Skip to main content

लौ, अराजकहरुको भिडले डाइभरलाई खोला मा बगाइदिएछन् !

खबर हिजो सोमबार कै रहेछ, तर ट्विटर को ट्विटलाई पच्छ्याउँदै जाँदा, आज मंगलबार को दिन खबर थाहा भयो ।

खबर दुबै दुर्घटना का थिए अनि दुवै    अप्रिय   थिए । एउटा बसले बालिकालाई ठक्कर दिँदा, बालिका को मृत्यु भएछ, त्यही घटना को बहाना मा, बस का चालकलाई अराजकहरु को भिड ले कुटपिट गरेर, नदीमा बगाइदिएछन् (बसले बालिका किचेपछि ड्राइभर भेरीमा बगाइए – नागरिक) । frustration

३ वर्षे बालिका को बस को ठक्कर बाट मृत्यु हुनु अत्यन्त दुखद घटना हो । दूर्घटना भन्ने कुरा जहाँकहिँ पनि हुनसक्छ, कहिँ गाडि चालक को लापरवाही देखिन्छ त कहिँ अरुहरु को, तर दोष सँधै ठूलो गाडिलाई मात्र जान्छ, यदि बस र बाइक, ठक्कर खाए थोरै ले मात्र बाइक को लापरवाही देख्छन् ! हिजो को दूर्घटना मा पनि सायद, बस चालक कै लापरवाही थियो, किनकी सानी ३ वर्षिय बालिका को बस को ठक्कर बाट मृत्यु भएको थियो । दूर्घटना बाजा बजाएर आउँदैन, त्यसलाई हामीले आकस्मिक दुर्घटना मान्नै पर्छ । तर त्यसपछि त्यहाँ का अराजक भिडहरु ले जे गरे, त्यो अति नै खेदपुर्ण र दानविय छ ।

नागरिक का अनुसार,  “बसले किचेर बालिकाको मृत्यु भएपछि सुर्खेत राकमका बासिन्दाले बस चालकलाई कुटपिट गरी भेरीमा बगाइदिएका छन्। सोमबार साँझ नदीमा फ्याँकिएका चालक वकिल बुढाथोकीको अवस्था अज्ञात छ।” घटना दुवै अप्रिय छन् तर बालिका को मृत्यु को कारण जति त्यहाँ का स्थानिय प्रति सहानुभुति जागेको थियो, त्यति नै, उनीहरु ले देखाएको दानविय प्रवृत्ति ले गर्दा उक्त चालक प्रति सहानुभुति जागेको छ ।

यस्ता घटनाहरु, हामी मान्छेका लागि सुहाउने घटना पक्कै होइन । ‘खुन को बदला, खुन’ भन्ने कुरा कुनै चलचित्र मा मात्र राम्रो देखिन्छ, वास्तविक जिवन मा होइन !  त्यसै पनि नेपाल मा कानुनीराज्य को पालना नभइरहेको सन्दर्भ मा यस घटना ले कानुनीराज्य को  ठाडो उपहास गरेको छ । हामी मा संवेदना हराउँदै गएको कुरा पनि यस्ता घटनाहरुले गरिरहेकाछन् । खै, यस्ता निकृष्ट कार्यहरुप्रति खेद जनाउन केही शब्द पाइरहेको छैन !

ती मृत्यु भएकी बालिका, चालकलाई कुटेर खोला मा बगाउँदैमा त फर्केर आउँदिनन्, त्यही पनि त्यहाँ का स्थानियहरु किन त्यति धेरै अराजक भए, सोच्न निकै बाध्य बनाएको छ । किनकी, यस्ता घटनाहरु को जति नै भत्सर्ना गरे पनि कमै हुन्छ ।  

समाचार मा प्रहरी ले यस घटना का सम्बन्ध मा केही स्थानियहरुलाई पनि पक्राउ गरेको उल्लेख छ भने, चालक को अवस्था अझै अज्ञात रहेको छ । अनि चालकलाई भेरी नदी मा बगाइएको विषयमा  यातायात मजदुरले  सोमबार छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध पारेका छन् ।     बन्द को कारण सल्लीबजारदेखि, सुर्खेत, छिन्चु, नेपालगन्ज, काठमाडौं आवतजावत गर्ने सवारी साधन चलेका छैनन्।

लौ, के गर्ने हो यस्ता अराजक तत्वहरुलाई ? बदला को बदला हुन सक्दैन र यो समाधान पनि होइन ! अहिले मेरो दिमाग मा बस को ठक्कर बाट बालिका को मृत्यु भएको घटना    भन्दा पनि, ती अराजकहरुले गरेको दानविय व्यवहार को चित्र मस्तिष्क मा बसेको छ । प्रश्न आफैँलाई हामी कहिले सुध्रिने ? कहिले देखि हामी देश का अराजकहरुको   भिड   भन्दा    टाढा   असल नागरिक भएर बस्ने ?  साँच्चै, हामी कहिले  देखि  सुल्टो सोच्ने ?

image : 21stcenturymed.org

Comments

  1. अराजतकता दंड हिनताले जन्माएको हो पक्कै पनि । मनिसले सभ्यता बिर्सेंर गरेका कर्तुतहरु सबै अराजकता हुन भन्दा गलत नहोला यहाँ शायद। तर यस घटनामा चाँही बस ड्राइभरहरुले पनि अब पाठ सिक्ने मौका पएका छन शायद । स्मरणीय कुरा के हो भने नेपालमा अधिकांस दुर्घटनाहरु ड्राइभरकै लापर्बाहिले भएका छन। दंड हिनताको फाईदा उठाइरहेका ड्राइभरहरुले यो बुझ्नु पर्‍यो कि उनिहरुको अपराधलाई ठेगाना लगाउने कानुन नभएको देश मा कहिले काहीँ जनताले नै सिधा प्रतिकार गर्दा रहेछन । I don't think its a Big deal....:(

    ReplyDelete
  2. I read this news too...but we were so afraid to put it in the headlines ....we were in dilemma because we were so much shocked with this news. This is totally unfair and disgusting that people are so crazy that without giving him punishment this life sentence to him without any laws is just too too too pathetic to hear. He might not have killed the girl deliberately .....this is just too sad...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

एउटा मुसो को कथा [Story of a Rat]

एउटा मुसा थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को दूध, चिनी, चिसो आदि भण्डार गर्ने ठाउँ मा बस्दो रै’छ । हुन त मुसोबाट छुटकारा पाउन कठिन नै छ, सबैको घरमा कहिँ न कहिँ मुसो ले बास पक्कै गरेकै होला । तर पनि घरमा र विमानस्थलमा पाइने मुसोमा भिन्नता अवश्य हुन्छ । घरमा बस्ने मुसोलाई बिरालो ले बाँकि राख्दैन, उता विमानस्थलको मुसो ले भने प्लेन चढेर देश विदेश डुल्ने मात्र होइन, देशका अखबार देखि यही ब्लगमा समेत ठाउँ पाउँछ । मौका मिल्दा आक्कल झुक्कल टेलिभिजनमा नि देखिने मौका पाउँछ । मुसा विमान भित्र हुँदा, मुसाले विमान भित्र को तार काट्न सक्छ । यदि विमान उड्दै गरेको बखत कहिँ कतै मुसाले तार काट्न पाएको खण्डमा विमान ठूलो दुर्घटनामा पनि पर्न सक्छ । मुसाले यात्रीका मालसामान पनि काट्नसक्छन्, खानेकुरालाई दुषित बनाइदिनसक्छन् । अत: मुसा, विमान भित्रै भएको बखत उडान नगर्नु भन्ने गरिन्छ । तर यति थाहा हुँदा हुँदै पनि विमान उड्यो । समाचार मा पढियो, माथिको दवावमा क्याप्टेन ले प्लेन उडाए रे । दुइटा मध्ये एउटा विमान ग्राउन्डेड छ, अनि बाँकि एउटा विमान मा मुसो पसेको छ । नउडाएर पनि के गर्नु भन्या जस्तो  ! मुसा ले

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

Subscribe to Aakar Post