर पढियो। अनि खण्ड र अखण्डका लागि चलिरहेको आन्दोलन, धर्म र जातिय प्रदेशका लागि चलिरहेका आन्दोलन आदिले, त्यही 'समस्या र प्रडक्टिभिटी'का कुराहरु 'दिमाग'मा ठोक्किन आइपुग्यो । हामीलाई संविधान बनेपछि सबै समाधान हुन्छ, संविधान नभएर पो त विकास नभएको, संविधान नभएर पो त फलानो जात पछि परेको, संविधान नबनेर पो त फलानाको राज्यमा पहुँच नपुगेको, अधिकार नपाइएको आदि इत्यादी भन्ने लागेको छ, तर ती फगत बहानाहरु मात्रै हुन् । एउटा जिल्ला त के, एउटा वडा पनि नमुना वडा भनेर बनाइएको छैन । प्लानिङ केही छैन । खै के, खै के !

Download Aakar Post Android App

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post