गत विहिबार, काठमाडौँ थापागाउँ मा अवस्थित क्यापिटल एफएम को प्रशिक्षण कक्ष मा ब्लगर भेला सम्पन्न भयो । कार्यक्रम मा नेपाल का पायोनियर ब्लगर देखि भर्खर ब्लग जगत मा प्रवेश गर्दै गरेका नेपाली ब्लगरहरु को सहभागिता रहेको थियो । अनलाइन परिचय मा सिमित, ब्लगरहरुलाई त्यस दिन प्रत्यक्ष भेटघाट को अवसर जुरेको थियो ।
भेलामा उपस्थित केही पुराना र पाका ब्लगरहरु ले, दौँतरीले आयोजना गरेको पहिलो अनलाइन भेला का सम्बन्ध मा आफ्नो गुनासो पनि पोखेका थिए । पुर्णत अनौपचारिक कार्यक्रम मा करिब २० जना ब्लगरहरु को सहभागिता रहेको थियो । भेला मा सामान्य परिचय पछि, वसन्त गौतम ले नेपाली ब्लग जगत को बारेमा बोल्नुभएको थियो भने, उज्वल आचार्य ले आफ्ना अनुभवहरु बाँड्नु भएको थियो । भेलामा उठेका कुराहरु मा सहमति, विमती तथा आफ्ना विचारहरु राख्ने काम अन्य ब्लगरहरु ले गर्नु भएको थियो ।
२ घन्टा चलेको भेला ले, सामान्य छलफल पछि, डिसेम्बर १८ (पुष ३, शनिवार) मा नेपाली ब्लगर भेला आयोजना गर्ने घोषणा गरेको छ । खाजा र खाना खर्च व्यक्ति स्वयं ले नै व्यहोर्ने गरि ब्लगर भेला को आयोजना गर्न लागिएको हो । आउँदो भेला का एजेण्डाहरु र कार्यक्रम स्थल केही दिन मा सार्वजनिक गरिनेछन् ।
कार्यक्रममा उपस्थित केही ब्लगरहरु ले आफ्ना ब्लग मा भेला को आफ्ना अनुभवहरु लेख्नुभएको छ ।
वसन्त गौतम : ब्लगर भेलाबाट (आँगन)
दिलीप आचार्य : ब्लगर भेला- एक अनुभव (मेरो विचार र अभिव्यक्तिको साझा चौतारी)
उज्जवल आचार्य : Retrospecting BlogMeet at BloggerBhela (द रेडियन्ट स्टार)
केपी ढुंगाना : मिस भएको त्यो भेला (हाम्रो ब्लग )
प्रमोद न्यौपाने : ब्लगर भेलाको कुरा (भो-नकुरागरम् )
प्रदिप बस्याल : ब्लगर भेलाका भलाकुसारी (प्रदिप पोष्ट)
सविन ज्ञावाली : Bloggers meet up in Kathmandu (नेपाली ब्लगर)
भोजराज दहाल : २००७ पछी को नयाँ ब्लगर भेला @ क्यापिटल एफ एम को हल मा । (नेपाल डायरी)
दौँतरी: तिहारको नेपाली ब्लगर भेला
बोल्नदेउ : ब्लगर्स मीटलाई सलाम
तस्विर: प्रमोद