Skip to main content

खबर कस्तो छ ?

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै ।

काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले ।

घरमा पाहुना आइपुगे, हामी नेपाली अनि हाम्रो पाहुनाको आदरसत्कार गर्ने चलन नै छ, गर्नैपर्छ- अनि केही ठाउँमा त पाहुना भगवान का रुप हुन्छन् पनि भनिएको छ । “अतिथि देवो भव:” हाम्रो मन्त्र नै यही छ, त्यसैले हामी सबैनै अतिथिलाई सम्मान, आदर सत्कार गर्छौँ ।

ए हो पो ! रहेछ त विगतमा हामी “अतिथि देवो भव:” भन्थ्यौँ तर अहिले हामी भन्दैनौँ । हाम्रो स्वभाव परिवर्तन भैसकेछ । यो कुरा देशमा राजा गएर, गणतन्त्र आएकाले भएको हैन, यो त भएको हो चरम महंगी अनि अभाव का कारण ले । जिवनयापन गर्न अत्यावश्यक मट्टितेल, ग्यास, डिजेल, पेट्रोल पैसा नै तिर्दा पनि पाईँदैन काठमाडौँ मा । खानेपानी को कथा पुरानो भइसक्यो अनि जनताको जिवन नरक भैसक्यो ।

पहिले-पहिले, “काठमाडौँ मा त, कोही पाहुना खाना खानेबेला भोकै टुप्पलुक्क आयो भने पनि, हजुरले त खाएरै आउनुभएकोहोला, बस्दै गर्नुस् भनेर घरका मान्छे खान थाल्छन्” भनेर जोक गर्थे गाउँतिर । त्यसै उडाउन, भनेकोहोला जस्तो लाग्थ्यो तर अहिले को परिस्थिति हेर्दा हैन भन्न सकिँदैन । घरमा पकाउने अन्न छ, तर पकाउने साधन छैन । ग्यासलाई लाइनमा राखेको महिनौँ दिन भैसक्यो, मट्टितेल पनि पाइएकोछैन, यसो कहिलेकाँहि झुक्किएर २-३ लिटर पाइन्छ मट्टितेल, त्यत्ति हो, अनि यस्तो परिस्थिति मा काठमाडौवासीले घरमा पाहुना आएको के निको मान्थे त ?

साँच्चै अहिले काठमाडौँ फोहोर थुप्रिएको खाल्डो, अनि ढल बगेका खोला बाहेक केही हैन तर पनि डाँडा माथि बसेको स्वयम्भुले यी सबैकुरा हेरिरहेको छ, अनि ढलमति छेउमा बसेका पशुपतिपनि नाक थुनेर मन्दिर भित्र बसिरहेकाछन् । अनि हाम्रा नेता कुर्सी खोसाखोस गर्दैछन्, जनता मरे मरुन्, उनीहरुलाई बाल मतलब ! अहिले कतै जानलाई सवारी साधन पाईँदैनन्, पाइएपनि सिन्की झैँ कोचिनु पर्छ यात्रा गर्न । तर जति कम गाडि त्यति नै बढि जाम हुनेगरेको छ, काठमाडौँ का सडकहरुमा ।

“ब्ल्याक मा चाँहि सबथोक पाइन्छ रे ! तर सिधा रुपमा कहिँ पाइँदैन, दिनभरि लाइनमा लाग्यो राति १२ बजे पालो आउँछ, त्यसैले त अहिले २०० वटा गाडि चल्ने ठाउँमा जम्मा ३५ वटा मात्र चलेको छ”, यसै भन्दै थिए, काठमाडौँ-धुलिखेल रुटमा गाडि चलाउने डाइभर दाइ ।

“यस्तै हुन्छ भनेर पहिले देखि नै २ वटा सिलिन्डर राखेको थियो, घरमा तर अहिले दुबै रित्तै छन्, पाहुना समस्या हैनन् तर अहिले बाध्यतावस नै यहाँ केहि दिन नआउ भनेको छु मैले” – मेरा एक आफन्त भन्दै थिए ।

चिया खान बेक्कारमा किन पसलसम्म चहारिरहनु पैसाको मात्रै खति भनेर अस्ति चिनी लिन पसल मा गएँ, चिनीको दाम सुनेर म एकछिन ढक भएँ, “चिनी ५० रुपैयाँ किलो” – लिनैपर्यो । अनि चिया खान चाँहि पानी उमाल्यो ईलेक्ट्रिक मग मा, तर त्यो पनि सँधै कहाँ पाइनु, लोडसेडिङ ले हैरान । अत: ग्यासको विकल्प मा हामी बिजुली पनि प्रयोग गर्न पाउँदैनौँ, किनकी पिक आवरमा सँधै लोडसेडिङ हुनेगरेको छ ।

माओवादीको नेतृत्वमा सरकार बनेपनि सबै कुर्सीकै पछि लागेकाछन् । यो अभाव को जिवन बाट छुटकारा कहिले पाउने ???? माओवादीले सत्ता बाहिर दिएको आश्वासन कहिले पुरा गर्छ त ???

Comments

  1. अत्यन्त सटीक प्रस्तुति वर्तमान नेपाली जीवनका समस्याहरुको!

    नचाहँदा-नचाहँदै पनि काठमाण्डुले मान्छेलाई निर्दयी र रुखो बन्न बाध्य बनाउँछ।

    सुविधा र अवसरलाई काठमाण्डुबाहिर पनि विस्तार नगरी यो समस्या हल हुनेवाला छैन किनभने मूल समस्या काठमाण्डुमा थुप्रिएको जनसंख्या र त्यससंग जोडिएको भद्रगोल हो। भावी संघीयताले गर्दा काठमाण्डुले अलिकति सास फेर्ने ठाउँ पाउला कि भन्ने लागेको थियो, तर हाम्रो 'संघीयता' पनि काठमान्डु केन्द्रीत संघीयतानै होला जस्तो छ। आशाका किरण कमै छन्।

    ReplyDelete
  2. मलाई पनि लाग्छ यो सुबिधा (असुबिधा?)लाई बाहिर बिस्तार नगरि यि समस्याहरु समाधान गर्न गाह्रो छ । तर मुख्य कुरा भनेको डाडु-पन्यौ हातमा लिएर सपना देखाएर कुर्शिमा बसेका निर्लज्ज प्राणिहरुको नियत र काबिलियतमा भर पर्छ ।

    ReplyDelete
  3. तितो सत्य एथार्थ काठमाडौं बासी हरु को ....

    मन त छ होला नि पहुनाको हृदय देखी खुशी खुशी ले सत्कार गर्न
    तर के गर्नु बिचरा काठमाडौं बासिले चुलोमा हेर्छ ग्यास देखिदैन होला
    स्टोभ बाल्न खोज्छ होला मट्टितेल हुँदैन होला
    हिटर बाल्न खोज्छ होला बिजुली हुँदैन होला ।।।।यस्तै यस्तै भएर होला कि, ति बिचरा पाहुनाको मन दु:खाउनु परेको

    अहिलेको परिस्थितीमा मट्टितेल, ग्यास, बिजुली भनेको मानब जिबनका लागि अती आबश्यक कुरा हो, यस्को अभाबको समाधान तुरुन्त हुनु जरुरी छ ..

    ReplyDelete
  4. बेकाममा कुर्कुरे र स्प्राइट खाएँछु जस्तै लाग्यो !

    ReplyDelete
  5. दैनिक समस्याहरु सबैतिर उस्तै नै हो क्यारे , खाली काठ्माण्डौलाई हामीले के के न हो भन्ठान्नुले काठ्माण्डौमा ज्यादा भोगिएको मात्रै हो ।

    ReplyDelete
  6. सबैको कुरो Currect यार.

    ReplyDelete
  7. लौ, उजेलीलाई मैले भनेको हैन है ! बेक्कार मा अर्कैकुरा सोचिदिएर !!!

    ReplyDelete
  8. the article is nice...it has covered the realistic state of our society in a Narrattor's self-experience for...keep it up aAkar..

    ReplyDelete
  9. कुरा ठीक हो। मन हुँदापनी परिस्थितीले हामीलाई रुखो बन्न बाध्य बनाउँछ।

    ReplyDelete
  10. मलाई पनि दिपक जी सँग हो मा हो मिलौन मन लाग्यो किन भने ऐले त झन तपाईं को के कुरो हाम्रो पूर्व तिर त झन साह्रै बिजोगा छ भन्या अस्तिको त्यो १०,१२ दिने पुर्ब बन्द अनि फेरि यो सप्तकोशि को दुबन् ले त
    ग्यास् को त के कुरो खाने कुरो को नै अभाव् बनाइ सकेको छ क् गर्नु र जुन् जोगि आये पनि कानै चिरेको

    ReplyDelete
  11. नारायण को फरक सोच hehehe, link hereko ta gajab lagyo :)anyway thanks..

    ReplyDelete
  12. hehehe.... ke bho ra ? tehi haina ta, thinking diffrently... hehe

    ReplyDelete
  13. मलाई पनि दिपक जी सँग हो मा हो मिलौन मन लाग्यो किन भने ऐले त झन तपाईं को के कुरो हाम्रो पूर्व तिर त झन साह्रै बिजोगा छ भन्या अस्तिको त्यो १०,१२ दिने पुर्ब बन्द अनि फेरि यो सप्तकोशि को दुबन् ले त
    ग्यास् को त के कुरो खाने कुरो को नै अभाव् बनाइ सकेको छ क् गर्नु र जुन् जोगि आये पनि कानै चिरेको

    ReplyDelete
  14. अत्यन्त सटीक प्रस्तुति वर्तमान नेपाली जीवनका समस्याहरुको!

    नचाहँदा-नचाहँदै पनि काठमाण्डुले मान्छेलाई निर्दयी र रुखो बन्न बाध्य बनाउँछ।

    सुविधा र अवसरलाई काठमाण्डुबाहिर पनि विस्तार नगरी यो समस्या हल हुनेवाला छैन किनभने मूल समस्या काठमाण्डुमा थुप्रिएको जनसंख्या र त्यससंग जोडिएको भद्रगोल हो। भावी संघीयताले गर्दा काठमाण्डुले अलिकति सास फेर्ने ठाउँ पाउला कि भन्ने लागेको थियो, तर हाम्रो 'संघीयता' पनि काठमान्डु केन्द्रीत संघीयतानै होला जस्तो छ। आशाका किरण कमै छन्।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

गुगल डुडलमा गुरू पूर्णिमा

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

Subscribe to Aakar Post