Skip to main content

धर्म र रेखा थापा को पहिरन

भर्खरै रिलिज भएको ‘हिफाजत’ नामको फिल्ममा नायिका रेखा थापाले लगाएको पहिरनले हिन्दू धर्मको अपमान भयो भन्दै आपत्ति जनाएपछि प्रशासनले फिल्म देखाउनै रोक लगाइदिएको रहेछ । कुरा सुन्दा सामान्य झैँ रेखा थापालागेपनि, निहुँ खोज्नेहरु का लागि यो कुरा पहाड भएको रहेछ ।  रामनामी कपडा ले संवेदनशिल अंग छोपेर, हिन्दु धर्मको अपहेलना गरिएको भन्ने आरोप, विश्व हिन्दु महासंघ ले लगाएको रहेछ ।
हुन त रेखा थापा को पहिरन विवाद उठिरहन्छ, कसैले के भन्छन् कसैले के भन्छन् । अनि यहाँ अहिले उठेको सवाल अंग प्रदर्शन को पनि होइन, मात्र लगाइएको पहिरनलाई लिएर उठाइएको बखेडा हो । रामनामी कपडा महिलाहरु को संवदेनशिल अंगहरु मा प्रयोग गरि, हिन्दु धर्म माथि प्रहार गरियो भन्दै, विवाद चर्काइएको रहेछ ।
संविधान सभा जस्तो संवेदनशिल कुरालाई छाडेर माओवादीले एमआरपी र सरकार परिवर्न को विषय मा नेपाल बन्द गर्ने गरेको प्रयास जस्तै हो भन्दा फरक नपर्ला यो कुरालाई !
यस्ता कुरा मा बहस गर्नु व्यर्थ जस्तो लाग्छ मलाई, लगाउने पहिरन ले केही गर्दैन । यसको सकरात्मक पाटो हेर्ने भए राम्रै छ नि, 'हरे राम, हरे कृष्ण लेखेको लुगा ले महिला को संवेदनशिल अंग को बचावट गरेको छ', 'जुन संवेदनशिल छ, त्यो अंगलाई झन् रामनामी कपडा ले छोप्दा के बिग्र्यो ?, अब भगवान नै छन् भने झन् राम्रो भयो, उनले सबैलाई हिफाजत र सुरक्षा दिइरहेकाछन्' ।  अब निहुँ नै खोज्ने हो भने त जे भने नि भइहाल्छ ! दृष्टान्त दिन सकिन्छ, ‘बाहिर का कट्टर मुस्लिम समुदायहरु को, जो अल्लाह र धर्म को लागि जे पनि गर्छन्’ ।
यस्ता कुरा मा निहुँ खोज्ने, प्रदर्शन नै रोक्नु त मुर्ख्याई मात्र हो,  उक्त चलचित्र मा हिन्दु धर्म को अपमान गर्नलाई उनीहरु ले पक्कै पनि, त्यसो गरेका थिएनन् होला । उनीहरु ले गर्दै जाँदा र भन्दै जाँदा गित सुहाउँदो पहिरन मात्र राखेका होलान् । हिन्दु धर्म कै अपमान गर्न को लागि भनेर, जानाजान यसो गरिएको भने त बेग्लै कुरा हो, कारण करौँडो को आस्था छ हिन्दु धर्म मा तर त्यसो पनि होइन होला ।
hindu-520x746यस्ता कुरालाई तन्काउने भन्दा पनि सल्ट्याउन जरुरी छ । यदि भगवान छन् भने, उनी रिसाउँदैनन् भन्ने मान्यता राख्नुपर्छ, पुज्दा खुशि हुने र नपुज्दा दु:खी भएर नराम्रो गर्छन् भने त तीनी भगवान नै भएनन्, दानव भइहाले नि, हैन र ? अनि कहिँ कतै भगवान  छन् भने त उनले सबैको भलो नै गरिदिन्छन् भन्ने मेरो विश्वास छ, चाहे उनलाई पुज वा नपुज, उनलाई मान या नमान ! चाहे उनको भजन गाउ या नगाउ ! उनी छन् भने, उनले घुस लिँदैनन्, अत: उनी सबैलाई समान व्यवहार गर्छन्, सबैको भलो नै गर्छन् । यसले चाँहि मेरो भजन गाएन, खुबै ठूलो बन्यो, यसलाई त राम्रो हुँदै नहोस् भनेर कुनै भगवान ले भन्लान त ? त्यो, इर्ष्या गर्ने त दानविय व्यवहार भइहाल्यो नि, अत: यस्तो सानो तिल जस्तो कुरा लाई पहाड बनाउनुलाई कुनै पनि हालत मा न्यायोचित मान्न सकिँदैन ।
मैले बुझ्न सकिन, कुन हिसाब ले हिन्दु धर्मलाई प्रहार गरेको छ, यो पहिरन ले ? सारा शरीर ढाक्न त्यही कपडा ले हुने, थोरै शरीर ढाक्न चाँहि नहुने भन्ने केही छ र ? विश्व हिन्दु महासंघलाई यो पहिरन का कारण हिन्दु धर्म को अपमान भएको लाग्छ भने,विभिन्न समय मा पशुपति मा आउने नागा बाबाहरु ले हाम्रो हिन्दु धर्मलाई कति गिज्याएको होला भन्ने केही हेक्का छ त ?
तर सायद, औसत मात्र व्यापार गर्ने, नेपाली चलचित्रहरु को पब्लिसिटि स्टन्ट हुन पनि सक्छ यो, भित्र को कुरा के थाहा हैन र ?
तर पहिरन कै कारण, चलचित्र प्रदर्शन मा रोक लगाएको भन्ने सुन्दा चाँहि हाँसो उठेको छ, यी धर्म का नाम मा राजनिति गर्नेहरु देखेर । म हिन्दु हुँ, मलाई यो पहिरन ले केही पनि फरक पारेकै छैन । अहिले को युग सुहाउँदो कुरा भन्ने हो भने, नयाँ फेसन, नयाँ प्रयोग भन्दा फरक पर्दैन यसलाई । अनि यही फोटो हेर्ने हो भने, रेखा थापा को पहिरन देखेर जिब्रो टोक्नुपर्ने अवस्था पनि छैन । रामनामी पहिरन सबैले लगाएकै छन्, ओढेकै छन्, रेखा थापा नै रामानामी कपडा मा नाच्ने पहिलो पनि हैन क्या रे त !
काम नभएपछि, मान्छेहरु निहुँ खोज्छन् भन्थे सायद यही नै भएको होला ।
फोटो: माइसंसार

Comments

  1. Timi le bhaneko kura pani thik lagyo....

    Sano kura lai teel lai pahad banaune chalan yeha cha...and thulo kura lai chai bewasta garne...

    Film lai nai roknu bhaneko ....ta nararmo lagyo...yeuta samuha le matra testo garnu...I felt like India...tya sano kura lai kasto kasto banayera...media le highlight garera....k k garchan ni....

    At first I thought ...kasto naramro lako...but they have the freedom...I felt after reading your post (:

    ReplyDelete
  2. रेखा थापा पनि कुनै हेरोनी हो र यो त निर्लज्ज र बिबेक शुन्य आइमाई हो । जसलाई हिन्दु धर्मको नीति त आर्थ के थाहा । हुन त बिचरीलाई नीति र सिदान्त थाहा हुनलाई ती कुरा भएका पुस्तक पढ्न पनि त आउनु परो ।

    ReplyDelete
  3. आकार जी ले पोखेको बिचार ठिकै लाग्यो । मलाई लाग्छ यसमा पनि कुनै राजनीतिक स्वार्थको आड छ जो पहिरनको कुरालाई जोडेर कुनै स्वार्थ पुरा गर्न खोज्दैछ ।

    ReplyDelete
  4. Anurag From DhulikhelApril 13, 2010 at 3:57 PM

    'हरे राम, हरे कृष्ण लेखेको लुगा ले महिला को संवेदनशिल अंग को बचावट गरेको छ', 'जुन संवेदनशिल छ, त्यो अंगलाई झन् रामनामी कपडा ले छोप्दा के बिग्र्यो ?.............आकारब्रो यो words त झन आगोमा घिउ थप्ने हो कि अलिक बैज्ञानीक टिप्पणी गर्नु पर्ने ठाउँमा के भनेको एस्तो ???? लौ भएन है । think again!!

    ReplyDelete
  5. ती हिन्दू धर्मका लाउकेहरु पटमुर्ख हुन्। रेखा थापाले रामनामीले के जाती छोप्दैमा हिन्दू धर्म सिध्दिन्छ? अर्थ न बर्थको बहस ग-यो, भात पचायो। लुगाको कामै जीऊ छोप्ने हो, अब लुगामा जे लेखेको पनि हुनसक्छ।

    ReplyDelete
  6. अनुराग ब्रो यो कुरा झिकेर निहुँ खोज्ने ले अरु कुरा बुझ्दैनन्, के गर्नु त ? :P

    ReplyDelete
  7. धार्मिक पहिरनको विषयलाई लिएर फिल्ममै रोक लगाउँदा फिल्मकर्मीको कार्यक्षेत्रमा अर्को 'अवहेलना' हुन जाला । निषेधको खेल देवताले गर्छ भने पनि त्यो दानवीयतामा दरिन्छ । तर के कुरा गर्दा के हुन्छ, आफू के गर्दैछु, कतिसम्मको सीमा ठीक हो भन्नेमा स्वविवकले ठम्याउनुपर्छ हामीले । लहडमा जे पायो त्यही गर्न मिल्दैन । फेसनको चमकदमक दुनियाँ मनमानी लोक हो भन्ठान्नु भुल हुन जान्छ, यसलाई अनुमोदन गरी 'प्रयोग', 'समावेशी', 'आधुनिक' को बिल्ला भिराउँदै लाहाछाप लगाउने पक्षमा हुनु चाहिँ उदारता हो भन्ने पनि लाग्दैन ।
    बेतुकको नेपाली फिल्म (अधिकांश) मा बेतुकको नौटङ्की देखाउनुको के जरुरत ?

    ReplyDelete
  8. मलाई भने यो केवल एउटा'स्क्यान्डल' गरेर फ्लिमको नि:शुल्क प्रचारबाजी गर्ने एउटा उपाए गरेको जस्तो लाग्यो !

    ReplyDelete
  9. धार्मिक पहिरनको विषयलाई लिएर फिल्ममै रोक लगाउँदा फिल्मकर्मीको कार्यक्षेत्रमा अर्को 'अवहेलना' हुन जाला । निषेधको खेल देवताले गर्छ भने पनि त्यो दानवीयतामा दरिन्छ । तर के कुरा गर्दा के हुन्छ, आफू के गर्दैछु, कतिसम्मको सीमा ठीक हो भन्नेमा स्वविवकले ठम्याउनुपर्छ हामीले । लहडमा जे पायो त्यही गर्न मिल्दैन । फेसनको चमकदमक दुनियाँ मनमानी लोक हो भन्ठान्नु भुल हुन जान्छ, यसलाई अनुमोदन गरी 'प्रयोग', 'समावेशी', 'आधुनिक' को बिल्ला भिराउँदै लाहाछाप लगाउने पक्षमा हुनु चाहिँ उदारता हो भन्ने पनि लाग्दैन ।
    बेतुकको नेपाली फिल्म (अधिकांश) मा बेतुकको नौटङ्की देखाउनुको के जरुरत ?

    ReplyDelete
  10. Anurag From DhulikhelNovember 12, 2010 at 4:08 AM

    'हरे राम, हरे कृष्ण लेखेको लुगा ले महिला को संवेदनशिल अंग को बचावट गरेको छ', 'जुन संवेदनशिल छ, त्यो अंगलाई झन् रामनामी कपडा ले छोप्दा के बिग्र्यो ?.............आकारब्रो यो words त झन आगोमा घिउ थप्ने हो कि अलिक बैज्ञानीक टिप्पणी गर्नु पर्ने ठाउँमा के भनेको एस्तो ???? लौ भएन है । think again!!

    ReplyDelete
  11. sachai luga ko nam ma k lagayako tyo tyasto ram nami ta maile puran bata lyae ko thie ma pura nai dinthe kina ada lako hola hai

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post