Skip to main content

उफ ! यो राजधानी

काठमाडौँ विरामी भएको छ ! हुन त देश नै बिरामी भइरहेको बेला, काठमाडौँ मात्र बिरामी भनेर लेख्दा सबैलाई पाच्य नहुन सक्छ ! तर साँच्चै काठमाडौँ बिरामी भएको छ ! अनि काठमाडौँ ले नै सारा देश को प्रतिनिधित्व गर्छ, कारण काठमाडौँ मा सबै कुरा छन् । ढल देखि जलसम्म, भिखारी देखि धनाढ्यसम्म, इमानदार देखि नेतासम्म सबै यही काठमाडौँ मा थुप्रिएकाछन् । सबै थुप्रिएको ठाउँमा, म नहुने भन्ने कुरा पनि भएन ! म पनि यही काठमाडौँ मा कतै हराइरहेछु, काठमाडौँ विरामी भइरहँदा पनि, ‘बालै’ भएन भनेर म आफैँ मस्त भइरहको छु ।

‘उपरवाला जब भि देता, देता छप्पड फाडके’ भन्ने हिन्दी चलचित्र ‘हेराफेरी’ को गित निकै सत्य  लाग्छ । जब पनि हामीकहाँ समस्या आउँछ, साँच्चै काठमाडौँ ले धान्न नसक्ने गरि नै आउँछ । सायद, समस्या देख्न सजिलो छ तर समाधान उत्तिकै गाह्रो छ ! तर पनि यो आफ्नो मनले समाधान भन्दा समस्या नै धेरै देख्छ ! 

काठमाडौँ मा थुप्रिएको फोहोरमा पुग्दा एकछिन नाक छोपेर हिँडिदिन्छु, अनि सोच्न थाल्छु खै, कहाँ छ भविष्य ? हामी कता जाँदैछौँ ! एकछिन पानी दर्किँदा रोड मा बाढि आएको छ जमल मा, जमल चोक मै फोहोर को थुप्रो छ ! फोहोर अनि पानी, खै कसरी पो आफ्नो मनलाई बुझाउँ तर पनि मन नलागि नलागि म त्यही फोहोर को बिचमा हिँड्दैछु ! लाग्छ, धत् यो पनि राजधानी हो त ? राजधानी यस्तै हुन्छ त ?

ओखरपौवा को ल्यान्डफिल्ड साइटका बासिन्दा पनि अत्ति नै गर्छन्, कोही बोलेको सुन्छु ! तर पहिले बाचा गरेको प्रतिबध्दता पुरा नगर्ने महानगरपालिका कस्तो, अर्को आवाज सुन्छु, आफ्नो कान मा इयरफोन घुसारिएको भएपनि ! हैन, सहमति पनि गरेछन्, आजदेखि फोहोर उठाउने भनेर, तर बेलुकै अर्को समूह आएर अरु मागहरु तेर्साए रे ! हे भगवान्, यी मान्छेहरु पनि किन यस्ता अराजक भएका हुन् – अर्को आवाज सुन्छु ! सोच्छु, साँच्चै हामी किन अराजक बन्दैछौँ ? ती नेताहरु त बिग्रिए, हामीलाई बिगारे, तर हामी किन फेरि अराजक बन्दैछौँ ! काठमाडौँ को फोहोर व्यवस्थापन को जिम्मा त हामी जनताहरु को पनि हो, हैन र ? हामी किन धारे हात लाएर महानगरपालिकालाई सराप्छौँ ? अब गाडि लानै नदिएपछि, बिचरो महानगरपालिका ले के गरोस् ?  नाम मात्र महानगर भएर के गर्नु, महानगर अनुसार को कुनै सुविधा छैन ! न धारा मा पानी आउँछ, न सडक मा जाम खूल्छ, न त काठमाडौँ को फोहोर नै उठ्छ ! आफ्नो मन मै दुविधा हुन्छ, मलाई दुबै कुरा ठिक लाग्छ !

अनि लाग्छ, यो कुरा यत्तिकै मिल्नेवाला छैन ! हामी ले यही फोहोर को डंगुर भित्र बाँच्न सक्नुपर्छ, सिक्नुपर्छ ! गाडि ले पछाडि बाट हरन  लाउँदा झसंग हुन्छु, म बाटो को बिच बाट हिँडिरहेको छु । बल्लतल्ल महानगर ले, केही ठाउँमा आकाशे पुल बनाइदिएको छ, तर त्यो पुल बाट म बाटो काट्दिन, कारण म अराजक भएको छु, अनि मलाई लाग्छ म सारा नेपाली जनता को प्रतिनिधित्व गर्छु ! कहिँ एक्सिडेन्ट भयो भने, बाटो बन्द गर्छु, टायर बाल्छु, सरकारलाई सराप्छु प्रधानमन्त्री चयन नगरिएको भन्दै, भारतलाई सराप्छु, मिडियालाई सराप्छु, साँच्चि म राम्रो त देख्नै छाडेको छु !

काठमाडौँ विरामी भयो भन्दैछु तर सायद म बिरामी भएको हुनसक्छु ! गज्याङ गज्याङ फोहोर, घन्टौँ को ट्राफिक जाम,  साँच्चै म बिरामी पर्दैछु ! हिँड्दा हिँड्दै, निधार छाम्छु, निधार तातो जस्तो लाग्छ, सायद म बिरामी भएँ ! तर जति पनि पाइला बढाउँछु, म काठमाडौँ को समस्या को बारेमा सोचिरहेको छु, समाधान मलाई पनि थाहा छैन ! तर जब पनि काठमाडौँ को बारेमा सोच्छु, भित्र मन मा चसक्क घोचे झैँ हुन्छ !

संविधान सभा को भवनलाई देख्छु तर मेरो मन मा संविधानसभा एकादेश को कथा भइसक्यो ! खै प्रधानमन्त्री छान्न को लागि कति पटक निर्वाचन भयो थाहा छैन, कारण अब मलाई ति कुराहरु को वास्ता लाग्न छोडेको छ ! मैले त्यसविषय को समचार पढ्न र हेर्न छाडिसकेको छु ! रियल जुस मा ‘लेदो’ भेटिएको समाचार पत्रिकाले लेख्न थालेपछि, रुष्ट भएको भारतिय दुतावास ले ‘डाबर’ कम्पनि को प्रवक्ता को काम गरिरहेको छ भन्ने कुरा पनि आम जनमानस मा फैलिरहेको छ ! प्रकाशन गृह र दुतावास विच जुहारी चलिरहेको छ ! राजनिति मा मात्र हस्तक्षेप गर्दै आएको, दुतावास ले समाचार कै विषय लिएर प्रकाशन गृहमाथि पनि फुट को राजनिति गरिरहेको छ, गाँइगुँइ यस्तै हल्ला चल्दैथियो, वानेश्व चोक को चिया पसल मा पानी छल्न केही बेर रोकिँदा !

फोहोर, अभाव र हाहाकार कै बिच पनि, हिजो  डाबर नेपाल को प्रायोजन मा मिस नेपाल छानियो, त्यही खबर कति पत्रिका का आज का हेडलाइन भएछन् तर एउटा दैनिक ले त छोटकरी समाचार सम्म दिएन भने पछि, कुरा धेरै गम्भिर भइसकेको झैँ लाग्दैछ, यो बिरामी काठमाडौँ मा अर्को अनिष्ट देखिएको छ !

यसै समय मा पारश र हिमानीका खबरहरु पनि छाइरहेकाछन् काठमाडौँ मा ! खै, म बुझ्न सकिरहेको छैन, के हुँदैछ यहाँ, अनि के हुनेछ यहाँ ? राजनैतिक गतिरोध र अन्यौलता, नेता का र पार्टि का नेता को नाम सुन्यो भने पनि झनक्क रिस उठेर आउँछ, उनीहरुको काम गराइ का कारण ! संविधानसभा, राजनिति, फोहोर, ढल,भारतिय दुतावास, प्रकाशनगृह ! एउटा लडदा अर्को यहाँ हाँस्ने बानि पुरानै हो तर यो मिडियाहरु को सन्दर्भ मा आफैँलाई अचम्म लाग्यो, किन यिनीहरु आपसमा “पितपत्रकारिता” गर्छन्, विदेशीलाई रिझाउन को लागि ?

तल ‘एमाले’ को मुखपत्र ले कान्तिपुर को बारेमा छापेको समाचार हेर्नुस् !

काठमाडौँ को फोहोर खै,मैले वास्ता गर्न छोडिदिँए ! देशमा प्रधानमन्त्री होस् कि नहोस मलाई ‘बाल’ हो ! राकेश सुद को भो कुरा नगरौँ ! नेपाली मिडिया को अन्तरंग मलाई थाहा छैन ! जाम त सँधै यस्तै हो ! खानेपानी, आउँछ नि हप्ता मा मज्जा ले एकपटक ! पूर्व पश्चिम मा बाढि गयो रे, यही जमललाई त बाढि बाट बचाउन सकिएको छैन भने, सुदुर गाउँहरु को कुरा सोच्नु पर को कुरा हो !

समस्या मात्रै देखाउँदा निराशावादी लाग्नसक्छ तर खै, आशा गर्ने ठाउँ पनि त छैन ! मिडास सफ्टेक भइरहेको छ, लोकस हुँदैछ अनि केयु आइटि मिट पनि हुने तरखर मा छ ! इन्फरमेसन टेक्नोलोजीका पारखीहरु हौसिएका छन् । अस्ति यस्तै युवा समूह ले काठमाडौँ बारक्याम्प को आयोजना गर्यो, अब सफ्टवेयर फ्रिडम डे आउँदैछ ! साँच्चै हामी कति धेरै नयाँ कुराहरु देख्छौँ, कति नयाँ कुराहरु सुन्छौँ ! यही काठमाडौँलाई व्यवस्थित गर्ने कति धेरै आइडियाहरु निस्कन्छन् ! कति धेरै प्रविधि विकास गरिरहेका छन्, नेपाली युवा वैज्ञानिकहरु ! कोही फोहरलाई मोहर बनाउनलागेका छन् ! जब पनि त्यस्ता कार्यक्रम मा जान्छु, म हामी सारा नेपाली को भविष्य उज्वल देख्छु तर त्यो एकछिन को सपना झैँ बन्न पुग्छ, कारण त्यो आवाजहरु बाहिर निस्किँदैनन्, निस्किएपनि सम्बन्धित पक्ष ले भन्छ, यसको लागि त कानुन नै बनेको छैन !

Image: Istockphoto

Comments

  1. अरु कुरो राम्रो छ .. पहिलो paragraph म "फटाहा देखि नेतासम्म" भन्नु भन्दा "इमान्दार देखि नेतासम्म " भनेको भा मिल्थ्यो जस्तो लाग्यो.. :P

    ReplyDelete
  2. यो काठ्मान्डु दश बर्ष अघि पनि यस्तै थियो। आज पनि त्यस्तै छ। तत्काल परिवर्तन हुने छांट कांट अझै देखिदैन।

    ReplyDelete
  3. मैले साधना दिदी को कुरालाई मानेँ है !
    :)

    ReplyDelete
  4. खै, यस्तै छ राजधानी, वा अझ राम्ररी भन्दा यस्तै बनाइएको छ राजधानीलाई ।
    कान्तिपुरले मिस नेपालको खबरलाई त्यस्तरी उपेक्षा गर्नु र 'बुधबार' मा माथिको समाचार छाप्नु ले भने 'दाल मे कुछ काला हे' भन्ने हिन्दी उखान याद दिलाएको छ ।

    एउटा देशको कुटनैतीक नियोग कुनै कम्पनीको खेताला नै बन्ने र अर्को प्रकाशन गृहले भने एउटा 'इभेन्ट' लाई 'पवक्ता' सँगको दुस्मनी का कारण आफ्नो छापामा ठाउँ नै नदिने । लौ, यस्तै रहेछ :)

    ReplyDelete
  5. You represent the feeling of young arrogant ( in positive sense) Nepali youth...really Kathmandu is representative of the whole nation...while Ktm is in problem we can assume that the whole nation is in crisis..So many problems are here...I remember an intellect saying that "If one seriously think of the problems of this nation then he will suffer from heart-attack immediately". This is the condition..

    However, like you are hopeful in your writing about youth in technology , I am also hopeful towards so many other things...

    Kathmandu is in real chaos...the incessant rainfall and the garbage everywhere, the road like rivers and the holes in the roads...just it is really getting over my head..

    However, we can still hope...hope never dies..

    ReplyDelete
  6. You represent the feeling of young arrogant ( in positive sense) Nepali youth...really Kathmandu is representative of the whole nation...while Ktm is in problem we can assume that the whole nation is in crisis..So many problems are here...I remember an intellect saying that "If one seriously think of the problems of this nation then he will suffer from heart-attack immediately". This is the condition..

    However, like you are hopeful in your writing about youth in technology , I am also hopeful towards so many other things...

    Kathmandu is in real chaos...the incessant rainfall and the garbage everywhere, the road like rivers and the holes in the roads...just it is really getting over my head..

    However, we can still hope...hope never dies..

    ReplyDelete
  7. खै, यस्तै छ राजधानी, वा अझ राम्ररी भन्दा यस्तै बनाइएको छ राजधानीलाई ।
    कान्तिपुरले मिस नेपालको खबरलाई त्यस्तरी उपेक्षा गर्नु र 'बुधबार' मा माथिको समाचार छाप्नु ले भने 'दाल मे कुछ काला हे' भन्ने हिन्दी उखान याद दिलाएको छ ।

    एउटा देशको कुटनैतीक नियोग कुनै कम्पनीको खेताला नै बन्ने र अर्को प्रकाशन गृहले भने एउटा 'इभेन्ट' लाई 'पवक्ता' सँगको दुस्मनी का कारण आफ्नो छापामा ठाउँ नै नदिने । लौ, यस्तै रहेछ :)

    ReplyDelete
  8. यो काठ्मान्डु दश बर्ष अघि पनि यस्तै थियो। आज पनि त्यस्तै छ। तत्काल परिवर्तन हुने छांट कांट अझै देखिदैन।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

वनेपा मा बाढि

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

Subscribe to Aakar Post