Skip to main content

Posts

Showing posts with the label Facebook

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स' लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण । सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन । ब्रान्ड तथा कम्पनीहरुले जा

सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ । @aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;) — Akur Rimal (@fluctuating) February 20, 2014 विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ । १ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर MT @ishwari : 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion. — Aakar Anil (@aakarpost) February 19, 2014 फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रा

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको

फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ । चारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा ।   मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर

फेसबुकले गत हप्ता जनवरी १५ मा “ग्राफ सर्च” ‘फिचर’ सार्वजनिक गरेकोछ । फेसबुक ले ग्राफ सर्चको सार्वजनिकिकरण सँगै टेक जगतमा फेसबुकलाई गुगलको दह्रो प्रतिस्पर्धिको रुपमा हेर्न थालिएकोछ । भविष्यमा ‘सर्च’, ‘सोसल सर्च’मा रुपान्तरित हुनेकुरामा कुनै दुईमत छैन तर यसो भन्दैमा फेसबुकको ग्राफ सर्चले अहिले नै गुगललाई कुनै किसिमको धक्का पुर्याउने छाँट देखिँदैन ।  ‘फेसबुकको लाइक’ र ‘गुगलको प्लसवान’ दुबैको आफ्नै छुट्टै विशेषता र बेग्लै किसिमका सोसल सिग्नल भएका कारण पनि गुगल सर्च र फेसबुक ग्राफ सर्च दुबै एक-अर्काका बाटोमा पर्दैनन् भन्दा अत्यु्क्ति नहोला । वेब सर्च र ग्राफ सर्च फरक कुरा हुन् भनेर त फेसबुक आफैँले ब्लगमा उल्लेख पनि गरेकोछ । फेसबुकले वेव सर्चको जिम्मा भने माइक्रोसफ्टको ‘बिङग’लाई दिएकोछ । खैर, फेसबुक ग्राफ सर्चका पक्ष विपक्षमा आ-आफ्नै किसिमका तर्क होलान्, तर आज यो ब्लगमा भने फेसबुक ग्राफ सर्च चलाउँदाका केही कुराहरु लेख्ने जमर्को गरेकोछु । फेसबुकको ग्राफ सर्च अत्यन्तै नौलो र आश्चार्यजनक कुरा होइन । ग्राफ सर्च, फेसबुकमा पहिले नै उपलब्ध भएका जानकारीहरुलाई, फेसबुकले केही सरलीकृत मात्र गरेको हो

फेसबुकले टाइमलाइन तथा ‘नोटिफिकेशन बार’ को नयाँ डिजाइन परिक्षण गरिरहेकोछ । सिमित प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध गराइएको फेसबुक टाइमलाइनको नयाँ डिजाइनमा आफूले तथा साथिहरुले पोस्ट गरेका सम्पूर्ण कुराहरु (स्टाटस, फोटो, भिडियो, प्रश्न आदि) टाइमलाइनको वायाँ भागमा मात्रै रहेकोछ भने ‘एक्टिभिटि अपडेट’ (Activity), ‘फ्रेन्ड्स’ (Friends), ‘एप्स’ (Apps), ‘प्लेसेज’ (Places) लगायतका अपडेटहरु यथावत रुपमा टाइमलाइनको दायाँ तिर रहेकोछ! अहिलेसम्म टाइमलाइनको दुवै साइडमा आफ्नो ‘पोस्ट’ देखिँदै आएकोमा, निकट भविष्यमा नै हाम्रो पोस्टहरु टाइमलाइनको वायाँ साइडमा मात्र देखिनेछ । त्यस्तै फेसबुकले नोटिफिकेशन बारलाई पनि परिक्षण गर्दैछ । हाललाई नोटिफिकेशन बार (फ्रेन्ड रिक्वेष्ट, म्यासेज तथा नोटिफिकेशन) पेजको दायाँ साइडको माथिल्लो भागमा लगआउट बटन सँगै राखिएकोछ, जसको कारण फेसबुक सर्चवारमा पनि थोरै परिवर्तन हुनपुगेकोछ । सर्चवार फेसबुकको वायाँ साइडमा सरेको छ । फेसबुकको म्यासेज पनि हालसालै परिवर्तन गरिएकोछ । फेसबुकले जुनसुकै डिजाइन ल्याउँदा, प्रयोगकर्ताहरुले विरोध जनाउने गरेकाछन् । नयाँ डिजाइन कतिले रुचाउँछन् भन्ने कु

यो हप्ता देखि नेपाल प्रहरीले फेसबुकमा आफ्नो छुट्टै पेज बनाएर, फेसबुकबाटै सर्वसाधारणका पिरमर्का, गुनासा आदि सुन्नथालेकोछ । सर्वसाधारणका गुनासा/कम्प्लेन सुन्ने, प्रहरी संगठनका कुराहरु बाहिर ल्याउने, घटिरहेका घटना तथा गतिविधिहरुको जानकारी दिने, सूचना आदान-प्रदान गर्ने, उदेश्यले फेसबुकको लोकप्रियता सँगै नेपाल प्रहरीले फेसबुकमा आफ्नो उपस्थिति जनाएको हो । पछिल्लो तथ्यांक अनसार करिब १८ लाख फेसबुक प्रयोगकर्ताहरु नेपालमा रहेकाछन् । अक्टोबर १२ मा ‘पेज’ बनाइएको भएपनि,  ५७ औँ प्रहरी दिवसको अवसरमा अक्टोबर १६ मा नेपाल प्रहरीले फेसबुक पेज सञ्चालनमा ल्याएको जानकारी दिएकोथियो । फोटो, लिंक आदि सेयर गरिएको फेसबुक पेजमा यो ब्लग तयार पार्दा सम्म ४,८४९ जनाले लाइक गरेकाछन् । नेपाल प्रहरी फेसबुक पेज मार्फत हामी माझ नजिक त आएको छ, तर पेज निरन्तर अपडेट गरिरहनु र सूचना प्रवाह गरिरहनु चुनौतीपूर्ण काम रहेकोछ । गत वर्ष महानगरिय ट्राफिक प्रहरीले पनि आफ्नो फेसबुक पेज बनाएको थियो । फेसबुक पेज बनाएको केही महिनासम्म, काठमाडौँको ट्राफिक गतिविधिहरु प्राय अपडेट भइरहन्थ्यो तर विचमा अपडेट गर्न छोडियो यद्यपि अक्टोबर महि

कुनै पनि ब्रान्डको लागि हिजोआज फेसबुक पेज वरदान सावित भएकोछ । नेपालमा पनि फेसबुकको लोकप्रियता धेरै रहेका कारण, केही ब्रान्डहरुले आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएकाछन् । सोसल मिडिया मार्केटिङको ‘कन्सेप्ट’ भर्खर नेपालको बजार भित्र प्रवेश गर्नथालेकोछ, यसअर्थमा हेर्ने हो भने केही सिमित ब्रान्डहरु बाहेक अरु खासैले फेसबुक पेजबाट अधिकतम लाभ लिनसकेकाछैनन् । केहीले देखेर र केहीले सुनेर पेज बनाउने गर्छन्, तर त्यसलाई कसरी सञ्चालन गर्ने, त्यसबाट के लाभ लिन सकिन्छ भन्ने तर्फ भने खासै ध्यान दिएको पाइँदैन । फेसबुक पेजमा नेपाली ब्रान्डको कुरा गर्दा, एनसेल, एस ट्राभल्स आदि ‘लाइक’का हिसाबले अग्रपंक्तिमा आउँछ । आफ्नो ‘ब्रान्ड’को लागि कुन सोसल मिडिया च्यानल उपयुक्त हुन्छ, कस्तो ‘स्ट्राटिजी’ बनाउनुपर्छ, पेज कसरी अपडेट गर्नुपर्छ, पेजबाट ब्रान्डले के फाइदा लिनसक्छ आदि कुराहरु कुनै दिन गरौँला । आज भने फेसबुक पेजमा लाइक कसरी बढाउन सकिन्छ भन्ने कुरा गर्दैछु । मानौँ तपाई ब्लगर हुनुहुन्छ वा कुनै व्यवसायी हुनुहुन्छ र तपाई आफ्नो ब्रान्डको उपस्थिति अनलाइनमा बनाउन चाहनुहुन्छ । सोसल मिडियामा उपस्थिति जनाउन तपाईले फ

फेसबुक ’को ‘प्राइभेट’ म्यासेज फेसबुक टाइमलाइनमा ‘वाल पोष्ट’ को रुपमा देखिएको कुरा करिब हप्ता दिन देखि इन्टरनेटमा चर्चाको विषय बन्दै गएकोछ । दर्जनौँ ब्लग  र टेक्नोलोजी साइटहरुले ‘फेसबुक’ को प्राइभेट म्यासेज वालमा देखिएको कुरा उठाइरहँदा, फेसबुकले भने “वाल पोष्ट”मा प्राइभेट म्यासेज पोष्ट नगरिएको दावी गरेकोछ । फेसबुकले त्यस प्रकारको दावी गरिरहँदा पनि फेसबुक प्रयोगकर्ताहरुले भने ‘वाल’मा पुराना आफ्ना ‘प्राइभेट’ म्यासेजहरु देखिरहेका छन् । सन् २००७ देखि सन् २००९ सम्मका प्राइभेट म्यासेजहरु फेसबुकवालमा देखिएको हो । पक्कै पनि “प्राइभेट म्यासेज” प्राइभेट नै रहनुपर्छ तर तपाई हामीले थाहा नै नपाइ हाम्रा ‘गोप्य’ भनिएका संवादहरु “फेसबुक वालमा” छरपस्ट भइरहेकाछन् । यसकारण तपाई यसबारेमा सजग रहनु जरुरी छ । अहिलेको फेसबुक च्याट पहिलेको फेसबुक म्यासेज भन्दा फरक हो, पहिले च्याट ‘सेभ’ भएर म्यासेजमा बस्दैनथियो । त्यसबेला च्याट र फेसबुक म्यासेज फरक थियो, सायद यसैकारण पनि त्यसबेलाका फेसबुक म्यासेज वालमा अहिले देखिएकाहुन् भन्ने अनुमान गरिएकोछ । मेरो टाइमलाइनमा साथिहरुबाट पोष्ट गरिएका कुराहरु मैले मात्र देख्न स

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ

अमेरिकी राष्ट्रपति वाराक ओवामाले आफ्नो राष्ट्रपतिको चुनाव प्रचारको लागि सोसलमिडियाको भरपुर उपयोग गरेका थिए । सोसलमिडियामा गरिएको व्यापक ‘क्याम्पिङ’का कारण ओवामालाई राष्ट्रपतिय निर्वाचनमा सफलता मिलेको थियो ! ओवामा त एउटा प्रतिनिधी पात्र मात्रै हुन् ! हिजोआज सोसल मिडियालाई पत्रकार, कलाकार आदिले मात्र होइन राजनितिज्ञले पनि अंगाल्दै गइरहेकाछन् । भेनेजोएलाका राष्ट्रपति ह्युगो चाभेज देखि लिएर क्युवाका फिडेल क्यास्ट्रो, अनि भारतका प्रधानमन्त्री मनमोहन सिंह लगायतहरुले ट्विटरमा आफ्नो उपस्थिति जनाइसकेकाछन् । आफ्नो पक्षमा जनमत बनाउन भनौँ वा जनतामाझ पुग्नको लागि राजनितिज्ञहरुले हिजोआज सोसलमिडियाको भरपुर उपयोग गर्न थालेकाछन् ! वर्षदिन अघिको खबरलाई साँचो मान्ने हो भने, भेनेजोएलाका राष्ट्रपति ह्युगो चाभेजले आफ्नो ट्विटर व्यवस्थापनको लागि करिब २०० कर्मचारी खटाएका थिए । संसारभरी फैलिएको सोसलमिडियाको ज्वरो, नेपालमा बिस्तारै छिर्दै गएकोछ । केही नेपाली कलाकारहरु र नेपाली ब्रान्डहरुले सोसलमिडिया विशेषत फेसबुकमा आफ्नो उपस्थिति जनाएका भएपनि नेपाली राजनितिज्ञहरु फेसबुक तथा ट्विटरमा भेट्न मुस्किल नै पर्छ भ

सुरु मै प्रस्ट पारौँ, म ‘मेडिकल’ क्षेत्रसँग सम्बन्धित छैन तर पनि ब्लग भने स्क्र्याच कार्ड र क्यान्सर बारे लेख्दैछु ! केही दिन अघिको कान्तिपुर मा छापिएको खबर यस्तो छ: मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ । मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा 'सिल्भर नाइट्रोअक्साइड' हुन्छ । नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइटि्रक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा न

प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि लाइक गरेछ, कस्तो ‘सेन्स’ नै नभएको मान्छे रै’छ ! मान्छेहरु के भा’का हुन्, जे कुरा नि लाइक गर्छन् ! अब फलानाको निधन भो भनेर, फेसबुक स्टाटस लेख्यो, मान्छेहरु त्यो पनि लाइक गर्छन् ! हैन, साँच्चै मान्छेहरुको सेन्स नै छैन कि क्या हो? मान्छेहरुले मानवियता र नैतिकता नै बिर्से कि कसो भनेर, ती मान्छेहरु माथि अरुहरुले नैतिकताको प्रश्न नै उठाउँछन् । फेसबुक लाइकको सम्बन्धमा धेरै साथीहरुबाट यस्तै यस्तै किसिमका कुराहरु सुन्न पाइन्छ ! हो पनि, दुख परेको खबर फेसबुकमा स्टाटसको रुपमा अपडेट गरेकोछ, त्यो कुरालाई पनि लाइक गरेको देख्दा अचम्म त लाग्ने नै भयो ! जहिँकहिँ यसप्रकारको कुराहरु भएको देख्छु, अनि फेसबुक लाइकको बारेमा सोच्न बाध्य हुन्छु ! प्राय: सबै फेसबुक प्रयोगकर्ताले ‘लाइक’ लाई ‘मन पर्नु, मन परेको’ भनेर बुझ्ने गरेकाछन् ! अनि हामीले पहिले देखि पढ्दै आएको कुरा पनि त्यही नै हो, ‘केही कुरा मन पर्नु’लाई ‘लाइक’ भनिन्छ, वा ‘उस्तै उस्तै कुरालाई’ पनि यदाकदा

तीन महिना पहिले फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’मा फेसबुकका सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्गले फेसबुक टाइमलाइन सार्वजनिक गरेका थिए । सानफ्रान्सिस्कोमा भएको कन्फ्रेन्समा, मार्क जकरवर्गले ‘फेसवुक प्रोफाइल’मा आमूल परिवर्तन गरिएको बताउँदै फेसबुकमा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको बताएका थिए । “डेभ्लपर”हरुको लागि मात्र उपलब्ध “टाइमलाइन” गत हप्ता देखि भने फेसबुकले सबै प्रयोगकर्ताको लागि उपलब्ध गराएकोछ । फेसबुक ‘टाइमलाइन’मा, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रममा मिलाएर राखिएकोछ । समग्रमा भन्दा ‘टाइमलाइन’ले अब आफ्नो इतिहास बताउने छ । फेसबुकमा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउँछ । फेसबुक टाइमलाइनलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर्नु बाहेक अन्य कुनै उपाय थिएन । अब त्यसको विकल्प को रुपमा ‘फेसबुक टाइमलाइन’ आएको छ, जसमा सम

साथीहरु सँग फेसबुक च्याट गर्ने गर्नुभएकोछ भने, तपाईहरुको लागि खुशीको खबर छ, फेसबुकको आफ्नै डेस्कटप च्याट म्यासेन्जर [ Facebook Desktop Chat Messenger] चाँडै आउँदैछ । टेकक्रन्च का अनुसार सोसल नेटवर्किङ साइट फेसबुकले केही दिन देखि सिमित व्यक्तिहरुलाई यो सुविधा परिक्षणको रुपमा उपलब्ध गराउँदै आएकोछ । हाललाई “विन्डोज सेभेन” मा परिक्षणको रुपमा ल्याइएको फेसबुक मेसेन्जरमा च्याटका अलवा, नोटिफिकेसन र टिकरफिडको पनि सुविधा रहेको छ । फेसबुकमा कसले के गर्यो भन्नेकुरा डेस्टकटपबाटै थाहा पाइनेछ । याहु म्यासेन्जर, विन्डोज लाइभ म्यासेन्जर आदि अन्य डेस्कटप क्लाइन्टहरु मार्फत फेसबुक च्याट गर्दै आएका प्रयोगकर्ताहरुका लागि फेसबुकले ल्याएको आफ्नै डेस्कटप म्यासेन्जरले कत्तिको मोहनी लाउने हो, त्यो चाँहि भविष्यले नै बताउला । डेस्कटप म्यासेन्जर डाउनलोड गर्ने कुनै पब्लिक लिंक नदिइ फेसबुकले यो सुविधा केही सिमित प्रयोगकर्ताहरुलाई उपलब्ध गराएको छ, तर फेसबुक हेल्प सेन्टर मा विन्डोज डेस्कटप म्यासेन्जरबारे उल्लेख गरिएकोछ । फेसबुकको होमपेजमा बेलाबेलामा आउने फेसबुकको सूचना पढ्दै गर्नुहोस्, सायद तपाईलाई पनि डेस्कटप

एप्पल, माइक्रोसफ्ट, गुगल पछि अब सोसल नेटवर्किङ साइट फेसबुकले पनि आफ्नै स्मार्टफोन निर्माण गर्ने भएको छ । अलथिङ्स डिजिटल ले जनाए अनुसार फेसबुक ले ताइवानी कम्पनी ‘एचटिसी’ सँग मिलेर “बफी” नाम दिइएको फेसबुक फोन निर्माण गर्ने भएकोहो । गुगलले विकास गरेको ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमलाई फेसबुकले आफ्नो अनुकुल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ । आइफोन, एन्ड्रोइड, विन्डोजफोन सँगै अब बजारमा  एक डेढ वर्षभित्रमा फेसबुक फोन पनि देखिनेछ । आ-आफ्ना स्मार्टफोन र ट्याबलेटहरु मार्फत आ-आफ्ना सेवा र सुविधा प्रदान गर्न टेक्नोलोजी कम्पनीहरु विच ठूलै युद्ध नै चलेको छ भन्दा फरक नपर्ला । एन्ड्रोइड फोनमा गुगलको सोसल नेटवर्क “गुगलप्लस”, एप्पलको आइफोनमा माइक्रोब्लगिङ साइट ट्विटरलाई विशेष प्राथमिकता दिए जस्तै फेसबुकलाई अझ व्यापक बनाउन फेसबुकको सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन “बफी”को निर्माण हुनेछ । फेसबुकले गुगलले नै विकास गरेको मोवाइल अपरेटिङ सिस्टम “एन्ड्रोइड” प्रयोग गर्ने भएपनि फेसबुकको यो यात्रा त्यति सहज भने हुनेछैन । गुगलले एकपटक एन्ड्रोइडको कोड सार्वजनिक गरेपछि जो कोहीले त्यसलाई आफ्नो अनुकुल

तपाईको फेसबुकका साथीहरुको स्काइप (Skype) मा खाता (account) छैन भने पनि अब तपाईले स्काइप मार्फत सिधै आफ्ना फेसबुक का साथीहरु सँग कुरा गर्नसक्नुहुने भएको छ । ३ दिन अघि घोषणा गरिएको यो सुविधा स्काइपको पछिल्ला भर्सनहरु ( Skype 5.4 Beta for Mac र Skype 5.7 Beta for Windows ) मा उपलब्ध रहेको छ । अत: स्काइपबाट फेसबुकमा भएका साथीहरु सँग सिधै कुरा गर्नको लागि, तपाईहरुले स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ । स्काइपमा आफ्नो फेसबुक प्रोफाइल ‘कनेक्ट’ गरेका प्रयोगकर्ताहरुले, स्काइपबाटै फेसबुकमा भिडियो कल पनि गर्न सक्नेछन् । साथै, स्काइपको ड्यासबोर्डबाट, फेसबुकमा को को साथी अनलाइन बसेका छन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ !  साथीहरुको फेसबुक स्टाटस अपडेट पनि स्काइपबाटै हेर्न सकिन्छ । पुनश्च: फेसबुकका साथीहरु सँग स्काइपबाटै च्याट गर्नको लागि स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ ।

फेसबुक अहिलेको समय मा सबैभन्दा धेरै चलाइने र धेरैले चलाउने ‘सोसल नेटवर्किङ साइट’ हो । साथीभाइ विच फेसबुक बाट नै सूचना को आदानप्रदान हुन थालेको छ । कैयौँ फोटो र भिडियोहरु ‘भाइरल’ भएर सबैको फेसबुकमा पुगिरहेकाछन् । फेसबुकमा लेखिएका अधिकांश कुराहरु मा साथीहरुले ‘कमेन्ट’ गर्ने, ‘लाइक’ गर्ने आदि गर्छन् । जस्तोसुकै कुरा किन नहोस्, फेसबुकमा राखिसकेपछि कुनै न कुनै व्यक्तिले जरुर हेरिरहेको हुन्छ । फेसबुकको लोकप्रियता सँगै, ब्लगहरु पहिले को जस्तो रहेनन् भनेर भन्नेहरु धेरै भेटिएकाछन् भने, ब्लगर साथीहरु पनि, आफ्नो ब्लग भिजिट नहुने, कमेन्ट नआउने कुराहरु गर्न थाल्नुभएको छ । भिजिट नहुनु र कमेन्ट न-आउनु अलग कुरा हुन् । कमेन्ट आएको र नआएको आधारमै यो ब्लग हिट भयो, यो ब्लग हिट भएन, कसैले पढेनन् भन्ने कुरा हुँदैन । राम्रो ब्लग छ भने, कुनै कमेन्ट नै नभएपनि, उक्त ब्लग हिट हुनसक्छ,  साथीहरुको फेसबुक र ट्विटरमा उक्त ब्लग ‘सेयर’ भइरहेको हुनसक्छ । साथीहरुको स्टाटस र ट्विटबाट नै तपाईको ब्लगमा मौन पाठकहरु आइरहेकाहुन सक्छन् । कसैले पढ्दै नपढि या भनौँ सरसर्ति हेरेर “साह्रै दामी पोष्ट” भनेर प्रतिक्रिया लेख्नु भन