Skip to main content

Barcamp Kathmandu 2010 [Review] #barcampktm

“Knitting Innovators” को थिम सहित ‘काठमाडौँ बारक्याम्प २०१०’ को दोस्रो संस्करण हिजो अगष्ट २८, २०१० शनिबार का दिन काठमाडौँ स्थित फल्चा, बबरमहल मा सम्पन्न भयो । विभिन्न क्षेत्र का युवाहरु को जमघट रहेको कार्यक्रम मा, सहभागिहरु ले आ-आफ्ना विचार, अनुभव र आइडियाहरु सबै सामु बाँडेका थिए ।

३ सेसन मा विभाजित समय मा करिब ३० जना सहभागिहरु ले, बारक्याम्प मा आफ्ना कुराहरु राखेका थिए ।  एउटै टपिक र एउटै क्षेत्र मा मात्र सिमित नरहेको कार्यक्रम काठमाडौँ बारक्याम्प २०१० मा, विभिन्न क्षेत्र का युवाहरुले आफ्ना कुराहरु राखेका थिए, आइडियाहरु सेयर गरेका थिए । कार्यक्रम मा, कोर टेक्नोलोजी देखि लिएर कला, फेसन र मुभि लगायत विविध कुराहरु माथि विचार मन्थन गरिएको थियो ।

कार्यक्रम मा निम्न कुराहरु माथि वक्ताहरु ले आफ्ना धारणा राख्नुभएको थियो । (शीर्षक र वक्ता को नाम तल दिइएको छ)
Crowdsourcing and Microwork in Nepal  -  M Sears
Karma, A framework for Creating Educational Software   - Peter Gijsels
Hello Messy political economy!   - Chandan Sapkota
V.E.N.T! how we do it?   - Sanjana Shrestha & Friends
Innovation ecosystem for development of Nepal -   Pukar Malla
Internet and the cyberlaw in Nepal    - Hempal Shrestha & Baburam
Infosec Chautari : Share to Secure  -  Manoj Ghimire
Youth And Media   -  "Deepak Adhikari/ Aashish Luitel"
Machine learning in Practice: Dos and Don'ts -   suvash
Why Art ? -   Chirag Bangdel
Sharing for Science   -  Ankur
Nepaluino   - Ujwal
Duplicity - Short Movie   (Swapnil) 
Thought for Food  -  jwalanta
What you wear is not what you smoke   -  Subin
Extreme Everest Expidition  -  Chakra Karki (Kantipur)
Story Cycle (katha chakra)  -  Saurav (Kantipur)
Hacker Friendly Business !! Why it counts?  -  Raw – bee
Smart skills for success, pro skills  -  Preim Amor
Reverse Engineering & Security -   fr3ak
LTSP visit experience   - Saurab Rajkarnikar
शैक्षिक प्रमाणपत्रको मूल्य कति?  -  Shanker
Innovation in softwares and programmers -   Pawan Agrawal
Neighboring Economy | Are we ready to grab the opportunity   - Sanam
What is the Nepal of our dreams and is it possible?   - Bibek Paudel

Green Man/Woman  -  Saunak Bhatta
How would you celebrate Software Freedom Day   - Abhishek
Society and Infrastructure -   bhusalv

Drupal Content Management System – A non technical Introduction   - Geshan
EBuzz Asia Search Engine -   Binay Regmi
Blogging Experience  -  Aakar     

निकै अन्तर्क्रियात्मक रहेको कार्यक्रम मा विवेक पौडेल तथा पुकार मल्ल ले क्रमश जर्मनी र अमेरिका बाट अनलाइन आफ्नो कुराहरु राख्नुभएको थियो । युवाहरु संलग्न भएको र नयाँ कुराहरु नयाँ प्रविधिहरु को बारेमा गरिएको कार्यक्रम बारेको समाचार भने कुनै टिभि, रेडियो र पत्रिका मा भने आएनन् बरु आए त तिनै कामै नलाग्ने नेताहरु का बकवास ! देशको मेनस्ट्रिम भनिने मिडियाहरु मा ‘बारक्याम्प’ बारे कुनै समाचार नआएपनि, इन्टरनेट मार्फत ट्विटर, फेसबुक, वेवसाइट र ब्लगमार्फत ‘बारक्याम्प २०१०’ छाइरह्यो ।

कार्यक्रम मा अभिषेक सिंह ले आउँदै गरेको सफ्टवेयर फ्रिडम डे, कसरी मनाउन सकिन्छ भन्ने विषय मा आइडिया माग्नु भएको थियो भने, रिपब्लिका का स्तम्भकार चन्दन सापकोटा ले देश को आर्थिक स्थिति बारेमा कुरा राख्दै, निकै सकरात्मक सोच राख्नुभएको थियो । कलाकार चिराग बाङ्देल ले, कला हरेक को आवश्यकता हो भन्ने बताउनुभयो भने,  गाँजा को बोट मा पाइने रेसाहरु बाट टिसर्ट उत्पादन गर्दै आउनुभएका कम्पनी का सञ्चालक सुविन ले कपडा को लागि  ‘गाँजा’ खेतिलाई नगदेवाली को रुपमा प्रयोग गर्न सकिए नेपालीहरु ले आर्थिक समृध्दि हासिल गर्ने कुरा मा जोड दिनुभएको थियो । सुविन का अनुसार, ‘गाँजा’ को बोट को रेसा बाट पाइने कपडा को अन्तराष्ट्रिय स्तर मा धेरै माग रहेको र सो कपडा महंगो पर्ने बताउनु भएको थियो ।

हेमपाल श्रेष्ठ र बाबुराम ले इन्टरनेट र नेपाल को साइबर कानुक को बारेमा प्रस्ट पार्नुभएको थियो भने, आशिष लुइटेल तथा दिपक अधिकारी ले ‘युथ तथा मिडिया’ को बारेमा आफ्नो प्रिजेन्टेशन दिनुभएको थियो । कार्यक्रम को अन्तिम वक्ता को रुपमा रहेको मैले भने, आफ्नो ब्लगिङ यात्रा को बारेको आफ्नो अनुभव सबै सामु  राखेको थिँए ।

त्यस्तै कार्यक्रम मा ज्वलन्त ले ‘खन्चुवा डटकम’ साइट को योजना अघि सार्नुभएको थियो भने, अंकुर शर्मा ले ‘सेयरिङ फर साइन्स’ नामक योजना अघि सार्नुभएको थियो । नेसनल कलेज वालुवाटार का सौनक भट्ट ले स्पाइडर म्यान र सुपरम्यान जस्तै ग्रिनम्यान को योजना अघि सार्नुभएको थियो  भने विनय रेग्मी ले नेपाल मै बनेको ई-बज एसिया नामक सर्च इन्जिन को बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै पवन अग्रवाल ले सफ्टवेयर डेभ्लोपर तथा प्रोग्रामरहरु ले सामना गर्नु पर्ने समस्या को बारेमा बोल्नुभएको थियो ।

कार्यक्रम अवधि मा गरिएका केही ट्विटहरु यहाँ हेर्न सकिन्छ । हामीलाई प्राप्त जानकारी अनुसार कार्यक्रम अवधिभर भएका प्रिजेन्टेसन का स्लाइडहरु  वेवसाइट मा राखिँदैछ, जुन ‘बारक्याम्प २०१०’ को साइट बाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

tweet

Watch Kathmandu Barcamp 2010 Promo:

ट्विटर को ट्विट पच्छ्याएर सहभागिहरु ले बारक्याम्प मा आफ्नो सहभागिता जनाएका थिए । कार्यक्रम स्थल मा करिब २२५ जना को प्रत्यक्ष सहभागिता रहेको थियो भने, इन्टरनेट मार्फत ६ सय जना ले कार्यक्रम को प्रत्यक्ष प्रशारण हेरेका थिए । ट्विटरमय बनेको कार्यक्रम अवधिभर लगभग १० हजार ट्विट गरिएको अनुमान गरिएको छ ।  कार्यक्रम मा अधिकांश सहभागिहरु ल्यापटप सहित पुगेका थिए र दिनभर ट्विट गर्न मा व्यस्त देखिन्थे । साथै, अन्य सहभागिहरु ले मोबाइल बाटै दिनभर ट्विट गरिरहे । कार्यक्रम स्थल बाट मात्र नभइ, विश्वभरि नै छरिएर रहेका युवाहरुले, ट्विट गरिरहेका थिए, उनीहरुले ट्विटर मार्फत नै, आफ्ना जिज्ञाशा र विचारहरु पोखिरहेका थिए । ट्विटर मा गरिएको ट्विट हेर्दा लाग्थ्यो, यो बारक्याम्प नभइ ‘टविट अप’ हो ! तर ट्टविटर बिना ‘बारक्याम्प’ को कल्पना पनि त गर्न सकिने थिएन ।

सबै युवाहरु का लागि अविष्मरणिय बनेको ‘काठमाडौँ बारक्याम्प’, १ वर्ष को अन्तराल मा काठमाडौँ मा दोस्रो पटक आयोजना गरिएको थियो । आउँदो बारक्याम्प चाँहि ६ महिना भित्र आयोजना गर्ने, लक्ष्य रहेको कुरा, टिम का एक सहभागी ज्वलन्त श्रेष्ठ ले जानकारी गराए । १०-१२ जना युवा को प्रयास स्वरुप बर्ष दिन अघि सुरु भएको बारक्याम्पलाई निरन्तरता दिइने कुरा, शंकर पोखरेल ले हामीलाई बताए ।

बिहान साँढे ९ बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन भएको कार्यक्रमलाई  Infopark, AceTravels, Voida, MaxBlogPress, Diyaalo Technologies, YIPL (Young Innovations), Worldlink आदि विविध संघ संगठन ले सहयोग गरेका थिए । कार्यक्रम सञ्चालन संगिता श्रेष्ठ ले गर्नुभएको थियो । तुषार न्यौपाने, विवेक श्रेष्ठ, गेशान मानन्धर, स्वप्निल आचार्य, अन्जन श्रेष्ठ, प्रशान्त श्रेष्ठ, शंकर पोखरेल, अंकुर शर्मा, सरोज लामिछाने, ज्वलन्त श्रेष्ठ आदि ले कार्यक्रम को संयोजन गर्नुभएको थियो ।

img_8124 img_8133 img_8135 img_8155 img_8180 img_8185

About Barcamp

BarCamp is an ad-hoc ‘unconference’ born from the desire for people to share and learn in an open environment. An ‘unconference’ is the opposite of a conference. It is not centered on an agenda with only the host making a presentation or a speech. Discussions are not limited to just one topic, but a wide range of topics. It is participant driven to the core and everyone is invited to share by default.

BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. BarCamp is the convergence of a wide range of ideas brought forth by people – especially young ambitious innovators and entrepreneurs – from all backgrounds.

The theme for BarCamp Kathmandu 2010 is “Knitting Innovators”. We plan to focus on unique and innovative ideas and initiatives from various fields with a vision to progress Nepal in their respective frontiers. However, innovative undertakings that do not meet the criteria are equally encouraged and welcome.

We believe BarCamp Kathmandu 2010 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it. The whole event will be streamed live on the internet and recorded-and-uploaded later onto the web as well. There will be tremendous coverage of the BarCamp on the internet via blogs, facebook, twitter and other social networks. The event will have a global audience of investors, innovators and entrepreneurs.

An organizing committee to oversee the smooth execution of BarCamp Kathmandu 2010 has been formed. An approximate estimate of the budget for BarCamp has been prepared by the committee. We would highly appreciate if you could help us organize the event by sponsoring. Sponsors stand to greatly benefit in various ways from being an integral part of BarCamp Kathmandu 2010.

(via Barcamp.org.np)

Image Credit: Gaurav Dhwaj Khadka & Kailash Gyawali

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post