Skip to main content

Posts

Showing posts with the label Blogging

३-४ वर्ष अघिसम्म सिमित व्यक्ति का हातमा हुने मोवाइल फोन, अहिले प्राय: सबै नेपाली को पहुँच मा पुगिसकेको छ । ईमेल हेर्न र च्याट गर्न साइवर धाउने जमातहरु अहिले आफ्नै मोबाइल बाट संसार नियालीरहेकाछन् । नयाँ कम्पनीहरु को आगमन सँगै कम्पनीहरु विच बढ्दो प्रतिस्पर्धाका कारण, नेपालीहरुले सस्तो मा इन्टरनेट सेवा उपभोग गर्न पाएका छन् । ती अधिकांश मोबाइल प्रयोगकर्ताहरु फेसबुक मा रमाइरहेका भेटिन्छन् । आफ्ना हरेक गतिविधिहरु अपडेट गरिरहेका हुन्छन् । हालै को तथ्यांक अनुसार नेपाल मा सबैभन्दा धेरै “ फेसबुक ” साइट हेरिन्छ भने दोस्रो मा “ गुगल ” । विश्वभरी नै चर्चा मा रहेको फेसबुक को नेपाल मा पनि चर्चा हुनु र प्रयोग हुनु कुनै नौलो कुरा त होइन । हामीले हल्काफुल्का रुपमा लिइरहेको फेसबुक विश्वप्यापी भइसकेको छ । अब फेसबुक र ट्विटर जस्ता साइटहरु ‘हाइ’ र ‘हेल्लो’ भन्ने अनि फोटो र भिडियो हेर्ने साइटहरु मात्र रहेनन् । फेसबुक र ट्विटर त आमनागरिक को जिवनशैली बनिसकेको छ । फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल का साइटबाट नै ट्युनिसिया, इजिप्ट लगायत देशमा आन्दोलन सुरु भएको थियो । पहिले नोकिया को ‘ब्ल्याक एन्ड व्हाइ

Krishna Prasad Bhattarai’s body is now (8am onwards)  kept at Dashrath Stadium  for offering the last tribute.Then his body procession will be carried out at 2:00pm from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His body will be cremated as per the Hindu rituals. Yesterday his body was kept at his residence, Badegaun, Lalitpur. Born on 1924 in “Kashi”, was appointed Prime Minister of Nepal two times and he was the first speaker of the country too. He was also the founding president of Federation of Nepali Journalists (FNJ). New Updates will appear on the bottom of this post. For Instant updates  Follow us on Twitter: @AakarPost पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का नेता कृष्ण प्रसाद भट्टराई को अस्ति शुक्रबार राती ११:२६ मा निधन भएको हो । भट्टराई को शवलाई श्रध्दान्जली का लागि हिजो, उनकै निवास बाँडेगाउँ, ललितपुर मा राखिएको थियो । आज बिहानै साँढे सात बजे उनको शवलाई नेपाली कांग्रेस को केन्द्रिय पार्टि कार्यालय सानेपा ललितपुर मा ल्याइएको थियो । पार्ट

JPR Events र ODC Network को आयोजना मा धेरै हल्लाखल्ला र दुविधहरु का विच ब्रायन एडम्स को कन्सर्ट काठमाडौँ मा आज हुँदैछ । "Summer of 69," "Cuts Like a Knife" and "(Everything I Do) I Do It for You" जस्ता चर्चित गित का गायक तथा विश्वले चिनेका क्यानेडेली रकस्टार नेपाल आउनु कुरा पक्कै पनि गौरव कै कुरा हो । तर एडम्स आउने कुरालाई सकरात्मक भन्दा नकरात्मक किसिम ले हेरेको जस्तो आभास लागिरहेकोछ । अनि भन्नेहरुले चाहिने भन्दा बढि हल्लाखल्ला गरे, पर्यटन वर्ष २०११ लाई नै प्रमोट गर्न आ’को जस्तो गरेर प्रचार गरे भन्नेहरु पनि छन् । कोही एडम्स को क्रेज अहिले नभएको र, उनको नेपाल कन्सर्ट ले नेपाललाई केही फाइदा नपुग्ने बताउँछन् । पर्यटन वर्ष मा उठ्ने जति सबै रुपैँया एडम्स ले नै लैजान्छ भन्नेहरु पनि छन् अनि ब्रायन सँगै गित गाउने नेपाली व्याण्डहरुले ‘फ्रि’ मा गित गाउँदैछन् भन्ने गाँइगुँइ हल्ला पनि चलेको छ । यदि यस्तो हो भने, नेपाली व्याण्डहरुले आफ्नो खुट्टा माथि आफैँले बन्चरो हान्दैछन् भन्दा पनि हुन्छ । एडम्स को कन्सर्ट भनेर शहर का चोकचोक मा ठूला ठूला होर्डिङ बोर्डहरु टाँगिएका छ

राजा महाराजा को सवारी बाट आजित भएका नेपाली ले, गणतन्त्र आएपछि सवारी को सास्ति अब खेप्नु पर्दैन होला भन्ने लागेको थियो । ‘सिस्टम’ परिवर्तन भयो भनियो, देश को राष्ट्रप्रमुख जनता को छोरा भए भनियो । अझ हाम्रा राष्ट्रपति छानिएको बेला त, भैँसी चराउने, जनताका छोरा, राष्ट्रपति बने भनेर, गर्व सँग भनियो, चर्चा परिचर्चा गरियो । तर ती त सबै भन्ने कुरा न हुन् भन्या जस्तो गरेर, सत्ता मा उनै जनता का छोरा पुगेपछि, फेरि दुख पाउने जनता नै भा’का छन् । विरेन्द्र वा ज्ञानेन्द्र, जसका सवारी हुँदा पनि, सवारी का निहुँ मा जनता ले दुख पाएका थिए, र अहिले राष्ट्रपति को पनि ‘सवारी’ नै भन्ने गरिएको छ । हामीले सुशासन र समानता को लागि, राजतन्त्रलाई फालेको हैन र ? राजतन्त्र फालिसकेको अवस्था मा, उक्त संस्था को लागि अवलम्बन गरिएको ‘सवारी’ को संस्कार किन अझै जिवित छ ? दोष राष्ट्रपति को हो कि, सुरक्षा निकाय र प्रशासन को हो ? कि चाकडी र चाप्लुसी को संस्कारलाई नै अझै मलजल गर्न खोजिएको हो ? काठमाडौँ को सडक उसै साँघुरो, अझ उसमाथी जाम नपरी कुनै ठाउँमा पुग्छु भन्ने कल्पना पनि गर्नु पर्दैन । तर त्यही जाम र साँघुरो बाटो पनि, कहि

गुगल का ब्लगर का प्रयोगकर्ताहरुलाई खुशी को खबर छ । केही दिन अघि ब्लगर ले ब्लगलाई मोबाइल फ्रेन्डली बनाउने सुविधा थपेको छ ।  डेस्कटप र ल्यापटप हुँदै, इन्टरनेट मोबाइलमय हुँदै गएको समय मा, ब्लगर ले थपेको यो सुविधाले ब्लग का पाठकहरु अझै बढाउने कुरामा दुविधा छैन । अब मोबाइल फ्रेन्डली ब्लग का लागि, ब्लगर का प्रयोगकर्ताहरुले अन्य साइटहरुमा निर्भर हुनु नपर्ने स्थिति आएको छ । अब ब्लगर को सेटिङ बाट नै, ब्लग को लागि मोबाइल साइट बनाउन सकिन्छ । मोबाइल भर्सन कसरी बनाउने ? हाललाई ब्लगलाई मोबाइल भर्सन बनाउने सुविधा ब्लगर ड्राफ्ट मा मात्र उपलब्ध छ । अत:  यो सुविधा उपयोग गर्न को लागि ब्लगर ड्राफ्ट मा जानुहोस । ड्यासबोर्ड हुँदै सेटिङ मा जानुहोस् , त्यसपछि सेटिङ हुँदै इमेल र मोबाइल ट्याब मा जानुहोस् । [Dashboard > Settings > Email & Mobile tab] त्यस पेज मा माथि यही फोटो मा देखाए जसरी, Yes भन्ने अप्सन थिचेर मोबाइल प्रिभ्यु थिच्नुहोस्, तपाई को मोबाइल साइट तयार भयो । ब्लगर कै टेम्प्लेट मा ब्लग बनाइको छ भने, मोबाइल मा पनि त्यही थिम देखिनेछ भने गुगल एड राखिएको भए, एड पनि तल र माथि देखिने क

विगत का “बारक्याम्प”हरु को सफलता बाट प्रेरित हुँदै, फोटोग्राफी मा लागेका व्यक्ति तथा फोटोग्राफरहरुलाई एकै ठाउँमा भेला गरेर, आफ्ना आइडियाहरु आपस मा बाँड्ने, सुन्ने र सुनाउने हिसाबले भोलि Galleria CUC, Momomagic पूल्चोक (साझा पेट्रोल पम्प अगाडि) ललितपुर मा फोटोक्याम्प काठमाडौँ २०१० को आयोजना हुँदैछ । कार्यक्रम खुला रुपमा आयोजना गरिएको हुँदा, जो कोही पनि निशुल्क सहभागी हुन सक्नेछन् । कार्यक्रम मा फोटोग्राफी सम्बन्धी प्रिजेन्टेसन, डिजिटल स्लाइड सो, फोटो स्टोरिज आदि समेटिनेछ भने, फोटोग्राफी सम्बन्धि विभिन्न जानकारी (tips and tricks) हरु पनि, कार्यक्रम स्थल मै प्रयोगात्मक रुपमा देखाइने कुरा फोटोक्याम्प ब्लग ले उल्लेख गरेको छ । “बारक्याम्प” कै शैलीलाई पच्छ्याउँदै आयोजना भइरहेको फोटोक्याम्प २०१० मा पनि सहभागीहरु नै वक्ता को रुपमा रहनेछन् । सहभागीहरुले आपस मा प्रश्न सोध्न, आफ्ना आइडियाहरु दिन सक्नेछन् । तपाईसँग पनि आइडिया छ या भनौँ फोटोग्राफी मा रुची छ भने, तपाईलाई यो कार्यक्रम ले फाइदा नै पुग्ने देखिन्छ । आफ्ना आइडियाहरु छन् भने, तपाईले फोटोक्याम्प स्थल मै रजिष्ट्रेशन (निशुल्क) गरेर आफ्ना

गत विहिबार, काठमाडौँ थापागाउँ मा अवस्थित क्यापिटल एफएम को प्रशिक्षण कक्ष मा ब्लगर भेला सम्पन्न भयो । कार्यक्रम मा  नेपाल का पायोनियर ब्लगर देखि भर्खर ब्लग जगत मा प्रवेश गर्दै गरेका नेपाली ब्लगरहरु को सहभागिता रहेको थियो । अनलाइन परिचय मा सिमित, ब्लगरहरुलाई त्यस दिन प्रत्यक्ष भेटघाट को अवसर जुरेको थियो । भेलामा उपस्थित केही पुराना र पाका ब्लगरहरु ले, दौँतरीले आयोजना गरेको पहिलो अनलाइन भेला का सम्बन्ध मा आफ्नो गुनासो पनि पोखेका थिए । पुर्णत अनौपचारिक कार्यक्रम मा करिब २० जना ब्लगरहरु को सहभागिता रहेको थियो । भेला मा सामान्य परिचय पछि, वसन्त गौतम ले नेपाली ब्लग जगत को बारेमा बोल्नुभएको थियो भने, उज्वल आचार्य ले आफ्ना अनुभवहरु बाँड्नु भएको थियो । भेलामा उठेका कुराहरु मा सहमति, विमती तथा आफ्ना विचारहरु राख्ने काम अन्य ब्लगरहरु ले गर्नु भएको थियो । २ घन्टा चलेको भेला ले, सामान्य छलफल पछि, डिसेम्बर १८ (पुष ३, शनिवार) मा नेपाली ब्लगर भेला आयोजना गर्ने घोषणा गरेको छ ।  खाजा र खाना खर्च व्यक्ति स्वयं ले नै व्यहोर्ने गरि ब्लगर भेला को आयोजना गर्न लागिएको हो । आउँदो भेला का एजेण्डाहरु  र कार्

शुभ दिपावली को अवसर पारेर, नेपाली ब्लगर्स समूह ले भोलि दिउँसो ( बिहिबार दिउँसो ३ बजे, नोभेम्बर ४ अर्थातकात्तिक १८ गते) क्यापिटल एफएम को सभाहल, थापागाउँ हाइट, नयाँ वानेश्वर मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ । विगत मा ३-४ वर्ष पहिले यस किसिम को नेपाली ब्लगर भेटघाट कार्यक्रम गरिएको थियो भन्ने सुनिए पनि, आफ्नालागि भने, भोलि को कार्यक्रम पहिलो प्रत्यक्ष भेटघाट को कार्यक्रम हुनेछ । तर दौँतरी को संयोजकत्वमा यस अघि अनलाइन भेटघाट भने पटक पटक भइसकेको छ । इन्टरनेटमा मुख्यत: सरकार को आदेशमा केही 'आइ एस पि' ले 'ब्लगस्पट' सबडोमेन को सम्पुर्ण ब्लगहरु ब्लक गरि, 'वाकस्वतन्त्रता कुण्ठित' गरिएको समय मा हुन लागेको भेटघाट कार्यक्रम ले सकरात्मक नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ । हामीले यो भेला आगामी दिनका नियमित भेलाहरुका लागि प्रस्थान-बिन्दु बन्नसक्ने बिश्वाश राखेका छौँ र यहाँहरु सबैबाट शुभेच्छा र सहयोगको आशा गर्दछौं । कार्यक्रम मा ब्लगरहरु तथा ब्लग का पाठकहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ । Event Details: Nepali Bloggers Meet Date: November 4, 20

You must be aware of CNN Heroes. This year, CNN has nominated Nepali philanthropist Anuradha Koirala in the top 10 CNN Heroes of 2010. A panel of CNN called “Blue Ribbon Panel”  has selected this year's top 10 CNN Heroes. According to CNN.com,The names were chosen from more than 10,000 nominations submitted by viewers in 100 countries. Each of the top CNN Heroes will bag a purse of USD 25,000 and will be honored at "CNN Heroes: An All-Star Tribute," airing from the Shrine Auditorium in Los Angeles, California, at 8 p.m. ET/PT on Thanksgiving night, November 25, according to CNN.com. The global broadcast will announce the CNN Hero of the Year, selected by the public in an online poll that began at 1 p.m. ET Thursday. One of the ten nominees receiving the most votes will win an additional USD 100,000. How to Vote Anuradha Koriala for CNN Heroes? Go to http://heroes.cnn.com/vote.aspx 1) Click on Anuradha Koriala’s Name/Photo 2) After Clicking Anuradh

नेपाली ब्लगरहरु को दौँतरीमा भएको अन्तिम छलफल मा आफूलाई उत्कृष्ट लागेको १० वटा ब्लगपोस्ट बारे सबैले लेख्ने भनिएको थियो ! केही साथीहरुले लेख्नु भयो पनि, तर आफ्नो व्यस्तता को कारण, आफूले भने अहिले सम्म नलेख्दा, अलि खल्लो महशुस भयो । अत: आज को यो पोष्ट मा, आफूले पढ्नेगरेका ब्लगहरु मध्येबाट आफूलाई उत्कृष्ट लागेको १३ ब्लगपोष्टहरु यहाँ राख्दैछु । पश्चिम तिर शुभ नमानिने अंक १३ नै लिएर मैले ब्लग लेखेँ है आज ! कसैलाई यहाँ आफ्नो ब्लगपोष्ट नराखिदिएको भए हुन्थ्यो, या कसैलाई आफ्नो ब्लगपोष्ट पनि भनिदिएको भए हुन्थ्यो झैँ लाग्न सक्छ, तर पनि आफूलाई साँच्चै प्रभाव परेको, घत परेको, समग्रमा भन्दा मन परेको ब्लगपोष्टहरु राख्दा यहाँहरु लाई अप्ठेरो पर्छ भने पहिले नै यहाँहरु सँग क्षमा माग्न चाहन्छु ! १३ उत्कृष्ट ब्लग भनिएपनि, यो ब्लगपोष्ट  १३ नम्बर र यो १ ब्लगपोष्ट  नम्बर भनेर चाँहि छुट्याइएको छैन है ! ***************************************************** केही रमाइला संस्मरणहरु ! - दिलीप आचार्य   दिलीप दाइ का सबै ब्लग पोष्टहरु निकै उपयोगी अनि रमाइला लाग्छन् । टेक्निकल कुराहरु पनि प्रस्ट बुझ्ने गरि ले

ब्लगर ले, ब्लगस्पट ब्लगहरु को लागि ‘ब्लगर स्टाट’ र ‘पपुलर पोस्ट’ ग्याजेट निर्माण गरेको छ ! ब्लगर स्टाट बाट ब्लग को भिजिट आदि का बारेमा जान्न सकिन्छ भने, त्यही ब्लग को स्टाट को आधार मा ब्लगर ले ‘पपुलर पोष्ट’ ग्याजेट को निर्माण गरेको छ ! वर्डप्रेस मा पहिले देखि भएपनि, ब्लगर ले भर्खर मात्र पपुलर पोष्ट ग्याजेट को निर्माण गरेको हो ! दैनिक, साप्ताहिक, मासिक तथा सम्पूर्ण समय को पेजभ्यु संङ्ख्याको आधार मा पपुलर पोष्ट ग्याजेट राख्न मिल्छ ! ब्लगर स्टाट को सुविधा ब्लगर मा उपलब्ध भइसकेको भएपनि, ‘पपुलर पोष्ट’ ग्याजेट हाललाई ‘ब्लगर ड्राफ्ट’ मा मात्र उपलब्ध छ ! ‘पपुलर पोष्ट’  सर्वाधिक माग गरिएको ग्याजेट थियो ! ‘पपुलर पोष्ट’  ग्याजेट राख्न को लागि, ‘ब्लगर ड्राफ्ट’ मा गएर डिजाइन मा जानुस् – त्यसपछि पेज इलिमेन्ट मा गएर - ‘एड ग्याजेट’ गर्नुस्, सबैभन्दा माथि तपाईले ब्लगर को ‘पपुलर पोस्ट’ तथा ‘ब्लगर स्टाट’ ग्याजेट भेट्नसक्नुहुन्छ ! ब्लगर स्टाट ले, तपाईले ब्लगर सुरु गरेदेखि कै ‘स्टाट’ दिन्छ भन्ने छैन ! ब्लगर का अनुसार, “The Blog’s stats gadget displays total page views of your blog and the

“Knitting Innovators” को थिम सहित ‘काठमाडौँ बारक्याम्प २०१०’ को दोस्रो संस्करण हिजो अगष्ट २८, २०१० शनिबार का दिन काठमाडौँ स्थित फल्चा, बबरमहल मा सम्पन्न भयो । विभिन्न क्षेत्र का युवाहरु को जमघट रहेको कार्यक्रम मा, सहभागिहरु ले आ-आफ्ना विचार, अनुभव र आइडियाहरु सबै सामु बाँडेका थिए । ३ सेसन मा विभाजित समय मा करिब ३० जना सहभागिहरु ले, बारक्याम्प मा आफ्ना कुराहरु राखेका थिए ।  एउटै टपिक र एउटै क्षेत्र मा मात्र सिमित नरहेको कार्यक्रम काठमाडौँ बारक्याम्प २०१० मा, विभिन्न क्षेत्र का युवाहरुले आफ्ना कुराहरु राखेका थिए, आइडियाहरु सेयर गरेका थिए । कार्यक्रम मा, कोर टेक्नोलोजी देखि लिएर कला, फेसन र मुभि लगायत विविध कुराहरु माथि विचार मन्थन गरिएको थियो । कार्यक्रम मा निम्न कुराहरु माथि वक्ताहरु ले आफ्ना धारणा राख्नुभएको थियो । (शीर्षक र वक्ता को नाम तल दिइएको छ) Crowdsourcing and Microwork in Nepal  -  M Sears Karma, A framework for Creating Educational Software   - Peter Gijsels Hello Messy political economy!   - Chandan Sapkota V.E.N.T! how we do it?   - Sanjana

Seen an Ocean : Yes, Never seen an Ocean, Because Nepal is a landlocked country. And I’ve not gone outside of Nepal Been to a swimming pool : But sometime used to dive in Bagmati some years back in Sarlahi though I don’t know swimming. Flown Overseas : Never flown to overseas. Travelled on the roof of a moving bus : No, I’ve travelled on the roof of a moving bus many times. (When you are in group, its more fun.) Jumped Out of a plane or a bridge (Bungee **Scary**) : Never, and I won’t. Touched Snow – the real one, not that which is made in a fridge : Never touched a real snow but few years back, there was snowfall in Kathmandu. At that time I had touched it, but that make no sense at all. Seen a 3D Movie : Though there are plenty of 3D Movies. :P Seen an Imax Movie : Till date I've not seen. Been on a roller coaster : Yes, Never been on it. I don’t like it. Smoked : I’ve not smoked and will not smoke. Gone Serious Trekking – though i live in Nepal : Haha,

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजनैतिक अस्थिरता, वेरोजगारी