केयु मा विगत एक वर्ष देखि पानी को अभाव भइरहेको छ । खानेपानी वितरण गर्ने धुलिखेल खानेपानी ले भनिएको जति पानी केयु मा वितरण नगर्दा पानी को अभाव भएको हो । पर्याप्त पानी नहुँदा, विद्यार्थी देखि शिक्षक सम्म पानी को अभाव झेल्न बाध्य छन् ।
केयुलाई दैनिक ९० हजार देखि १ लाख लिटर सम्म पानी को आवश्यकता रहेको मा, खानेपानी समिति ले २४ घन्टा मा जम्मा १५ देखि २० हजार लिटर सम्म मात्र पानी केयु को लागि वितरण गर्दै आएको छ । गतवर्ष सम्म पर्याप्त पानी आइरहेको मा, गतवर्ष केही वडाहरु मा धारा विस्तार गरिएको भन्दै पानी अपुग भएको जनाउँदै समिति ले पर्याप्त पानी आपुर्ति गर्न छाडेको हो । जसको सिधा असर होस्टल मा बस्ने विद्यार्थी तथा क्वाटर मा बस्ने शिक्षक तथा स्टाफहरुलाई पर्दै आएको छ । छात्र र छात्रा गरि करिब ५ सय विदयार्थी केयु को होस्टल मा बस्दै आइरहेका छन् भने, करिब ४६ परिवार क्वाटर मा बस्दै आएका छन् । पर्याप्त पानी को आपुर्ति नहुँदा नुहाउन र लुगा धुन मात्र नभइ, पिउने पानी कै अभाव हुन थालेको वर्ष दिन भइसक्यो ।
वर्ष दिन सम्म अब त पानी को सहज आपुर्ति होला होला भन्दै आश मा बसेका विद्यार्थिहरु ले पिउने पानी सम्म को अभाव भएपछि २० गते विहिबार बिहान केयु प्रशासन अगाडि पानी चाहियो भन्दै नारावाजी गरेका थिए । प्लेकार्ड र पम्प्लेट बोकेर आएका छात्राहरु को समूहले करिब १ घन्टा केयु प्रशासन समक्ष पानी चाहियो भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शन पछि विद्यार्थी प्रतिनिधिहरु को समूह ले प्रशासन समक्ष वार्ता गरेको थियो । केयु प्रशासन ले हरसम्भव पानी को आपुर्ति सहज गर्न कोशिस गरिरहेको बताएको छ । आन्तरिक स्रोत बाटै केही इनार बाट पानी निकालिएको छ भने, पिउने पानी ट्यांकर बाट ओसारिरहेको छ । तथापी १ लाख पानी खपत हुने ठाउँ मा ३०-३५ हजार लिटर ले आपुर्ति सहज हुने कुरै भएन । तर पानी ओसार्ने ट्यांकरहरु पनि बाटो बाटै मा डनहरुले रोकेर हप्ता असुल्न थालेका कारण केही दिन ट्यांकरबाट पानी आपूर्ति नहुँदा निकै समस्या परेको थियो ।
केयु को, हामी प्रयास गरिरहेका छौँ भन्ने कुरा सुन्दा सुन्दा आजित भएका विद्यार्थीहरु, २० गते बिहिबार दिउँसो जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रे पुगि समस्या बारे जिल्ला प्रशासन अधिकृत श्री नेत्र प्रसाद न्यौपानेलाई जानकारी गराएका थिए । सिडिओ तथा सहायक सिडिओ समक्ष विद्यार्थी ले पानी नपाएको गुनासो गर्दै, चाँडो भन्दा चाँडो पानी को आपुर्ति सहज गराइदिन आग्रह गरेका थिए । झट्ट कुरा गरेर तुरुन्त समस्या समाधान हुन्छ भन्ने आशा मा सिडिओ कार्यालय पुगेका विद्यार्थीहरु अब तुरुन्तै पानी पाइन्छ भनेर विश्वस्त भने हुन सकेनन् । सबैको कुरा सुनिसकेपछि सिडिओ ले बताउनुभयो, अर्को हप्ता धुलिखेल खानेपानी सँग कुरा गरेर, केयु सँग फेरि कुरा गर्नेछौँ । अब आफू जलस्रोत समिति को अध्यक्ष भए पनि, यो पानी वितरण प्रणाली जटिल रहेको कुरा बताउँदै, वितरण प्रणाली मा धेरथोर सुधार आवश्यक रहेको कुरा औँल्याउनुभयो । कुराकानी का क्रम मा विद्यार्थी ले चित्त बुझाएर फर्केको भएपनि, चाँडै पानी पाइन्छ भन्ने कुरा मा विश्वास गर्ने ठाउँ कहीँ छैन । झन् सरकारी काम कुनै पनि चाँडो हुँदैन भन्ने कुरा त आज कै कुरा बाट पनि थाहापाइयो । धुलिखेल खानेपानी सँग अर्को हप्ता सकेसम्म चाँडो बैठक बसेर समस्या हल गरिने भएको भएपनि, बैठक को मिति समेत तय गरिएन ।
हुन त यसअघि पनि केयु प्रशासन ले पानी को आग्रह गर्दै खानेपानी सँग वार्ता गरिसकेको छ तर खानेपानी पानी को अभाव छ भन्दै, पर्याप्त आपुर्ति नगर्ने पक्ष मा रहेको छ । धुलिेखेल क्षेत्र मा रहेका होटल, हस्पिटल, आर्मी ब्यारेक, प्रहरी, सरकारी कार्यालय सबै मा पानी पर्याप्त हुने तर देश कै गौरव बोकेको, तथा धुलिखेल कै शोभा बनेर रहेको अग्रणी शैक्षिक संस्था काठमाडौँ विश्वविद्यालय मा भने पानी को अभाव रहेको कुरा आफैँ मा विवादास्पद छ । पानी को अभाव सँगै केयु ले केही ट्यांकर पानी दिनहुँ किनिरहेको छ, तर यो देखेर धुलीखेल खानेपानी भन्छ, हाम्रो पर जंगल मा रहेको ट्यांकी मा ५० हजार को ट्यांकी छ, ट्यांकर ल्याएर त्यहाँ बाट किनेर लानु । ५० हजार को ट्यांकी मा पानी हुने अनि, ट्यांकर मा ओसारेर ल्याउन पाइने तर पाइप बाट पानी आपूर्ति नगर्ने, खानेपानी समिति को कुरा बुझ्न सकिएको छैन । यही कुरा ले पनि पानी पर्याप्त छैन भन्ने समिति को कुरा माथि औँला उठाउने ठाउँ भेटिएको छ ।
तर हामी विद्यार्थी, स्टाफ अनि शिक्षक को हक मा हेर्दा, केयु ले जसरी पनि हामीलाई पानी उपलब्ध गराउनु पर्छ । चाहे किनेर होस् या बोरिङ गरेर, जसरी भएपनि पानी उपलब्ध गराउनु पर्ने हुन्छ । जब देखि होस्टल फि बढ्यो, त्यसै समय देखि पानी को अभाव भएको कारण, विद्यार्थीहरु केयु प्रशासन सँग रुष्ट भएका छन् । ४ वर्ष को लागि आफ्नो घर, आफ्नो स्कुल मानेर विश्वविद्यालय छिरिसकेपछि केयु ले हामीलाई सबैकुरा उपलब्ध गराउनु केयु को कर्तव्य हुन आउँछ । केयु ले चाहे बोरिङ गरेर हुन्छ कि, नयाँ स्रोत खोजेर हुन्छ कि, जसरी भएपनि हामीलाई पानी उपलब्ध गराउनुपर्छ । हामीलाई पानी चाहियो । सोच्नुस् न, हामीलाई अत्यावश्यक पानी पनि भनेको समय मा पाइँदैन भने, हामीले के गर्ने ? पढ्न जाने कि पानी कहाँ पाइन्छ खोजेर हिँड्ने । अत: जतिसक्दो, पानी को आपुर्ति सहज गर्न सबै पक्ष समक्ष हार्दिक अपिल गर्दछौँ । हस्पिटल होटल, सैनिक अनि प्रहरीलाई पर्याप्त आपूर्ति गर्ने तर विश्वविद्यालय लाई एक चौथाइ मात्र पानी आपुर्ति गर्ने , खानेपानी उपभोक्ता समिति को सौतेलौ व्यवहार बाट हामी विद्यार्थीहरु मा धेरै मर्का परेको कुरा यसैब्लग मार्फत अवगत गराउँदै, विद्यार्थीहरुलाई पानी को सहज आपूर्ति हुनुपर्यो भन्ने जोडदार माग गर्दछौँ । पानी को लागि खानेपानी कै पाइप काट्दा मात्र समस्या समधान हुने भए अर्कै कुरा, अन्यथा पानी को सहज आपूर्ति गराउनुपर्यो, हामीले पानी पिउन पाउनुपर्यो । आशा गरौँ केयु ले आन्तरिक स्रोत बाट भएपनि, जसरी भए पनि महिना दिन भित्र खानेपानी को आपूर्ति सहज गराउँछ अन्यथा विद्यार्थी पढाइ छाडेर आन्दोलन मा उत्रनु बाहेक अरु केही विकल्प छैन कारण जहाँ पनि जुलुस ननिकाली कसैले कुरा सुन्ने वाला छैन ।
जय खानेपानी !!!
कुरा के यू को मात्रै होइन कम्रेड, सारा धुलिखेल भरी नै पानी को समस्या छ....अहं, धुलिखेल मात्रै पनि होइन त्यो धुलिखेलमा आउने पानी को मुहान भएको ठाउँ पनौती मा पनि त्यो भन्दा ठुलो समस्या छ अहिले । धुलिखेलमा आपुर्ती हुने पानी पनौती बाट आउने हो.... मलाई अझै सम्झना छ कि जन-आन्दोलन भाग-२ मा पनौती बासिहरु जिल्ला प्रशासन घेराउ गर्न जाँदा पुलिस को Tear-Gas खाएर रन्थन्नियर पानी माग्दा धुलिखेल्बासिहरुले उल्टो फोहोर पानी झ्यालबाट खन्याइदिएका थिए तेस्को रिसमा पनौतिका युवाले धुलिखेल आउने पानीको Pipe काटिदिएका थिए। धुलिखेलमा आउने खानेपानी पनौतिको जनताले समेत नखाएर सिधै रोशी खोलाको मुहान बाट ल्याइएको हो वास्तवमा । जिल्लाको सदरमुकाम भएकाले, पर्यटकिय नगरी भएकाले, अनी के यू ,धुलिखेल हस्पिटल लगायतका महत्वोपूर्ण निकायहरु भयकाले नै पनौती बासिहरुले यो सदायता देखाएका थिए तर आज पनौतिबासीहरुनै पानी को हाहाकारमा परेका छन । अब उनिहरुको एउटै माग छ कि धुलिखेल निर्यात भएको त्यो पानी पनौतिमै पहिले बितरण गरिनु पर्छ। तेस्कालागी आन्दोलन को कार्यक्रम तय भइसकेको छ । तेसैले... आकार ब्रो लगायताका के यू का आम विद्यार्थीहरुलाई पानीका लागी आँफै घरबाट ल्याएर खान अनी use गर्न म आग्रह गर्दछु किनकी अहिले के यू ले पाइरहेको ३० - ३५ हजार लिटर पानी पनि अब पाउने वाला छैन है धुलिखेलले चेतना भया ।
ReplyDeleteyes...! Manoj is 100% right. Thanks manoj for comment.
ReplyDeleteओहो, अब काठमांडूको व्यथा काठमांडू बिश्वबिद्यालयमा ? धुलिखेल पुगेर ? साह्रै भयो यो त | विद्यार्थीले पढ्नु कि पानी खोज्न हिंड्नु ?
ReplyDeleteyes...! Manoj is 100% right. Thanks manoj for comment.
ReplyDeleteकुरा के यू को मात्रै होइन कम्रेड, सारा धुलिखेल भरी नै पानी को समस्या छ....अहं, धुलिखेल मात्रै पनि होइन त्यो धुलिखेलमा आउने पानी को मुहान भएको ठाउँ पनौती मा पनि त्यो भन्दा ठुलो समस्या छ अहिले । धुलिखेलमा आपुर्ती हुने पानी पनौती बाट आउने हो.... मलाई अझै सम्झना छ कि जन-आन्दोलन भाग-२ मा पनौती बासिहरु जिल्ला प्रशासन घेराउ गर्न जाँदा पुलिस को Tear-Gas खाएर रन्थन्नियर पानी माग्दा धुलिखेल्बासिहरुले उल्टो फोहोर पानी झ्यालबाट खन्याइदिएका थिए तेस्को रिसमा पनौतिका युवाले धुलिखेल आउने पानीको Pipe काटिदिएका थिए। धुलिखेलमा आउने खानेपानी पनौतिको जनताले समेत नखाएर सिधै रोशी खोलाको मुहान बाट ल्याइएको हो वास्तवमा । जिल्लाको सदरमुकाम भएकाले, पर्यटकिय नगरी भएकाले, अनी के यू ,धुलिखेल हस्पिटल लगायतका महत्वोपूर्ण निकायहरु भयकाले नै पनौती बासिहरुले यो सदायता देखाएका थिए तर आज पनौतिबासीहरुनै पानी को हाहाकारमा परेका छन । अब उनिहरुको एउटै माग छ कि धुलिखेल निर्यात भएको त्यो पानी पनौतिमै पहिले बितरण गरिनु पर्छ। तेस्कालागी आन्दोलन को कार्यक्रम तय भइसकेको छ । तेसैले... आकार ब्रो लगायताका के यू का आम विद्यार्थीहरुलाई पानीका लागी आँफै घरबाट ल्याएर खान अनी use गर्न म आग्रह गर्दछु किनकी अहिले के यू ले पाइरहेको ३० - ३५ हजार लिटर पानी पनि अब पाउने वाला छैन है धुलिखेलले चेतना भया ।
ReplyDelete