Skip to main content

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ ।

“Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ ।youth jatra 2010युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजनैतिक अस्थिरता, वेरोजगारी आदि विविध समस्याबाट पिरोलिएका युवाहरु को गन्त्व्य विदेश नै हुने गरेको छ । खाडि मुलुक देखि, युरोप र अमेरिका सम्म लाखौँ नेपाली युवाहरु रोजगारी गरिरहेका छौँ, अनि सरकार रेमिट्यान्स बढ्यो भनेर मख्ख छौँ, हामी मख्ख छौँ, तर यो कुरा साँचो हो कि, रेमिट्यान्स ले देश धनि हुन सक्दैन । जवसम्म देशमा रोजगारी को सिर्जना हुँदैन, जवसम्म देशमा राजनैतिक स्थिरता कायम हुँदैन, तबसम्म देश सवल हुने सम्भावना छैन, तबसम्म युवाहरु भौँतारिरहनेछन्, यो हाम्रो विडम्बना हो ।

सबैभन्दा धेरै, राजनैतिक अस्थिरता कै कारण युवाहरु का समस्याहरु बढ्दैछन् । पढ्यो, जागिर छैन, आफ्नै केही नयाँ काम गरौँ भने, लगानि छैन । जनयुद्द को कारण पछाडि धकेलिएको देश, अहिले सम्म पनि अघि बढ्न सकेको छैन । युवा भन्ने वित्तिकै, देशको राजनिति, शिक्षा,विकास निर्माण, रोजगारी, आदि धेरै कुरा जोडेर आउँछन् ।

देशका नेताहरु युवा विद्यार्थी कै काँध टेकेर सत्ता मा जान्छन् । राजनैतिक संगठनहरु ले युवाहरुलाई उनीहरु को  सत्ता को भर्याङ बनाइरहेका छन् । युवा शक्ति को कुरा गरेर नथाक्नेहरु नेताहरुको पार्टिको नेतृत्व मा कुनै युवाहरु छैनन् । हामीलाई सबैकुरा उल्टो लाग्छ, गलत लाग्छ, यसरी गरेको भए हुन्थ्यो भने झैँ लाग्छ तर विडम्बना हाम्रा कुरा सुन्ने थोरै मा्त्र छन्, बुझ्ने त झन औँला मा गन्न सकिने व्यक्ति नेपाल मा होलान् ।

राजनिति को सञ्जाल नै यस्तो छ कि, नेतृत्व पंक्ति मा सबै बुढा बुढा नेता छन्, उनीहरु युवालाई अगाडि जानै दिँदैनन् । राजनिति मात्र नभनौँ सबै क्षेत्र मा युवा विज्ञहरुको आवश्यकता छ, तर सँधै जसो नै युवाहरु को कुरा सुनिँदैन । जस्तो कि, केही वर्ष पहिले पुल्चोक क्याम्पस का विद्यार्थीहरुले ‘प्लेन’ बनाए तर त्यसको परिक्षण गर्न पनि भन्ने बित्तिकै पाइएन । अरु को भर नपरी आफैँ केही नयाँ गरौँ न भने पनि, सरकारी निति र नियम को अभाव मा काम गर्न नसकिएको अवस्था छ । युवाहरु मा लगानि खै ? नयाँ काम गर्न चाहने युवाहरुलाई विनाधितो ऋण दिनु आवश्यक देखिन्छ ।

नेपाल मा युवा को लागि भनेर, युवा मन्त्रालय छ । तर युवा मन्त्रालय बनाएर एउटा कुनै बुढो बुद्धि भएका नेतालाई मन्त्री बनाँउँदै मा, हामी खुशी हुनुपर्ने कारण छैन । किनकी काम गराइ, उही पुरातन शैली छ, जुन हामीलाई व्यवहारिक लाग्दैन । नयाँ प्रविधि र युवा ले गरेका कामहरु नबुझ्ने उही  नेताहरु छन् । राजनितिलाई किन पनि जोड दिइरहेको छु भने, सबैकुरा राजनिति बाट प्रभावित भएको अवस्थमा युवाहरु पनि नेपाल को घिनलाग्दो राजनिति को शिकार भएका छन् । बेरोजगारी, अनि नातावाद र कृपावाद को शिकार युवाहरु भएका छन् ।

हाम्रो राजनिति किन पनि फेलर भएको छ, किन देश अविकसित छ भन्ने कुरा मा १ जना साथि ले भनेको कुरा सम्झन्छु । SLC को नतिजा सँगै, युवाहरु को भाग्य कोरिएको हुन्छ । जो फस्ट डिभिजन भए, उनीहरु प्राय: इन्जिनियरिङ तथा डक्टरी, विज्ञान र प्रविधि तिर लाग्छन् । जो सेकेन्ड डिभिजन छन् उनीहरु कमर्स अर्थात म्यानेजमेन्ट तिर लाग्छन् । अनि थर्ड डिभिजनहरु एजुकेशन पढेर, मास्टरी र राजनिति तिर लाग्छन् । अनि यहाँ यति भइसकेपछि सबै कुरो उल्टो हुन जान्छ । थर्ड डिभिजनहरु मास्टरी गर्छन्, देश को शिक्षामन्त्री बन्छन्, प्रविधी, अर्थमन्त्री र प्रधानमन्त्री बन्छन् । उनीहरु निती निर्माण गर्छन्, अब आफैँ सोच्नुस् कस्तो निति बनिरहेको होला, देश कसरी चलिरहेको होला । उनीहरु को निती निर्माण अन्तर्गत रहेर, सेकन्ड डिभिजन म्यानेजमेन्टहरु फस्ट डिभिजनलाई म्यानेज गर्छन् । अनि फस्ट डिभीजनवालाहरु को  विज्ञान प्रविधि विना देश विकास सम्भव छैन भन्ने कुरा कसले सुन्छ होला ? साथि को कुरा एकपटक सोचेर हेर्दा निकै हदसम्म सहि लाग्यो । भन्ने बेला युवा युवा भन्ने तर जो सक्षम छन् तिनीहरुलाई चाँहि त्यही असक्षम, बुढा र पुरातन सोचवालाहरु ले कन्ट्रोल गर्ने, के यसो भएपछि, विकास सम्भव छ त ?

सोच्दा पनि स्थिति भयावह लाग्छ, कारण देशमा बेरोजगारीहरु बढदैछन्, विदेश पलायन हुँदैछन् । नैराश्यता का कारण युवाहरु कुलत मा पनि फस्दैछन् । देश को कमान्ड, राजनिति को कमान्ड युवाहरु ले सम्हाल्नु पर्ने बेला मा युवाहरुलाई अझै तलै थिचेर राखेका छन् । राजनिति कै नियम पनि अचम्म को छ, भोट १८ वर्षमा हाल्न पाउने तर मन्त्री र प्रधानमन्त्री बन्न ३५-४० कटेको हुनुपर्ने । औसत आयु ५५ वर्ष भएको हाम्रो देशमा  प्रधानमन्त्रीहरु ६०-६५ को उमेर का हुन्छन् । प्रविधि को बारेमा केही ज्ञान नै नभएकाहरु मन्त्रालय सम्हालेर बसेका छन् हाम्रो देशमा ।

कुरा गर्ने नै हो भने,युवाका समस्याहरु मात्र देखिने छन् कारण देश को निती निर्माण तह मा युवाहरु नपुगेसम्म समस्या ज्युँ का त्युँ रहनेछ । हाम्रो देशमा नि अचम्म को गणना हुन्छ, ४०-४५ कटेका चाँहि युवा गनिन्छन् ।

खैर जेहोस, आशावादी भइराखौँ, चाँडै नै युवाहरु ले देशको नेतृत्व गर्नेछन् । ‘अन्तराष्ट्रिय युवा दिवस २०१०’ को अवसरमा समस्त युवाहरु मा हार्दिक शुभकामना !!!

Comments

  1. हाम्रो राजनिति किन पनि फेलर भएको छ, किन देश अविकसित छ भन्ने कुरा मा १ जना साथि ले भनेको कुरा सम्झन्छु । SLC को नतिजा सँगै, युवाहरु को भाग्य कोरिएको हुन्छ । जो फस्ट डिभिजन भए, उनीहरु प्राय: इन्जिनियरिङ तथा डक्टरी, विज्ञान र प्रविधि तिर लाग्छन् । जो सेकेन्ड डिभिजन छन् उनीहरु कमर्स अर्थात म्यानेजमेन्ट तिर लाग्छन् । अनि थर्ड डिभिजनहरु एजुकेशन पढेर, मास्टरी र राजनिति तिर लाग्छन् । अनि यहाँ यति भइसकेपछि सबै कुरो उल्टो हुन जान्छ । थर्ड डिभिजनहरु मास्टरी गर्छन्, देश को शिक्षामन्त्री बन्छन्, प्रविधी, अर्थमन्त्री र प्रधानमन्त्री बन्छन् । उनीहरु निती निर्माण गर्छन्, अब आफैँ सोच्नुस् कस्तो निति बनिरहेको होला, देश कसरी चलिरहेको होला । उनीहरु को निती निर्माण अन्तर्गत रहेर, सेकन्ड डिभिजन म्यानेजमेन्टहरु फस्ट डिभिजनलाई म्यानेज गर्छन् । अनि फस्ट डिभीजनवालाहरु को विज्ञान प्रविधि विना देश विकास सम्भव छैन भन्ने कुरा कसले सुन्छ होला ? साथि को कुरा एकपटक सोचेर हेर्दा निकै हदसम्म सहि लाग्यो । भन्ने बेला युवा युवा भन्ने तर जो सक्षम छन् तिनीहरुलाई चाँहि त्यही असक्षम, बुढा र पुरातन सोचवालाहरु ले कन्ट्रोल गर्ने, के यसो भएपछि, विकास सम्भव छ त ?

    yo kura ali pachya bhaena aakar bro kinaki distinction lyaauneharule pani arts ra commerce padekaa chhan bhane 2nd division lyaaunele pani science padera ramro natijaa lyaaekaa chhan...... yo kura pachhauna chahi hajmola nai chahiyo ki.....

    ReplyDelete
  2. Dear Rajesh,
    I'm not saying those things as you have mention. This is just a joke, and some how it represents the scenario.
    yehi nai ho vaneko haina hai bro...just a symbolic meaning vanna khojeko ho.... And it's mainly targeted to politicians only...भन्ने बेला युवा युवा भन्ने तर जो सक्षम छन् तिनीहरुलाई चाँहि त्यही असक्षम, बुढा र पुरातन सोचवालाहरु ले कन्ट्रोल गर्ने, के यसो भएपछि, विकास सम्भव छ त ?...

    sorry for inconvenience. maile kasailai naramro, ani subject naramro vanera, descrimination garna khojeko pani haina...just hamro trend yesto chha vanera dekhauna khojeko vane pakkai ho...aafno society ko trend herna pani sakincha ni haina ra...

    ReplyDelete
  3. हाम्रो राजनिति किन पनि फेलर भएको छ, किन देश अविकसित छ भन्ने कुरा मा १ जना साथि ले भनेको कुरा सम्झन्छु । SLC को नतिजा सँगै, युवाहरु को भाग्य कोरिएको हुन्छ । जो फस्ट डिभिजन भए, उनीहरु प्राय: इन्जिनियरिङ तथा डक्टरी, विज्ञान र प्रविधि तिर लाग्छन् । जो सेकेन्ड डिभिजन छन् उनीहरु कमर्स अर्थात म्यानेजमेन्ट तिर लाग्छन् । अनि थर्ड डिभिजनहरु एजुकेशन पढेर, मास्टरी र राजनिति तिर लाग्छन् । अनि यहाँ यति भइसकेपछि सबै कुरो उल्टो हुन जान्छ । थर्ड डिभिजनहरु मास्टरी गर्छन्, देश को शिक्षामन्त्री बन्छन्, प्रविधी, अर्थमन्त्री र प्रधानमन्त्री बन्छन् । उनीहरु निती निर्माण गर्छन्, अब आफैँ सोच्नुस् कस्तो निति बनिरहेको होला, देश कसरी चलिरहेको होला । उनीहरु को निती निर्माण अन्तर्गत रहेर, सेकन्ड डिभिजन म्यानेजमेन्टहरु फस्ट डिभिजनलाई म्यानेज गर्छन् । अनि फस्ट डिभीजनवालाहरु को विज्ञान प्रविधि विना देश विकास सम्भव छैन भन्ने कुरा कसले सुन्छ होला ? साथि को कुरा एकपटक सोचेर हेर्दा निकै हदसम्म सहि लाग्यो । भन्ने बेला युवा युवा भन्ने तर जो सक्षम छन् तिनीहरुलाई चाँहि त्यही असक्षम, बुढा र पुरातन सोचवालाहरु ले कन्ट्रोल गर्ने, के यसो भएपछि, विकास सम्भव छ त ?

    yo kura ali pachya bhaena aakar bro kinaki distinction lyaauneharule pani arts ra commerce padekaa chhan bhane 2nd division lyaaunele pani science padera ramro natijaa lyaaekaa chhan...... yo kura pachhauna chahi hajmola nai chahiyo ki.....

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Tsunami Hits Japan, Pray For Japan #prayforjapan #japan #earthquake #tsunami

Massive 8.9 rector scale Earthquake hits Japan this afternoon. And that massive earthquake triggered the Tsunami which has caused extensive damage in Japan. Till now 110 people found dead and according to C N N ,  200 to 300 bodies has just found in Sendai, Japan. Whereas, The official Kyodo news agency is reporting that about 88,000 people are missing. No wonder, Tsunami has caused an extensive damage in Japan. And Tsunami warning has been issued in other countries as well. BBC says, Tsunami warning has been  issued which covers Japan, the Philippines, Hawaii, the Pacific coast of Russia, Indonesia, Taiwan, Australia, New Zealand and also Central and South America, which can cause massive destruction. Till date, it is believed that all Nepalese are safe in Japan. In Facebook , one Friend from Japan Dinesh Raj Gyawali wrote, “Phone is dead, So I’m not 100% sure but till now I’ve not heard any bad news”. He further wrote, “Now Another earthquake of 3.0 rector scale".  

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post