केही हप्ता अगाडि हाम्रो कलेज मा मानवअधिकार चलचित्र प्रदर्शनी सप्ताह को उद्’घाटन गरिएको थियो । उद्’घाटन समारोह मा शिक्षक, राजनितिज्ञ / सभासद, विद्यार्थी, चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम मा वक्ताहरुले, मानवअधिकार माथि आफ्नो मन्तव्य राखेका थिए । अनि बढ्दो मानवअधिकार हनन, मानवअधिकार चलचित्र, अनि अहिलेको खुला समाज आदिका बारेमा खुलेर कुरा राखेका थिए ।
“यहाँ मानवअधिकार भनेपछि, त्यही हत्या, बलात्कार, लुटपाट का घटनालाई मात्र हेर्ने गरिएको छ, यहाँ दिनहुँ मानवअधिकार हननका घटना घटिरहेकाछन्, तर ती विषयवस्तु हाम्रा चलचित्रका विषयवस्तु बन्न सकेका छैनन् । त्यसैले यस्ता चलचित्र को प्रदर्शनी जरुरी छ, साथै आउनुहोस् हामीबाट मानवअधिकार हनन हुने काम कहिले पनि हुने छैन भनेर प्रण गरौँ ।” हलमा ताली बज्यो, साहित्यकार समेत रहेका सभासद, उनले (नाम चाँहि उल्लेख नगरौँ) आफ्नो मन्तव्य राखे । चलचित्रको क्षेत्र व्यापक छ भन्दै, उनले अहिलेको जमानामा केही कुरामा पनि बन्देज लगाउन नहुने बताए ।

केहीदिन भयो, पत्रिकामा, इन्टरनेटमा एउटै समाचार छाइरहेकाछन्, अनि मेरो दिमाग खल्बल्याइरहेको छन् । खबर छ: “मिस नेपाल प्रतियोगिता फेरी रोकयो”, “मिस नेपालका प्रतियोगिलाई धम्की”, “धुरुधुरु रोए, पत्रकार सम्मेलनमा”, “प्रतियोगि को नाम जोडेर, बजार मा छ्याप्छ्याप्ति अश्लिल भिडियो”, “पत्रिकाले अनर्गल प्रचार गर्यो”, “असुरक्षाका कारण भन्दै, सरकारव्दारा मिस नेपाल प्रतियोगितामा बन्देज”, “हाम्रो मानवअधिकार हनन गरियो: प्रतियोगी”, “दिनहुँ धम्कि आउँछ: प्रतियोगी”, “यो कस्तो राष्ट्र हो, अनि सरकार कस्तो हो: प्रतियोगी”, “सुन्दरीहरु सकस मा” !
अचम्म मा म परेँ, किनभने उनै मानवअधिकार को बारेमा फलाक्ने, अनि मानवअधिकार को क्षेत्र व्यापक छ भनेर हामीलाई मानवअधिकार चलचित्र प्रदर्शनी को दिन भाषण ठोक्ने, उही क्रान्तिकारी सभासद नै पो रहेछन्, मिस नेपाल प्रतियोगिता विरुद्ध आन्दोलन छेडेका नाइके ।
मिस नेपाल का प्रतियोगीहरु आफूले मानसिक तनाव झेल्नुपरेको, आफ्नो मानवअधिकार हनन भएको भनेर रुँदै थिए एक पत्रकार सम्मेलनमा, भने अर्को तिर उही सभासद, “राष्ट्रिय मानवअधिकार आयोग” को एक पत्रकार सम्मेलन कार्यक्रम मा बोलिरहेकाथिए । फेरी पनि मानवअधिकार भनेको हत्या, बलात्कार का घटना मात्रै हैन, यसको क्षेत्र त व्यापक छ भनेर फलाकिरहेका थिए । फेरी पनि मानवअधिकार को भाषण ठोकिरहेकाथिए ।
(लघुकथा)