Skip to main content

लातोँ का भूत बातोँ से नहीँ मान्ता !

विगत केही महिना देखि, हाम्रो देशमा प्रधानमन्त्री छान्ने नाटक भइरहेको छ । अब त्यो नाटक पनि नौटंकी भइसक्यो, अनि नौटंकी पनि धेरै नै भयो । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तो, तिनीहरु का नौटंकी ले आजित भइसकियो, दिक्क भइसकियो । प्रधानमन्त्री का एक्ला उम्मेदवार ले १२ पटक सम्म निर्वाचन मा भाग लिएको सम्म थाहा छ तर हिजो गाइँगुँइ सुनेको, अब १७ औँ पटक को निर्वाचन पो हुँदै छ रे !

ठूला दल भनाउँदाहरुलाई मादल झैँ बजाए ठिक हुन्थे कि ? न हात्तिवन ले केही लछारपाटो लायो, न गोकर्ण ले नै केही लछारपाटो लायो ! अब मन नै नमिलेपछि, गोप्य वार्ता भन्दै मा सबै कुरा मिल्ने हैन क्यारे ! हैन, किन हामीलाई गोप्य वार्ता को निहुँ गरेर, उल्लु बनाइरहेकाछन्, यी पाजीहरुले । कति न, देश को अवस्था प्रति चिन्तित भए जस्तो नि देखाउँछन्, अनि सहमति त हरदम भन्छन् । हिजो पनि गोकर्ण मा सहमति गर्नु चाँहि पर्छ, तर कसरी गर्ने भन्ने कुरा चाँडै टुंगो लगाइनेछ भन्ने सहमति भो रे !

हुन त लाज पचेपछि, शरम नलागेपछि, जे भने नि भो, जे गरे नि भो । जनताप्रति र देशप्रति उत्तरदायी भएको भए न सोच्थे, देशको हित मा ! अब कहाँ उनीहरु को नजर प्रधानमन्त्री को कुर्सी मा छ, अनि के का हुन्थ्यो सहमति ! ३ वटा दल ले कुर्सी का खुट्टा आफूतिर तानिरहेकाछन्, अनि उता अर्का बार्गेनिङ गर्न पल्केका, क्षेत्रीय राजनिति गर्ने मधेशवादीदल भनाउँदाहरु पनि आफ्नो अनुकुल खोजिरहेकाछन् ।

संविधान बनाउने म्याद अस्ति नै सक्कियो, देश प्रति र संविधान प्रति अत्यन्तै चिन्तित भए जसरी, रातभर बसेर संविधान सभा को म्याद थपेर छाडे । ए ! अब त घैटोँ मा घाम लाग्यो होला भन्ने सोचेको, के का हुन्थ्यो, उनीहरु ले त प्रधानमन्त्रीलाई पो दागा धरे । प्रधानमन्त्री को कुर्सीका लागि माओवादी ले ९ दिन सम्म त नेपाल नै बन्द गर्यो नि । अनि गफ पनि यति दिए कि, प्रधानमन्त्री ले राजिनामा दिएको २ मिनेट भित्र सहमति गर्छौँ । आपुताली परेर मोज गरिरहेका, प्रधानमन्त्री ले सजिलै के कुर्सी छाड्थे । आफ्नै पार्टि का अध्यक्ष ले समेत, अत्ति गर्ने थालेपछि, प्रधानमन्त्री ले राजिनामा त दिए तर अचम्म ४ महिना सम्म पनि, कामचलाउ प्रधानमन्त्री भएर बसेका छन् । उनको काम भनेको, उद्घाटन गर्ने, रिवन काट्ने, लौ सहमति गरेर देखाओ भन्ने भाषण गर्ने ।nepali_halat

गिरिजाबाबु बितेको १ वर्ष पनि भा’को छैन । देशमा १६ पटक प्रधानमन्त्री को चुनाउ भइसक्यो, ४ महिना काम चलाउ सरकार ले काम गरिसक्यो, बजेट निष्काशन भएन, माओवादी तथा देशका प्रधानमन्त्री र राष्र्टपति २-३ पटक विदेश घुमेर आइसके । अरु त के भन्नु, गोप्य वार्ता नि २ पटक सहमति गर्नुपर्छ भन्दै टुंगिसक्यो । चाहे जो सुकै ले, गिरिजालाई जे भनुन् तर उनको कमि त अहिले सबैले महशुस गरेकै छन् । सायद, उनी अझै भएको भए यस्तो त हुँदैनथियो होला भनेर, अड्कल काट्नेहरु प्रशस्त छन् । गिरिजा भलै, कांग्रेसलाई एकलौटि चलाउने मान्छे हुन् तर उनी राजनितिक खेलाडि चाँहि पक्का थिए । सबै दलका नेताहरुलाई ‘हराबरा’ खेलाएर जसरी नि सहमति मा गिरिजा ले ल्याउँथे । भन्दा फरक नपर्ला, गिरिजा को दाजोँमा अहिले का सबै नेताहरु ‘नपुंसक’ नै रहेछन् । प्रचण्ड, बाबुराम, झलनाथ, रामचन्द्र सबैका तुजुक देखिसकियो, जति नै मच्चिएपनि, पिंङ ठाउँको ठाउँमा नै छ ।

तुलोमा राखेर जोख्ने हो भने कोही घटिबढि त छैनन्, नौटंकि गर्न, चाप्लुसी घस्न, चिल्ला कुरा गरेर जनतालाई चिप्ल्याउन सबै माहिर छन् । यही मध्ये पनि, झलनाथ खनाल उर्फ झल्लु, एउटा स्ट्यान्ड लिन नसक्ने नेता रहेछन् । हुन त यसैपनि, झालेमाले एमाले अनि झल्लु भनेर, उनको दोहोलो काढ्ने गरिएको छ । अझ ति छन् नि, प्रचण्ड भन्ने पुष्पकमल दाहाल । उनको जुँगा, अनि उनको पर्सनालिटि हेर्ने हो भने, त्यस्तो नेता पाउनु हाम्रो सौभाग्य हो तर के गर्ने, बुद्धि भने १ पैसा को रहेनछ । आफ्नै पार्टिबाट अरुलाई माथि उठ्न नदिने, गौरवशाली पार्टि र घेराबन्दी भन्न पनि कहिले नछोड्ने भए । उता त्यस्तै हालत छ, रामचन्द्र र शुशिल कोइरालाहरुको ।

३ वटा दल का ३ थरि अडान छन् । ३ वटैलाई प्रधानमन्त्री को कुर्सी चाहिएको छ । सहमति गर्ने राग अलापिरहेकाछन् । ‘लातोँ का भुत बातोँ से नही मान्ता’ भनेजस्तो, यिनिहरु ले लात नै खोजेका हुन् कि ? या अर्को कुनै देशका राजदुत, विदेशमन्त्री या प्रधानमन्त्री आएर कुर्सी को भागवन्डा लाइदिन्छन् भनेर निहुँ खोजेर बसेका हुन् कि ? कुरो यसरी मिलाउँ न त ! सबैभन्दा अगाडि राष्टपति छँदैछन्, बाँकि ३ दलका लाई ३ वटा प्रधानमन्त्री बनाइदिउँ, आखिर पहिले पनि २-३ जना  उप-प्रधानमन्त्री बनाइएकै थिए क्यारे, यो पटक ३ वटा प्रधानमन्त्री बनाइदिउँ ।

हे पशुपति ! यो नौटंकिलाई कम गर्ने या बन्द गर्ने उपाय यसो बताइदेउ न ! कि सबैलाई भौतिक कारवाही नै गर्नुपर्ने हो, जनताहरु मिलेर !  लौ, अब हामी पनि गोप्य छलफल मा लाग्नुपर्ला जस्तो छ है, हे पशुपति ! हामी नि गोप्य वार्ता मा बसौँ न, मृगस्थली तिर ! Smile with tongue out

कार्टुन: रविन सायमी

Comments

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post