Skip to main content

केही कुरा

नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ, अहिले यस्तै अनुभव भैरहेको छ । साँच्चै यस्तै नै भयो, मेरो जिवन मा ! धेरै भूमिका नबाधौँ- सिधा कुरा मेरो ब्लगले आज १ वर्ष पूरा गर्यो । समग्र मा १ वर्ष निकै रमाइलो मा बित्यो । यसबिचमा धेरै उतारचढावहरु पनि भए तर एउटा गर्व को कुरा, लेख्न थालेपछि, लेख्न र आफ्नो कुरा व्यक्त गर्न धेरै नै सजिलो भएको छ । पहिले कुनै पनि विषय मा कलम चलाउन नसक्ने म, अहिले प्राय: केही न केही लेखिरहेकै हुन्छु, भलै ब्लगमा नलेखिएको भएपनि डायरी मा लेखिरहेको हुन्छु ।
मैले यो ब्लग गत वर्ष यसैदिन मा सुरु गरेको थिँए । ब्लगको सुरुवात का दिन मा ब्लग नाम मात्र को थियो तर अहिले कुरा बदलिएको छ । म सक्दोप्रयास गरिरहेको छु, ब्लग मा नियमित हुन र आफ्ना कुरा सारा संसार समक्ष राख्न । यो १ वर्ष को दौरान मा धेरै ब्लगर मित्रहरु भेटियो अनि प्राय: सबैबाट गाली भन्दा ताली नै बढि पाइयो तर थाहा छैन म के कति सफल भएँ ब्लगिङ को क्षेत्रमा ।

यो खुशीको अवसरमा मलाई ब्लगिङ गर्न हौस्याउने र निरन्तर सल्लाह सुझाव दिने “कपुरी क” का रुपेश सिलवाललाई धन्यवाद नदिरहन सक्दिन । साथै, ब्लगिङ मा पाएको एक असल मित्र अमेत्यलाई पनि धन्यवाद नदिरहन सक्दिन । त्यस्तै मेरा कुराहरु पढेर कमेन्ट गर्नुहुने, सल्लाह दिनुहुने दिलिप दाइ, वसन्त दाइ, ब्लगर दाइ (नबिन सर),काठमाडौँ स्पिक्स का सालिक दाइ, साहित्य संसारका दिपक दाइ, आवाज ब्लग का केशव, मेरो गफ का नबिन, हाम्रो आवाज का संगेस, चिट-च्याट कि दिपा, मेरो दोलखा का बद्रि दाइ, युनिक लग का समिर, कुटि कि कैलाश लगायत सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद ! त्यस्तै ब्लग मा इन्टरर्याक्सन को सुरुवात गर्नुहुने रमेश दाइ लाई पनि हार्दिक धन्यवाद ! साथै, समय समय मा सल्लाह सहयोग दिइरहने ईशान, शेखर लगायत मेरा सम्पुर्ण साथीहरुलाई पनि धन्यवाद । आशा छ, भविष्य मा पनि साथ र हौसला पाइरहनेछु ।

करिब एक वर्ष अघि ब्लग बनाएपछि के नाम राख्ने भएपछि, आकार पोष्ट भन्ने नाम राखेँ अनि ब्लगिङ नाम पनि “आकार” नै जुराएँ यध्यपि आकार मेरो नाम भने होइन । तर किन किन मलाई आकार नाम प्यारो लाग्छ अनि विशेष पनि । म सोच्छु आकार के होला ? तर अहँ मैले अहिलेसम्म केही फेला पार्न सकेको छैन , लाग्छ आकार अझै अपरिभाषित नै छ । खैर, आकार भन्ने नाम का कारण नै केही साथीहरु मेरो ब्लग मा आउनु भएको थाहा पाँए । अर्को एउटा कुरो, मेरो वास्तविक नाम थाहा पाउन खोज्ने साथिहरुको ईमेल पनि आइरहन्छन् अनि केही साथीहरुलाई भ्रम पनि रहेछ आकार का सम्बन्धमा । कति साथिलाई थाहा होला, अनि थाहा नहुने साथि ले पनि थाहापाउनुस् मेरो नाम अनिल पि. घिमिरे हो । रामेछाप, मन्थली को घिमिरे अनि अहिले घर चाँहि सर्लाही । मैले पहिले आफ्नो नाम नराख्नु मा पनि केही कारणहरु थियो, तर ती कारणहरु यहाँ उल्लेख गर्न चाँही मन लागेन ।
कहिले अनुहार को पेन्सिल स्केच गर्ने लहड त कहिले कथा लेख्ने अनि कहीले कविता कोर्ने लहड चलेको थियो । तर अहिले म मात्र ब्लगिङ मा हराइरहेको छु । अनि जबसम्म सक्छु तबसम्म म लेखिरहनेछु ।

मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !
–(नन्द हाङखिम को एकाङ्की “वास” बाट)

Comments

  1. 'आकार' जी! (तपाईको वस्तबिक नाम थाहा पाए पनि यहि नाम आत्मिय लागेकोले यहि प्रयोग गर्दैछु)

    सर्ब प्रथम त तपाईको ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई दिन चाहन्छु । मलाई लग्छ तपाई ब्लगिङको संसारमा आफ्नो स्थानमा सफल हुनुहुन्छ ।

    मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन र यि तिन चिज रहेको कुनै पनि कुरा नित्य र निरन्तर रहने छ।

    अनि:
    नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ

    भन्ने वाक्य एकदमै घत पर्ने र सहि लाग्यो, आशा छ तपाईबाट भविश्यमा अझ रोचक पोष्टहरु पढन पाईने छ ।

    ReplyDelete
  2. समयको मात्रै ख्याल गर्ने हो भने १ वर्ष कहिलेकाही पिलित्तै चिप्लिएरै सकिएझैँ लाग्छ। तर समयको अन्तरालमा ब्लगिङको क्षेत्रमा तपाईले देखाउनुभएको कौशलता, युनिकपना र नियमितताको लेखाजोखा गर्दा खेरी १ वर्षमा धेरै गर्नुभएझैँ लाग्छ मलाई। त्यसैले धेरै बधाईसहित आगामी दिनहरुमा अझ सशक्त ढंगमा तपाईको ब्लगिङको रुप देखियोस भन्ने शुभकामना र अपेक्षा पनि राख्छु । जमी रहनुस् (भन्नाको मतलब उचाईमा पुगेर टीकीरहनुस भनेको है फेरी) ब्लगिङको दुनियाँमा।

    म पनि दीलीपजीसँगै स्वर मिलाउँदै भन्छु, नाम चाहिँ आकार नै प्यारो लाग्यो। सायद हामीलाई शुरुमै त्यसैको स्वाद चखाउनुभएरै पनि होला।

    ReplyDelete
  3. यात्राको एउटा कोशेढुंगा पार गर्न सफल भएकोमा आकारपोष्टलाई वधाई छ! र भावी दिनहरुमा अझ बढी सफलता मिलोस् भन्ने शुभकामना पनि।

    लेख्न सक्नु एक हदसम्म मात्रै प्रतिभा वा स्वत:स्फूर्तता होला, तर लेखाईलाई माझ्ने र परिष्कृत गराउने सबैभन्दा ठूलो तरिका भनेको निरन्तर लेखन बाहेक केहि पनि हैन। त्यसकारण हामी लेखीरहुँ समयले साथ दिएसम्म र एक-अर्काका कमजोरी र बलिया पक्षलाई औंल्याईरहुँ।

    बाँकी तपाईँको ब्लग धेरै कुराहरुको लागि जानकारीको स्रोत पनि बनेको छ। ब्लगको साजसज्जामा तपाईँले गर्नुभएको मेहेनत पनि प्रशंशनीय छ।

    कुरैकुरामा, मैले पनि 'आकार' यहाँको वास्तविक नामनै होला भन्ठानेको थिएँ।

    अन्त्यमा एकपटक फेरि, 'आकार' खोज्ने तपाईँको यात्रा सफल होस्।

    ReplyDelete
  4. हौसला थपिदिनुभएको मा सबैलाई धन्यवाद !

    ReplyDelete
  5. बोली रसिलो होस्
    विचार कसिलो होस्
    जति आपत् आएपनि
    मुहार हँसिलो होस् ।।

    तपाईँको सन्तान १ वर्षको भएकोमा शुभकामना !!

    ReplyDelete
  6. ब्लगिङको वर्ष दिन पुरा भएकोमा मेरो तर्फबाट पनि बधाई स्विकार्नुहोस । मेरो नजरमा पर्नुहुने सफल ब्लगर मध्ये र आत्मियतामा पर्नुहुने नजिकको ब्लगर साथीमा तपाईं हुनुहुन्छ है । वास्तविक नामको खुलासा पढ्दै गर्दा म मात्र पो हुँ कि थाहा नपाउने भनेको त हामी ज्यादै नजिकबाट ब्लग बन्धनमा बाँधिएकाहरु लगभग सबै अनभिज्ञ रहेछौं । दिलीपजी , वसन्तजी , कैलाशजी ले झैं म पनि तपाईंलाई 'आकार' नामले नै पुकार्न चाहन्छु है आकारजी ।

    ReplyDelete
  7. ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई तथा डोमेन नाम
    www.aakarpost.com बाट पनि सजिलै पढन पाउदा अरकै आन्नद आउनछ । दिलिप दाइले भने जस्ते मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन । आउँदा दिन्हरुमा पनि एस्ते रच्नाहरु पढन पाइयोस तथा निरनतर सफलताको शुभकामना !!!!!

    ReplyDelete
  8. HAPPY BLOGGIN!

    :)
    सप्पै ले नेपाली मा लेखेको देखेर मज्जा लाग्यो। के गर्ने, आफ्नो त स्पीड् नै छैन!
    (I have a great respect for your huge dedication in terms of time and effort to this blog)

    ReplyDelete
  9. ब्लगलाई मनपराइदिएर आफ्नो प्रतिक्तिया जनाउनु हुने सबै साथीहरुलाई हार्दिक धन्यवाद ! आगामी दिन मा पनि यस्तै प्रतिक्रियाको आश गरिरहनेछु अनि ब्लगलाई सकेसम्म स्तरिय बनाउँदै जानेछु ।

    अनि ब्लगरदाइ, नेपाली मा लेख्ने हो भने, नेपाली रोमनाइज्ड युनिकोड राख्नुस् अनि लेख्नु फरर ! (जानकारी- रोमनाइज्ड नेपाली युनिकोड को बारेमा तथा किबोर्ड को लेआउट (फोटो), यसै ब्लगको पुरानो पोष्ट मा पढ्नसक्नुहुनेछ! अनि आफ्नो कम्प्युटरमा राख्नसक्नुहुनेछ !)

    ReplyDelete
  10. आकरजी को ब्लग ले एक बर्षमा खुट्टा टेकेकोमा बधाई छ अनी आगामी ब्लग दिन् हरुको लागि शुभकामना।
    तपाईं को ब्लगिनको सकृयता देख्दा मलाई डाहा लगेर आउन्छ । ब्लग खोल्नु ठुलो कुर हैन तर निरन्तरत दिनु सबैभन्दा ठुलो कुर हो। यस् मा म तपाईंलाई १०० मा ९० अंक दिन्छु(१०० नै दिन्थे तर यो संसारमा सत्प्रतिशत केही हुँदैन तेसैले ) ।

    Keep on blogging ( I know u will but It's only my formality)

    ReplyDelete
  11. आकरजी को ब्लग ले एक बर्षमा खुट्टा टेकेकोमा बधाई छ अनी आगामी ब्लग दिन् हरुको लागि शुभकामना।
    तपाईं को ब्लगिनको सकृयता देख्दा मलाई डाहा लगेर आउन्छ । ब्लग खोल्नु ठुलो कुर हैन तर निरन्तरत दिनु सबैभन्दा ठुलो कुर हो। यस् मा म तपाईंलाई १०० मा ९० अंक दिन्छु(१०० नै दिन्थे तर यो संसारमा सत्प्रतिशत केही हुँदैन तेसैले ) ।

    Keep on blogging ( I know u will but It's only my formality)

    ReplyDelete
  12. ब्लगलाई मनपराइदिएर आफ्नो प्रतिक्तिया जनाउनु हुने सबै साथीहरुलाई हार्दिक धन्यवाद ! आगामी दिन मा पनि यस्तै प्रतिक्रियाको आश गरिरहनेछु अनि ब्लगलाई सकेसम्म स्तरिय बनाउँदै जानेछु ।

    अनि ब्लगरदाइ, नेपाली मा लेख्ने हो भने, नेपाली रोमनाइज्ड युनिकोड राख्नुस् अनि लेख्नु फरर ! (जानकारी- रोमनाइज्ड नेपाली युनिकोड को बारेमा तथा किबोर्ड को लेआउट (फोटो), यसै ब्लगको पुरानो पोष्ट मा पढ्नसक्नुहुनेछ! अनि आफ्नो कम्प्युटरमा राख्नसक्नुहुनेछ !)

    ReplyDelete
  13. ब्लगले १ बर्ष पुरा गरेकोमा बधाई तथा डोमेन नाम
    www.aakarpost.com बाट पनि सजिलै पढन पाउदा अरकै आन्नद आउनछ । दिलिप दाइले भने जस्ते मौलिकता, विविधता र नबिनता तपाईको ब्लगको विशेषता हुन । आउँदा दिन्हरुमा पनि एस्ते रच्नाहरु पढन पाइयोस तथा निरनतर सफलताको शुभकामना !!!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post