Skip to main content

Posts

Showing posts with the label Facebook

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो । यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले अघिल्लो हप्ता उनको आफ्नो फेसबुक प्रोफाइलमा सेयर गरेको एउटा फोटोको इन्टरनेटमा व्यापक चर्चा भयो । फोटो सेयरिङ एप् इन्स्टाग्रामको प्रयोगकर्ता ५० करोड पुगेको जानकारी दिन, जुकरबर्गले फेसबुकमा फोटो पोस्ट गरेका थिए । मार्क जुकरबर्गले अपलोड गरेको फोटोमा, उनको ल्यापटपको वेवक्याम र माइकको ज्याकलाई टेपले छोपिएको देखिन्छ । धेरैलाई सामान्य लाग्ने यो फोटोले ईन्टरनेट सुरक्षाको अर्को खतारनाक पाटो उजागर गरेको छ । केही हप्ता पहिले मात्रै ह्याकरहरुले मार्क जकरबर्गको लिङ्कड्इन र ट्विटर प्रोफाइल ह्याक गरेका कारणबाट पनि यस फोटोको चर्चा चुलिएको हो । मार्क जुकरबर्गले आफ्नो ल्यापटपको वेवक्याम र माइक्रोफोनको ज्याक टेपले टाँसेको कुरा क्रिस ओल्सन नामक ट्विटर प्रयोकर्ताले ट्विटमा औँल्याएका थिए । 3 things about this photo of Zuck: Camera covered with tape Mic jack covered with tape Email client is Thunderbird pic.twitter.com/vdQlF7RjQt — Chris Olson (@topherolson) June 21, 2016 वेवक्यामलाई टेपले छोप्नुलाई केहीले

असोज ३ गते जारि गरिएको, नेपालको नयाँ संविधानका बारेमा भारतले असन्तोष जनाउँदै, नचाहिँदो प्रतिक्रिया दिएपछि, ट्विटर, फेसबुक लगायत सामाजिक सञ्जालमा भारतीय रवैयाको चर्को आलोचना गरिएकोछ । नेपालको तराईमा जारी आन्दोलनमा चासो देखाउँदै, असोज ४ गते सोमबार बेलुका, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धम्कीको भाषा प्रयोग गरिएको भन्दै, नेपाली ट्विटर प्रयोगकर्ताहरुले #BackOffIndia ह्यासट्यागमा आफ्ना विचारहरु ट्विटरमा राखेका थिए। सोमबार सुरु भएको "ब्याकअफइन्डिया" ह्यासट्याग, मंगलबार दिउँसो ट्विटर र फेसबुकमा संसारभर ट्रेन्ड भएको हो । यो ब्लग तयार पार्दासम्म ट्विटरमा १ लाख ८० हजार पटक #BackOffIndia उल्लेख गरिएको छ भने, फेसबुकमा ३५ हजार भन्दा धेरै पटक उल्लेख भएको देखिएकोछ । ट्विटर र फेसबुकले 'पब्लिक' प्रोफाइलको तथ्यांक मात्र देखाउने भएकोले, वास्तविकतामा यो संङ्ख्या अझै केही बढि हुनसक्नेछ । #BackOffIndia Trends Worldwide on Twitter on Tuesday , after the inappropriate comment on Nepal's constitution by GOI. pic.twitter.com/1VNyzLkB5w — Aakar Anil (@aakarpost) S

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा, च्याटमा डि: पी: सँगै हाहा, हेहे, लोल आदि लेख्ने बानी हामी सबैको छ । कसैलाई हाहा लेख्न मनपर्छ त कसैलाई हेहे, कोही भने ईमोजी नै प्रयोग गर्न रुचाउँछन् । कसैलाई भने 'लोल' को प्रयोग पटक्कै मन पर्दैन । स्माइली वा हाँसोको भाषा नराखी सोसल मिडिया मा पोष्ट गर्दा के नपुगेको के नपुगेको लाग्नु स्वभाविक भइसक्यो । यदी जोकमा, च्याटमा स्माईली राखिएको छैन भने, प्रतिक्रिया दिनु अघि सोच्नुपर्ने बेला भइसक्यो, यो जोक नै हो या सिरियस कुरो । यही हाम्रो विभिन्न थरिको हाँसो माथि फेसबुकले अनुसन्धान गरेको थियो, आज त्यही कुरा यहाँ लेख्दैछु । केही महिना अघि न्युयोर्करमा छापिएको एउटा लेखबाट प्रभावित भएर फेसबुक ले, प्रयोगकर्ताहरु फेसबुकमा कसरी हाँस्छन् भन्नेबारेमा अघिल्लो हप्ता रमाइलो तथ्य सार्वजनिक गरेकोछ । मे महिनाको पछिल्लो हप्तामा फेसबुकले, 'पोष्ट्' तथा प्रतिक्रियाहरुमा लेखिएका (हाँसो जनाउने शब्दहरु) 'हाहा' (haha), 'हेहे/हिही' (hehe), 'इमोजी' (emoji), 'लोल' (lol) आदि शब्दहरुको सुक्ष्म विश्लेषण गरेकोथियो । फेसबुकले अमेरिक

फेसबुक सँधै चलाइरहँदा पनि कतिपय साथीभाइहरु सँग टाढा भइएकोहुन्छ । उनीहरुले लेखेका पोष्ट तथा फोटोहरु न्युजफिडमा देखिन्न, न्युजफिडमा नदेखिएपछि नौलो भइन्छ आफ्नै साथीहरुसँग पनि । आफूलाई मन नपर्ने, 'देख्ने बित्तिकै लाइक गर्नुस्', 'दर्शन गरिहाल्नु्स', 'सेयर गरिहाल्नु्स' शैलीका पोष्टहरुले कहिलेकाँही पुरै टाइमलाइन कब्जा गरेको हुन्छ त कहिले अश्लिल सामाग्री तथा नचाहिँदा समाचार पोर्टलका लिंकहरुले । आफूलाई मन नपरेका र नचाहिएका कुराहरुलाई अनफलो गर्ने, लुकाउने सुविधा फेसबुकमा छ, तर पनि त्यो सोचेजति प्रभावकारी भएको देखिन्न । हामीले फेसबुकमा गर्ने अन्तरक्रियाको आधारमा फेसबुकले 'अटोमेटिक' रुपमा तिनै पेज र साथीहरुको अपडेट हामीलाई देखाउँछ । हामीले लाइक/कमेन्ट गरेको आधारमा, हामीलाई फेसबुक न्युजफिडमा अपडेटहरु देखाइन्छ तर निश्चित सुत्रमा रहेर बनाइएको रोबटले, हाम्रो कुराहरु पूर्ण रुपमा बुझ्न सक्दैनन्। फलस्वरुप, हरेक किसिमका चाहिएका/नचाहिएका अपडेटहरु टाइमलाइनमा देखिन्छन्, जसका कारण कहिलेकाँही फेसबुक प्रति नै वितृष्णा उत्पन्न हुन्छ । यही विविध कुराहरु मनन गर्दै, फेसबुकले न्य

फेसबुकमा कत्तिको च्याट गर्नुहुन्छ? गुगल प्लेस्टोरका अनुसार, अहिले फेसबुक मेसेन्जर नेपालमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल च्याट/मेसेजिङ एप हो। केही अघिसम्म नेपालमा फेसबुक मेसेन्जर भन्दा भाइबर सबैभन्दा धेरै प्रयोग हुन्थ्यो। कम्प्युटरबाट धेरै फेसबुक च्याट गर्नुहुनेहरुलाई खुसीको खबर छ, रिकोडका अनुसार फेसबुक'ले बुधबार देखि मेसेन्जरको लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । भन्नको मतलब, फेसबुकमा च्याट गर्नको लागि, अब फेसबुकमा लग इन गर्नुको सट्टा, छुट्टै मेसेन्जर डटकम 'मा सिधै लगइन गरेर च्याट गर्न सकिन्छ ।  हाललाई थोरै प्रयोगकर्ताहरुलाई मात्र यो सुविधा उपलब्ध भएको भएपनि, बिस्तारै यो सेवा सबैलाई उपलब्ध हुँदै जानेछ । मोबाइलमा फेसबुक र मेसेन्जर छुट्टाछुट्टै एपको रुपमा उपलब्ध भएजस्तै अब वेबमा पनि फेसबुक र मेसेन्जर छुट्टाछुट्टै रुपमा उपलब्ध भएको छ । फेसबुकको न्युज फिड नहेर्ने, च्याट मात्र गर्नेलाई मेसेन्जर डटकम उपयोगी हुनसक्छ । मोबाइलमा उपलब्ध सम्पूर्ण 'फिचर'हरु मेसेन्जरको वेब भर्सनमा उपलब्ध हुने जनाइएको छ । ➤ Install Aakar Post Android app from Google PlayStore or Ap

स्मार्टफोन र इन्टरनेट सेवा विस्तार सँगै नेपालमा फेसबुक प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएकोछ । ३ वर्ष अघि २०११ मा करिब ९ लाख फेसबुक प्रयोगकर्ता हरु थिए भने अहिले नेपालमा ४० लाख फेसबुक प्रयोगकर्ताहरु छन् । फेसबुक एडबाट लिइएको तथ्यांक अनुसार ४० लाख मध्ये अधिकांश प्रयोगकर्ताहरु पुरुषछन्, पुरुषको दाँजोमा महिलाको संङ्ख्या न्युन छ । नेपालमा करिब २८ लाख फेसबुक प्रयोगकर्ता पुरुष छन् भने करिब १३ लाख महिला प्रयोगकर्ताहरु छन् । Facebook Users in Nepal [INFOGRAPHIC] नेपालबाट अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताहरुले मोबाइलबाट फेसबुक चलाएकाछन्, जसमा एन्ड्रोइड स्मार्टफोन अग्रपंक्तीमा छ । १८ लाख प्रयोगकर्ताहरुले एन्ड्रोइड फोन तथा ट्याबलेटबाट फेसबुक चलाएको देखिन्छ ।त्यस्तै १३ लाख प्रयोगकर्ताहरुले अझै पनि 'फिचर फोन'बाट फेसबुक चलाउँछन् । एन्ड्रोइडको दाँजोमा आइफोन र विन्डोज फोन प्रयोगकर्ताको सङ्ख्या अत्यन्त न्युन छ । करिब २ लाखले आइफोन - आइप्याड आदिबाट फेसबुक चलाउँछन् भने करिब ३२ हजारले विन्डोज फोनबाट फेसबुक चलाएकाछन् । There are 4 Million Facebook users in #Nepal --> http://t.co/lmW2QlS

सन् २०१० को विश्वकप फुटबल को ताका ट्विटरले सुरु गरेको ह्यासफ्ल्याग, हिजोबाट फेरि ट्विटरमा देखापरेकोछ ।यसका साथै, ट्विटरले विश्वकपको पलपलको जानकारी दिने  #WorldCup2014   टाइमलाइन र म्याचटाइम लाइन ( #BRAvsCRO ) पनि सार्वजनिक गरेकोछ । ह्यासफ्ल्याग ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ:  BRA #BRA refers to Brazil. #ARG for Argentina. #ESP for Spain. #ENG for England. #GER for Germany. #FRA for France. #ITA for Italy. #WorldCup — Aakar (@aakarpost) June 10, 2014 वल्डकप टाइमलाइन तथा म्याच टाइमलाइन #WorldCup र #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अ

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

फेसबुकमा पाँच हजार साथी पुगे अब आफ्नो "पेज" बनाउँछु भनेर हिजोआज धेरै साथीहरु तम्सिएको देखेकोछु । तपाईलाई थाहा नहुन सक्छ, तर हिजोआज प्रायजसो व्यक्तिगत 'पेज'को जरुरतलाई 'प्रोफाइल'ले नै पुरा गरिदिन्छ ।  तपाईको प्रोफाइल तपाई आफैँले मात्र चलाउनुहुन्छ भने, तपाईको लागि 'फेसबुक पेज' खर्चिलो र झन्झटिलो मात्र हुनजान्छ । तर तपाईको 'सोसल मिडिया' उपस्थिति म्यानेज गर्ने टिम नै छ भने, पेज सही विकल्प हुनसक्छ । जस्तो एउटा उदाहरण हेरौँ: यदि तपाईंले पेज पनि बनाउनु भयो र उक्त पेज आफैँले म्यानेज गर्नुपर्छ भने सोच्नुस्, तपाईका फलोअरहरु दुई तिर बाँडिनेछन् पेज र प्रोफाइलमा । दुबैमा अपडेट दिनुपर्यो, कतिपय प्रसंगमा त एउटै कुरा दुई तिर पोष्ट गर्नुपर्छ। फेरि दुईटैमा नियमित हुनुपर्यो। दुबैमा आएका, कमेन्ट र म्यासेज पनि हेर्नुपर्यो । यस हिसाबले मात्रै पनि एउटा कामको लागि समय दोब्बर लाग्छ । अर्को कुरा, तपाईको आफ्नै प्रोफाइललाई पेजमा परिवर्तन गर्नुभयो भने पनि, तपाईका सबै डाटाहरु मेटिन्छन् । आफ्ना चिनेका साथीहरुको सर्कल दुई तिन सयको हाराहारीमा छ र अरु धेरै साथीहरु नबनाइ