Skip to main content

गणतन्त्र आएको वर्षौँ भइसक्यो तर ज्ञानेन्द्र कै चर्चा जताततै #Ex-King #Gyanendra #Birthday-Celebration

असार २३ अर्थात आज राजाबाट नागरिक भइसकेका पुर्व राजा ज्ञानेन्द्र को जन्मदिन रहेछ । ज्ञानेन्द्रको जन्मदिन हो भन्ने कुरा बेलुका केही अनलाइन मा देखिएका समाचार, अनि फेसबुक, ट्विटर र गुगलप्लसमा भएको कुराकानी बाट थाहा पाएँ । प्रायजसो सबै पोर्टलहरुमा, ज्ञानेन्द्र ले यसो भने भनेर, भिडियो र फोटो (फोटोफिचर) सहित नै समाचार प्रकाशन गरिएको रहेछ । सायद टेलिभिजन र रेडियो ले पनि यही कुरालाई प्राथमिकता का साथ प्रशारण गरिरहेका होलान् । त्यति मात्र होइन, ज्ञानेन्द्र ले यसो र त्यसो भने भनेर, पार्टिका नेताहरुले वक्तव्यवाजी पनि गर्न भ्याइसकेहोलान् । अनि म पनि ‘ज्ञानेन्द्र शाहलाई जन्मदिन को शुभकामना’ भन्दै यो ब्लग लेख्दैछु ।

जो कोहीलाई राजा को बारेमा सोध्दा मैले पाउने जवाफ हुन्छ ! मेरो लागि ‘विरेन्द्र’ मात्र राजा थिए । यो ज्ञानेन्द्र त यस्तो हो, त्यस्तो हो ! ज्ञानेन्द्र को प्रसंग निस्कदा आमा र दिदीबहिनी को गालि दिएरै, सराप्ने मान्छेहरु पनि भेटेको छु । सबैले सम्झन नचाहने र देखि नसहने व्यक्ति बनेकाछन् ज्ञानेन्द्र । उनले त्यसबेला हत्याकाण्ड मच्चाए, मच्चाएनन् त्यो कुरा आफ्नो ठाउँ मा । दोष, गुण, वैगुण सबैमा हुन्छ । ‘शाही कदम’ का नाम ले कदम चालेर, उनले सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने दुष्प्रयास गरेका कारण, झनै धेरै आलोचित भए । अनि त्यसबेला ज्ञानेन्द्र ले ‘मिडिया’ मा ‘लगाम’ लगाउने/स्वतन्त्रता को उपभोग गर्न नदिने जस्ता अलोकतान्त्रिक कदम चालेका कारण मलाई ज्ञानेन्द्र मन नपरेको हो । त्यस समय म ‘ब्लग’ मा त लेख्दिन थिँए, तर मैले त्यस समय मा डायरी का धेरै पानाहरु यसै विषय मा भरेको छु । कुनै सन्दर्भ मिलेछ भने, त्यो पनि ब्लगमा लेखौँला !

राजनितिक दलहरुले आफ्ना गतिविधि गर्न पाएनन्, एकदलिय सरकार भो भन्दा पनि, उनीहरुले चलाएको सरकार को कामकारवाहीहरु मलाई मन नपरेको हो । टंक खनाल र तुलसी गिरी जस्ता व्यक्तिहरुले, ‘प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता’ का बारेमा बोल्ने गरेका कुराहरुले मेरो मगज तात्ने गर्थ्यो । उनीहरुले त्यस समय मा अत्यन्त लोकप्रिय रहेको एफएमको समाचार ले एफएम रेडियोले बजाउन पाइँदैन भनेर जुन किसिम का तर्क गरेर, समाचार बन्द गराए, रेडियो सगरमाथा, रेडियो कान्तिपुर मा जसरी जवरजस्ति लुटपाट गरे । मलाई उनीहरु मन नपरेको कारण यत्ति नै थियो कि, ‘उनीहरुले हाम्रो सुसुचित हुनेहक र वाकस्वतन्त्रतामा अंकुश लगाए’ । यत्ति कारण ले म ज्ञानेन्द्र शाह को शासन सँग रुष्ट थिएँ, अनि मैले पहिलो पटक पाटन दरवार स्कवायर मा लोकतन्त्र को लागि थालिएको आन्दोलन मा भाग लिएको थिँए । त्यसैदिन ‘लोकतन्त्र’ को नाम सुनेको थिँए, अनि उत्तिनै बेला मैले ‘लोकतन्त्र’ लेखेको टिसर्ट किनेर लगाएको थिँए । बाँकि कुरा, जुनसुकै दल र पार्टि ले पनि लुटिरहेकैछन्, यिनले नि सकेको लुट्छन् भन्ने मात्र लाग्यो ! मलाई जुनसुकै को सरकार आएपनि, खासै मतलव छैन भन्दा हुन्छ । मात्र यही हो कि, ‘जनताले स्वतन्त्रता को उपभोग गर्न पाउनुपर्यो’, ‘विकास निर्माणका’ कामहरु अगाडि बढाउनुपर्यो ।

देशमा ठूलो आन्दोलन भयो, ज्ञानेन्द्र ले सत्ता छोडेर नागरिक भएर बसे । अब मलाई आजको प्रसंग जोड्न मन लाग्यो । जो कोही नागरिक ले पनि आफ्नो जन्मदिन आफ्ना साथिभाइ, इष्ट्मित्रसँव भव्य रुपले मनाइरहेकै हुन्छन् । उनी भुतपुर्व राजा हुन्, उनले नागरिक को हैसियत ले आफ्नो जन्मदिन मनाइरहेछन् त अरुलाई किन टाउको दुख्नु । बिहे को सिजन मा काठमाडौँ का सडकमा हिँड्न सकिँदैन । आफ्नो धन को तुजुक देखाउँदै बाटो भरि बाजा बजाउँदै र्याली नै गरिरहेकाहुन्छन् । यो भोगेकै कुरा हो । राष्ट्रपति हुँदा पनि सवारी को नाम मा सास्ति पाइएकै छ भने, ज्ञानेन्द्र को सवारी ले उ बेला खुब सास्ति दिएको थियो भन्दै हिँड्नुपर्ने जरुरी  छैन ।

Gyanendraहाम्रा पत्रिकाहरु ले ज्ञानेन्द्र को धेरै खोइरो खन्छन् । सँधै माघ १९ र जनआन्दोलन मा लगेर कुरा टुङ्ग्याउँछन् तर उही ज्ञानेन्द्र ले गर्ने जुनसुकै कार्यलाई पनि प्रमुखताका साथ समाचार प्रशारण र प्रकाशन गर्छन् । यो पत्रिकावालाहरुको कस्तो किसिम को निति हो ? उनी सामान्य नागरिक भइसकेका कारण, उनले गर्ने गतिविधिलाई किन आम नागरिक ले गर्ने काम सरह लिन सक्दैनन् ? आज उनले जन्मदिन मनाए, त्यही ठूलो खबर भयो,केही अनलाइनपोर्टलहरुले फोटो फिचर र भिडियो नै हाल्न भ्याइसके । गर्नेबेला ज्ञानेन्द्र कै धेरै आलोचना गर्ने, तर उनैले अहिले गरेका काम, कुरालाई चाँहि किन धेरै प्राथमिकता दिएर प्रकाशन प्रशारण गर्ने? अनि उनको जन्मोत्सवमा गएर, अहिले को वर्तमान परिस्थिति को बारेमा राजनितिक प्रश्न सोध्ने, अनि उनले जवाफ दिएपछि चाँहि, नागरिक भइसकेका ज्ञानेन्द्र ले यस्तो र त्यस्तो भन्दै नानाथरि भनेर भनेर समाचार छाप्ने यो कस्तो मापदण्ड को नेपाली मिडिया को ?

च्याउसरी टेलिभिजन स्थापना भएका छन्, ज्ञानेन्द्र ले बोलेको यही खबर कति का लागि पावर न्युज र बिग न्युज भए होलान् ! नचाहिने कुरालाई हामी आफैँ किन महत्व दिँदै प्रकाशन प्रशारण गर्ने? अनि ज्ञानेन्द्र ले भनेका कुरा लिएर, नेताहरुले किन वक्तव्यवाजी गर्नु ? सायद भोलि का पत्रपत्रिकाले ज्ञानेन्द्र ले भनेका कुरा को पुर्ण पाठ भन्दै समाचार छाप्लान्, अनि बुझक्कडहरुले लेख पनि छपाउलान्, ज्ञानेन्द्र को भनाइको कटु आलोजचा गर्दै ! आज उनले, ‘यस्तो होला भन्ने सोचेको थिइन’ भनेछन्, के चाँहि गल्ति भने त ? उनले गल्ति भनेको भए, गल्ति भन्यो भन्दा भइहाल्यो । दर्जनौँ पटक प्रधानमन्त्री को चुनाव गर्ने र सँधै कुर्सी को लागि लडाइ गर्ने, अहिले ज्ञानेन्द्र ले यस्तो टिप्पणी गर्यो भनेर, हामी किन बुरुक्क उफ्रिने ? हामीले आफुलाई सुधारेर देखाऔँन, ज्ञानेन्द्र ले भन्ने बाटो नै रहँदैन । आफू काम नगर्ने तर अर्को ले यस्तो भनेर टिप्पणी गर्यो भन्दै किन हामी चर्किने? हामी सबैले उनलाई नागरिक हुन् भनेर स्विकार गरिसकेपछि पनि, उनैको खबर को लिन हामी किन पछि लाग्नु ! ज्ञानेन्द्र सबैका चासो का विषय नै हुन्, उनले के गर्छन्, के भन्छन् भन्ने कुरा पनि सबैको चासो को विषय हो, तर पनि उनले भन्ने गरेका कुराहरुलाई हल्का रुपले लिए त भइहाल्यो । हामीले चर्चा गर्न छोडेपछि उनले बोल्न आफैँ छोड्छन् ।

अब एउटा फरक प्रसंग, ज्ञानेन्द्र ले फेसबुक चलाउँछन् कि चलाउँदैनन् थाहा छैन । तर ४५ सय भन्दा धेरै साथी भएको उनको एउटा ‘डुप्लिकेट’ फेसबुक प्रोफाइल को ‘वाल’ भने शुभकामना सन्देश ले भरिएको छ । अब सायद कतिलाई लाग्दो होला, ज्ञानेन्द्रलाई शुभकामना भन्नेहरु त ‘लास्टै राजावादी’ हुन् । तर यो कुरा साधारण नै मान्नुपर्छ, जन्मदिन को दिन कसको फेसबुक मा चाँहि शुभकामना सन्देश नलेखिएला? तपाई को जन्मदिन हो भने, तपाईका साथीहरुले तपाई को फेसबुक मा ‘शुभकामना’ भनेर अवश्य लेख्छन् । ज्ञानेन्द्र ले बोलेका र गर्ने गरेका कुराहरुलाई बढाइ चढाइ धेरै महत्व दिने काम नगरौँ, उनी पनि हामी जस्तै ‘नागरिक’ नै हुन् भन्ने कुरा ख्याल गरौँ । उ बेला को ‘धङ्धङी’ ज्ञानेन्द्र मा पक्कै होला नै तर हामीले आफ्नो ठाउँबाट आफ्नो काम गरौँ । दलहरुले मिलेर चाँडोभन्दा चाँडो संविधान बनाउन्, ज्ञानेन्द्र ले ‘चुँ’ गर्ने सम्म हिम्मत गर्न सक्दैनन् । आफू ‘चुकुल’ नलगाउने अनि चोर ले चोर्यो भनेर कुर्लेर हुन्छ । चोरी बाट बच्नु छ भने त आफूले पनि केही सुरक्षात्मक रणनिती त अपनाउनु पर्यो नि !

तस्विर:नभेष चित्रकार/रोयटर्स

Comments

  1. Sweta Gyanu BaniyaAugust 1, 2012 at 11:55 AM

    I really agree with your views...Former King Gyanendra has equal right to live a civilian life...Media should not hype the issue.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post