Skip to main content

Posts

Showing posts with the label Satire - humor

केही हप्ता अगाडि हाम्रो कलेज मा मानवअधिकार चलचित्र प्रदर्शनी सप्ताह को उद्’घाटन गरिएको थियो । उद्’घाटन समारोह मा शिक्षक, राजनितिज्ञ / सभासद, विद्यार्थी, चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम मा वक्ताहरुले, मानवअधिकार माथि आफ्नो मन्तव्य राखेका थिए । अनि बढ्दो मानवअधिकार हनन, मानवअधिकार चलचित्र, अनि अहिलेको खुला समाज आदिका बारेमा खुलेर कुरा राखेका थिए । “यहाँ मानवअधिकार भनेपछि, त्यही हत्या, बलात्कार, लुटपाट का घटनालाई मात्र हेर्ने गरिएको छ, यहाँ दिनहुँ मानवअधिकार हननका घटना घटिरहेकाछन्, तर ती विषयवस्तु हाम्रा चलचित्रका विषयवस्तु बन्न सकेका छैनन् । त्यसैले यस्ता चलचित्र को प्रदर्शनी जरुरी छ, साथै आउनुहोस् हामीबाट मानवअधिकार हनन हुने काम कहिले पनि हुने छैन भनेर प्रण गरौँ ।” हलमा ताली बज्यो, साहित्यकार समेत रहेका सभासद, उनले (नाम चाँहि उल्लेख नगरौँ) आफ्नो मन्तव्य राखे । चलचित्रको क्षेत्र व्यापक छ भन्दै, उनले अहिलेको जमानामा केही कुरामा पनि बन्देज लगाउन नहुने बताए । केहीदिन भयो, पत्रिकामा, इन्टरनेटमा एउटै समाचार छाइरहेकाछन्, अनि मेरो दिमाग खल्बल्याइरहेको छन् । खबर छ: “मिस

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---------------------------------- हामीहरुको महान चाड बडादशैँ को उपलक्षमा यस ब्लगका सम्पुर्ण शुभचिन्तक तथा देश विदेश मा रहनुभएका ब्लगर मित्रहरु तथा पाठकहरुमा "आकार" को तर्फबाट शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना ! --------Happy Dashain-------- This cartoon says more than 1000's words about our reality. (click on photo for larger view) Note: This cartoon is created by ABIN and "Aakar Post" has got the permission to publish it. Please do not PUBLISH this card in any blog or website or by any means without permission. Thank You !

खान हामी सँधै अगाडि, सबैभन्दा पहिलो हाम्रो काम खाने । जतिसुकै अभावमा पनि खाइएकै छ, भलै राम्रो नभएपनि । जतिसुकै महंगीमा पनि बाँचिएकै छ । हाम्रो पहिलो काम नै खाने काम भएकोले, उहिले स्वर्गिय व्यङ्ग्यकार भैरव अर्याल ले पनि हाम्रो यो प्रवृतिलाई नै दह्रो दनक दिएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटा ले पनि लेखेकै हुन् । तर जसले जति नै भनेपनि हाम्रो बानि कहाँ परिवर्तन भा’छ र ! नेताले देश खाए, जनताले त्यही सुकेको च्युरा खान पनि गाह्रो हुँदै गए । सर्वहारा को अर्थ पनि गज्जबैले लगाए: सर्व‌+आहार = सर्वहारा, भन्नको मतलब भेटेको जति सबै को खाने हो रे । मेरो दिमाग पनि यो भन्दा माथि उठ्न सकेन, खान छाडेर काँ’ अरु कुरा सोच्ने फुर्सद छ र ? यहाँ कसैले पनि भ्रष्टचार गर्दैन, खान को लागि गरेको काम पनि कहिँ भ्रष्टचार हुन्छ र ? यो गरेकै खानको लागि हो, उहिले गिरिजा ले “लाउडा” खाएरे, अनि तिनले पनि खाए रे, अनि उसको त कुरै नगरौँ, अधिक नै खाए रे । खा’को त हो नि, ला’को हैन, राखेको हैन क्यारे त ! अरुलाई बाल मतलब ! देशमा चुनाउँ हुँदा पनि खाए रे, अस्ति कोशीमा बाढि आउँदा पनि खाए रे, सुकुमबासी बनेर पनि खाए रे, भाले भ

नेपाल को सडक कति धेरै सस्तो आन्दोलन त्यहीं हुने, जुलुस पनि त्यहीं अरु त अरु भए, नेता जान्छन् त्यही सडक ! विशेषता धेरै भएको सडक अरु कहाँ-कहाँ छ र ? मान्छे तात्न त्यही सडक त फोहर फ्याँक्न त्यही सडक, अरु त अरु भए, हुने गर्छ दिनहुँ झडप ! आफ्नो माग पुरा गराउन सबै ताक्ने त्यही सडक स्वास्नि कुटे त्यही सडक पार्टि फुटे त्यही सडक, अरु त अरु भए, कुख्रो किचेपनि त्यही सडक ! गाडि गुड्नुपर्ने त्यहाँ गाडिको त नामै छैन कहिले जान्छन् विद्यार्थी त कहिले शिक्षक त्यही सडक, अरु त अरु भए, मुल्य बढे त्यही सडक ! -सुनिल घिमिरे

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड । आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

speaking broken language: Recently there was an especial press conference amidst budget of the fiscal year 2065 organized at one of the corner of valley. Our finance minister was incessantly explaining the causes of the budget crashes accrediting to the numerous political chaos. He was giving his best explanations to escape from the various accusation and cross-questions put forwarded by different constituent assembly members. With his despotic position of finance minister, he was utmost liberal in bombarding Nepali and English statement at a time to prove his explanations perfect and ideal. His cultural value for the Nepali language he was using was far deviating from his optimism towards the future prospect of Nepali budget. It was quite sarcastic to hear from a responsible leader of nation such inappropriate decoration of Nepali statements with his broken English just to give the bitter flavor of his obsession towards his native economic progress. This is just the example of the nak

अनुत्तरित प्रश्न उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो । ------------------------------------------------------------------------ वन्यजन्तु संरक्षणविद एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे । अस्ति

-ईशान गजुरेल ती बुर्जुवा विस्तारवादी भारतीय दलालहरूलाई जब सम्म हाम्रा नेताहरुले हाम्रो भावना नबुझी,जनताको चहाना नबुझी, भित्र-भित्रै आफ्ना नाता-गोता का मान्छे को सुख सुबिधा कै लागि, बाहिर देखावटि रुपमा राष्ट्रिय – अन्तराष्ट्रिय परिवेश बुझेर चल्नु पर्छ भनेर खोक्रो र तुच्छ कुटनितिक भाषा र व्यवहार देखाउँछन् । त्यस्ता को अन्त्य निश्चित छ । जनताले चाहेको ठूलो दाइ हैन,असल छिमेकी राष्ट्र हो, यदी भारतीय शासक मा त्यस्तो चरित्र छैन भने नेपाली नेताले भारत बाहेक पनि संसारमा धेरै देश छन्, थुप्रै हितैषी देश छन् भन्ने बुझी ती देशहरुसँग व्यापारीक सम्बन्ध बढाउनुपर्छ । उदाहरणको लागि, नेपाल ले वार्षिक १० प्रतिशत ले आर्थिक बृध्दि गरिरहेको चिनसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँस्नुपर्छ । त्यतीखेर भारतले नेपाली आफूमा निर्भर नभएपछि, नेपालीलाई अघोषित आर्थिक नाकावन्दि गर्ने आँट गर्ने छैन । यो नै जनताको नेपाल कम्युनिष्ट पार्टि माओवादीलाई म्यान्डेट हो । जनताको म्यान्डेट अनुसार नचलेरै बुर्जुवा कांग्रेस र एमालेहरु चुनाव मा हारे ! त्यसैले पनि अब बन्ने सरकारले नेपाली जनताको चाहनालाई व्यबहारमा लागु गर्नु पर्छ । त्यसमै नय

- ईशान गजुरेल [email protected] टेबुलमा कम्प्युटर आरामले बसेको छ । र त्यसको बायाँपट्टी टक्-टक् आवाज निकाल्दै रातलाई चुनौती दिँदैछ मेरो घडी । मैले त्यसलाई घुरेको आधाघण्टा भयो उपलब्धि, केबल समयनाश । आज म त्यो घडिमा मेरो देश देख्दैछु, अनि त्यसका सुइहरुमा राजनिति जसलाई चलाईराखेका छन् ब्याट्रीले । ती ब्याट्रीमा म नेतालाई देख्छु । बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ, फेर्नेमान्छे अर्थात स्वयम मलाई म जनता देख्छु । घडिमा तिथी पनि छ, घडिमा १,२,….१२ अंक पनि छन्, हरेक अंकमा म देशमा घट्ने घटना देख्छु । र मैले त्यस घडिमा एकनासले निकम्मा भएर हेरेको देख्दा, ती नेताले, म जनतालाई राजनितिको सुई घुमाउँदै विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ संविधानसभा आउँछ-आउँछ भनेर १२ बजे पुग्दा नपुग्दै आफ्नो रुप फेरेर फेरी तिनै घटना दोहोय्राउँदै छन् ॥ एक समय आउला जब ती राजनितिक सुई १२ अंकमा टक्क रोकिएला जुनबेला ब्याट्री फेल हुनेछन्, र नयाँ ब्याट्री फेर्नुपर्नेछ मैले ॥

“नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ, श्रृष्टिको बिहानी सृजना गर्ने शिव त्यो तिम्रै हो, विश्वमा शान्ति फैलाइदिने बुध्द त्यो तिम्रै हो, विश्वको शिर उठाइदिने सगर तिम्रै हो, हिरा र मोती फलाइदिने धरती तिम्रै हो, नेपाल ले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ …. मेची र काली,गण्डकी कोशी,सबै यो तिम्रै हो, विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो, चन्द्र र सूर्य हाँसेर बस्ने यो झण्डा तिम्रै हो, गुँरास माथि डाँफेले नाच्ने यो देश तिम्रै हो, नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ।” हामीसँग के छ ? अनि हाम्रो कर्तव्य के हो ? माथि उल्लेखित गितका हरफले सबै भनिसकेकोछ, तर हामी किन नचाहिँदा बखेडा झिकिरहेका छौँ । साँच्चै हामीसँग नभएको केही छैन,तर हामी मौका मा काम गर्न सक्दैनौँ अथवा भनौँ हामी गर्न चाहँदैनौँ। “करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल….” - हाम्रो एउटै देश छ नेपाल अनि यहाँ सबै नेपाली छन्,कोही पराइ छैन तर किन हो थाहा छैन,सबै नानाथरीका बहाना बनाइरहेका छन् । अनि आपसमै फुट ल्याइरहेकाछन् । केही समयअघिस

"अब त खान पनि नसकिने भयो,हैन कस्तो महंगी बढेको,के भा'को होला ?" एक अपरिचित यसै भन्दै थिए यहीँ नजिकैको किराना पसल मा । सोधेँ पत्ता लाग्यो-उनी तेल किन्न आएका रहेछन्,अनि तेल को दाम सुनेर तीन छक्क परेकारहेछन् । "एक महिना अगाडिसम्म प्रति लिटर १३० रुपियाँको हाराहारीमा रहेको तोरीको तेलको मूल्य अचेल डेढ सयभन्दा माथि पुगिसकेछ । के गर्नु भाइ देशमा लोकतन्त्र नभै 'भोकतन्त्र' आ'कोर'छ !" उनले भने । म खिसिक्क हाँसेर भनेर -"के गर्ने दाइ ? नेताले,मन्त्रिले खान पा'कै छन् क्यारे ! अनि पेट्रोल,डिजेल जति महंगो भएपनि गाडि चढेकैछन् क्यारे" । उनले पनि सहमति जनाए -"त्यही त भन्या" अनि तुरुन्तै आक्रोश पोखे "सबलाई एउटै लाइनमा लगाएर गोली ठोक्नुपर्ने,यसै नभाको-उसै नभाको,हुन पनि कति सम्म महंगो भाको'त" । म केही बोल्न सकिंन मात्र टाउको हल्लाएँ । चुनाव आइसकेको छ तर खाद्यवस्तु देखि लिएर सब चिजमा दाम ह्वात्तै बढेको छ । उनमा पिडा झल्किएको थियो साथै आक्रोश पनि । "अब त सय-पचास ले त केही नै नहुने भयो"-उनी भन्दै गए, म केही बोलिन मात्र टाउक

नेपाल को स्थिति यस्तै छ : गणतान्त्रिक राजतन्त्र समय साप्ताहिक मा चसक शीर्षक मा प्रकाशित अबिन को कार्टुन संघीय लोकतान्त्रिक गणतन्त्र पारित व्यवस्थापिका-संसद्ले अन्तरिम संविधान संशोधन गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने निर्णय गरेको छ । गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट हुनेछ । संसद्को दुई तिहाइले संविधानमा तेस्रो संशोधन पारित गरी मुलुकलाई गणतन्त्रात्मक राज्य बनाएको हो । सभामुख सुवास नेम्वाङले संविधानको तेस्रो संशोधन शुक्रबारै प्रमाणीकरण गरेका छन् । राजाले संविधानसभा चुनाव हुन नदिन गम्भीर व्यवधान गरेमा संविधानसभा निर्वाचनअगाडि नै गणतन्त्र कार्यान्वयन गर्न सक्ने व्यवस्थासमेत संशोधनमा छ । अन्तरिम संसद्ले दुई तिहाइबाट गणतन्त्र कार्यान्वयन गर्न सक्नेछ ।

-आकार अंग्रेजी नयाँ वर्ष २००८ को आगमन भएको छ , तपाईहरु पनि “पार्टि” मा जाँदैहुनुहुन्छ होला, मोज गर्नुस्। वास्तवमा हामी भोज ख्वाउन भन्दा पनि खान माहिर छौं। भन्ने नै हो भने , भोज हाम्रो नेपाली संस्कृति नै बनिसकेकोछ । जस्तो हेर्ने हो भने , हाम्रो समाज मा जन्म देखि मृत्यु सम्म नै भोज गर्नुपर्छ । जन्मेपछि गरिने न्वारन,पास्नि,ब्रतबन्ध,बिहे आदि ईत्यादिलाई भोज को पर्यायबाची शब्द भनिदिँदा पनि फरक पर्दैन । तर “ घाँटी हेरि हाड निल्नुपर्ने ” व्यक्तिले पनि अरु को देखासिकी गर्दा भने “ भोजको ऋणको बोझ ” उसको घाँटीमा पासो सरह जीवन पर्यन्त झुन्डिरहन्छ । अहिले त हामी भोजलाई पार्टि पनि भन्न थालेका छौँ । तपाईको परिवार मा कसैको जन्म भयो , सबैले तपाईलाई घेर्न थाल्छन् , के हो पिता जी भईसक्दा पनि पार्टि नगर्ने ? त्यस्तै, हेर्नुस है शर्मा जी , पास्नि चाँही न्वारन को भन्दा अलि दह्रो हुनुपर्छ है , ….. आदि ईत्यादि । कसैले SLC पास गर्छ , फेरी भोजकै कुरा , हैन यत्रो पास हुँदा पनि भोज नख्वाउने , १२ पनि पास गर्छ , सायद डिग्री पनि गरिसक्छ तर भोज ले उसलाई छोड्दैन । भोज खान खोज्ने जिब्राहरु यत्रतत्र भेटिन्छन । त्यस्तै

भर्खरै माधब नेपाल ले दिएको अभिव्यक्ति माथि गरिएको ब्यङ्ग्य: समय साप्ताहिक मा प्रकाशित चसक शीर्षक को अबिन को कार्टुन । हिजोआज "कार्टुन" ब्यङ्ग्य माथि प्रहार गर्ने एक सशक्त माध्यम बनेको छ ।

-आकार "तर " कुनै काम पार लगाउने सन्दर्भ या दुध को तर को लागि भनेको होइन । यहाँ " तर " अर्थात but, लेकिन को कुरा गरिदैँछ । " तर " एउटा ठुलै शब्द रहेछ । हाम्रो नेपाल को सन्दर्भ मा प्रचलित केहि " तर " हरु: नेपाल मा के छ , अनि के छैन ? Ø मोवाइल सेट छ , तर सिम छैन । Ø सिम छ , तर नेटवर्क छैन । Ø जलस्रोत छ , तर खानेपानी छैन । Ø जलस्रोत छ , तर बिजुली छैन । Ø बिजुली छ , तर लाइन छैन । Ø लोढसेडिङ छ , तर कहिले-कति-हुन्छ ठेगान छैन । Ø गाडि छ , तर पेट्रोल छैन । Ø सिलिन्डर छ , तर ग्यास छैन । Ø ग्यास छ , तर पैसा छैन । Ø सरकार छ , तर राज्य छैन । Ø प्रशासन छ , तर सुशासन छैन । Ø रेडियो छ , तर फ्रिक्वेन्सी छैन । Ø फोहोर छ , तर डम्पिङसाइट छैन । Ø गाडि छ , तर बाटो छैन । Ø राज्य जिर्ण बन्दैछ , तर कुनै लाउके नेतालाई मतलब छैन । Ø भारत ले सिमाना मिच्दैछ , तर कुनै प्रतिक्रिया छैन । Ø महँगी छ , तर आम्दानी छैन । Ø बेरोजगारी छ , तर काम छैन । Ø काम छ , तर जनशक्ति छैन । Ø जनशक्ति छ , तर प्रबिधि छैन । Ø कृषक छन् , तर उत्पादन छैन । Ø उत्पादन छ , त

घट्ट जाँदा बिसाउने ,अनी ठट्टा गर्दा रिसाउने , मान्छे को काम छैन । त्यस्तै बोल्दा-बोल्दै काटिने , अनी भनेको समय मा नलाग्ने मोबाईल को पनि काम छैन । नेपाल मा मोबाईलधारी को सङ्ख्या यती धेरै भईसकेको छ कि , मोबाईल टावर मुनी/तल हुँदा पनि network को समस्या हुन्छ । तपाईं समझदार ब्यक्ती हुनुहुन्छ , खास मा कुनै काम बिशेष नपरी तपाईं मोबाईल चलाऊनु नै हुन्न । बेकार मा मिस कल हानी फोन को दुरुपयोग गर्ने मान्छे तपाईंलाई मन पर्दैन । तर पनि भनेको समय मा फोन नलाग्दा तपाईं साह्रै मुर्मुरिनुहुन्छ , अनी सबैले सुन्नेगरी कराउनु हुन्छ , अब त जनावर को हात मा पनि मोबाईल भ्ई सक्यो अनी के लागोस त फोन ! तर त्यतिखेर तपाईं आफु पनि हात मा मोबाईल चलाई राख्नुभएको हुन्छ । शायद तपाईं त्यो भन्दा पनि बढी भन्न सक्नु हुन्छ , अथवा भनौं आफ्नै घरपरिवार को नाम लिएर , भन्दै भन्न नमिल्ने शब्दहरु प्रयोग गरी सरापी रहनुभएको हुन सक्छ । तर मुर्ख बुद्धी भएका प्राय: सबै तपाईं जस्ता समझदार ब्यक्तिहरु , आफु ले आकाशतिर फर्केर थुकेको पनि चाल पाउँदैनन् । नसराप्नु पनि किन , अब बोल्दा-बोल्दै फोन लाइन कट्छ , बोलेको पनि प्रस्ट बुझिदैन , पैसा भने उड

-आकार बन्द ! हामी सबै परिचित छौं,यो शब्द सँग। म ठोकुवा गर्न सक्छु,तपाइ पनि कुनै न कुनै किसिम को बन्द गर्न मा सङ्लग्न हुनुहुन्छ।तपाईं म किसान ,म business man भन्दै नभाग्नुहोस् ,तपाईं ले पनि कुनै न कुनै किसिम को बन्द गर्नुभएको छ। हिजोआज बन्दकर्ता बिच नै प्रतिस्पर्धा हुन्छ बन्द गर्न।त्यसैले बेलाबेला मा बन्द को calendar बनाउनुपर्छ भनेर पनि आवाज उठ्ने गरेकोछ।आज यो मोर्चा को बन्द भोली त्यो मोर्चा को बन्द,अनी अर्को दिन अर्को संगठन को बन्द।त्यस बाहेक आकsमिक बन्द त कती हो कति,तपाइ अनुमान पनि गर्नु सक्नुहुन्न।हाम्रा केही बन्द मापक सुचकहरु पनि छन्।यातायात,स्कूल्,कलेज्,तथा office हरु सन्चालन भए-नभएको गणना गरी यस्को बन्द यती पावरफुल भनेर मापन गर्न सकिन्छ,अथवा भनौ मापन गर्ने गरेका छौं।हिजोआज नेपाल मा गजब का बन्दहरु हुनेगरेका छन्।हामीलाई लाग्ने गरेको छ,बन्द भनेको आन्दोलन हो , अनी आन्दोलन भनेको बन्द हो।सा-थै बिरोध,हड्ताल्,आन्दोलन्,बन्द एकै हुन्। अब एक नजर नेपाल मा हुने बन्द, बिरोध,आन्दोलन मा लगाउं: बन्द - गाडी ले मान्छे हान्यो " -गाडी तोड्फोड र आग्जनी भयो " - ड्राइभर माथि हात्पात भयो "

- सुनिल माम अब भुजा भयो लोक पनि र्याप अरे माथि लायो पाखे भन्छन् पाइन्ट पनि तल झरे। तल्लाघरे रामे पनि शहर मा त राय्म्स भयो आमा भन्ने चलन पनि मम्मी बाट मम्स भयो। खुट्टा छोटो भए पनि ठुलो जुत्ता लाउनै पर्‍यो जमाना नै एस्तो हजुर यस्तै गरी चल्नै पर्‍यो। दौरा सुर्वाल छोडि अब हिपहप लुगा लगाउछन लोक बाजा कहाँ हुन्छ गीतार ड्रम्सेट बजाउछन्। भित्र जस्तो भए पनि बाहिरी लुगा सजाउंछन् केटा केटी चिन्नै गाह्रो उस्तै-उस्तै लुगा लगाउछन्।