Skip to main content

घन्टाघर को समय ठिक छ तर...

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ ।

हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ ।

बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषका फूलहरुले पनि जिस्काइरहेकाछन् । म बाटो हिँड्ने वटुवा, अनि सडकपेटि मै माग्न बसेका साना केटा केटीलाई वास्ता गरिरहेको छैन, ती माग्न बसेका केटाकेटीहरु घरिघरि मलाई घच्घच्याएइरहेछन्, मेरो घन्टाघर माथि को एकहोरो हेराइलाई भंग गरिरहेकाछन् ।

लौ, धेरै बेर घोरिएपछि, आफूलाई किन अनौठो लागेको चाल पाएँ । मनमनै मरिमरि हाँसे पनि, तर फेरी नेपाली को गौरव भनेको चिनिएको, घन्टाघर मै यस्तो हालत देख्दा साह्रै नरमाइलो लाग्यो । सँधै किन घन्टाघर को समय अजिब लाग्छ भनेर सोच्ने गर्थेँ, तर आज यथार्थ मलाई ज्ञात भएको छ । घन्टाघर को घडिमा १ देखि १२ लेख्दा केही गडबढ भएको छ । घडिमा रोमन अंक मा १ देखि १२ सम्म लेखिएको छ। यहाँहरु लाई थाहा नै होला, I, II, III, IV, V, VI, VII, VIII, IX, X, XI, XII ले क्रमश १ देखि १२ सम्म का अंक जनाउँछ । तर घडिमा भने ४ जनाउनलाई ४ वटा धर्काहरु तानिएकोरहेछ [IIII], तर रोमन मा ४ लेख्दा IV लेख्नुपर्ने हुन्छ । यही एउटा गणितिय गणनाको नियम प्रयोग नगर्दा सँधै नै म झुक्किरहेको हुँदोरहेछु । यो देखेपछि, अनि घन्टाघरमा लेखिएको गल्ति थाहाभएपछि एकपटक आफैँले आफैँलाई वाह भाइ, भन्दै मनमनै हाँसे । तर मन तुलबुल तुलबुल भइरह्यो, अत: मोवाइलले फोटो पनि खिचेँ प्रमाण भनेर, के गर्नु साथमा क्यामरा बोकेर हिँडिएको थिएन तर मोवाइलले त्यति माथि को घडि राम्रोसँग फोकस गर्न सकेन । एउटा नयाँ कुरा पत्ता लागेको ठहर गर्दै, यो कुरा सुनाउन हतार हतार साथिलाई भेट्न गएँ । यही हो गल्ति भन्दै, अर्को पटक काठमाडौँ जाँदा क्यामेरा ले नै फोटो खिचेर देखाउँला तर अहिलेलाई चाँहि मोबाइलबाट खिचिएका घन्टाघरको केही फोटोहरु हेर्नुहोस् ।









म अचम्म मा परेको कुरा चाँहि के हो भने, ती कुराहरु थाहा नभएर पनि परिवर्तन नगरिएका हुन् या के हुन् ? अन्यथा, राजधानी काठमाडौँ को मुटु मा रहेको घन्टाघर को घडि मा त्यति ठूलो गल्ति हुनु त, हाम्रै इज्जत मा हिलो लाग्नु हैन र ? खै, सोच्ने ले कहिले सोच्ने हुन्, गर्ने ले कहिले गर्ने हुन् ? तर अब म चाँहि घन्टाघरमा झुकिन्न है, तपाई पनि नझुक्किनुस्, घडि सहि नै चलेपनि घडिमा प्रयुक्त रोमन अंकहरुले झुक्याउन सक्छन् !

Comments

  1. You have written this really wonderfully. I am amazed at your critical eye...Wow...I must say...

    Feeling good that you have so strong critical eye...

    Cheers !!

    ( about ghantaghar..well it was constructed years and years before..so..I asume that people were less literate and they didn't knew the roman numbers ....( may be might be )

    ReplyDelete
  2. आकारजी

    हुन त यस बारेमा मैले पनि थाहा पाएको धेरै भएको छैन, तर मैले थाहा पाएको कुरा यहाँ लेख्दै छु है !

    रोमनमा चार लेख्‍न “IV” नै प्रयोग गरीने भएपनि घडिमा भने "IIII" पनि लेख्‍ने गरीन्छ । यो हामीकहाँ मात्रै हैन तपाईले गुगलमा विश्‍व प्रसिद्ध क्लक टावर वा घण्टाघरको ईमेज खोज्नु भयो भने आधा भन्दा बढीमा “IV” को सट्टामा "IIII" प्रयोग भएको पाउनुहुन्छ ।

    यसका धेरै कारण बताईए पनि ४ को विपरित अंक ८ लाई "VIII" लेख्दा यसमा चार डिजिट हुने र ४ भने दुई डिजिटमै अर्थात “IV” मात्रै लेख्दा नराम्रो देखीने भएकोले यसो गरीएको हो भन्ने कुरा केही समय अगाडी घरमा राख्‍ने घडी किन्दा एकजना पसलेले मलाई भनेको थियो ।

    यस बारेमा केही कुरा यहाँ पनि छ भने यो पेजको Calendars and clocks भन्दा मुनि पनि केही सूचना भेटनु हुनेछ ।

    साच्चै, हाम्रो बिरगंजको घडिमा के छ कुनी, मैले गुगलमा सर्रर खोज्दा भेटिन 

    ReplyDelete
  3. सायद फेसन नै हुनसक्छ दिलिप जी ! मैले नि हिजो राती अबेरसम्म धेरै फोटोहरु खोजेर हेरेको, प्राय मा ४ वटै धर्काहरु रहेछन् । तर राम्रो देखाउने निहुँमा यस्तो गर्नु चाँहि राम्रो लागेन । घन्टाघर को घडि हेर्दा कति बज्यो ठम्याउनै मुश्किल पर्छ ।

    ReplyDelete
  4. Ghanta Ghar ko Char kuna ma char time hunchha bhanthe!
    Ghanta Ghar ko Ghadi ko reference line din haru gaye aaba!
    ;)

    There is a historical sun-dial in the same place (between jame masjid and Ghanta Ghar, near the basketball/volleyball court). Please write about that too, next time when you go to the area!
    :)

    ReplyDelete
  5. दिलीप दाइको कुरा सुनेर ठिकै पनि लाग्यो यो कुरा । अनि धेरै पहिला नै बनाएको भएर त्यतिखेर यस्तै प्रचलन नै थियो कि ???

    ReplyDelete
  6. आकारजीले भनेको ठिकै हो। मैले नि जतिवटा घण्टाघर घुमे ती प्रायमा त्यस्तै धर्का भाको देखेको छु। मेरो कोठामा झुण्डिएको भित्ते घडीमा समेत त्यस्तै छ। तर मैले यो बारेमा आकारजीले भने जसरी सोचेकै रहेनछु। अहिले था'भो ४ नै बजेको हो भन्ने बुझाई पहिलेदेखि 'सेट' भाको रहेछ दिमागमा। दिमागको ढक्कन खुल्यो आकारजीको कुराले। धन्यवाद।

    ReplyDelete
  7. Nice catch, I grew up around there but never noticed that before.

    Also, thanks for the explanation Dilip ji.

    ReplyDelete
  8. धन्यबाद आकार भाइ! भाइ घोत्लिनाले एउटा नयाँ जानकारी लिने मेसो मिल्यो। दिलिप दाइलाई धन्यबाद!

    ReplyDelete
  9. जे भएपनि तपाईंको धेरै समय पछिको खुल्दुलीले अन्तत पूर्णता पाएछ आकार जी खुशी लाग्यो र थाहा पनि पाइयौ कि तपाईंका आँखाहरु र सोच्ने मनहरु बिनासित्तिमा भड्किडा रहेनछन् :)

    ReplyDelete
  10. Hello, I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature for the Saturday special on Blogging. The piece will come on 29th August, 09. I read your blog, and was wondering if you could be so kind as to answer some of my queries. I cannot guarantee that you will be quoted, but your help will definitely let the readers know more of blogging in Nepal.

    You may answer all, or any question you feel like answering. You may provide any extra information, and your name, real or an ID, but must understand that you may be quoted by the Post. Please mail your answers to [email protected]

    What is your occupation?

    What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?

    Why do you blog?

    When did you start blogging from? Why?

    What makes you keep blogging, without any strong incentive?

    How many bloggers do you think are there in Nepal?

    Do you regularly read other bloggers? How many, and how many are Nepali?

    Do you believe that a blog can really make a difference? If yes, How?

    I hope the questions are not too bothersome.

    Happy Writing!

    -Shirish

    ReplyDelete
  11. Interesting discussions to an equally nice post! Regarding Dilip ji's curiosity about the clock tower (Ghantaghar) of Birgunj, I have uploaded a picture of the same HERE. I hope you will like it (I took this picture last year during my trip to Birgunj).

    ReplyDelete
  12. दिपेन्द्रजी !!
    बिरगंजको घण्टाघरको फोटोको लिन्क दिनु भएकोमा धन्यवाद। त्यसमा भने सबै अंक 'टका सेरको भाऊमा' "I" मात्रै रहेछ :)

    ReplyDelete
  13. नियममा रहने हरेक कुराहरु चल्नलाई बिना नियम चलेका हुन्छन् भन्ने अर्को एउटा प्रमाण । रमाईलो लाग्यो यो टाँसो पढ्दा ।

    ReplyDelete
  14. Interesting discussions to an equally nice post! Regarding Dilip ji's curiosity about the clock tower (Ghantaghar) of Birgunj, I have uploaded a picture of the same HERE. I hope you will like it (I took this picture last year during my trip to Birgunj).

    ReplyDelete
  15. सायद फेसन नै हुनसक्छ दिलिप जी ! मैले नि हिजो राती अबेरसम्म धेरै फोटोहरु खोजेर हेरेको, प्राय मा ४ वटै धर्काहरु रहेछन् । तर राम्रो देखाउने निहुँमा यस्तो गर्नु चाँहि राम्रो लागेन । घन्टाघर को घडि हेर्दा कति बज्यो ठम्याउनै मुश्किल पर्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

My First Post on Blog

LUST : Worldwide Release [Watch Nepali Movie LUST] #Movie

Nepali blog “ Aakar Post ” has released a short Nepali Movie "LUST" in an Internet for the first time on 14th February on the occasion of Valentine’s Day. Watch Nepali Movie LUST Movie name: LUST Run time: 22 minutes 15 seconds Actors: Manisha Bista & Pawan Jha Director: Rajan Kathet Producer: Praveen Samuel Thapa Script/ screenplay: Abhimanyu Mani Acharya Dixit Cinematographer: Shail Shrestha Editor: Bijen Shrestha One line description of the movie: They have different plans for each other. Release Note:  We are happy to release an award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘LUST’ worldwide on our blog www.aakarpost.com  as a Valentine's Day gift. We hope it will be a perfect gift for you on the occasion of Valentine’s Day. May be, we are the first Nepali Blog to release Nepali Movie officially on Blog. We would like to thank, Film Production Team, our readers and viewers.

Subscribe to Aakar Post