Skip to main content

Posts

Showing posts with the label Mobile

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन । गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो , फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् । पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगल ले, केही महिना पहिले "फोटो स्क्यान" मोबाइल एप सार्वजनिक गरेको थियो । आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि

अघिल्लो महिना भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, हिजो नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर, स्न्यापच्याटको जस्तो केही समयपछि 'मेसेज' आफैँ डिलिट हुने, आईमेसेजको जस्तो 'टेक्स्ट' ठूलो बनाउने फिचरहरु छन् । यसका साथै प्राय: सबै च्याट एप्सहरुमा उपलब्ध ग्रुप च्याट, ईमोजी, फोटो, स्टिकरहरु, डुडल आदि पनि एलोमा उपलब्ध छ । गुगल असिस्टेन्ट तथा स्मार्ट 'रिप्लाइ' बाहेक अर्को राम्रो फिचर भनेको, आलोको प्राइभेट च्याट हो, इनकग्‌निटो मोडमा गरिने च्याट, 'इन्क्रिप्ट' हुनुको साथै, यति समयपछि 'मेसेज' आफैँ डिलिट गर्ने भनेर समय सिमा तोक्न सकिन्छ । गुगल असिस्टेन्ट गुगल नाउलाई विस्थापित गर्दै गुगल असिस्टेन्ट आलो च्याट मार्फत प्रयोगकर्ताहरु माझ आइपुगेकोछ । गुगल असिस्टेन्टलाई, गुगल नाउमै उपलब्ध फि

हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा ' इन्स्टाग्राम 'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु। १) स्न्यापसिड स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ल

फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ता हरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्‍यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि । त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक , ट्विटर , युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइल मा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो द

अघिल्लो हप्ता गुगलले 'डुओ' नामक भिडियो कलिङ एप् सार्वजनिक गरेको छ । च्याट, मेसेन्जर हरुका बिचमा फेरि अर्को एक मेजेन्जर थपिए झैँ लागे पनि, 'डुओ' भिडियो कलको लागि मात्र बनाइएको एप हो । अत्यन्तै साधारण 'इन्टरफेस' भएको गुगल को 'डुओ' एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि नौलो किसिमको भिडियो कलिङ एप हो। आइफोन प्रयोगकर्ताहरुले आपसमा कुरा गर्न 'फेसटाइम' प्रयोग गर्दै आइरहेकाले, यो खासै नयाँ नहुन सक्छ तर आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले एकआपसमा 'डुओ' प्रयोग गर्न सक्ने कारण, यो फेसटाइम भन्दा फरक छ । भाइबर जस्तै, डुओ चलाउनको लागि पनि मोबाइल नम्बरबाट रजिष्ट्रर गर्नुपर्ने हुन्छ, यसअघिका गुगलका एपहरुमा जिमेलबाट साइन इन गर्नुपर्ने बाध्यता थियो। फोनमा भएका कन्ट्याक्टबाट डुओ राखिएका व्यक्तिहरु देख्न सकिन्छ । डुओ एपमा, भिडियो कल गर्न मात्रै मिल्छ, फोन आउँदा आउँदै कसले फोन गर्यो, कस्तो अवस्थामा छ, कल नउठाइ देख्न सकिन्छ । गुगल ब्लग का अनुसार 'डुओ' छिटो र भरपर्दो छ । अन्य एपहरुमा भिडियो कल गर्दा, कनेक्टिङ वा डायलिङ भनेर केही समय लागिरहे

भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ

केही हप्ता देखि एउटा मोबाइल एपको चर्चा चुलिँदै गएको छ, इन्स्टाग्राम का फिडहरुमा पेन्टिङ जस्ता फोटोहरु छ्यापछ्याप्ति देखिन थालेकाछन् । इन्स्टाग्रामका फिल्टरहरुको सट्टामा धमाधम यही मोबाइल एपका फिल्टरहरु चलाउन थालिएकोछ । आइफोन प्रयोगकर्ताहरुका माझ परिचित प्रिज्म एप, अब एन्ड्रोइड को लागि उपलब्ध भएको छ । प्रिज्म एप मार्फत, विभिन्न फिल्टरहरु लाएर, आफ्नो फोटोलाई पिकासोको पेन्टिङ जस्तै कलात्मक बनाउन सकिन्छ । प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ । Kathmandu Coffee! #Prisma #Nepal A photo posted by Aakar Anil (@aakarpost) on Jul 25, 2016 at 12:58am PDT प्रिज्म एपले मेसिन लर्निङ पद्धतिबाट, हामीले अपलोड गरेको फोटोलाई पढेर, विश्लेषण गरेर, हामीले छान्ने फिल्टर अनुसार, नयाँ फोटो बनाउने भएका कारण, प्रिज्म एप चलाउन इ

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ । सम्बन्धित समाचार हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न स

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ । फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ । ४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो 'मेसेजिङ एप' हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको 'टुबोर्ग फन स्टिकर' सार्वजनिक गरेको थियो ।

भारतीय कम्पनी रिङ्गिङ बेल्सले करिब ४ सय नेपाली रुपैँया (२५१ आइसी) मूल्य पर्ने स्मार्टफोन "फ्रिडम २५१" सार्वजनिक गरेको छ। सुन्दा अपत्यारिलो लाग्ने यो खबर साँचो हो, रिङ्गिङ बेल्सले बिहिबार एक कार्यक्रमका बिच आफ्नो नयाँ स्मार्टफोन "फ्रिडम २५१" नयाँ दिल्लीमा सार्वजनिक गरेको हो । ४ इन्चको डिस्प्ले (९६०x५६०) भएको फोनमा, १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ। १ जिबी र्याम र ८ जिबी इन्टरनल स्टोरेज रहेको फोनमा ३.२ मेगापिक्सलको क्यामेरा छ । फोनमा १४५० मिलिएम्पियर आओर ब्याट्रि राखिएको फोनमा, दुईवटा थ्रिजी सिम लाग्छ । साइटमा राखिएको विवरण र मुल्य अनुसार हेर्दा, यसलाई सस्तो र राम्रो स्मार्टफोन मान्न सकिन्छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ५.१ ललिपप रहेको फोनमा फेसबुक, ह्वाट्सएप, युट्युब लगायत भारतलाई लक्षित गरि बनाइएका एप्सहरु राखिएकाछन् । " फ्रिडम २५१ " स्मार्टफोन शुक्रबार बिहान देखि अनलाइन बुकिङ गरेर भारतमा किन्न सकिन्छ। यसरी बुकिङ गरिएको फोन जुनसम्म'मा प्रयोगकर्ताको हातमा पुर्याउने कम्पनीको लक्ष्य रहेकोछ । भारत सरकारको 'मेक इन इन्डिया' कार्यक्

च्याट तथा मेसेजिङ एप् ह्वाट्सयाप (ह्वाट्स अप) अब सँधैको लागि 'फ्रि' हुने भएको छ (ह्वाटस्एप चलाउन पैसा नलाग्ने) । विज्ञापन नदेखाउने बरु ह्वाट्सयाप चलाएको दोस्रो वर्ष देखि प्रयोगकर्तासँग वार्षिक ९९ सेन्ट (करिब १०० रुपैयाँ) लिने ह्वाट्सयपको बिजनेस मोडल थियो । केही वर्षअघि फेसबुकले ह्वाट्सयापलाई १९ अरब डलरमा खरिद गर्दा, यसको बिजनेस मोडलको खुबै चर्चा भएको थियो । फेसबुकले यति महंगो मुल्य हालेर, ह्वाट्सएपलाई नभइ आफ्नो प्रतिद्वन्दीलाई खरिद गरेको थियो भन्ने कुरा पनि चर्चाको विषय भएको थियो, किनकी प्रयोगकर्ताहरु फेसबुक भन्दा धेरै ह्वाटस्एप चलाउँथे । करिब १ अरब प्रयोगकर्ता रहेको दाबी गरिएको ह्वाट्सयाप निकै रुचाइएको च्याटिङ एपहरु मध्यमा पर्छ। ह्वाट्सयापले हिजो ब्लग मार्फत ह्वाटस्एपको बिजेनस मोडलले सोचे जस्तो काम नगरेको सार्वजनिक गर्दै, ह्वाट्सयाप अब सँधैको लागि फ्रि हुने घोषणा गरेको हो । सबै प्रयोगकर्तासँग डेबिट/क्रेडिट कार्ड नभएको तर दोस्रो वर्ष देखि पैसा तिर्नुपर्ने हुँदा, आफन्तजनसँग ह्वाट्सयाप मार्फत नजिक हुन नपाएको कुरा ब्लगमा उल्लेख गरिएकोछ । यसको अर्थ, प्रयोगकर्ताहरु पैसा तिर्न

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ । १) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल

३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ । स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोट

विद्यार्थी जिवनमा 'परिक्षा' सँधैको हाँउगुजी हो । त्यो भन्दा नि ठूलो तनाव त प्रवेश परिक्षाले दिन्छ । एसएलसीबाट प्लसटु अनि प्लस'टु बाट ब्याच्‌लर'मा छलाङ हान्नुपर्ने बेला विद्यार्थी तनावमा देखिन्छन् । के पढ्ने, कति पढ्ने, कस्तो प्रश्न सोधिन्छन्, कताबाट सोधिन्छ, कसरी सोधिन्छ भनेर विद्यार्थीहरु (विशेषत आइटी/ईन्जिनियरिङ र मेडिकलका) तनावमा हुन्छन् । विद्यार्थीहरुले भोग्ने यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल सिएसआइटी एसोसियसन  र अस्कल'का विद्यार्थीहरुले, बिएस्सी सिएसआइटी (BScCSIT) पढ्न तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर, प्रवेश परिक्षा तयारीको लागि मोबाइल एप निर्माण गरेको छ । अब ब्याच्‌लरमा आइटी पढ्न जुर्मुराए'का विद्यार्थीहरुलाई सिएसआइटी इन्ट्रान्स एपले सहयोग गर्नेछ । सिएसआइटी इन्ट्रान्स एपमा प्रवेश परिक्षा'को मोडल प्रश्नपत्रहरु तथा अघिल्लो वर्षका प्रश्नपत्रहरु राखिएको छ, जहाँबाट विद्यार्थीहरुले सजिलै ती परिक्षाहरुमा नि:शुल्क भाग लिन पाउँछन् । प्रश्नहरुको जवाफ दिँदै जान सकिन्छ, जवाफ दिइसकेपछि, आउने स्कोरको आधारमा तत्काल आफ्नो जवाफ सही भयो कि भएन

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा! नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रो को नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् । डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्या

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरु ले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ। २०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो । माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनक

सामाजिक सञ्जाल हरुमा पोष्ट, कमेन्ट आदिको रुपमा रमाइला मिम् (meme) राख्ने चलन बढ्दै गएको छ । सामान्यता व्यंग्य गर्नलाई फोटो माथि रमाइलो 'टेक्स्ट' लेखेर मिम् बनाएर इन्टरनेटमा सेयर गरिन्छ । इन्टरनेटमा सेयर गरिने भएका कारण यसलाई 'इन्टरनेट मिम्' पनि भनिन्छ । अवस्था, प्रसंग अनुसारको फोटो अनि त्यसमाथि व्यंग्यात्मक वाणी कसलाई पो मन नपर्ला र? अरुको इन्टरनेट मिम् देखेर, कहिलेकाँही आफूलाई पनि मिम् बनाउन मनलाग्छ, तर मिम् बनाउन लाग्ने समय, सफ्टवेयर आदि सम्झेरै आँट आउन्न । त्यसो त कहिलेकाँही इन्टरनेटकै विभिन्न साइट चहारेर पनि मिम् नबनाएको भने होइन, अनि प्लेस्टोरमै पनि सयौँ मिम् बनाउने एप्स छन् । पछिल्लो समयमा भने फसम् एप्सले निर्माण गरेको " इन्स्टामिम् " चलाउनथालेको छु । एक हजार भन्दा धेरै फोटो रहेको दावी गरिएको 'इन्स्टामिम्' मा आफ्नै फोटो पनि प्रयोग गर्ने सक्ने सुविधा रहेकोछ । एपमा गएर त्यहीँ भएको फोटो छानेर वा आफ्नै फोटो अपलोड गरेर, त्यसमाथि लेख्न सकिन्छ । फोटोमाथि लेखिएको शब्दलाई सानो ठूलो बनाउने देखि लिएर रंग पनि परिवर्तन गर्न सकिने सुविधा छ । फोटोमाथि ले