Skip to main content

Posts

Showing posts with the label Blogging

अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा। एउटा प्रयोग २०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द

सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् । पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो । धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी

सँधै राजनितिको कुराले तात्ने सोसल नेटवर्कहरुमा २-३ दिन यता नेपाल प्रहरीको नयाँ हर्कतले तातेकोछ । अपराध नियन्त्रणको निहुँमा कपाल पाल्ने, मुन्द्रा लाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कारवाही गर्न थालेकोछ ।  समाचार अनुसार “नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको छ। लामो अशोभनिय कपाल पालेकाको कपाल काटिएको छ तथा, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिइकोछ।” नेपाल प्रहरीको ज्यादतिको विरोधमा फेसबुकका भित्ताहरु स्टाटस र फोटोहरुले भरिएकाछन् । प्रहरीको अभियान देखेर आफैँलाई लाज लागेकोछ । राजनैतिक दलहरुका वरपर रहेका डनहरु, अपराधिहरु खुल्लमखुल्ला हिँडिरहेकाछन्, तर प्रहरीले अपराध नियन्त्रण गर्ने निहुँमा लामो कपाल भएका युवाहरुको कपाल काट्ने अभियान थालेकोछ । संगठित अपराधीहरुबाट जनताले दु:ख व्यहोरीरहेका बेला, जनताको ध्यान मोड्न र पपुलिस्ट हुन, एउटा “वाहियात” अभियान सञ्चालन गरिरहेछ । आफ्नो असक्षमता ढाक्न कपाल लामो भएका युवाहरु अपराधी हुन् भन्ने कुरा प्रमाणित गर्न लागिपरेकाछन् । केही समय पहिले भारतमा, एकजनाले “चाउमिनका कारण बलत

पछिल्लो समयमा आएर धेरै साथीहरुको गुनासो छ, ब्लग अपडेट भएन । ब्लगमा किन नयाँ केही नलेखेको? मेरो पनि यही गुनासो छ, ब्लग किन अपडेट भएन? अफिसका कारण समय छैन, शनिबार र आइतबारको दिन पनि काममै बित्छ । कहिले बत्ति हुँदैन त कहिले इन्टरनेट । कहिले थकाइ लागेको हुन्छ, त कहिले लेख्ने मुड हुँदैन, आदि आदि ।एउटी साथीको गुनासो पनि छ, हिजोआज च्याटमा पनि भेटघाट हुँदैन । फुर्सद त पहिले पनि हुँदैनथियो, तर पनि बोल्न त भ्याइन्थ्यो, अहिले त त्यो पनि छैन । कुनै दिन दह्रो झटारो हानाहान पर्ला जस्तो छ, च्याट मै ।  कहिलेकाँही सोच्छु, कहिँ म चाहिने भन्दा बढि नै व्यस्त भइरहेको त छैन । कतै म आफैँसँग बहानाबाजी त गरिरहेको छैन । खै, तर किनकिन आफूसँग फुर्सदको समय नै छैन जस्तो लाग्छ । जुनबेला फुर्सद छ जस्तो लाग्छ, त्यतिबेला बत्ति हुँदैन । जब बत्ति हुन्छ, तब इन्टरनेट हुँदैन । अनि फेरि अल्छिपनाले छोप्दै ल्याउँछ, यसरी एउटा फुर्सदको समयपनि त्यसै हराएर जान्छ । बत्ति र इन्टरनेटबिच तालमेल नमिल्दा पनि, मोबाइलबाट बेलाबेलामा ट्विटरमा चियाउन चाँहि भ्याइरहेकोहुन्छ । खै, यो कस्तो व्यस्तता? हिजो र आज पानी नपरेको भए, अनि आज

डा. बाबुराम भट्टराईको भनिएको ट्विटर एकाउन्टको नाममा हिमाल खबरपत्रिकामा यो र यो सामाग्री अनि मिडियाकुराकानीमा यो ब्लग र ट्विटरमा केही ट्विटहरु देखेपछि, आफूलाई थाहा भएको उक्त ट्विटर एकाउन्टको बारेका केही कुराहरु यहाँ राख्दैछु । सन् २०११, २३ जुलाईमा, म Simplify360 (Inrev Systems), बेंगलोर अफिसमा थिँए !  ट्विटरमा बाबुराम (@baburamb) नामको एउटा ट्विटर एकाउन्ट देखा पर्यो, केही व्यक्तिहरुलाई फलो गर्यो (मलाई नि फलो गरे) र पहिलो ट्विट गरे, “I would rather die fighting than surrender to injustice and wrong doing !” ट्विटरमा प्रचण्ड, बाबुरामलगायतका नेता तथा अभिनेताहरुको नाउँका ३-४ वटा “फेक एकाउन्टहरु” पहिले नै भएका कारण, यो एकाउन्टलाई पनि खासै भाउ दिइएन । फेक ट्विटर एकाउन्टहरुको लिस्टमा अर्को एउटा एकाउन्ट थपियो भनियो, वास्ता गरिएन ! तर त्यसलगत्तैको दोस्रो ट्विटमा मलाई (@aakarpost ) लाई मेन्सन गरेर उक्त एकाउन्टबाट ट्विट आयो । ट्विटमा अंग्रेजीमा भनिएको थियो, “यो बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो, यसलाई प्रचार-प्रसार गरेर सहयोग गरिदेउ” ! दोस्रो ट्विटमा एक्कासी मलाई सम्बोधन भएका कारण, एकछिन ट्व

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ

सुरु मै प्रस्ट पारौँ, म ‘मेडिकल’ क्षेत्रसँग सम्बन्धित छैन तर पनि ब्लग भने स्क्र्याच कार्ड र क्यान्सर बारे लेख्दैछु ! केही दिन अघिको कान्तिपुर मा छापिएको खबर यस्तो छ: मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ । मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा 'सिल्भर नाइट्रोअक्साइड' हुन्छ । नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइटि्रक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा न

प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि लाइक गरेछ, कस्तो ‘सेन्स’ नै नभएको मान्छे रै’छ ! मान्छेहरु के भा’का हुन्, जे कुरा नि लाइक गर्छन् ! अब फलानाको निधन भो भनेर, फेसबुक स्टाटस लेख्यो, मान्छेहरु त्यो पनि लाइक गर्छन् ! हैन, साँच्चै मान्छेहरुको सेन्स नै छैन कि क्या हो? मान्छेहरुले मानवियता र नैतिकता नै बिर्से कि कसो भनेर, ती मान्छेहरु माथि अरुहरुले नैतिकताको प्रश्न नै उठाउँछन् । फेसबुक लाइकको सम्बन्धमा धेरै साथीहरुबाट यस्तै यस्तै किसिमका कुराहरु सुन्न पाइन्छ ! हो पनि, दुख परेको खबर फेसबुकमा स्टाटसको रुपमा अपडेट गरेकोछ, त्यो कुरालाई पनि लाइक गरेको देख्दा अचम्म त लाग्ने नै भयो ! जहिँकहिँ यसप्रकारको कुराहरु भएको देख्छु, अनि फेसबुक लाइकको बारेमा सोच्न बाध्य हुन्छु ! प्राय: सबै फेसबुक प्रयोगकर्ताले ‘लाइक’ लाई ‘मन पर्नु, मन परेको’ भनेर बुझ्ने गरेकाछन् ! अनि हामीले पहिले देखि पढ्दै आएको कुरा पनि त्यही नै हो, ‘केही कुरा मन पर्नु’लाई ‘लाइक’ भनिन्छ, वा ‘उस्तै उस्तै कुरालाई’ पनि यदाकदा

हिजोआज ब्लग लेखनमा केही कमी आएकोछ ! दिनहुँजसो लेख्ने मलाई, हिजोआज हप्तामा एउटा लेख्न नि गाह्रो पर्दैछ ! अनि नियमित लेख्न नसकिएको बारेमा नै ब्लग लेख्दैछु ! जागिरे जिवन सुरु भएपछि, धेरै नै व्यस्त भइने रहेछ, त्यसको बाबजुद पनि समय निकालेर ब्लग लेख्नु भनेको, एउटा ठूलै युद्द जिते जस्तो हुनेरहेछ ! लेख्ने सामाग्रीको कमी भएको होइन तर पनि खै के मिलिरहेको छैन, भन्न मुस्किल नै छ ! आज करिब २-३ वर्ष अघि आफूले लेखेका ब्लगपोष्टहरु पढेँ ! ती ब्लगहरु पढेपछि लाग्यो, हिजोआज मैले ब्लगिङ बिर्सेछु ! अनि तिनै पुराना ब्लगहरु पढ्दा पढ्दै, आज त केही लेख्छु लेख्छु ब्लगमा भन्ने लाग्यो! अहिलेसम्म १ हजार भन्दा बढि ब्लगहरु लेखिसकिएकाछन् त्यसमध्ये करिब नौ सयवटा ब्लग आफूले नै लेखेको छु ! बाँकी ब्लग कहिँबाट साभार गरिएकोछ, अरु केही ब्लग साथीहरुले लेख्नुभएकोछ ! विगत केही महिना देखि ब्लगको रङ्गमा परिवर्तन गरौँ कि भने झैँ पनि लागिरा’कोछ तर पनि अहिलेसम्म फेरि केही गर्ने हिम्मत जुटेको छैन, समय पनि मिलेको छैन ! तत्काल ब्लगको रुपरङ्ग परिवर्तन गर्न नसकिए पनि आजबाट ब्लगको लोगो भने परिवर्तन गरिएकोछ ! ब्लगको लोगो बनाइदिनुहुने क

राजु, मिना अनि उनीहरुको मोती नाम गरेको कुकुर ! उनीहरुको जिविका धान्न कुकुरले ठूलो मद्दत गरेको छ, उनीहरु सडकमा गएर तमासा देखाउँछन्, कुकुरले विभिन्न खेल देखाउँछ, उनीहरु यसैबाट आम्दानी गर्छन् । उनीहरुको घरको अभिन्न सदस्य मोती पनि हो । केही समयपछि राजु र मिनाको जोडीले कवाली देखाउने काम पाउँछन् । उनीहरु सडकबाट अब घरघरमा पुगिरहेका हुन्छन्, जसले बोलाउँछ उसकोमा गएर नाच देखाउँछन् । उनीहरुको आम्दानीको स्रोत अब नाचगान हुन्छ । एकदिन नगरपालिकाको गाडी आएर उनीहरुको कुकुरलाई लिएर जान्छ । नगरपालिकाले कुकुर लगेकोमा राजु दुख मनाउ गर्छ तर मिना “अब हामी नाचगानबाट कमाइ गर्छौँ, त्यो कुकुरको के जरुरत” भनेर प्रश्न गर्छे । “जरुरत” भन्ने शब्दले राजु झस्किन्छ ! मिना भन्छे अब त्यस कुकुर को कुनै जरुरत छैन, हामी कवाली नाचेर आम्दानी गरिरहेकाछौँ । केही समयपछि उनीहरुलाई थिएटरमा नाच्ने प्रस्ताव आउँछ । मिना भन्छे, अब हामी थिएटरमा नाच्ने भइसक्यौँ, कवालीको के जरुरत ! अब मिना थिएटरबाट चलचित्रमा पुग्छे, केही समय पहिले उसको आवश्यकता रहेको त्यही थिएटर अब जरुरत बन्न पुग्छ । मिनालाई साथ दिँदै आएको राजु आफ्नै पुरानो बाटोमा

फेसबुक अहिलेको समय मा सबैभन्दा धेरै चलाइने र धेरैले चलाउने ‘सोसल नेटवर्किङ साइट’ हो । साथीभाइ विच फेसबुक बाट नै सूचना को आदानप्रदान हुन थालेको छ । कैयौँ फोटो र भिडियोहरु ‘भाइरल’ भएर सबैको फेसबुकमा पुगिरहेकाछन् । फेसबुकमा लेखिएका अधिकांश कुराहरु मा साथीहरुले ‘कमेन्ट’ गर्ने, ‘लाइक’ गर्ने आदि गर्छन् । जस्तोसुकै कुरा किन नहोस्, फेसबुकमा राखिसकेपछि कुनै न कुनै व्यक्तिले जरुर हेरिरहेको हुन्छ । फेसबुकको लोकप्रियता सँगै, ब्लगहरु पहिले को जस्तो रहेनन् भनेर भन्नेहरु धेरै भेटिएकाछन् भने, ब्लगर साथीहरु पनि, आफ्नो ब्लग भिजिट नहुने, कमेन्ट नआउने कुराहरु गर्न थाल्नुभएको छ । भिजिट नहुनु र कमेन्ट न-आउनु अलग कुरा हुन् । कमेन्ट आएको र नआएको आधारमै यो ब्लग हिट भयो, यो ब्लग हिट भएन, कसैले पढेनन् भन्ने कुरा हुँदैन । राम्रो ब्लग छ भने, कुनै कमेन्ट नै नभएपनि, उक्त ब्लग हिट हुनसक्छ,  साथीहरुको फेसबुक र ट्विटरमा उक्त ब्लग ‘सेयर’ भइरहेको हुनसक्छ । साथीहरुको स्टाटस र ट्विटबाट नै तपाईको ब्लगमा मौन पाठकहरु आइरहेकाहुन सक्छन् । कसैले पढ्दै नपढि या भनौँ सरसर्ति हेरेर “साह्रै दामी पोष्ट” भनेर प्रतिक्रिया लेख्नु भन

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो । मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो । म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त

असार २३ अर्थात आज राजाबाट नागरिक भइसकेका पुर्व राजा ज्ञानेन्द्र को जन्मदिन रहेछ । ज्ञानेन्द्रको जन्मदिन हो भन्ने कुरा बेलुका केही अनलाइन मा देखिएका समाचार, अनि फेसबुक , ट्विटर र गुगलप्लसमा भएको कुराकानी बाट थाहा पाएँ । प्रायजसो सबै पोर्टलहरुमा, ज्ञानेन्द्र ले यसो भने भनेर, भिडियो र फोटो (फोटोफिचर) सहित नै समाचार प्रकाशन गरिएको रहेछ । सायद टेलिभिजन र रेडियो ले पनि यही कुरालाई प्राथमिकता का साथ प्रशारण गरिरहेका होलान् । त्यति मात्र होइन, ज्ञानेन्द्र ले यसो र त्यसो भने भनेर, पार्टिका नेताहरुले वक्तव्यवाजी पनि गर्न भ्याइसकेहोलान् । अनि म पनि ‘ज्ञानेन्द्र शाहलाई जन्मदिन को शुभकामना’ भन्दै यो ब्लग लेख्दैछु । जो कोहीलाई राजा को बारेमा सोध्दा मैले पाउने जवाफ हुन्छ ! मेरो लागि ‘विरेन्द्र’ मात्र राजा थिए । यो ज्ञानेन्द्र त यस्तो हो, त्यस्तो हो ! ज्ञानेन्द्र को प्रसंग निस्कदा आमा र दिदीबहिनी को गालि दिएरै, सराप्ने मान्छेहरु पनि भेटेको छु । सबैले सम्झन नचाहने र देखि नसहने व्यक्ति बनेकाछन् ज्ञानेन्द्र । उनले त्यसबेला हत्याकाण्ड मच्चाए, मच्चाएनन् त्यो कुरा आफ्नो ठाउँ मा । दोष, गुण, वैगुण सबैमा हु

इक्वेल एक्सस नेपाल को पहलमा नेपाल मा सम्भवत पहिलोपटक ‘विश्व ब्लगर दिवस’ मनाइयो । कार्यक्रममा आधिकारिक रुपमा नागरिक पत्रकारिता को साइट अर्थात ‘सिटिजन जर्नालिजम’ को साइट “ मेरो रिपोर्ट ” सार्वजनिकीकरण गरियो । सुकर्म को साङ्गीतिक प्रस्तुती सँगै साँझ ६ बजे सुरु भएको कार्यक्रम मा  राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त बिनय कुमार कसजु ले “नयाँ अनलाइन मिडिया र मिडिया सेक्युरिटी” को बारेमा धारणा राख्नु भएको थियो । पत्रकार, ब्लगर आदि को उपस्थितिमा सम्पन्न कार्यक्रम मा विनय कुमार कसजुले मेरो रिपोर्ट को “अफिसियल लन्च” गर्नु भएको थियो । कार्यक्रम मा आफूले पनि आफ्नो ब्लगिङ अनुभव सबैको सामु राखेको थिँए । वक्ता को रुपमा बोल्दै, आफूले ब्लगिङ कहिले सुरु गरेँ र कसरी गरेँ भनेको थिँए । (ब्लग कहाँ बाट कसरी सुरु गरेँ भनेर कुनै दिन लेखौँला) (सिटिजन जर्नालिजम र मेरो रिपोर्ट को बारे, चाँडै लेख्नेछु, आज चाँही धेरै थाकिएकोले, धेरै लेख्न सकिएन ! अन्य फोटोहरू केही पछि अपलोड गर्नेछु ।) फोटोहरु: मेरोरिपोर्ट बाट

नेपाली भाषाको पहिलो र चर्चित नेपाली ब्लग ‘माइसंसार’ ले पछिल्लो पटक ब्लगमा राजस्व ठगी गरेको ‘चौधरी घराना’ सम्बन्धी ब्लगहरु निरन्तर प्रकाशित गरिरहेको छ । अर्थ सचिव रामेश्वर खनाल को राजिनामा अनि त्यस सँगै जोडिएर आएको कर छलि लगायत का खबरहरुमा चौधरी घराना मुछिएको छ । चारै तिरबाट चौधरी का विरुद्ध करछलि को मुद्दा दह्रो रुपमा उठाइँदैछ र यो उठाइनुपर्छ पनि । राजस्व छलि गर्नेलाई सजाय हुनुपर्छ र अहिले सम्म को परिस्थिति हेर्दा चौधरी समूहले अर्बौँ को राजस्व ठगी गरेको बुझिन्छ । नियमित हेरिने  ‘माइसंसार’ ब्लग मा “ कान्तिपुरमा विनोद चौधरीले खण्डन लेख छपाए ” भन्ने ब्लगपोष्ट १ दिन पहिले प्रकाशित गरिएको थियो । र अहिले माइसंसार मा नियमित रुपमा ३-४ वटा अन्य ब्लगहरु पनि ‘राजस्व ठगी’ का बारेमा छापिएकाछन् । साथै, कान्तिपुर जस्तो ठूलो मिडिया ले यस प्रकार को लेख छाप्नुहुँदैन थियो भन्ने कुरा पनि, ती ब्लगहरुमा उठाइएको छ । ब्लगमा उठाइएका सबै कुरा जाजय नै छन्, धेरै कुराहरु खुलाएर जनताका सामू पस्किएको ब्लग का लागि ‘माइसंसार’ धन्यवाद को पात्र बनेको छ । अब लागौँ, आज हामीले उठान गरेको कुरातर्फ । “ कान्तिपुरमा विनोद

अर्थमन्त्री सँग गम्भिर मतभेद हुँदै राजिनामा दिएका सचिव रामेश्वर खनाल को बारेमा कुरा गर्न अस्ति बसेको मन्त्रीपरिषद को बैठकले देश को अर्थतन्त्र सुधार्न फेसबुक को नेपाली भर्सन ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको छ ।   पाँच सय ‘मिलियन’ भन्दा धेरै प्रयोगकर्ताहरु भएको फेसबुक, विश्व मै सबैभन्दा धेरै हेरिने गुगल पछिको दोस्रो ठूलो साइट हो । हालै को तथ्याङ्क अनुसार नेपाल मा चाँही “फेसबुक” सबैभन्दा धेरै हेरिने साइट हो भने सबैभन्दा धेरै हेरिने दोस्रो साइट ‘गुगल’ हो । तथ्याङ अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् । सिएनएन को How much is Facebook really worth? भन्ने लेख अनुसार फेसबुकलाई  ६५ अर्ब डलर (नेपालीमा ४७.४५ खरब रूपैयाँ; फेसबुकभन्दा हाम्रो देशको वार्षिक बजेट १५ गुणा गरिब छ )  को साइट आँकिएको छ । त्यस्तै टेक्नोलोजी साइट ‘टेकक्रन्च’ ले  फेसबुकलाई याहु र इवे भन्दा धनी साइट को रुपमा चित्रण गरेको छ । (हेर्नुहोस् तलको चार्ट, स्रोत: टेकक्रन्च)   नेपाल का ‘इन्टेलिजेन्स’हरुले फेसबुक का बारे