Skip to main content

Posts

Showing posts with the label Analysis

सोसल मिडिया , विशेषत ट्विटर र फेसबुक एकहप्ता यता प्रा.डा. गोविन्द केसीमय भएको छ । फेसबुक र ट्विटरमा देखिने पोष्टमा सरकार प्रति आक्रोश र डा. केसी र उनको अनसन प्रति सहानुभुती देखिन्छ । एकहिसाबले भन्दा सोसल मिडिया एकपक्षिय नै देखिन्छ, डा. केसीको समर्थनमा दिनहुँ सयौँ ट्विटहरु बर्सिरहेकाछन् । टप्सीबाट लिइएको तथ्यांक अनुसार पछिल्लो एघार दिनमा ट्विटर मा, "आइ एम विद डा. केसी" ( #IamwithDrKC ) भनेर दश हजार भन्दा धेरै ट्विट भएको देखिन्छ, यसबाहेक हामीले ट्रयाक नगरेका र ह्यासट्याग प्रयोग नगरी पनि हजारौँ ट्विटहरु गरिएकाछन् । कतिले आफ्नो नाम र फोटोमा समेत "आइ एम विद डा. केसी" नै राखिएको भेटिएकोछ । ट्विट गरेर, फेसबुकमा पोष्ट गरेर समर्थन हुन्छ? डा. केसी अनसन बसेकाछन्, अरु ट्विटरमा कराएर बसेकाछन् भन्नेहरु पनि देखिए, समर्थन गर्ने भए 'टिचिङ' नै जाउ यता नलेख/हल्ला नगर भन्ने पनि भेटिए । जानेहरुले फोटो सहित ट्विट गरे, आफ्नो एक्यबद्धता जनाए, अनसनस्थल नपुग्नेहरुले ट्विटरबाटै समर्थन गरेर डा. केसीको अनसनमा एक्यबद्धता जनाए। अनसनकै निहुँमा ट्विटरमा चर्काचर्का कुरा पनि देखिए, ...

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स' लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण । सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन । ब्रान्ड तथा कम्पनीहरुले जा...

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको  जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु  ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा  @tistung  फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,...

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो । माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार , भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ । Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had sli...

प्रधानमन्त्रीको फेक ट्विटर एकाउन्ट बारे बहस भएको दुईहप्ता पछि नै, प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्विटरमा छिर्नुभएको छ । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर प्रवेश सँगै नेपाली ट्विटरजगत बाबुराममय भएकोछ । भट्टराईको पक्ष र विपक्षमा ट्विटहरु बर्सीरहेकाछन् । प्रारम्भिक अध्ययन अनुसार, भट्टराईले ट्विटरमा नकारात्मक टिप्पणी धेरै झेल्नु परेकोछ ।  १४ ट्विट ११ फलोइङ्ग यो ब्लग तयार गर्दा सम्म भट्टराईले १४ वटा ट्विट गर्नुभएकोछ भने ११ जनालाई फलो गर्नुभएकोछ । रिट्विटको बाढी डा. भट्टराईका सबै ट्विट लगातार रिट्विट भइरहेकाछन् । ट्विटोनोमीको अनुसार यो ब्लग तयार   गर्दासम्म भट्टराईको १४ वटा ट्विट करिब नौ सय उनान्चालिस (९३९) पटक रिट्विट भएकाछन् । १३०० मेन्सन सोसल एनलाइटिक्स टप्सीका अनुसार हालसम्म डा. भट्टराईलाई करिब तेह्रसय (१३००) मेन्सन गरिएकोछ । (प्रोटेक्टेड ट्विटको गणना गरिएकोछैन, साथै टाइमजोनमा भएको फरकका कारण मिती तलको ग्राफमा फरक देखिएकोछ।) सबैभन्दा धेरै फलोअर नेपालबाट फलोअरओङ्कका अनुसार भट्टराईका करिब पैँतालिस सय (४५००) फलोअर मध्ये करिब २ हजार फलोअर...

डा. बाबुराम भट्टराईको भनिएको ट्विटर एकाउन्टको नाममा हिमाल खबरपत्रिकामा यो र यो सामाग्री अनि मिडियाकुराकानीमा यो ब्लग र ट्विटरमा केही ट्विटहरु देखेपछि, आफूलाई थाहा भएको उक्त ट्विटर एकाउन्टको बारेका केही कुराहरु यहाँ राख्दैछु । सन् २०११, २३ जुलाईमा, म Simplify360 (Inrev Systems), बेंगलोर अफिसमा थिँए !  ट्विटरमा बाबुराम (@baburamb) नामको एउटा ट्विटर एकाउन्ट देखा पर्यो, केही व्यक्तिहरुलाई फलो गर्यो (मलाई नि फलो गरे) र पहिलो ट्विट गरे, “I would rather die fighting than surrender to injustice and wrong doing !” ट्विटरमा प्रचण्ड, बाबुरामलगायतका नेता तथा अभिनेताहरुको नाउँका ३-४ वटा “फेक एकाउन्टहरु” पहिले नै भएका कारण, यो एकाउन्टलाई पनि खासै भाउ दिइएन । फेक ट्विटर एकाउन्टहरुको लिस्टमा अर्को एउटा एकाउन्ट थपियो भनियो, वास्ता गरिएन ! तर त्यसलगत्तैको दोस्रो ट्विटमा मलाई (@aakarpost ) लाई मेन्सन गरेर उक्त एकाउन्टबाट ट्विट आयो । ट्विटमा अंग्रेजीमा भनिएको थियो, “यो बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो, यसलाई प्रचार-प्रसार गरेर सहयोग गरिदेउ” ! दोस्रो ट्विटमा एक्कासी मलाई सम्बोधन भएका कारण, एकछिन...

निकै तामझाम सँग नागरिक सुरक्षा जनचेतना अभियान दिवस २०६८ मनाइयो । कार्यक्रममा गृहमन्त्री को पनि उपस्थिति थियो, उनले माइक्रोबसमा स्टिकर टाँसेर कार्यक्रम को उद्घाटन गरे । अनि उनी अघि लागे, सबै उनको पछि पछि लागे ! उनको पछि नेपाल जनपद प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी आदि को सांगितिक टोली ब्यान्ड बाजा बजाउँदै अघि बढ्यो । त्यसको पछि प्रहरीका अन्य टोलीहरु थिए, कोही तालमा ताल मिलाउँदै हिँडे कोही हामी जस्तै साधारण तरिकाले हिँडे । अनि उनीहरुको पछि उनीहरुको करिव २ दर्जन गाडि थियो ।  उनीहरुले रानीपोखरी, बागबजार पुतलिसडक, सिंहदरवार, भद्रकाली, न्युरोड हुँदै वसन्तपुर पुगे रे, नागरिक सुरक्षा जनचेतना अभियान २०६८ मनाइयो ! बिहान को समय अफिस पुग्नलाई सँधै हतार ! सँधै भन्दा केही समय पहिला रानीपोखरी पुगेको थिँए, आज त अफिस चाँडै पुगिने भइयो भनेर मन खुशी थियो । तर जब बागबजार चोक को पुल तरेर सँधै आफ्नो बस लाग्ने ठाउँमा गएँ, आफ्नो बस थिएन ! कुनै गाडि गुडेका थिएनन् । त्यहाँ त मन्त्री, कर्मचारी र प्रहरीहरुका गाडि थिए । बाटो ठप्प थियो, ट्राफिक प्रहरी को स्पिकर बजिरहेको थियो । ट्राफिक प्रहरी को स्पिकर ले...

एउटा मुसा थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को दूध, चिनी, चिसो आदि भण्डार गर्ने ठाउँ मा बस्दो रै’छ । हुन त मुसोबाट छुटकारा पाउन कठिन नै छ, सबैको घरमा कहिँ न कहिँ मुसो ले बास पक्कै गरेकै होला । तर पनि घरमा र विमानस्थलमा पाइने मुसोमा भिन्नता अवश्य हुन्छ । घरमा बस्ने मुसोलाई बिरालो ले बाँकि राख्दैन, उता विमानस्थलको मुसो ले भने प्लेन चढेर देश विदेश डुल्ने मात्र होइन, देशका अखबार देखि यही ब्लगमा समेत ठाउँ पाउँछ । मौका मिल्दा आक्कल झुक्कल टेलिभिजनमा नि देखिने मौका पाउँछ । मुसा विमान भित्र हुँदा, मुसाले विमान भित्र को तार काट्न सक्छ । यदि विमान उड्दै गरेको बखत कहिँ कतै मुसाले तार काट्न पाएको खण्डमा विमान ठूलो दुर्घटनामा पनि पर्न सक्छ । मुसाले यात्रीका मालसामान पनि काट्नसक्छन्, खानेकुरालाई दुषित बनाइदिनसक्छन् । अत: मुसा, विमान भित्रै भएको बखत उडान नगर्नु भन्ने गरिन्छ । तर यति थाहा हुँदा हुँदै पनि विमान उड्यो । समाचार मा पढियो, माथिको दवावमा क्याप्टेन ले प्लेन उडाए रे । दुइटा मध्ये एउटा विमान ग्राउन्डेड छ, अनि बाँकि एउटा विमान मा मुसो पसेको छ । नउडाएर पनि के गर्नु भन्या जस्तो  ! मुस...

The country is all set to get its 35 th prime minister today. Dr. Baburam Bhattarai of UCPN (Maoist) and Ram Chandra Paudel have registered their candidacy for PM election. As the United Democratic Madeshi Front (UDMF), the alliance of five Madhes-based parties, has already decided to support UCPN (Maoist) prime ministerial candidate Baburam Bhattarai. It is likely that, we are going to get Dr. Baburam Bhattarai as our 35 th prime minister. I’ve been seeing streams of tweets and updates on Twitter and Facebook respectively. And everyone is claiming that Dr. Baburam Bhattari is next PM. Lets have a look what people are saying about PM election on Facebook and Twitter. Tweepals are tweeting about PM election with #pmelection as hashtag.

असार २३ अर्थात आज राजाबाट नागरिक भइसकेका पुर्व राजा ज्ञानेन्द्र को जन्मदिन रहेछ । ज्ञानेन्द्रको जन्मदिन हो भन्ने कुरा बेलुका केही अनलाइन मा देखिएका समाचार, अनि फेसबुक , ट्विटर र गुगलप्लसमा भएको कुराकानी बाट थाहा पाएँ । प्रायजसो सबै पोर्टलहरुमा, ज्ञानेन्द्र ले यसो भने भनेर, भिडियो र फोटो (फोटोफिचर) सहित नै समाचार प्रकाशन गरिएको रहेछ । सायद टेलिभिजन र रेडियो ले पनि यही कुरालाई प्राथमिकता का साथ प्रशारण गरिरहेका होलान् । त्यति मात्र होइन, ज्ञानेन्द्र ले यसो र त्यसो भने भनेर, पार्टिका नेताहरुले वक्तव्यवाजी पनि गर्न भ्याइसकेहोलान् । अनि म पनि ‘ज्ञानेन्द्र शाहलाई जन्मदिन को शुभकामना’ भन्दै यो ब्लग लेख्दैछु । जो कोहीलाई राजा को बारेमा सोध्दा मैले पाउने जवाफ हुन्छ ! मेरो लागि ‘विरेन्द्र’ मात्र राजा थिए । यो ज्ञानेन्द्र त यस्तो हो, त्यस्तो हो ! ज्ञानेन्द्र को प्रसंग निस्कदा आमा र दिदीबहिनी को गालि दिएरै, सराप्ने मान्छेहरु पनि भेटेको छु । सबैले सम्झन नचाहने र देखि नसहने व्यक्ति बनेकाछन् ज्ञानेन्द्र । उनले त्यसबेला हत्याकाण्ड मच्चाए, मच्चाएनन् त्यो कुरा आफ्नो ठाउँ मा । दोष, गुण, वैगुण सबैमा हु...

नेपालका इन्टरनेट सेवा प्रदायक (आइएस्पी) कम्पनीहरुले आइतबार (आज) १ घन्टा (१ देखि २ बजेसम्म) दिउँसो देशभर इन्टरनेट सेवा ठप्प पारेका छन् । अन्तरिम संविधानमा मौलिक हक का रुपमा परिभाषित गरिएको इन्टरनेट सेवा, कम्पनीले बन्द गर्नु अत्यन्त खेदजनक र आपत्तिजनक छ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को यस अपरिपक्व (इन्टरनेट सेवा ठप्प पार्ने) कदम को जति नै भत्सर्ना गरे पनि कम नै हुनजान्छ । आज बिहान ब्रोडलिंकबाट एउटा ईमेल आएको थियो, जसमा आज दिउँसो १ घन्टा सेवा बन्द हुने कुरा उल्लेख गरिएको थियो । ‘कल वाइपास’ गरेको निहुँमा ‘आइएस्पी’हरुलाई दु:ख दिने काम नेपाल दुरसञ्चार प्राधिकरण र प्रहरीबाट भएको भन्दै, ‘आइएस्पी’लाई नभइ ‘कल वाइपास’ गर्ने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने आग्रह गर्दै, आन्दोलन स्वरुप आज दिउँसो १ घन्टा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो । नेपाल दुरसञ्चार प्राधिकरण ले आफ्नो अधिकार को दुरुपयोग गर्दै, कलवाइ पास गरेको आरोपमा,‘आइएस्पी’ का सञ्चालकलाई पक्राउ गर्न प्रहरीहरुलाई  निर्देशन दिएको कुरा ‘ आइस्पान ’ ले उल्लेख गरेको छ । नेपाली टाइम्स का अनुसार, नेपाल दुरसञ्चार प्राधिकरण ले ...

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ । जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ । हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा...

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए । महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । अब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भन...

'लाँक्रे' जुलुस, बन्द, चक्काजाम , झडप र कर्फ्यु  हुँदै आज आएर यसवर्षलाई आजदेखि उखु किसान को आन्दोलन सकिएको छ । सोमबार राजधानीमा प्रधानमन्त्री माधवकुमार नेपालसहितको वार्तामा उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल "४ सय १" रुपैयाँ कायम गर्ने सहमति भएपछि आन्दोलन टुंगिएको हो । पोहोर को दाँजो मा, यो पनि अझै  प्रतिक्विन्टल २० रुपैँया कमी हो । “लातोँ का भूत बातोँ से नहिँ मान्ता” भन्ने कुरा यहाँ एकपटक फेरि सिद्ध भएको छ । कुरो हो, उखुको मुल्य बढाउन माग गर्दै किसान ले चर्काएको आन्दोलनको । उखुको मुल्य निर्धारण गर्न, उखु का लाँक्रा सहित को जुलुस गर्दा, मर्का सुनिदिने कोही भएनन् तर जब बजार र यातायात बन्द गरे, तत्काल उखुको मुल्य मा सहमती भो । म बन्दलाई बढावा दिइरहेको त छैन तर हाम्रो मा,  जायज मागलाई बन्द नगरी सम्बन्धित निकाय ले नसुन्ने खराव बानी बसिसकेको कुरालाई नकार्न पनि मिल्दैन । यसवर्ष पनि मंसिर देखि नै उखु को मुल्य मा विवाद उठ्यो । मिलवालाहरु, कर र राजश्व देखाएर मुल्य बढाउन नसकिने अडान मा बसे भने, किसानहरु कम्ति मा गतवर्ष को मुल्य आफूले पाउनुपर्ने अडान मा बसे । गतवर्ष उ...