Skip to main content

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा !

नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, पान पसल, पुस्तक पसल, पिसिओ आदि ले नेपाल टेलिकम ले तोकिदिएको अधिकतम खुद्रा मुल्य भन्दा बढि मूल्य लिन मिल्छ र ?

यसो उसो जसो गरे पनि, ठगिने मा सँधै आम उपभोक्ता नै परिरहेका हुन्छन् । अनि मलाई पनि सँधै यही विषय खड्किन्छ, रिचार्ज गर्ने भनेपछि । मुल्य निर्धारण गरिदिएको छ, टेलिकम ले तर हामीले चाँहि बढी मुल्य तिर्नुपर्छ । अझ, ती कार्ड बेच्नेहरुले त कमिसन पनि पाउँछन् तर पनि उनीहरु आम उपभोक्तालाई लुटिरहेकाछन् ।

मैले नबुझेको हो या, बुझाइ फरक परेको हो त्यो त थाहा छैन, तर पनि १०० रुपैँया को रिचार्ज कार्डमा अधिकतम खुद्रा मुल्य १०२ रुपैँया भनेर लेखिएको जान्दा जान्दै र थाहा पाउँदा पाउँदै पनि, १०५ रुपैँया तिर्नुपर्ने कस्तो बाध्यता ? अनि ५० रुपैँया को कार्डलाई पनि ५५ रुपैँया नै तिर्नुपर्छ । सर्सर्ती सोचौँ त, हाम्रो देशमा दिनहुँ कति लुट मच्चिरहेको छ, कति ठगिरहेकाछन्, उपभोक्ताहरुलाई ।

के यो कुरा कसैलाई पनि थाहा छैन होला त ? देशमा प्रशासन छ, कानुन छ अनि बजार अनुगमन गर्ने संयन्त्र पनि छ तर यस्तो महत्वपुर्ण विषय मा चाँहि कसैले ध्यान दिएको देखिँदैन । नेपाल टेलिकमलाई पनि यी कुराहरु प्रस्टरुपमा थाहा छ, दिनदहाडै आँखै अगाडि हजारौँ उपभोक्ताहरु ठगिइरहकेछन्, लुटिरहेकाछन् तर खै, कुनै पनि निकायले चासो दिएको देखिँदैन अनि सायदै अहिलेसम्म कसैले उजुर गरेका छन् होला । सर्वसाधारण को जिवन सँग प्रत्यक्ष रुपमा जोडिएको कुरालाई कसैले पनि सिरियसली नलिनुले पनि यो लुटाहा प्रवृत्ति बढेको अनुभव हुन्छ । मलाई लाग्छ, म गलत छैन तर पनि म १०० रुपैँया को रिचार्ज गर्न १०२ रुपैँया को सट्टा १०५ रुपैँया नै तिरिरहेको हुन्छु । अनि अझ १०० रुपैँया को कार्ड नभेटेर ५० रुपैँया दरका दुई वटा कार्ड किन्नुपर्‍यो भने ११० रुपैँया नै तिरिरहेको हुन्छु, हैन यो कस्तो बिडम्बना, किन यसरी दिनदहाडै लुट्दा पनि सबै मौन छन् ? हुन त यहाँ नेपाल टेलिकम को सन्दर्भ प्रस्तुत गरेपनि, सबै किसिम का रिचार्ज कार्डहरु मा यही कुरा लागु हुने गरेको छ ।

यसबाट फाइदा भएको छ त केबल व्यापारीहरुलाई । सिधा कुरा गर्दा, एउटा व्यापारी ले १०० रुपैँया को कार्डबाट कमिशन बाहेक ५० रुपैँया सम्म कमाउन सक्ने रहेछ, यदी १० जना ले १०-१० रुपैँया को दरले रिचार्ज गर्ने हो भने ! अनि एकपटक मा १०-२० रुपैँया मात्र रिचार्ज गर्ने मान्छेहरु को समूह पनि ठूलो नै छ, आवश्यकता अनुसार र आफ्नो खल्ति अनुसार रिचार्ज गराइरहेकाहुन्छन् । तर, हामीले तिरेको पैसा सिधै कसैको गोजीमा गइरहेको हुन्छ । हामी चुपचाप, तोकिएको भन्दा धेरै तिरिरहेका हुन्छौँ, कार्ड का लागि । यो त देखिने कुरा भयो, म सोच्छु, यसरी थाहा नपाएका कुराहरु त धेरै होलान्, भनेपछि स्थिति भयावह छ, लुट्ने लुटिरहेकाछन् उपभोक्तालाई तर सम्बन्धित पक्षलाई केही मतलब छैन, अनि हामीलाई पनि केही मतलब छैन, हामीलाई जोसुकै ले लुटुन् ।

उपभोक्ता मञ्च पनि गठन भएको छ, तर यो कसरी गठन गरिएको हो, कसले गठन गरेको केही थाहा छैन । मात्र कहिलेकाँहि सुन्न पाइन्छ, टिभी मा रेडियोमा अनि पत्रिका मा पढ्न पाइन्छ, उपभोक्ता मञ्चले यसो गर्‍यो, उसो गर्‍यो भनेर तर खै, यस विषयमा चाँहि केही गरेको छ कि छैन थाहा छैन । कार्डमा भ्याटसहित अधिकतम खुद्रा मुल्य भनेर टेलिकम ले लेखिसकेपछि पनि हामी धेरै तिर्न बाध्य भइरहेका छौँ । यसरी सिधै लाखौँ उपभोक्ता ठगिइरहेको जान्दा जान्दै पनि टेलिकम या बजार अनुगमन गर्ने संयन्त्र किन चुपचाप बसिरहेको छ ? अनि हामी कहिले सम्म, यथार्थ जान्दा जान्दै पनि ठगिइरहने ?

Comments

  1. आकार जी सही हो उपोभोक्ताहरु ठगिरहेकाछन् हरेक् कुरामा

    ReplyDelete
  2. You are very true. We ourselves are not conscious about our own rights...that is why this problem is taking its height. We easily pay it and never argue..on this subject matter. At some points I feel we are equally responsible for this...because we are not sensible towards this simple matter...

    ReplyDelete
  3. खै हामीकहाँ मात्रै जता पनि जात्रै हुने ।

    मेरो आफ्नो निजी अनुभवको कुरा गर्ने हो भने चीनमा रहँदा, कार्डमा तोकीएको 'अधिकतम मूल्य' मा पनि डिस्काउण्ट दिएर सो कार्ड बेचिने गरको कुरा म यहा अबगत गराउन चाहन्छु ।

    साथै म हाल भारतमा छु र यहा पनि बिभिन्न कार्डहरु पाईन्छन । जसमा 'टप-अप' कार्ड र 'बाईवन गेट वन फ्री' समेत पर्छन कहिले काही ( यो कर छुट र फ्री टक टाईम सधैं पाईन्न ), तर उल्लेखीत खुद्रा मूल्य भन्दा १ पैसा पनि बढि कसैले लिदैंनन ।

    सहि कुरा उठाउनु भएको छ, १,२ रुपियाँ नै किन नहोस, ठगी आखीर ठगी नै हो । अनी यि एनटिसि, स्पाइस र युटिएलहरुले पनि व्यापारीलाई त आफ्नो नाफाबाट कमिशन दिनु पर्ने हो, उपभोक्ताबाट ठगी खाउ भनेर छाडने कुरा मलाई पनि चित्त बुझेन है !

    ReplyDelete
  4. Its because, nepali are big fool in the world. They are dumb ass. I havent seen other condemed people than nepali.

    ReplyDelete
  5. आकर जी एकदम सही कुरा उठाउनु भएको छ , यो ब्यापारीहरुले अधिकतम खुद्रा मुल्य भन्दा बढीमा बेच्न पाउनु नपर्ने हो। यसलाई नियन्त्रन गर्न जरुरी छ ।

    ReplyDelete
  6. हरेक किराना सामानमा प्राय १० देखि ३० प्रतिशत सम्म नाफा हुने गर्छ | यदि पसलेले ५१ मा बेच्नु पर्ने भनिएको फोन कार्ड किन्न पचास रुपैयाँ तिर्नु पर्छ भने त्यो हिसाबले केवल २ प्रतिशत नाफा देखिन्छ | शायद कमिसन चाहिँ ति खुद्रा पसले भन्दा तिनीहरुलाइ बेच्ने होलसेलले वा त्यस्ता मोबाईलका डाईरेक्ट क्लायन्टले राख्छन ..| यहि बाध्यताले नै होला... ति खुद्रा पसलेले बढी मुल्यमा बेचेका ! २ प्रतिशत मात्र नाफा लिएर त यस्ता साना साना खुद्रा ब्यापार कसरी चल्छ हौ !

    ReplyDelete
  7. Hey Udaya Ji..we are not tht dumb ass as you have told..thats why this post is here...if we were dumb then why we are discussing in this topic....First thing is that we have to stop condemning ourselves like this....

    ReplyDelete
  8. आकार जी सहि कुरा गर्नु भयो । म बिदेशमा छु यहाँ त मैले १०० को रिचार्ज कार्ड किन्दा 99 या ९९.५० तिर्छु या कार्डमा लेखिएको मुल्य भन्दा कहिले बढि तिर्नु पर्दैन ।
    यो सरासर उपभोक्ता ठगने खेल हो । कहि नभएको जात्रा हाडि गाउमा भनेजस्तो ।

    ReplyDelete
  9. Aakarji ,
    Aru sathiharule bhane jasto Bidieshama ta lekheko mulya ma discount po painch ta ho.

    Ani samanma pahilenai VAT include gariyeko huncha. Nepalma kinne bani nabhako manchele price anusarko thikka paisa boker bazar gayo bhane, mero bichar VAT ko lagi paisa napuger ritto haat farkanu parcha jasto lagcha.
    Je hos bidesha baat farkine sathi harule gojima jageda paisa pani boker matra Bazar janu hola hai..

    ReplyDelete
  10. अँ त किन यस्तो भा होला है? "अधिकतम खुद्रा मुल्य" भन्दा अधिक मूल्य हुनु चाही हास्यास्पद नै हो, तर यस्तो सामान्य हुदैछ -हाम्रो नेपालमा।

    ReplyDelete
  11. लेखाइ कडा छ तर आफ्नो आमा समान प्यारो देशको सार्वभौम नै लुटियिरहेको बेला मलाई यो को NTC ko कुरा फितलो लाग्यो....I'm sorry यार

    ReplyDelete
  12. उपभोक्ता अधिकारको बारेमा सचेतता एउटा कुरा, तर निरीहता र त्यही निरीहताले उब्जाएको सहनशीलता अर्को कुरा । आज नेपालीहरू दोस्रो श्रेणीमा कावा खाइरहेको विवश काग भएका छन् । दुई-चार रुपैयाँको लागि 'किचकिच' गर्नुभन्दा मागेको पैसा तिरिदियो बाटो लाग्यो कुरै खत्तम भन्ने मानसिकता छ । उल्टै हामी बढी पैसा तिरेर पाएको कुरालाई के के न सेवा पाएको भन्ठानेर पसले-व्यापारीप्रति अनुगृहित हुन्छौँ मस्का मार्दै- '५० रुपैयाँ मात्र हाल्दिनुस् न अहिलेलाई !' बुझाउँछौँ थपक्क ५५ । २०० लाई चार भाग लगाएर व्यापारीले असुल्नु असुल्छ । त्यसबाहेक कार्ड ल्याउँदा मात्रै पहिले नै उसले कमिशनको आहालमा पौडी खेलिसकेको हुन्छ । चुपचाप सहनु विवशता नै भइसक्यो यहाँ । हुन पनि हो, कति ठाउँ कराएर सक्नु ? सबैतिर लुट छ । व्यापारीको 'मन' त हुँदैन, मन हुने र आत्मा चल्नेले त व्यापार गरेर खाँदैनन् भनिन्छ । सामानको भाउ दिनानुदिन बढ्ने गर्छ, घटेको सुन्न महिनौँ पर्खिनुपर्छ ।

    पछिल्लो समयमा छापामा NTC ले आफ्नो नेटवर्कका मोबाइलका रिचार्ज कार्डको मुल्य सोदाहरण विज्ञापनमा देखाइदियो, यति उपभोक्ता मूल्यसमेत खुलाएर । उपभोक्ता मारमा परेको चेत नेपाल टेलिकमको यतिखेर आएर बल्ल खुलेको हो त ? पक्कै होइन, उसले कार्डमा कालो खेल पहिलेदेखि नै चाल पाएको हुनुपर्छ । यति अधिकतम उपभोक्ता मुल्य भनेर पहिल्यै तोक्न नसक्नु निरीह जनता हुनुकै लाभदायक पाटो भइदियो ।

    मनसुन सुरू भइसक्यो, तर पानी पर्ने छाँट देखिएको छैन, एक साताभित्रमा गजबले झरी पर्छ रे मौसम विज्ञान विभागले बताएको । यहीँ पानी परू न के गरूँ भनी उकुसमुसकुसिइरहेको वातावरणमा यति लेख्दालेख्दै गर्मीले आकुल बनायो, सोच्छु चोकतिर निस्किएर खुला हावाको सिरसिराहट चाख्दै केही चिसो खाऊँ । तर उफ् !! यदि मैले त्यसो गरेर 'रियल' फ्रुट ड्रिङ्क खाने मेलो थालेँ भने मैले झिक्नुपर्नेछ २० रुपैयाँको टक्की । तर त्यहाँ प्याकमा मुल्य लेखिएको हुनेछ- MRP 18 rs.

    Thanks for this Post AaKaR.

    ReplyDelete
  13. यो ५० को रिचार्ज कार्डको मुल्य कसरी ५५ हुन गयो भने नि आकार जी अब जताततै ईन्टरनेट फोन , राख्न थालियो पान पशल अनी किराना पसलमा पनि, अनी मुल्य घटाए ईन्टरनेट फोन को , अन्त सस्तोमा पाइने भए पछी कम्युनिकेसन पसलमा मान्छे जान छाडे र वाध्य भएर उनिहरुले पनि मुल्य घटाऊनु पर्‍यो । अब अब्यबस्थित भई सके पछी, नाफा कमाउने ठाउँ त खोज्नु पर्‍यो नि । ट्रान्स्फर अनी ५०,१०० को रिचार्जे कार्ड बढी बिक्ने भएकोले यस्को मुल्य तोकिएको भन्दा बढीमा बिक्री गरियो । यदी ब्यबस्थित हुने हो र किरान पशलहरु पान पशलहरुले यो कार्ड हरु बेच्न नपाउने हो फोन हरु पसलको रुपमा चलाऊन नपौने हो भने मुल्य अबस्य घट्छ । तोकिएको मुल्य मा नै पाईन्छ ।

    ReplyDelete
  14. अल्वर्ट आइन्सटाइन ले सापेक्षतावाद को सिद्धान्त या भनौँ रिलेटिभिटि थ्यौरी को प्रतिपादन गरे पनि, सबै कुरा मा सापेक्षतावाद लागु नहुने रहेछ ।
    @ राजन: एनटिसी र देश तिमीले दुईटा कुरा जोड्यौ अनि यो निकै असान्दर्भिक भयो । यस्तै भन्ने हो भने एउटा कुरा मनन गर, यहाँ कति भोकै, नांगै मरिरहेकाछन् तर तिमी एउटा महंगो विश्वविद्यालय मा पढिरहेका छौ । के यी दुई कुराहरु जोडेर हेर्न सुहाउला र ? अत: मैले तिमीलाई भन्न खोजेको कुरा यो हो कि, सबै समस्या आफैँमा ठूला हुन्छन् र ती कुराहरु बिच तुलना गर्न सकिँदैन । अनि हो यो पनि मान्छु कि, देशको सार्वभौम नै खतरा को बेला यस्तो कुरा गर्न नसुहाउला तर यो पनि हो कि, यस्तै यस्तै ठगहरुका कारण ती समस्या सिर्जना भएका हुन्, जो देश भित्र को बजार त अनुगमन गर्न सक्दैन भने, सिमाना को कुरा धेरै परको कुरा भयो ।

    @ केशव: बडो गज्जब को तर्क दिनु भयो यार । सरी है, तपाई पनि यस्तै मा हुनुहुन्छ भन्ने कुरा बिर्सिएछु । एउटा कुरा के, व्यापारी ले घाटा लाग्ने भयो भने, सबै घाटा उपभोक्ता सँग बाट उठाउन खोज्छ तर व्यापारी ले नाफा भयो भने, यती नाफा भयो भनेर कहिले उपभोक्तालाई सम्झिँदैन ।

    ReplyDelete
  15. sacho kura k ho bhane ni aakarji NTC ra SN le 50 ko card 51 ma bech ta bhanchha tara direct resseller(khudra bikreta)lai nadiera agentharulai dinchha jasama agentko rate nai 50ko ma 51 ra 100 ko maa 101.50 hunchha ani phaida nabhae ta kasle kaam garne ra hoina... tar UTL ko chahi malai thaha chhaina hai aakar ji.... yasko solution garna chahi NTC SN ra UTL le nai resellerharulai nai direct dinu parchha

    ReplyDelete
  16. आकार जि म यो पेसामा छु भन्दै मा मैले यस्को वकालत गर्न खोजेको होइन । तर वास्तविक कुरा नै यहि हो नाफा नै छैन भने के त्यो काम कसरी गर्ने होइन र ? अनी माथि ब्लगर जि ले भन्नु भए जस्तै reseller ले पनि ५० को कार्ड ५० मा नै दिन्छ भने ५१ मा बेच्न सकिन्छ तर उनीहरुले card नै सर्टेज छ भन्दै 51 मा दिए पछी के गर्ने । अनी NTC ले पनि पर्याप्त मात्रमा कार्ड दिन सकेको छैन यस्ले गर्दा पनि यो समस्या आएको हो ।

    तपाईंको कुरामा म सहमत छु आकार जि । उपभोक्ता ठगिएकै हो तर २% कमिसन दिनु पर्ने हुन्छ NTc र मेरो मोबाईल हरुले तर ५० को कार्ड ५१.१० सम्ममा उनिहरुले नै दिन्छन भने अब तपाईं नै भन्नुस् कतिमा बेच्ने ब्यापारिले ? जहाँ सम्म ट्रान्स्फरको कुरा छ ५० को कार्ड ५५ मा बेचे पछी त्यो पनि उत्तिकै भएको हो ।

    आकार जि म यो पेसामा भएकोले देखेको कुरा मात्र भनेको हो । म पनि भन्छु, ५० को कार्ड ५१ अनी १०० को १०२ मा नै पाउनु पर्छ । तर तेस्को लागि कार्ड पर्याप्त मात्रामा उपलब्ध हुनु पर्छ । बेच्नको लागि भनेर १-२ महिना अगाडि देखी नै लगानी गर्नु पर्छ । नत्र कार्ड सर्टेज भन्छन अनी कार्ड नै पाइन्न ।

    ReplyDelete
  17. म यो पेशामा भएकोले मैले पक्ष लिएको नठान्नु होला आकार जि । म एक उपभोक्ता पनि हो । मलाई पनि थाहा छ कि यहाँ कसरी लुटिरहेका छन उपभोक्ता । तर हाम्रो आवज सुनिदिने कस्ले ?

    ReplyDelete
  18. त्यही त आकार जी, के हो के हो कुरै बुझ्न नसकिने । म अहिले फिन्ल्यान्डमा छु, यहाँ त १० युरोको प्रिपेड रिचार्ज कार्ड किन्दा त १२-१३ युरो पो ब्यालेन्स आउछ त । अझ क्रिस्मस वा अन्य कुनै बिशेष अफर लगेको बेलामा त अझ धेरै पनि आउछ । तर आफुले तिरेको पैसा भन्दा त कम त कहिले पनि आउँदैन । खोइ हाम्रो नेपालमा किन यस्तो सरासर ठगी भईराछ, कस्तो गज्जब है?

    ReplyDelete
  19. हाम्रो देशमा अनुगमन संयन्त्र अत्यन्त कमजोर र भ्रष्ट छ। जनतामा पनि जागरुकता त्यति छैन, ठगीलाई स्वाभाविकता अझ बढेर बहादुरी मान्ने समाज छ हाम्रो।
    माथि साथीहरुले भनेजस्तै, अन्त तिरेको पैसा भन्दा बढीको सुविधा मिल्छ। यहाँ जापानमा पनि त्यस्तै छ, यस्ता कार्डहरु किन्दा कम्तिमा १०% बढी पाईनु सामान्य हो।
    हामीकहाँ जनता निचोरिने दिन सकिने छाँट छेन

    ReplyDelete
  20. हो, मलाई पनि यहि कुरामा खसखस उठ्ने गर्दछ । रिचार्ज कार्डमा तोकिएजति नै पैसा दिन खोज्दा कहि पनि कार्ड किन्न पाइँदैन जसको कारण उनिहरुले भनेकै मूल्यमा रिचार्ज कार्ड किन्नुपर्ने हुन्छ । अब रिचार्ज कार्डको ठगी मूल्य नघटाए टेलिकमबाट नै कार्ड किन्ने व्यवस्था हुनुपर्छ जस्तो लाग्छ । कमसेकम केहि पैसा त बचत हुन्छ ।
    टाँसो उठाएर मेरो खसखस मेटाएकोमा धन्यबाद ।

    ReplyDelete
  21. Mr. Eternal,
    Wat a fuck! THis is all because of nepalease citizen, a root cause.Its because they invite others to rape themselves. Later on no significance on blaming others.

    This is an obvious. We coldnt do anything rather than speaking. We cried many times against india, against political leaders and systems, rape, kidnapping but we follow them. Isnt it a true nepali.

    At last,dont try to hide anything, be a pure nepali.....cry once more.

    ReplyDelete
  22. Udaya Ji,
    Be specific on the ongoing topic...I'm really sorry to hear these words...If same happens nxt tym, I might delete your comments...If you wanna say something, then be polite...I can't bear such disgusting words in my blog. Thanks !

    ReplyDelete
  23. Retail ma nakinne ho bhane manufacturer ko ma jane ho... harek mahina ma phone ko bill tirda kheri recharge card kinne (alik source lagaunu parcha kyara)Auta recharge card ko validity 1 barsha jatti huncha cha kyara, seedhai Naxal, jwalakhel ko NTC ma gayera MRP ma ek musta recharge card kindai recharge gardai garnu parcha... This is not a practical solution though.

    ReplyDelete
  24. Retail ma nakinne ho bhane manufacturer ko ma jane ho... harek mahina ma phone ko bill tirda kheri recharge card kinne (alik source lagaunu parcha kyara)Auta recharge card ko validity 1 barsha jatti huncha cha kyara, seedhai Naxal, jwalakhel ko NTC ma gayera MRP ma ek musta recharge card kindai recharge gardai garnu parcha... This is not a practical solution though.

    ReplyDelete
  25. म यो पेशामा भएकोले मैले पक्ष लिएको नठान्नु होला आकार जि । म एक उपभोक्ता पनि हो । मलाई पनि थाहा छ कि यहाँ कसरी लुटिरहेका छन उपभोक्ता । तर हाम्रो आवज सुनिदिने कस्ले ?

    ReplyDelete
  26. sacho kura k ho bhane ni aakarji NTC ra SN le 50 ko card 51 ma bech ta bhanchha tara direct resseller(khudra bikreta)lai nadiera agentharulai dinchha jasama agentko rate nai 50ko ma 51 ra 100 ko maa 101.50 hunchha ani phaida nabhae ta kasle kaam garne ra hoina... tar UTL ko chahi malai thaha chhaina hai aakar ji.... yasko solution garna chahi NTC SN ra UTL le nai resellerharulai nai direct dinu parchha

    ReplyDelete
  27. यो ५० को रिचार्ज कार्डको मुल्य कसरी ५५ हुन गयो भने नि आकार जी अब जताततै ईन्टरनेट फोन , राख्न थालियो पान पशल अनी किराना पसलमा पनि, अनी मुल्य घटाए ईन्टरनेट फोन को , अन्त सस्तोमा पाइने भए पछी कम्युनिकेसन पसलमा मान्छे जान छाडे र वाध्य भएर उनिहरुले पनि मुल्य घटाऊनु पर्‍यो । अब अब्यबस्थित भई सके पछी, नाफा कमाउने ठाउँ त खोज्नु पर्‍यो नि । ट्रान्स्फर अनी ५०,१०० को रिचार्जे कार्ड बढी बिक्ने भएकोले यस्को मुल्य तोकिएको भन्दा बढीमा बिक्री गरियो । यदी ब्यबस्थित हुने हो र किरान पशलहरु पान पशलहरुले यो कार्ड हरु बेच्न नपाउने हो फोन हरु पसलको रुपमा चलाऊन नपौने हो भने मुल्य अबस्य घट्छ । तोकिएको मुल्य मा नै पाईन्छ ।

    ReplyDelete
  28. Aakarji ,
    Aru sathiharule bhane jasto Bidieshama ta lekheko mulya ma discount po painch ta ho.

    Ani samanma pahilenai VAT include gariyeko huncha. Nepalma kinne bani nabhako manchele price anusarko thikka paisa boker bazar gayo bhane, mero bichar VAT ko lagi paisa napuger ritto haat farkanu parcha jasto lagcha.
    Je hos bidesha baat farkine sathi harule gojima jageda paisa pani boker matra Bazar janu hola hai..

    ReplyDelete
  29. खै हामीकहाँ मात्रै जता पनि जात्रै हुने ।

    मेरो आफ्नो निजी अनुभवको कुरा गर्ने हो भने चीनमा रहँदा, कार्डमा तोकीएको 'अधिकतम मूल्य' मा पनि डिस्काउण्ट दिएर सो कार्ड बेचिने गरको कुरा म यहा अबगत गराउन चाहन्छु ।

    साथै म हाल भारतमा छु र यहा पनि बिभिन्न कार्डहरु पाईन्छन । जसमा 'टप-अप' कार्ड र 'बाईवन गेट वन फ्री' समेत पर्छन कहिले काही ( यो कर छुट र फ्री टक टाईम सधैं पाईन्न ), तर उल्लेखीत खुद्रा मूल्य भन्दा १ पैसा पनि बढि कसैले लिदैंनन ।

    सहि कुरा उठाउनु भएको छ, १,२ रुपियाँ नै किन नहोस, ठगी आखीर ठगी नै हो । अनी यि एनटिसि, स्पाइस र युटिएलहरुले पनि व्यापारीलाई त आफ्नो नाफाबाट कमिशन दिनु पर्ने हो, उपभोक्ताबाट ठगी खाउ भनेर छाडने कुरा मलाई पनि चित्त बुझेन है !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!
नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।
डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बार…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Subscribe to Aakar Post