Skip to main content

गाईजात्रा : बिरामी काठमाडौंको बयान

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड ।

आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए । अब त पूरै नाङ्गिनमात्र बाँकी छ ।

बा, तपाईंलाई सात साल, छ्यालीस साल र छपन्न सालमा ज्ञान भएझैँ मलाई पनि ऐले आएर र्छलङ्ग भो । जति चिप्ला कुरा गर्छन्, उति काला चिल्ला कार चढ्छन् । कार पनि काला, मन पनि काला । तपाईं हामी सधैँ तल, माथि उक्लने कोही उनका भतिजा कोही उनैका साला । विरुद्धमा बोल्यो कि ज्यान जाला भन्ना डर । यस्तै अचम्मको छ यहाँको कानुन र शासन पनि । अब हेर्नुस् न, जसको शक्ति छ उसलाई कानुन लाग्दैन । तपाईं हामीलाई भने ठाउँ-ठाउँमा कानुन लाग्छ । मेहनत मजदुरी गरेर खाँदादेखि खाएको जाँदासम्म कानुनले समात्छ हाम्लाई । कसैले यहाँ फोनबाट धम्काएर रकम असुले पनि भएकै छ, सित्तैमा मागेर हसुरे नि भएकै छ । रड भाला चलाएर छाला तार्दे नि भा'कै छ, गनी गनी बङ्गरा झार्दे नि भा'कै छ । ह्याँ त, न कर्मचारी न पत्रकार, न ड्राइभर न कलाकार, जसलाई पनि बल हुनेले कुट्न पाइन्छ, कुटेपछि पनि कारबाहीमा नपरी छुट्न पाइन्छ । काठमाडौंको बयान गरीसाध्य छैन बा, साँच्चै बिरामी भा'छ यो ।

नेपाल घायल निगम, आयल निगम बन्न नसक्दा हरेक पटकको डायलमा टेलिकमको नेर्टवर्क जस्तो पेट्रोल पम्पमा तेलको स्वीच अफ गरिएको जानकारीमात्र पाइन्छ । आयल बाँड्न तयार भएका दुइ/चार पम्पमा पनि साउने सोमबार पशुपतिको दर्शनमा लागेका भक्तजनको लाइनजस्तै भीड हुने गर्छ । मानौं सबै साथमा पूजाको थाली हैन पेट्रोलको टेङ्की खाली लिएर पम्प पुज्ने पालो कुरिरहेका छन् । बीच-बीचैमा प्रहरीका लाइन, सैनिकका लाइन, नेताका लाइन, जनताका लाइन धेरै लाइन लाग्ने गरेको छ । दादागिरी देखाउनेका एउटा लाइन, ग्यालिन बोक्नेका अर्का लाइन, सोझा मान्छेका सोझा लाइन बाङ्गा मान्छेका बाङ्गा लाइन, कोही 'पल्सर' कोही 'साइन' । हर रात हर दिन मेलै लाग्ने गर्छ । यो बिरामी काठमाडौंका रोगी मान्छे हामी, प्रचण्ड घाम र ट्राफिक जामको चपेटामा र्सार्वजनिक यातायातमा यात्रा गर्दा ब्वाइलर कुखुराझैं भएका छौं । मानौं हामीलाई साइकलको डन्डीमा उधोमुन्टो झुन्ड्याएर मृत्युदण्डका लागि लगिदैँछ वा हामीलाई होलसेलका सामानझैं गोदामतर्फलगिदैँछ । जहाँ पाता कसेर बाँधिन्छ, अनि बाकसभित्र खाँदिन्छ । असह्यै भइसक्यो अब त ।

बा, यो काठमाडौं हरबिहान चियाको चुस्की र धूवाँको ठूस्कीसँगै देश बिरामी भएको समाचार पढ्ने, सुन्ने र हेर्ने गर्छ । कर्णालीको बाटो पहिरोको ढुङ्गा र माटोले रोकियो, पूर्वको सडकमा बन्दको गन्ध बढ्यो, तर्राईमा बाढी, पहाडमा भोकमरी, सीमामा लुटपाट र चन्दा आतंकले सास्ती, सोफी खाँदा धोती न टोपी, मिस -रिस) नेपाल प्रतियोगिताको विरोधमा जुलुस, यस्तै-यस्तै समाचार हरदिन हुरीका पात पतिङ्गरझैं हुर्रेआउँछन् यहाँ । तर देशभरिका समाचार चाख मान्दै हेर्ने यो काठमाडौं आफैंभित्र पौडी खेलिरहेकी ढलमतीको कथाका बारे अनभिज्ञ बन्न खोज्छ । सास फेर्ने निर्जीवहरूको यो बस्तीमा भोक भएका झोक बोकेका तर भोजनविहीनहरूको कथा थाहा नपा'झैँ गर्छ । र्सर्टिफिकेटका खात बोकेर दर्ुइ हात जोड्दै दिनरात सहरमा टहलिनेका कथा, विदेश जानलाई एजुकेसन कन्सल्टेन्सी र म्यानपावर एजेन्सीमा लाम लाग्नेका कथा, थुप्रै कथा छन् । थुपै रोग छन् यहाँ । ती सबैबारे काठमाडौं बेखबर बन्न खोजिरा'छ ।

बा, ह्याँ त सबै असुरक्षित छन् । सब त्रसित छन् । अस्तिमात्रै घरमै छिरेर डाक्टरकी छोरीको अपहरण गरे रे । तपाईं हामीले जिताएका नेतारुले संविधान हैन काठमाडौंमा घर बनाउने सुरसार कस्याछन् भन्ने पनि सुनियो । यही घर भएकाले पनि कोठाभाडाको भत्ता बुझे रे । एकातिर भत्ता बुझनेहरू छन्, अर्कातिर बुझाउनेहरू छन् । मिर्गौला फेल भो, मुटुमा ब्याक लाग्यो भनेर आँखा रुझाउनेहरू छन् । धेरै नयाँ-नयाँ खबर छन् बा । उपराष्ट्रपतिले हिन्दीमा बोले, विद्यार्थीले सडकमा टाएर पोले । तै पनि आफैँ ठीक भन्दै झाले मुख खोले । क्या काइदाको कुरो हैन त बा - म्याद सकिएका मन्त्री पनि श्रीमती बोकेर ओलम्पिकतिर कुलेलम ठोके । यता ओलम्पिकमा कुस्ती खेल्न जानेहरू एर्पोटमै कुस्ती खेले, जान खोज्नेलाई रोक्न खोज्नेहरूले पेले, अन्तिममा प्रहरी गएर ठेले । थुप्रै विषय छन् यस्ता बा, जुन तपाईंलाई न भनेर साध्य छ, न सुनाएर सकिन्छ । बस यत्ति बुझनुस् काठमाडौं साँच्चै बिरामी भएको छ ।

-भवसागर घिमिरे
src:kantipur

Comments

  1. All-in-one !

    A perfect depict and satiric post.
    I enjoyed reading it very much.

    keep it up!!

    ReplyDelete
  2. तपाईले लेख्‍नु भएको छ "बा, तपाईंलाई सात साल, छ्यालीस साल र छपन्न सालमा ज्ञान भएझैँ मलाई पनि ऐले आएर र्छलङ्ग भो …"
    एकदमै सटिक र यथार्थपरक … ,मलाई पनि ज्ञान भो !
    अनि यो:
    यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए ।
    पनि गजब गयो ।

    ReplyDelete
  3. तपाईले लेख्‍नु भएको छ "बा, तपाईंलाई सात साल, छ्यालीस साल र छपन्न सालमा ज्ञान भएझैँ मलाई पनि ऐले आएर र्छलङ्ग भो …"
    एकदमै सटिक र यथार्थपरक … ,मलाई पनि ज्ञान भो !
    अनि यो:
    यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए ।
    पनि गजब गयो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post