Skip to main content

हैट ! प्रोक्रास्टिनेसन

खण्ड गर्न आन्दोलन !
अखण्ड राख्न आन्दोलन !
जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन !
संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला?

अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ।


हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न, इन्टरनेट भएकोबेला फेसबुक, ट्विटर चलाउँदैमा फूर्सद हुन्न आदि इत्यादी । मैले जुन समस्या हुन् भनेर सोचेको थिँए, सायद ती आफैँमा समस्या थिएनन्, सायद म आफू बहाना बनाइरहेकोथिँए, भोलि भोलि भन्दै आफू अल्छि बनिरहेकोथिँए । हुन त अफिसबाट थकित नै भएर घर आइएको हुन्छ, तर घर आएर गर्न सकिने कामहरु पनि विभिन्न बहाना बनाएर पछाडी नै धकेलिन्छ ।

अफिसमा ८ घन्टा काम गरेर घर आयो, घर आउँदा बत्ति हुन्न, कस्तो काम गर्ने जोशले घर आइएको हुन्थ्यो तर बत्ति नहुँदा खिन्न भइन्थ्यो । लौ अब भोलि काम गरुँला भनेर मन बुझाइन्थ्यो । बत्ति आइरहेकोबेला, कहिलेकाँही मुड चल्थ्यो, कम्प्युटर अन गर्यो, कम्प्युटर नै स्लो लाग्थ्यो, कम्प्युटर अलिक चलेजस्तो लाग्दा, इन्टरनेट स्लो लाग्थ्यो । जब बत्ति, कम्प्युटर, इन्टरनेट सबैको अवस्था ठिकठाक हुन्थ्यो, बस्ने ठाउँ नमिलेको जस्तो लाग्थ्यो, घरमा कम्प्युटर चलाउने सँधै एउटा कुनो, मलाई काम गर्न समस्या नै समस्या भएजस्तो लाग्थ्यो, त्यही नि कहिलेकाँही अपर्रझट गर्नुपर्ने काम गरिन्थ्यो, कतिपय काम भोलि भोलि भन्दै साँचिराखिन्थ्यो ।

मलाई लाग्यो समस्या म'मा हैन, मेरो वरिपरि छ । यदि मेरो इन्टरनेट राम्रो हुने हो, लोडसेडिङ नहुने हो, कम्प्युटर गज्जबले चल्ने हो भने त काम गरिहाल्थेँ नि, 'प्रडक्टिभ' भइहाल्थेँ नि भन्ने कुराले धेरै महिनासम्म डेरा जमायो । अनि त झन् आज गर्नसक्ने कुरो पनि, इन्टरनेट राम्रो नभएर पो त, बत्ति नभएर पो त नभए गरिहाल्थेँ भनेजस्तो लाग्यो । अत: मलाई काम गर्न वाधा पारिरहेका कुराहरु (जुन मैले सोचेको थिँए) समाधान गर्नतर्फ लागेँ ।

पहिलो कुरो त लोडसेडिङ, अफिसबाट घर आइपुग्दा, घर अन्धकार देख्दा केही गर्नै मन नलाग्ने हुन्थ्यो, लाग्यो यो पहिलो कुरो समाधान गरियो भने, मेरो लगभग सबैकुरा समाधान हुन्छ । इन्भर्टर राख्यो भने, ल्यापटप चार्ज गर्न पनि भयो, इन्टरनेटमा पनि समस्या नहुने । यही सोचेर फ्ल्याटमा एउटा इन्भर्टर राखियो, बत्ति र इन्टरनेट राउटरको लागि, ईमरजेन्सी परेको बखत ल्यापटप र फोन पनि चार्ज गर्न मिल्ने ।

इन्भर्टर राखियो तर मेरो समस्या ज्युँ'का त्युँ रह्यो । मलाई किन किन, ईन्टरनेटको ब्यान्डविड्थमा समस्या लाग्यो, ईन्टरनेट अलि तुफान चल्ने भए'पो मैले काम सजिलो सँग गर्न सक्थेँ । ईन्भर्टर छ, तर ईन्टरनेट राम्रो छैन, आज गर्नुपर्ने काम, भोलि - भोलि भन्न यत्ति काफी थियो । केही महिना यस्तैसँगले बिताइयो । धेरै महिना सोचेर, वायरलेस ब्रोडब्यान्ड छाडेर, फाइबर इन्टरनेट लिने निर्णय गरियो, यो आशामा कि म फाइबर इन्टरनेट जोडिएको दिनदेखि 'प्रडक्टिभ' भइहाल्छु भनेर । फाइबर इन्टरनेट पनि जोडियो, अझै काम गर्ने जाँगर चलेन, म त अझ समस्या देख्दैथिँए। मेरो ल्यापटप मेरो लागि समस्या भएर खडा भयो, हुन त ल्यापटपको सट्टमा 'ट्याब' नै लिएको थिँए, जहाँ पनि बोकेर सजिलै जानमिल्ने, केही कामहरु ट्याबबाटै पनि गर्न सकिन्छ भनेर, तर जे सोचेर ट्याब लिइएको थियो, त्यही अनुसारको काम गरिएन । बरु अंग्रेजी सिरिज र सयौँ मुभीहरु सुतेर हेरियो, ट्याबमै । टेबल कुर्सी, बत्ति, ईन्टरनेट सबै भयो तर ल्यापटप भएन भन्ने लाग्यो, ल्यापटप भए त गरिहाल्थेँ नि भन्या जस्तो लाग्यो । काम नगरिएको बहाना खोज्दै खोज्दै नयाँ ल्यापटप पनि किनियो ।

साथमा नयाँ ल्यापटप हुँदा पनि, जुन आफूले गर्छु भनेर सोचिएको थियो, त्यो गरिएन । बत्ति, ईन्टरनेट, ल्यापटप सबै भयो, अब आफूलाई टेबल र कुर्सीमा समस्या लाग्नथाल्यो । यी सबै कुराहरु भएपछि, म 'प्रडक्टिभ' भइहाल्छु भन्ने लागेको थियो, तर घर आइपुगेपछि त्यही टेबल र कुर्सी समस्या'का रुपमा खडा भए । मैले अर्को फरक किसिमको कुर्सी लिने, अर्को टेबल लिने विचार गरेँ, विचार गर्नुमात्रै के थियो, नयाँ किसिमको कुर्सी पनि लिँए । तर यसले नि मलाई कुनै फलिफाप भएन, पहिले जस्तो थिँए, त्यस्तै नै भएँ, फरक यत्ति थियो बत्ति जाँदैनथियो, ईन्टरनेटको ब्यान्डविड्थ राम्रो थियो, नयाँ ल्यापटप थियो, १०-११ घन्टा सजिलै ब्याट्रि टिक्थ्यो, नयाँ प्रकारको कुर्सी थियो । मैले औँल्याएको सबै समस्या समाधान भइसक्दा पनि आफ्नो 'प्रडक्टिभिटि'मा चाँहि 'वाट्' नै लागिरहेकोथियो । केही गर्छु भन्दा भन्दै पनि, भोलि भोलि भनेर टार्दै गइएको थियो । सायद मैले आफ्नो समस्या के हो भनेर बुझेकै थिइन । कहिलेकाँही आफ्नो समस्या के हो, कसरी व्यवस्थापन गर्ने भनेर नजान्दा, आफ्नो लक्ष्य के हो भनेर हेक्का नराख्दा, भोलि भोलि भनेर काम साँचिने रहेछ । यो भए यसो गर्थेँ, त्यो भए यसो हुन्थ्यो भन्ने फगत कल्पना मात्रै हुने रहेछन् ।

ईन्टरनेटमा डुल्दै गर्दा केही समय अघि पढिएको 'प्रडक्टिभिटि' सम्बन्धी लेखले चाँहि नराम्रो सँग घच्घच्यायो । म जे कुरा मेरा समस्या हुन् भनेर भनिरहेको थिँए, खासमा ती समस्या भन्दा पनि बहाना मात्रै थिए । उक्त लेख पढेपछि चाँहि नियमित केही न केही काम गरिरहेकोछु, (के/कसरी/कस्तो 'प्रडक्टिभिटी' भनेर पछि लेखौँला) । ट्विटरको फिडमा, अखण्ड भन्दै चलेको आन्दोलनमा आज २ जनाले ज्यान गुमाइसके भन्ने खबर पढियो। अनि खण्ड र अखण्डका लागि चलिरहेको आन्दोलन, धर्म र जातिय प्रदेशका लागि चलिरहेका आन्दोलन आदिले, त्यही 'समस्या र प्रडक्टिभिटी'का कुराहरु 'दिमाग'मा ठोक्किन आइपुग्यो । हामीलाई संविधान बनेपछि सबै समाधान हुन्छ, संविधान नभएर पो त विकास नभएको, संविधान नभएर पो त फलानो जात पछि परेको, संविधान नबनेर पो त फलानाको राज्यमा पहुँच नपुगेको, अधिकार नपाइएको आदि इत्यादी भन्ने लागेको छ, तर ती फगत बहानाहरु मात्रै हुन् । एउटा जिल्ला त के, एउटा वडा पनि नमुना वडा भनेर बनाइएको छैन । प्लानिङ केही छैन । खै के, खै के !

Download Aakar Post Android App

Comments

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

माइक्रोसफ्ट पेन्ट बन्द हुने

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

Subscribe to Aakar Post