Skip to main content

Posts

Showing posts with the label Issue

विगत केही महिना देखि, हाम्रो देशमा प्रधानमन्त्री छान्ने नाटक भइरहेको छ । अब त्यो नाटक पनि नौटंकी भइसक्यो, अनि नौटंकी पनि धेरै नै भयो । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तो, तिनीहरु का नौटंकी ले आजित भइसकियो, दिक्क भइसकियो । प्रधानमन्त्री का एक्ला उम्मेदवार ले १२ पटक सम्म निर्वाचन मा भाग लिएको सम्म थाहा छ तर हिजो गाइँगुँइ सुनेको, अब १७ औँ पटक को निर्वाचन पो हुँदै छ रे ! ठूला दल भनाउँदाहरुलाई मादल झैँ बजाए ठिक हुन्थे कि ? न हात्तिवन ले केही लछारपाटो लायो, न गोकर्ण ले नै केही लछारपाटो लायो ! अब मन नै नमिलेपछि, गोप्य वार्ता भन्दै मा सबै कुरा मिल्ने हैन क्यारे ! हैन, किन हामीलाई गोप्य वार्ता को निहुँ गरेर, उल्लु बनाइरहेकाछन्, यी पाजीहरुले । कति न, देश को अवस्था प्रति चिन्तित भए जस्तो नि देखाउँछन्, अनि सहमति त हरदम भन्छन् । हिजो पनि गोकर्ण मा सहमति गर्नु चाँहि पर्छ, तर कसरी गर्ने भन्ने कुरा चाँडै टुंगो लगाइनेछ भन्ने सहमति भो रे ! हुन त लाज पचेपछि, शरम नलागेपछि, जे भने नि भो, जे गरे नि भो । जनताप्रति र देशप्रति उत्तरदायी भएको भए न सोच्थे, देशको हित मा ! अब कहाँ उनीहरु को नजर प्रधानमन

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल ! कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि बोत्तलदेव  को महिमा गाइएको ‘बोत्तल पुराण

खबर हिजो सोमबार कै रहेछ, तर ट्विटर को ट्विटलाई पच्छ्याउँदै जाँदा, आज मंगलबार को दिन खबर थाहा भयो । खबर दुबै दुर्घटना का थिए अनि दुवै    अप्रिय   थिए । एउटा बसले बालिकालाई ठक्कर दिँदा, बालिका को मृत्यु भएछ, त्यही घटना को बहाना मा, बस का चालकलाई अराजकहरु को भिड ले कुटपिट गरेर, नदीमा बगाइदिएछन् ( बसले बालिका किचेपछि ड्राइभर भेरीमा बगाइए – नागरिक ) । ३ वर्षे बालिका को बस को ठक्कर बाट मृत्यु हुनु अत्यन्त दुखद घटना हो । दूर्घटना भन्ने कुरा जहाँकहिँ पनि हुनसक्छ, कहिँ गाडि चालक को लापरवाही देखिन्छ त कहिँ अरुहरु को, तर दोष सँधै ठूलो गाडिलाई मात्र जान्छ, यदि बस र बाइक, ठक्कर खाए थोरै ले मात्र बाइक को लापरवाही देख्छन् ! हिजो को दूर्घटना मा पनि सायद, बस चालक कै लापरवाही थियो, किनकी सानी ३ वर्षिय बालिका को बस को ठक्कर बाट मृत्यु भएको थियो । दूर्घटना बाजा बजाएर आउँदैन, त्यसलाई हामीले आकस्मिक दुर्घटना मान्नै पर्छ । तर त्यसपछि त्यहाँ का अराजक भिडहरु ले जे गरे, त्यो अति नै खेदपुर्ण र दानविय छ । नागरिक का अनुसार,  “बसले किचेर बालिकाको मृत्यु भएपछि सुर्खेत राकमका बासिन्दाले बस चालकलाई कुटपिट गरी

काठमाडौँ विरामी भएको छ ! हुन त देश नै बिरामी भइरहेको बेला, काठमाडौँ मात्र बिरामी भनेर लेख्दा सबैलाई पाच्य नहुन सक्छ ! तर साँच्चै काठमाडौँ बिरामी भएको छ ! अनि काठमाडौँ ले नै सारा देश को प्रतिनिधित्व गर्छ, कारण काठमाडौँ मा सबै कुरा छन् । ढल देखि जलसम्म, भिखारी देखि धनाढ्यसम्म, इमानदार देखि नेतासम्म सबै यही काठमाडौँ मा थुप्रिएकाछन् । सबै थुप्रिएको ठाउँमा, म नहुने भन्ने कुरा पनि भएन ! म पनि यही काठमाडौँ मा कतै हराइरहेछु, काठमाडौँ विरामी भइरहँदा पनि, ‘बालै’ भएन भनेर म आफैँ मस्त भइरहको छु । ‘उपरवाला जब भि देता, देता छप्पड फाडके’ भन्ने हिन्दी चलचित्र ‘हेराफेरी’ को गित निकै सत्य  लाग्छ । जब पनि हामीकहाँ समस्या आउँछ, साँच्चै काठमाडौँ ले धान्न नसक्ने गरि नै आउँछ । सायद, समस्या देख्न सजिलो छ तर समाधान उत्तिकै गाह्रो छ ! तर पनि यो आफ्नो मनले समाधान भन्दा समस्या नै धेरै देख्छ !  काठमाडौँ मा थुप्रिएको फोहोरमा पुग्दा एकछिन नाक छोपेर हिँडिदिन्छु, अनि सोच्न थाल्छु खै, कहाँ छ भविष्य ? हामी कता जाँदैछौँ ! एकछिन पानी दर्किँदा रोड मा बाढि आएको छ जमल मा, जमल चोक मै फोहोर को थुप्रो छ ! फोहोर अनि पानी, खै

क्रान्ति र नयाँ नेपाल नाम दिएर गरिएको माओवादी जनयुद्द को दौरान, हजारौँ जनता को ज्यान सँगै, अरबौँ रुपैँया का संरचनाहरु माओवादीले ध्वस्त पारेका थिए। अनि ती सबैले आम-माफी पाइसकेकाछन् । नेताहरु चुनाव जितेर सत्ता मा पुगिसकेकाछन् । संविधान सभाको निहुँ गरेर, नेपाली जनतालाई चुस्दैछन्, एउटा प्रधानमन्त्री पनि छान्न नसक्ने ‘पाजी’ नेताहरुले । माकुने को सरकार ले राजिनामा दिएको २ मिनेट मा सहमति को सरकार बनाउँछु भनेर कुर्लनेहरुले डेढ महिना बित्दा पनि एउटा माखो मार्न सकेका छैनन् । केही हप्ता अघि  विदामा, आफ्नो जन्मथलो सर्लाही को राजघाट मा गएको थिँए । करिब ७-८ वर्ष अगाडि माओवादीले ध्वस्त पारेको, गाविस भवन, अझै उस्तै हालत मा रहेछ । नयाँ नेपाल को निहुँ मा पुरानो भौतिक संरचना मा क्षति पुर्याउने निती भएका तत्कालिन माओवादीले गाविस भवन बम ले उडाएका थिए, आगो लगाएका थिए । कुनै बेला को सुन्दर गाविस भवन अहिले कुरुप भएको छ, एकदम जर्जर र जिर्ण भएको छ । त्यो गाविस भवन को अब अवशेष मात्र बाँकि छ । माओवादी नै मुलधार को राजनितिमा आएको ४-५ वर्ष भइसक्यो, तर बम ले उडाइएको भवन फेरि बनाइएको छैन, बन्न सकेको छैन । बनाउन पो

हुन त कुरा समय समय मा उठिरहेको छ , निजी विद्यालयहरुले असुल्ने विद्यार्थी शुल्क को बारेमा । तर 'काग कराउँदैछ, पिना सुक्दैछ' भने झैँ भइरहेछ । अनि हामी सँग शिक्षा नियमावली नभएको पनि होइन, तर त्यो कार्यान्वायन भए-नभएको हेर्ने निकाय कान मा तेल हालेर बसेको आभाष हुन्छ । कुरा, निजी विद्यालय ले असुल्ने विद्यार्थी शुल्क कै बारेमा हो । हिजो राती एभिन्युज टेलिभिजन को रिपोर्ट हेरेको थिँए, निजी विद्यालय ले उठाइरहेको विद्यार्थी शूल्क को विषय मा । आज को कान्तिपुर दैनिक मा पनि "नियमविपरीत भर्ना शुल्क/ ४१ हजारसम्म असुल्छन्" भन्ने शिर्षक मा समाचार छापिएको रहेछ, यही विद्यार्थी शुल्क को बारेमा । समाचार मा लेखिएको छ: विद्यालयले भर्नाबापत १० देखि ४१ हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क शुल्कका नाममा उनीहरूले १० देखि १७ हजार र धरौटीबापत १ हजार देखि २० हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क, भर्ना र धरौटीबापतको शुल्क सञ्चालकले निजी प्रयोग गर्छन् । मासिक शुल्क करिब २ हजार रहेको राजधानीको चेल्सी एकेडेमीले कक्षा १ को भर्ना शुल्क ३५ हजार लिने गरेको छ भने चाँदबागले २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ

मध्यपुर्वी राष्ट् इजरायल ले एप्पल को नयाँ ‘आइप्याड’ आयात मा प्रतिबन्ध लगाएको छ । फाइनान्सिएल टाइम्स, इन्डिया का अनुसार ‘iPad’ लाई इजरायल मा प्रतिबन्ध लगाइएको छ, भने एयरपोर्ट मा आइएप्याड सँग भेटिएका व्यक्तिलाई कारवाही गरिएको छ ।   इजरायली सञ्चार मन्त्रालय का प्रवक्ता ले भनेका छन्, ‘आइप्याड’ मा प्रयोग गरिएको ‘wi-fi’ सिस्टम, इजरायल को ‘wi-fi’ सिस्टम सँग अमिल्दो रहेको छ ।  ‘आइप्याड’ मा फरक किसिम को ‘wi-fi’ सिस्टम जडान गरिएकोले, इजरायल को ‘ डोमेस्टिक नेटवर्क’ मा ‘आइप्याड’  ले क्षति पुर्याउन सक्ने दावी उनीहरु ले गरेका छन् । तर ‘आइप्याड’ निर्माता एप्पल ले भने इजरायल को यस कदम को बारेमा केही बताएको छैन । तपाईहरु इजरायल जाँदै हुनुहुन्छ भने ‘आइप्याड’ साथ मा नलग्नु होला, अन्यथा विना मतलब को झमेला मा फस्न सक्नु हुनेछ । English Version: Israel Banned iPads ************************************************************************* प्रविधि सम्बन्धि कुराहरु नेपाली भाषामा लेख्नको लागि आजबाट 'Friday Tech' कोलम सुरु गरेको छु । सूचना प्रविधिका कुराहरु साप्ताहिक रुपमा शुक्रबार यसब्लगमा लेख्दै जाने

भर्खरै रिलिज भएको ‘हिफाजत’ नामको फिल्ममा नायिका रेखा थापाले लगाएको पहिरनले हिन्दू धर्मको अपमान भयो भन्दै आपत्ति जनाएपछि प्रशासनले फिल्म देखाउनै रोक लगाइदिएको रहेछ । कुरा सुन्दा सामान्य झैँ लागेपनि, निहुँ खोज्नेहरु का लागि यो कुरा पहाड भएको रहेछ ।  रामनामी कपडा ले संवेदनशिल अंग छोपेर, हिन्दु धर्मको अपहेलना गरिएको भन्ने आरोप, विश्व हिन्दु महासंघ ले लगाएको रहेछ । हुन त रेखा थापा को पहिरन विवाद उठिरहन्छ, कसैले के भन्छन् कसैले के भन्छन् । अनि यहाँ अहिले उठेको सवाल अंग प्रदर्शन को पनि होइन, मात्र लगाइएको पहिरनलाई लिएर उठाइएको बखेडा हो । रामनामी कपडा महिलाहरु को संवदेनशिल अंगहरु मा प्रयोग गरि, हिन्दु धर्म माथि प्रहार गरियो भन्दै, विवाद चर्काइएको रहेछ । संविधान सभा जस्तो संवेदनशिल कुरालाई छाडेर माओवादीले एमआरपी र सरकार परिवर्न को विषय मा नेपाल बन्द गर्ने गरेको प्रयास जस्तै हो भन्दा फरक नपर्ला यो कुरालाई ! यस्ता कुरा मा बहस गर्नु व्यर्थ जस्तो लाग्छ मलाई, लगाउने पहिरन ले केही गर्दैन । यसको सकरात्मक पाटो हेर्ने भए राम्रै छ नि, 'हरे राम, हरे कृष्ण लेखेको लुगा ले महिला को संवेदनशिल अंग को बच

केयु मा विगत एक वर्ष देखि पानी को अभाव भइरहेको छ । खानेपानी वितरण गर्ने धुलिखेल खानेपानी ले भनिएको जति पानी केयु मा वितरण नगर्दा पानी को अभाव भएको हो । पर्याप्त पानी नहुँदा, विद्यार्थी देखि शिक्षक सम्म पानी को अभाव झेल्न बाध्य छन् । केयुलाई दैनिक ९० हजार देखि १ लाख लिटर सम्म पानी को आवश्यकता रहेको मा, खानेपानी समिति ले २४ घन्टा मा जम्मा १५ देखि २० हजार लिटर सम्म मात्र पानी केयु को लागि वितरण गर्दै आएको छ । गतवर्ष सम्म पर्याप्त पानी आइरहेको मा, गतवर्ष केही वडाहरु मा धारा विस्तार गरिएको भन्दै पानी अपुग  भएको जनाउँदै समिति ले पर्याप्त पानी आपुर्ति गर्न छाडेको हो । जसको सिधा असर होस्टल मा बस्ने विद्यार्थी तथा क्वाटर मा बस्ने शिक्षक तथा स्टाफहरुलाई पर्दै आएको छ । छात्र र छात्रा गरि करिब ५ सय विदयार्थी  केयु को होस्टल मा बस्दै आइरहेका छन् भने, करिब ४६ परिवार क्वाटर मा बस्दै आएका छन् । पर्याप्त पानी को आपुर्ति नहुँदा नुहाउन र लुगा धुन मात्र नभइ, पिउने पानी कै अभाव हुन थालेको वर्ष दिन  भइसक्यो । वर्ष दिन सम्म अब त पानी को सहज आपुर्ति होला होला भन्दै आश मा बसेका विद्यार्थिहरु ले पिउने पानी

Kathmandu University Girls Hostel (KUGH) Student protest against KU Admin for not providing water for more than 22 hrs this morning. Student from Girls Hostel came with placards and banners in KU main building and demanded for proper supply of drinking water. We have been facing scarcity of water since from 1 years. Students of Boys Hostel and Girls Hostel both demanded the proper supply of drinking water in Hostel. After Discussion with KU Admin, Student went to CDO Office. Student representative discussed the issue with Netra Prasad Neupane CDO, Kavre and demanded for proper supply of drinking water. In this post I’m posting some pictures and video of today’s protest demanding proper supply of water.  About the discussion with CDO, will write in next post. Demandig Water Supply : We Need Water            

हिजो आज त गाडि का खलासी पनि निकै चलाख भइसकेछन् यार, आइडि कार्ड को डेट नै पो हेर्छन् भन्ने कुरा अब पुरानो नै हुन थालिसक्यो । यातायात क्षेत्र मा जति नै कडाइ गर्न खोजेपनि, नक्कली कार्ड र नक्कली कार्डधारीहरु को बिगबिगि नै छ । हुन त विद्यार्थी ले आन्दोलन मार्फत सार्वजनिक यातायात का साधन मा ४५ प्रतिशत छुट पाउँछन् तर मन कुँडिने कुरा, यो सहुलिुयत यही काठमाडौँ आसपास मा मात्र देखिन्छ । काठमाडौँ बाट केही टाढा पुग्ने बित्तिकै कार्ड केही भ्यालु नै राखीँदैनन्, गाडिवालाहरु । हुन त काठमाडौँ बाट बाहिर जाने दैनिक दिवा तथा रात्री बसहरु ले पनि, भनेअनुसार विद्यार्थीलाई भाडा मा छुट दिँदैनन् । यति हुँदा हुँदै पनि यो आफैँ मा जटिल विषय बनेको छ, सहुलियत को लागि अधिकांश कार्डहरु नक्कली बनाइएकाछन् । जसले गर्दा सक्कली कार्डधारीहरु ले पनि छुट पाउँदैनन्, कहिलेकाँहि त आज शनिबार बिदा को दिन भनेर पनि छुट दिँदैनन्, गाडिवालाहरु ! खैर, आज मैले यो कुरा मा बहस गर्न खोजेको त होइन । मात्र म यहाँ आज आफूले खिचेको फोटो देखाउँदैछु । यहाँ एउटा फोटो ले भन्छ, ‘गाडि मा छुट लिने हो भने, भर्ना गरेको रसिद लिएर आउ’, अनि अर्को फोटो ले भन्

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ । हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ । बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषक

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

सगरमाथा को उचाइ भन्ने बित्तिकै हामी भन्छौँ, ८,८४८ मिटर । बच्चै देखि कण्ठ भएकोले फरर बोलिरहेका हुन्छौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा (Mount Everest) को उचाइ ८,८४८ मिटर । तर तपाईहरुलाई थाहा छ कि छैन, धेरैपटक हाम्रो सगरमाथा को उचाइलाई लिएर यहाँ विवाद सिर्जना भइसकेको छ । अस्ति केही दिन अघि को अन्नपूर्ण पोष्ट ले सगरमाथा को उचाइलाई लिएर ‘नेपाली र चिनियाँ अधिकारीहरु विच’ विवाद भनेर समाचार छापेको थियो । खास मा सगरमाथा को उचाइ कति हो, अहिलेसम्म पनि त्यो अन्यौल नै रहेको कुरा बताउनुहुन्छ, वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ । सबैले आ-आफ्नो हिसाब ले सगरमाथा को उचाइ नाप्ने गरेकाछन्, त्यही भएर पनि सगरमाथा को उचाइ कहिले बढ्ने गरेको छ त कहिले उचाइ घट्ने गरेको छ । वैज्ञानिक तवर ले वास्तविक उचाइ अहिलेसम्म पत्ता लागेको छैन भन्दा, आश्चार्य लाग्न सक्छ तर पनि सरकार ले ८,८४८ मिटर लाई नै आधिकारिकता दिएको छ अनि सारा संसार ले पनि यसैलाई वास्तविक उचाइ मान्दैआएको छ । दक्षिण तिर भारत ले सिमा मिचिरहेपनि, उत्तर तर्फ खासै केही भएको छैन भनेर मख्ख परिरहेकाछौँ, तर उत्तरतिर पनि सगरमाथा कस्को हो, भनेर पहिले धेरै विवाद भए