Skip to main content

Posts

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै । काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले । घ

“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ । के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ? अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !” माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई । एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ? अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथि

नेपाल को सडक कति धेरै सस्तो आन्दोलन त्यहीं हुने, जुलुस पनि त्यहीं अरु त अरु भए, नेता जान्छन् त्यही सडक ! विशेषता धेरै भएको सडक अरु कहाँ-कहाँ छ र ? मान्छे तात्न त्यही सडक त फोहर फ्याँक्न त्यही सडक, अरु त अरु भए, हुने गर्छ दिनहुँ झडप ! आफ्नो माग पुरा गराउन सबै ताक्ने त्यही सडक स्वास्नि कुटे त्यही सडक पार्टि फुटे त्यही सडक, अरु त अरु भए, कुख्रो किचेपनि त्यही सडक ! गाडि गुड्नुपर्ने त्यहाँ गाडिको त नामै छैन कहिले जान्छन् विद्यार्थी त कहिले शिक्षक त्यही सडक, अरु त अरु भए, मुल्य बढे त्यही सडक ! -सुनिल घिमिरे

नेपाल को पूर्वि भाग जलमग्न छ । कोशी व्यारेज मा आएको बाढिका कारण ५० हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । जे जति क्षति भएको छ, अनि जति पिडा छ, त्यो त बाढिपिडित सँग मात्र छ अरु को लागि त यो केही होइन, सबैलाई रमिता नै छ । हो साँच्चै यहाँ एक नेपालीलाई दुख्दा अर्कोलाई हाँस उठ्छ । अनि पुर्व को आवाज पश्चिम ले सुन्दैन अनि पश्चिम को आवाज पुर्व ले सुन्दैन अनि समग्रमा जनताको आवाज सरकारले सुन्दैन, यदि सरकार बहिरो नभइदिएको भए सायद हामी ले बाढिका कारण यती धेरै क्षति व्यहोर्नु पर्ने थिएन । कोशी को ड्याम फुटेर गाउँ मा पसेको बाढिका कारण सबैतिर जलमग्न छ । टाढा-टाढा सम्म पानी छ, अनि पानी मा हेलिँदै मान्छेहरु हिँडिरहेकाछन्, कोहि आफन्त खोजिरहेकाछन्, कोही सबथोक गुमाउनुको पिडा ले रोइरहेकाछन् । समाचार मा देखाइएका यी दृश्यहरु निकै नै मार्मिक छन् । कोही घाइते छन्, कतै के बगाइरहेको छ, कतै के, अनि जमिन देख्न पाइएको छैन । बाढिले यति ठूलो उपद्रो गरिसकेको छ अनि उद्धारको काम पनि जारी छ तर केही व्यक्तिहरु चाँही धनि बन्न खोजिरहेकाछन् । उनीहरु पानी मा आफन्त खोजे झैँ, सम्पति फेलापार्न लागिपरेकाछन्, कसैलाई यो बाढि

नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ, अहिले यस्तै अनुभव भैरहेको छ । साँच्चै यस्तै नै भयो, मेरो जिवन मा ! धेरै भूमिका नबाधौँ- सिधा कुरा मेरो ब्लगले आज १ वर्ष पूरा गर्यो । समग्र मा १ वर्ष निकै रमाइलो मा बित्यो । यसबिचमा धेरै उतारचढावहरु पनि भए तर एउटा गर्व को कुरा, लेख्न थालेपछि, लेख्न र आफ्नो कुरा व्यक्त गर्न धेरै नै सजिलो भएको छ । पहिले कुनै पनि विषय मा कलम चलाउन नसक्ने म, अहिले प्राय: केही न केही लेखिरहेकै हुन्छु, भलै ब्लगमा नलेखिएको भएपनि डायरी मा लेखिरहेको हुन्छु । मैले यो ब्लग गत वर्ष यसैदिन मा सुरु गरेको थिँए । ब्लगको सुरुवात का दिन मा ब्लग नाम मात्र को थियो तर अहिले कुरा बदलिएको छ । म सक्दोप्रयास गरिरहेको छु, ब्लग मा नियमित हुन र आफ्ना कुरा सारा संसार समक्ष राख्न । यो १ वर्ष को दौरान मा धेरै ब्लगर मित्रहरु भेटियो अनि प्राय: सबैबाट गाली भन्दा ताली नै बढि पाइयो तर थाहा छैन म के कति सफल भएँ ब्लगिङ को क्षेत्रमा । यो खुशीको अवसरमा मलाई ब्लगिङ गर्न हौस्याउने र निरन्तर सल्लाह सुझाव दिने “कपुरी क” का रुपेश सिलवाललाई धन्यवाद नदिरहन सक्दिन । साथै, ब्लग

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड । आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाए

-आशिष लुइटेल विरोधमा स्वरहरू गुञ्जिरहेकै बेला साउन २२ मा मिस नेपाल प्रतियोगिता हु“दैछ । सन् १९९४ मा पहिलोपटक आयोजना गरि“दा सुन्दरी प्रतियोगिताको चर्को विरोध गरिएको थियो । मिडियाले समेत खुलेरै विरोध गरिरह“दा रुवि राणाले मिस नेपालको ताज पहिरिएकी थिइन् । काठमाडौं जेसिजले आयोजना गर्दै आएको प्रतियोगितामार्फ हालसम्म १३ जनाले मिस नेपालको ताज पहिरिसकेका छन् । हरेक वर्षसो प्रतियोगिता हुनै लाग्दा विरोध हुने गरेका घटना स्वभाविक र सामान्य लाग्न थालिसकेका छन् । यस्तो लाग्न थालिसक्यो कि मिस नेपाल प्रतियोगिता हुनु भनेकै एक पक्षका युवती मेकअपले पोतिएर मुस्कुराउ“दै झकीझकाउ स्टेजमा उत्रनु हो र अर्को पक्षका मुठी उचाल्दै पुलिसका डन्डास“ग जुद्धै रिसाएको अनुहारमा बुरुकबुरुक उप|mेर सडक तताउनु । अब यी दुवै हुन सकेन भने प्रतियोगिताको स्वादै नहोला जस्तो लाग्छ । विरोधका बीचमा पनि सफल हुने प्रतियोगिताका लागि विरोध विरोधकै लागि मात्र हो कि जस्तो लाग्छ । हरेक आयोजनाभित्र सकारात्मक र नकारात्मक पक्ष लुकेका हुन्छन् । हुन सक्छ, मिस नेपाल प्रतियोगिताभित्र पनि सकारात्मकस“गै नकारात्मक पक्ष छन् । शारीरिक अपांग झमक घिमि

A part of sun focuses its rays over one corner of the earth, at the side of the Kathmandu Valley where the Khahare Khola flows calmly. The continuous earsplitting sound coming from the Vehicle running at the road side could be heard clearly from there. The dead skeleton of the cow lied at the side by river. One after another hundreds of eagles landed there and covered skeleton and were seen jumping one over another scratching the residual meat of the decaying skeleton to eat their scrap. At the right moment a man rised abruptly from the middle of the Khahare khola carrying a handful of fine sand in his small sack. His wet long hair splashed water in four directions and disturbed factions of eagles flew away; the sound of flapping their wing could be heard as far as the road. Khahare khola was said to have pious and pure water a decade ago but after the Maoist insurgency, a huge upsurge of people from conflict affected areas especially rural areas in the valley became the main cause of

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

Namaskar. First of all I want to thank you for sending me your write-up. Its just excellent in logic and the reality in some instances. I'm also thankful for you as I got a new friend. Let us be good friends. We nepali should be united to make our motherland prosperous. In 1998 August, i have been in Vienna for 10 days. So a little bit i know your city. Our country is going through very tough time in her history, so all this tormoil is like"labour pain" before a child borns. But we should be very careful about commual harmony. Personally I have many Madhesi friends and i never felt and feel anything agaist them. But there are some, with thier own plans and intensions, who can do harm to our country knowingly or accidently. My all writings and efforts are directed against them. So as the agenda of "single madhes" also. Please think: if i believe that the whole Terai is full of Madhesi(hypothesis) with no Pahade, no Tharu and others, even then what is the logic