Skip to main content

NagarikNews, ISPAN’s ‘Internet Outage’ & News Accuracy

नेपालका इन्टरनेट सेवा प्रदायक (आइएस्पी) कम्पनीहरुले आइतबार (आज) १ घन्टा (१ देखि २ बजेसम्म) दिउँसो देशभर इन्टरनेट सेवा ठप्प पारेका छन् । अन्तरिम संविधानमा मौलिक हक का रुपमा परिभाषित गरिएको इन्टरनेट सेवा, कम्पनीले बन्द गर्नु अत्यन्त खेदजनक र आपत्तिजनक छ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को यस अपरिपक्व (इन्टरनेट सेवा ठप्प पार्ने) कदम को जति नै भत्सर्ना गरे पनि कम नै हुनजान्छ । internet_down

आज बिहान ब्रोडलिंकबाट एउटा ईमेल आएको थियो, जसमा आज दिउँसो १ घन्टा सेवा बन्द हुने कुरा उल्लेख गरिएको थियो । ‘कल वाइपास’ गरेको निहुँमा ‘आइएस्पी’हरुलाई दु:ख दिने काम नेपाल दुरसञ्चार प्राधिकरण र प्रहरीबाट भएको भन्दै, ‘आइएस्पी’लाई नभइ ‘कल वाइपास’ गर्ने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने आग्रह गर्दै, आन्दोलन स्वरुप आज दिउँसो १ घन्टा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरण ले आफ्नो अधिकार को दुरुपयोग गर्दै, कलवाइ पास गरेको आरोपमा,‘आइएस्पी’ का सञ्चालकलाई पक्राउ गर्न प्रहरीहरुलाई  निर्देशन दिएको कुरा ‘आइस्पान’ ले उल्लेख गरेको छ । नेपाली टाइम्स का अनुसार, नेपाल दुरसञ्चार प्राधिकरण ले ‘सुविशु केबल’ र ‘वल्डलिंक’ का निर्देशक (सञ्चालक) तथा कर्मचारीहरुलाई पक्राउ गर्न प्रहीलाई निर्देशन दिएको थियो ।

‘कल वाइपास’ को कार्य कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी मार्फत (आइएसपी आफैँले कल बाइपास नगरेको) भएपनि, अन्य कुनै व्यक्ति/संगठन ले अवैध रुपमा सञ्चालन गरिरहेको भएपनि, नेपाल दुरसञ्चार प्राधिकरण ले ‘कल वाइपास’ को मुख्य दोषी ‘आइएस्पी’ हो भन्दै प्रहरीलाई ती ‘आइएस्पी’ का सञ्चालक विरुद्ध पक्राउ गर्न निर्देशन दिएको थियो । यसैको विरोध स्वरुप आइस्पान ले अस्ति ८ अप्रिलमा नेपाल दुरसञ्चार प्राधिकरणलाई आफ्नो निर्णय तत्काल फिर्ता लिन र आइएस्पीहरुलाई निर्धक्क रुपमा सञ्चालन गर्नदिन ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा कुरा सुनवाइ नभए, अप्रिल १० मा १ घन्टा इन्टरनेट सेवा बन्द गरेर, विरोध जनाइने कुरा उल्लेख गरिएको थियो ।

तर यही कुरालाई नेपाल रिपब्लिक मिडियाको न्युज पोर्टल ‘नागरिकन्युज’ ले बङ्ग्याएर लेखेको देख्दा नागरिक न्युज को नियत माथि नै शंका उब्जिएको छ । नागरिकन्युजले अन्तरिम संविधान को हवला दिँदै आइएस्पीले जनताको मौलिक अधिकारको हनन गरेको भन्दै यसरी समाचार लेखेको छ ।

 “गैरकानुनी रुपमा भीओआइपी गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको विरोधमा इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को आह्वानमा आइतबार दिउसो एक घण्टा इन्टरनेट सेवा अवरुद्ध पारिएको हो”

nagarik_ispan_news

अनि मलाई यहाँ नागरिकन्युज को कुरा चित्त बुझेन । ‘कलबाइवास’ आइएस्पी ले गरेको नै हो भन्ने प्रमाण नभइकन “गैरकानुनी रुपमा भीओआइपी गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको विरोधमा” भनेर समाचार लेखिएको छ ।

यहाँ प्रश्न उठ्यो ‘आइस्पान’ को विज्ञप्तिलाई सही मान्ने कि, नागरिक को खबरलाई या नेपाली टाइम्स को खबरलाई सही मान्ने ? तर ‘आइस्पान’ र ‘नेपाली टाइम्स’ ले एकै प्रकारको खबर सम्प्रेषण गरेकोले ‘नागरिकन्युज’ को खबरलाई मैले पत्याउने आधार भेटिन ।

मिडिया हाउस को ‘वेवपोर्टल’ ले समाचार लेख्दा एकपक्षिय भएर नचाहिने र नभएका समाचार लेख्ने हो या, सन्तुलित र निष्पक्ष समाचार लेख्ने हो । कुरा सही हो, ‘आइस्पान’ ले इन्टरनेट बन्द गरेर, जनताको मौलिक हक को हनन गरेका छन् । तर मौलिक हक को हनन भयो भन्दैमा, प्रमाणविनाका एकपक्षिय समाचार सम्प्रेषण गर्नु कत्तिको जायज छ ?

यस समाचार का लागि दोष कसलाई दिने, नेपाल रिपब्लिक मिडिया या नागरिकन्युज का सम्पादकलाई ? इन्टरनेट बन्द हुँदा, पोर्टल अपडेट गर्न नपाएको झोँकमा समाचार लेखिएको हो कि भन्ने पनि भान हुन्छ । समाचारमा प्रयुक्त “मालिक’’ शब्दलाई राम्रो मान्न सकिँदैन, त्यसको सट्टामा ‘सञ्चालक’ लेखिनुपर्ने थियो ।

अनि अर्को कुरा ‘आइस्पान’ ले ‘आइएसपी’ ले गैरकानुनी कलबाइपास गर्ने नभइ प्रयोकर्ता/संगठनहरुले अवैध कलबाइपास गर्ने गरेकाछन् भन्दा भन्दै, गैरकानुनी रुपमा कलबाइपास गर्ने कम्पनी का मालिक भनेर नागरिकन्युजले भन्दा, मैले नागिरकन्युज को खबरलाई कसरी विश्वास  गर्ने । गैरकानुनी रुपमा कलबाइपास गरेको आरोप लागेका आइएसपी का ‘मालिक’ (सञ्चालक) भनिदिएको भए खबर निष्पक्ष छ भनेर भन्न सकिन्थ्यो तर यहाँ त नागरिकन्युजले खबरलाई आफ्नै हिसाबले तोडमोड गरेर प्रकाशित गरिदिएको छ । वा यदि नागरिकन्युजले उनीहरुलाई अपराधि नै करार दिन्छ भने, त्यसको प्रमाण को रुपमा समाचारमा विस्तृत विवरण दिइनुपर्थ्यो ।

इन्टरनेट सेवा बन्द गरिनु आफैँमा नराम्रो थियो, आइएसपी को कदम आफैँमा भत्सर्नायोग्य छ, तर अब नागरिकन्युजले विना कुनै प्रमाण गैरकानुनी कलवाइबास गर्ने आइएस्पी भनेर आइएस्पीलाई बिल्ला लगाइदिएको छ । नागरिकन्युज जस्तो न्युज पोर्टल ले यसप्रकार का एकपक्षिय र भ्रामक समाचार सम्प्रेषण गर्नु पनि खेदजनक र भत्सर्ना योग्य छ ।

नागिरकन्युजले समाचार लेखेपछि एकजनाले ट्विटरमा यसरी ट्विट गरिन् “Nepal's ISP's cut off services 4 an hr coz they can't do illegal VOIP. Corporate irresponsibility gone wild” !  अनि नागरिकन्युजकै समाचार पछि उनको जस्तै धारणा राख्ने धेरै मान्छे अनलाईनमा भेटियो । तर वास्तविकता अर्कै थियो ।

अत: नागरिकन्युज को यो समाचारको कसरी मुल्यांकन गर्ने ? यो त आफूले थाहापाएको प्रतिनिधि घटना भयो, यस्तै किसिम का घटनाहरु कति समाचार बनेर छापिन्छन् होला ? के नागरिकन्युजले समाचार को निहुँमा जे लेख्दा पनि हुने हो? हैन भने सत्यतथ्य समाचार लेख्दा के जान्छ तिनीहरुको ?

Internet Service Provider Association of Nepal (ISPAN) व्दारा Nepal Telecommunication Authority लाई ८ अप्रिलमा बुझाइएको ज्ञापनपत्र ! दोषी को ? ८ अप्रिलमा दिएको ज्ञापनपत्रमाथि हिजो र आज के गरेर बस्यो नेपाल दुरसञ्चार प्राधिकरण ?

part1part2

अन्त्यमा ‘आईस्पान’ को इन्टरनेट सेवा बन्द गर्ने कदम को घोरभत्सर्ना गर्दै, तत्काल समस्या समाधानका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ ।

अपडेट :

आइस्पानहरु ले इन्टरनेट सेवा बन्द गरेर आन्दोलन गरेपछि, नेपाल दुरसञ्चार प्राधिकरण ले यस विषयमा छलफल गर्न एउटा समन्वय समिति गठन गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरण ले समन्वय समिति गठन गरेपछि, आइस्पानले आफ्ना सम्पूर्ण आन्दोलन का कार्यक्रमहरु अहिले का लागि स्थगित गरेका छन् ।

Image: indianweb2.com, ispan.net.np


 Further Readings:

ISPAN launches protest program – ISPAN

ISPs on warpath – Nepali Times

Comments

  1. सत्य तथ्य वाहिर ल्याएर आग्रह पुर्वाग्रह नराखी समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने हाम्रो पनि मान्यता हो ।

    ReplyDelete
  2. Yesari gair jimbebar bhayera Internet chalauna paune adhikar lai hanan garna ta milena ni. ani tyo 1 ghanta internet kateko paisa firta dinu parchha. samasya tini haru ko dukha janata lai dine. yesto garnu ramro hoina bhanne malai lagi raheko chha.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

Subscribe to Aakar Post