Skip to main content

घन्टाघर को समय ठिक छ तर...

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ ।

हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ ।

बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषका फूलहरुले पनि जिस्काइरहेकाछन् । म बाटो हिँड्ने वटुवा, अनि सडकपेटि मै माग्न बसेका साना केटा केटीलाई वास्ता गरिरहेको छैन, ती माग्न बसेका केटाकेटीहरु घरिघरि मलाई घच्घच्याएइरहेछन्, मेरो घन्टाघर माथि को एकहोरो हेराइलाई भंग गरिरहेकाछन् ।

लौ, धेरै बेर घोरिएपछि, आफूलाई किन अनौठो लागेको चाल पाएँ । मनमनै मरिमरि हाँसे पनि, तर फेरी नेपाली को गौरव भनेको चिनिएको, घन्टाघर मै यस्तो हालत देख्दा साह्रै नरमाइलो लाग्यो । सँधै किन घन्टाघर को समय अजिब लाग्छ भनेर सोच्ने गर्थेँ, तर आज यथार्थ मलाई ज्ञात भएको छ । घन्टाघर को घडिमा १ देखि १२ लेख्दा केही गडबढ भएको छ । घडिमा रोमन अंक मा १ देखि १२ सम्म लेखिएको छ। यहाँहरु लाई थाहा नै होला, I, II, III, IV, V, VI, VII, VIII, IX, X, XI, XII ले क्रमश १ देखि १२ सम्म का अंक जनाउँछ । तर घडिमा भने ४ जनाउनलाई ४ वटा धर्काहरु तानिएकोरहेछ [IIII], तर रोमन मा ४ लेख्दा IV लेख्नुपर्ने हुन्छ । यही एउटा गणितिय गणनाको नियम प्रयोग नगर्दा सँधै नै म झुक्किरहेको हुँदोरहेछु । यो देखेपछि, अनि घन्टाघरमा लेखिएको गल्ति थाहाभएपछि एकपटक आफैँले आफैँलाई वाह भाइ, भन्दै मनमनै हाँसे । तर मन तुलबुल तुलबुल भइरह्यो, अत: मोवाइलले फोटो पनि खिचेँ प्रमाण भनेर, के गर्नु साथमा क्यामरा बोकेर हिँडिएको थिएन तर मोवाइलले त्यति माथि को घडि राम्रोसँग फोकस गर्न सकेन । एउटा नयाँ कुरा पत्ता लागेको ठहर गर्दै, यो कुरा सुनाउन हतार हतार साथिलाई भेट्न गएँ । यही हो गल्ति भन्दै, अर्को पटक काठमाडौँ जाँदा क्यामेरा ले नै फोटो खिचेर देखाउँला तर अहिलेलाई चाँहि मोबाइलबाट खिचिएका घन्टाघरको केही फोटोहरु हेर्नुहोस् ।









म अचम्म मा परेको कुरा चाँहि के हो भने, ती कुराहरु थाहा नभएर पनि परिवर्तन नगरिएका हुन् या के हुन् ? अन्यथा, राजधानी काठमाडौँ को मुटु मा रहेको घन्टाघर को घडि मा त्यति ठूलो गल्ति हुनु त, हाम्रै इज्जत मा हिलो लाग्नु हैन र ? खै, सोच्ने ले कहिले सोच्ने हुन्, गर्ने ले कहिले गर्ने हुन् ? तर अब म चाँहि घन्टाघरमा झुकिन्न है, तपाई पनि नझुक्किनुस्, घडि सहि नै चलेपनि घडिमा प्रयुक्त रोमन अंकहरुले झुक्याउन सक्छन् !

Comments

  1. You have written this really wonderfully. I am amazed at your critical eye...Wow...I must say...

    Feeling good that you have so strong critical eye...

    Cheers !!

    ( about ghantaghar..well it was constructed years and years before..so..I asume that people were less literate and they didn't knew the roman numbers ....( may be might be )

    ReplyDelete
  2. आकारजी

    हुन त यस बारेमा मैले पनि थाहा पाएको धेरै भएको छैन, तर मैले थाहा पाएको कुरा यहाँ लेख्दै छु है !

    रोमनमा चार लेख्‍न “IV” नै प्रयोग गरीने भएपनि घडिमा भने "IIII" पनि लेख्‍ने गरीन्छ । यो हामीकहाँ मात्रै हैन तपाईले गुगलमा विश्‍व प्रसिद्ध क्लक टावर वा घण्टाघरको ईमेज खोज्नु भयो भने आधा भन्दा बढीमा “IV” को सट्टामा "IIII" प्रयोग भएको पाउनुहुन्छ ।

    यसका धेरै कारण बताईए पनि ४ को विपरित अंक ८ लाई "VIII" लेख्दा यसमा चार डिजिट हुने र ४ भने दुई डिजिटमै अर्थात “IV” मात्रै लेख्दा नराम्रो देखीने भएकोले यसो गरीएको हो भन्ने कुरा केही समय अगाडी घरमा राख्‍ने घडी किन्दा एकजना पसलेले मलाई भनेको थियो ।

    यस बारेमा केही कुरा यहाँ पनि छ भने यो पेजको Calendars and clocks भन्दा मुनि पनि केही सूचना भेटनु हुनेछ ।

    साच्चै, हाम्रो बिरगंजको घडिमा के छ कुनी, मैले गुगलमा सर्रर खोज्दा भेटिन 

    ReplyDelete
  3. सायद फेसन नै हुनसक्छ दिलिप जी ! मैले नि हिजो राती अबेरसम्म धेरै फोटोहरु खोजेर हेरेको, प्राय मा ४ वटै धर्काहरु रहेछन् । तर राम्रो देखाउने निहुँमा यस्तो गर्नु चाँहि राम्रो लागेन । घन्टाघर को घडि हेर्दा कति बज्यो ठम्याउनै मुश्किल पर्छ ।

    ReplyDelete
  4. Ghanta Ghar ko Char kuna ma char time hunchha bhanthe!
    Ghanta Ghar ko Ghadi ko reference line din haru gaye aaba!
    ;)

    There is a historical sun-dial in the same place (between jame masjid and Ghanta Ghar, near the basketball/volleyball court). Please write about that too, next time when you go to the area!
    :)

    ReplyDelete
  5. दिलीप दाइको कुरा सुनेर ठिकै पनि लाग्यो यो कुरा । अनि धेरै पहिला नै बनाएको भएर त्यतिखेर यस्तै प्रचलन नै थियो कि ???

    ReplyDelete
  6. आकारजीले भनेको ठिकै हो। मैले नि जतिवटा घण्टाघर घुमे ती प्रायमा त्यस्तै धर्का भाको देखेको छु। मेरो कोठामा झुण्डिएको भित्ते घडीमा समेत त्यस्तै छ। तर मैले यो बारेमा आकारजीले भने जसरी सोचेकै रहेनछु। अहिले था'भो ४ नै बजेको हो भन्ने बुझाई पहिलेदेखि 'सेट' भाको रहेछ दिमागमा। दिमागको ढक्कन खुल्यो आकारजीको कुराले। धन्यवाद।

    ReplyDelete
  7. Nice catch, I grew up around there but never noticed that before.

    Also, thanks for the explanation Dilip ji.

    ReplyDelete
  8. धन्यबाद आकार भाइ! भाइ घोत्लिनाले एउटा नयाँ जानकारी लिने मेसो मिल्यो। दिलिप दाइलाई धन्यबाद!

    ReplyDelete
  9. जे भएपनि तपाईंको धेरै समय पछिको खुल्दुलीले अन्तत पूर्णता पाएछ आकार जी खुशी लाग्यो र थाहा पनि पाइयौ कि तपाईंका आँखाहरु र सोच्ने मनहरु बिनासित्तिमा भड्किडा रहेनछन् :)

    ReplyDelete
  10. Hello, I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature for the Saturday special on Blogging. The piece will come on 29th August, 09. I read your blog, and was wondering if you could be so kind as to answer some of my queries. I cannot guarantee that you will be quoted, but your help will definitely let the readers know more of blogging in Nepal.

    You may answer all, or any question you feel like answering. You may provide any extra information, and your name, real or an ID, but must understand that you may be quoted by the Post. Please mail your answers to [email protected]

    What is your occupation?

    What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?

    Why do you blog?

    When did you start blogging from? Why?

    What makes you keep blogging, without any strong incentive?

    How many bloggers do you think are there in Nepal?

    Do you regularly read other bloggers? How many, and how many are Nepali?

    Do you believe that a blog can really make a difference? If yes, How?

    I hope the questions are not too bothersome.

    Happy Writing!

    -Shirish

    ReplyDelete
  11. दिपेन्द्रजी !!
    बिरगंजको घण्टाघरको फोटोको लिन्क दिनु भएकोमा धन्यवाद। त्यसमा भने सबै अंक 'टका सेरको भाऊमा' "I" मात्रै रहेछ :)

    ReplyDelete
  12. नियममा रहने हरेक कुराहरु चल्नलाई बिना नियम चलेका हुन्छन् भन्ने अर्को एउटा प्रमाण । रमाईलो लाग्यो यो टाँसो पढ्दा ।

    ReplyDelete
  13. Interesting discussions to an equally nice post! Regarding Dilip ji's curiosity about the clock tower (Ghantaghar) of Birgunj, I have uploaded a picture of the same HERE. I hope you will like it (I took this picture last year during my trip to Birgunj).

    ReplyDelete
  14. सायद फेसन नै हुनसक्छ दिलिप जी ! मैले नि हिजो राती अबेरसम्म धेरै फोटोहरु खोजेर हेरेको, प्राय मा ४ वटै धर्काहरु रहेछन् । तर राम्रो देखाउने निहुँमा यस्तो गर्नु चाँहि राम्रो लागेन । घन्टाघर को घडि हेर्दा कति बज्यो ठम्याउनै मुश्किल पर्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010) has not been published yet!

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

Subscribe to Aakar Post