Skip to main content

केही कुरा

नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ, अहिले यस्तै अनुभव भैरहेको छ । साँच्चै यस्तै नै भयो, मेरो जिवन मा ! धेरै भूमिका नबाधौँ- सिधा कुरा मेरो ब्लगले आज १ वर्ष पूरा गर्यो । समग्र मा १ वर्ष निकै रमाइलो मा बित्यो । यसबिचमा धेरै उतारचढावहरु पनि भए तर एउटा गर्व को कुरा, लेख्न थालेपछि, लेख्न र आफ्नो कुरा व्यक्त गर्न धेरै नै सजिलो भएको छ । पहिले कुनै पनि विषय मा कलम चलाउन नसक्ने म, अहिले प्राय: केही न केही लेखिरहेकै हुन्छु, भलै ब्लगमा नलेखिएको भएपनि डायरी मा लेखिरहेको हुन्छु ।
मैले यो ब्लग गत वर्ष यसैदिन मा सुरु गरेको थिँए । ब्लगको सुरुवात का दिन मा ब्लग नाम मात्र को थियो तर अहिले कुरा बदलिएको छ । म सक्दोप्रयास गरिरहेको छु, ब्लग मा नियमित हुन र आफ्ना कुरा सारा संसार समक्ष राख्न । यो १ वर्ष को दौरान मा धेरै ब्लगर मित्रहरु भेटियो अनि प्राय: सबैबाट गाली भन्दा ताली नै बढि पाइयो तर थाहा छैन म के कति सफल भएँ ब्लगिङ को क्षेत्रमा ।

यो खुशीको अवसरमा मलाई ब्लगिङ गर्न हौस्याउने र निरन्तर सल्लाह सुझाव दिने “कपुरी क” का रुपेश सिलवाललाई धन्यवाद नदिरहन सक्दिन । साथै, ब्लगिङ मा पाएको एक असल मित्र अमेत्यलाई पनि धन्यवाद नदिरहन सक्दिन । त्यस्तै मेरा कुराहरु पढेर कमेन्ट गर्नुहुने, सल्लाह दिनुहुने दिलिप दाइ, वसन्त दाइ, ब्लगर दाइ (नबिन सर),काठमाडौँ स्पिक्स का सालिक दाइ, साहित्य संसारका दिपक दाइ, आवाज ब्लग का केशव, मेरो गफ का नबिन, हाम्रो आवाज का संगेस, चिट-च्याट कि दिपा, मेरो दोलखा का बद्रि दाइ, युनिक लग का समिर, कुटि कि कैलाश लगायत सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद ! त्यस्तै ब्लग मा इन्टरर्याक्सन को सुरुवात गर्नुहुने रमेश दाइ लाई पनि हार्दिक धन्यवाद ! साथै, समय समय मा सल्लाह सहयोग दिइरहने ईशान, शेखर लगायत मेरा सम्पुर्ण साथीहरुलाई पनि धन्यवाद । आशा छ, भविष्य मा पनि साथ र हौसला पाइरहनेछु ।

करिब एक वर्ष अघि ब्लग बनाएपछि के नाम राख्ने भएपछि, आकार पोष्ट भन्ने नाम राखेँ अनि ब्लगिङ नाम पनि “आकार” नै जुराएँ यध्यपि आकार मेरो नाम भने होइन । तर किन किन मलाई आकार नाम प्यारो लाग्छ अनि विशेष पनि । म सोच्छु आकार के होला ? तर अहँ मैले अहिलेसम्म केही फेला पार्न सकेको छैन , लाग्छ आकार अझै अपरिभाषित नै छ । खैर, आकार भन्ने नाम का कारण नै केही साथीहरु मेरो ब्लग मा आउनु भएको थाहा पाँए । अर्को एउटा कुरो, मेरो वास्तविक नाम थाहा पाउन खोज्ने साथिहरुको ईमेल पनि आइरहन्छन् अनि केही साथीहरुलाई भ्रम पनि रहेछ आकार का सम्बन्धमा । कति साथिलाई थाहा होला, अनि थाहा नहुने साथि ले पनि थाहापाउनुस् मेरो नाम अनिल पि. घिमिरे हो । रामेछाप, मन्थली को घिमिरे अनि अहिले घर चाँहि सर्लाही । मैले पहिले आफ्नो नाम नराख्नु मा पनि केही कारणहरु थियो, तर ती कारणहरु यहाँ उल्लेख गर्न चाँही मन लागेन ।
कहिले अनुहार को पेन्सिल स्केच गर्ने लहड त कहिले कथा लेख्ने अनि कहीले कविता कोर्ने लहड चलेको थियो । तर अहिले म मात्र ब्लगिङ मा हराइरहेको छु । अनि जबसम्म सक्छु तबसम्म म लेखिरहनेछु ।

मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !
–(नन्द हाङखिम को एकाङ्की “वास” बाट)

Comments

  1. 'आकार' जी! (तपाईको वस्तबिक नाम थाहा पाए पनि यहि नाम आत्मिय लागेकोले यहि प्रयोग गर्दैछु)

    सर्ब प्रथम त तपाईको ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई दिन चाहन्छु । मलाई लग्छ तपाई ब्लगिङको संसारमा आफ्नो स्थानमा सफल हुनुहुन्छ ।

    मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन र यि तिन चिज रहेको कुनै पनि कुरा नित्य र निरन्तर रहने छ।

    अनि:
    नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ

    भन्ने वाक्य एकदमै घत पर्ने र सहि लाग्यो, आशा छ तपाईबाट भविश्यमा अझ रोचक पोष्टहरु पढन पाईने छ ।

    ReplyDelete
  2. समयको मात्रै ख्याल गर्ने हो भने १ वर्ष कहिलेकाही पिलित्तै चिप्लिएरै सकिएझैँ लाग्छ। तर समयको अन्तरालमा ब्लगिङको क्षेत्रमा तपाईले देखाउनुभएको कौशलता, युनिकपना र नियमितताको लेखाजोखा गर्दा खेरी १ वर्षमा धेरै गर्नुभएझैँ लाग्छ मलाई। त्यसैले धेरै बधाईसहित आगामी दिनहरुमा अझ सशक्त ढंगमा तपाईको ब्लगिङको रुप देखियोस भन्ने शुभकामना र अपेक्षा पनि राख्छु । जमी रहनुस् (भन्नाको मतलब उचाईमा पुगेर टीकीरहनुस भनेको है फेरी) ब्लगिङको दुनियाँमा।

    म पनि दीलीपजीसँगै स्वर मिलाउँदै भन्छु, नाम चाहिँ आकार नै प्यारो लाग्यो। सायद हामीलाई शुरुमै त्यसैको स्वाद चखाउनुभएरै पनि होला।

    ReplyDelete
  3. यात्राको एउटा कोशेढुंगा पार गर्न सफल भएकोमा आकारपोष्टलाई वधाई छ! र भावी दिनहरुमा अझ बढी सफलता मिलोस् भन्ने शुभकामना पनि।

    लेख्न सक्नु एक हदसम्म मात्रै प्रतिभा वा स्वत:स्फूर्तता होला, तर लेखाईलाई माझ्ने र परिष्कृत गराउने सबैभन्दा ठूलो तरिका भनेको निरन्तर लेखन बाहेक केहि पनि हैन। त्यसकारण हामी लेखीरहुँ समयले साथ दिएसम्म र एक-अर्काका कमजोरी र बलिया पक्षलाई औंल्याईरहुँ।

    बाँकी तपाईँको ब्लग धेरै कुराहरुको लागि जानकारीको स्रोत पनि बनेको छ। ब्लगको साजसज्जामा तपाईँले गर्नुभएको मेहेनत पनि प्रशंशनीय छ।

    कुरैकुरामा, मैले पनि 'आकार' यहाँको वास्तविक नामनै होला भन्ठानेको थिएँ।

    अन्त्यमा एकपटक फेरि, 'आकार' खोज्ने तपाईँको यात्रा सफल होस्।

    ReplyDelete
  4. हौसला थपिदिनुभएको मा सबैलाई धन्यवाद !

    ReplyDelete
  5. बोली रसिलो होस्
    विचार कसिलो होस्
    जति आपत् आएपनि
    मुहार हँसिलो होस् ।।

    तपाईँको सन्तान १ वर्षको भएकोमा शुभकामना !!

    ReplyDelete
  6. ब्लगिङको वर्ष दिन पुरा भएकोमा मेरो तर्फबाट पनि बधाई स्विकार्नुहोस । मेरो नजरमा पर्नुहुने सफल ब्लगर मध्ये र आत्मियतामा पर्नुहुने नजिकको ब्लगर साथीमा तपाईं हुनुहुन्छ है । वास्तविक नामको खुलासा पढ्दै गर्दा म मात्र पो हुँ कि थाहा नपाउने भनेको त हामी ज्यादै नजिकबाट ब्लग बन्धनमा बाँधिएकाहरु लगभग सबै अनभिज्ञ रहेछौं । दिलीपजी , वसन्तजी , कैलाशजी ले झैं म पनि तपाईंलाई 'आकार' नामले नै पुकार्न चाहन्छु है आकारजी ।

    ReplyDelete
  7. ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई तथा डोमेन नाम
    www.aakarpost.com बाट पनि सजिलै पढन पाउदा अरकै आन्नद आउनछ । दिलिप दाइले भने जस्ते मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन । आउँदा दिन्हरुमा पनि एस्ते रच्नाहरु पढन पाइयोस तथा निरनतर सफलताको शुभकामना !!!!!

    ReplyDelete
  8. HAPPY BLOGGIN!

    :)
    सप्पै ले नेपाली मा लेखेको देखेर मज्जा लाग्यो। के गर्ने, आफ्नो त स्पीड् नै छैन!
    (I have a great respect for your huge dedication in terms of time and effort to this blog)

    ReplyDelete
  9. ब्लगलाई मनपराइदिएर आफ्नो प्रतिक्तिया जनाउनु हुने सबै साथीहरुलाई हार्दिक धन्यवाद ! आगामी दिन मा पनि यस्तै प्रतिक्रियाको आश गरिरहनेछु अनि ब्लगलाई सकेसम्म स्तरिय बनाउँदै जानेछु ।

    अनि ब्लगरदाइ, नेपाली मा लेख्ने हो भने, नेपाली रोमनाइज्ड युनिकोड राख्नुस् अनि लेख्नु फरर ! (जानकारी- रोमनाइज्ड नेपाली युनिकोड को बारेमा तथा किबोर्ड को लेआउट (फोटो), यसै ब्लगको पुरानो पोष्ट मा पढ्नसक्नुहुनेछ! अनि आफ्नो कम्प्युटरमा राख्नसक्नुहुनेछ !)

    ReplyDelete
  10. आकरजी को ब्लग ले एक बर्षमा खुट्टा टेकेकोमा बधाई छ अनी आगामी ब्लग दिन् हरुको लागि शुभकामना।
    तपाईं को ब्लगिनको सकृयता देख्दा मलाई डाहा लगेर आउन्छ । ब्लग खोल्नु ठुलो कुर हैन तर निरन्तरत दिनु सबैभन्दा ठुलो कुर हो। यस् मा म तपाईंलाई १०० मा ९० अंक दिन्छु(१०० नै दिन्थे तर यो संसारमा सत्प्रतिशत केही हुँदैन तेसैले ) ।

    Keep on blogging ( I know u will but It's only my formality)

    ReplyDelete
  11. आकरजी को ब्लग ले एक बर्षमा खुट्टा टेकेकोमा बधाई छ अनी आगामी ब्लग दिन् हरुको लागि शुभकामना।
    तपाईं को ब्लगिनको सकृयता देख्दा मलाई डाहा लगेर आउन्छ । ब्लग खोल्नु ठुलो कुर हैन तर निरन्तरत दिनु सबैभन्दा ठुलो कुर हो। यस् मा म तपाईंलाई १०० मा ९० अंक दिन्छु(१०० नै दिन्थे तर यो संसारमा सत्प्रतिशत केही हुँदैन तेसैले ) ।

    Keep on blogging ( I know u will but It's only my formality)

    ReplyDelete
  12. ब्लगलाई मनपराइदिएर आफ्नो प्रतिक्तिया जनाउनु हुने सबै साथीहरुलाई हार्दिक धन्यवाद ! आगामी दिन मा पनि यस्तै प्रतिक्रियाको आश गरिरहनेछु अनि ब्लगलाई सकेसम्म स्तरिय बनाउँदै जानेछु ।

    अनि ब्लगरदाइ, नेपाली मा लेख्ने हो भने, नेपाली रोमनाइज्ड युनिकोड राख्नुस् अनि लेख्नु फरर ! (जानकारी- रोमनाइज्ड नेपाली युनिकोड को बारेमा तथा किबोर्ड को लेआउट (फोटो), यसै ब्लगको पुरानो पोष्ट मा पढ्नसक्नुहुनेछ! अनि आफ्नो कम्प्युटरमा राख्नसक्नुहुनेछ !)

    ReplyDelete
  13. ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई तथा डोमेन नाम
    www.aakarpost.com बाट पनि सजिलै पढन पाउदा अरकै आन्नद आउनछ । दिलिप दाइले भने जस्ते मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन । आउँदा दिन्हरुमा पनि एस्ते रच्नाहरु पढन पाइयोस तथा निरनतर सफलताको शुभकामना !!!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post