Skip to main content

एउटा मुसो को कथा [Story of a Rat]

एउटा मुसा थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को दूध, चिनी, चिसो आदि भण्डार गर्ने ठाउँ मा बस्दो रै’छ । हुन त मुसोबाट छुटकारा पाउन कठिन नै छ, सबैको घरमा कहिँ न कहिँ मुसो ले बास पक्कै गरेकै होला । तर पनि घरमा र विमानस्थलमा पाइने मुसोमा भिन्नता अवश्य हुन्छ । घरमा बस्ने मुसोलाई बिरालो ले बाँकि राख्दैन, उता विमानस्थलको मुसो ले भने प्लेन चढेर देश विदेश डुल्ने मात्र होइन, देशका अखबार देखि यही ब्लगमा समेत ठाउँ पाउँछ । मौका मिल्दा आक्कल झुक्कल टेलिभिजनमा नि देखिने मौका पाउँछ ।

मुसा विमान भित्र हुँदा, मुसाले विमान भित्र को तार काट्न सक्छ । यदि विमान उड्दै गरेको बखत कहिँ कतै मुसाले तार काट्न पाएको खण्डमा विमान ठूलो दुर्घटनामा पनि पर्न सक्छ । मुसाले यात्रीका मालसामान पनि काट्नसक्छन्, खानेकुरालाई दुषित बनाइदिनसक्छन् । अत: मुसा, विमान भित्रै भएको बखत उडान नगर्नु भन्ने गरिन्छ । तर यति थाहा हुँदा हुँदै पनि विमान उड्यो । समाचार मा पढियो, माथिको दवावमा क्याप्टेन ले प्लेन उडाए रे । दुइटा मध्ये एउटा विमान ग्राउन्डेड छ, अनि बाँकि एउटा विमान मा मुसो पसेको छ । नउडाएर पनि के गर्नु भन्या जस्तो  ! मुसा ले १.३२ करोड घाटा लगायो भनेर त पत्रिका मै पढिएको छ, त्यो घाटा पुर्ति गर्न माथिकाले कति घोटाला गर्ने हुन् भन्ने कुरा त थाहा छैन तर यति थाहा छ, एउटा मुसा विमान चढेका कारण, घाटा लाग्यो । निगम भित्रका ले भ्रष्टचार मार्फत बर्सेनी कति करोड घाटा लगाइरहेकाछन्, थाहा छैन ।

musa-rat-in-nepal-airlinesमुसा रोक्नु हाम्रो वश को कुरो होइन तर पनि कता कता लाग्छ निगम का कर्मचारीहरु को गैरजिम्मेवारीपन यो कुराबाट पनि झल्किन्छ । विमान भित्र के लगिँदैछ भन्ने कुरा, चेक नै नगरि सिधै विमान मा पुग्ने हो र? विमानको सुरक्षित उडान को लागि विमान को नियमित चेकजाँच गर्नुपर्ने त छँदैछ, यसबाहेक विमान भित्र लगिने हरेक कुरा को कडाइका साथ चेकजाँच हुनुपर्छ ।

केही हप्ता पहिले बेङ्लोर बाट दिल्लि हुँदै काठमाडौँ आउँदा को प्रसंग हो । बेङ्लोर र दिल्ली मा गरिएको चेकजाँच को तुलनामा यहाँबाट निस्किँदा गरिने चेकजाँच साह्रै फितलो लाग्यो । भित्र छिर्दा कस्तो किसिम को चेकजाँच हुन्छ थाहा छैन, तर बाहिरिँदा भने खासै केही नगरिने रहेछ, अन्तराष्ट्रिय टर्मिनलमा । न एक्सरे मेसिन सबै चलेका छन् न केही व्यवस्थित नै लाग्छन् । बाहिरिँदा जस्तै भित्र छिर्दा पनि त्यस्तै चेकजाँच गरिने गरिएको छ भने, मुसो छिर्नु कुनै अचम्म को कुरो भएन । पहिले पनि कतिपटक मुसा छिरेको थियो होला, यो पटक देखियो र, पो यति धेरै हल्लाखल्ला गरियो, नदेखिएको भए विमान उडिरहन्थ्यो, मुसा डुलिरहन्थ्यो ।

चेकजाँचमा कडाइ गरिने हो भने, खानेकुरा का माध्यमबाट मुसो छिर्ने सम्भावना देखिँदैन । विमान भित्र लगिने हरेक चिज, एक्सरे मार्फत परिक्षण गरिनुपर्छ । मुसो विमान भित्र गएर, एकैपटक उत्पति नहुने हुँदा, यात्रुहरु र विमान को सुरक्षाको लागि पनि सुरक्षाव्यवस्था/चेकजाँच कडा पारिनुपर्छ । यस सम्बन्धमा निगम ले सोच्नुपर्ने देखिन्छ, साथै विमानस्थल र भण्डारण कक्षहरु पनि सफा र सुरक्षति राख्नु पर्ने देखिन्छ ।

अनि साँचि, मुसा को कथा भन्दै थिएँ । एउटा मुसा थियो, विमान मा छिरेछ, विमान उडेछ, मुसो ले देशदेशावर डुलेछ, मुसो भेटिएछ ! कथा सक्कियो ।

सायद मुसा को बारेमा समाचार छापिनु राम्रो पनि होला तर पनि पत्रपत्रिकाले मुसालाई चाहिनेभन्दा बढि प्राथमिकता दिए जस्तो लाग्यो । कान्तिपुर र नागरिक मा लगातार छापिएका कुराहरु ले भने मलाई दिक्क बनाए ! अरुलाई कस्तो लाग्यो थाहा भएन तर आफ्नो लागि चाँहि मुसा विमान मा छिरेको प्रसंग र पत्रिकाले दिएको खबर वाहियात र दिक्कलाग्दो थियो । मुसा छिर्यो, मुसो फेलापर्यो, मुसो फेरि फुत्कियो, मुसो फेला पर्यो । छिमेक मा भारत भएपछि, भारतिय न्युज च्यानल को प्रभाव नेपाल का रेडियो, टिभि, पत्रपत्रिका, वेवसाइटमा देखिनु खासै नौलो त भएन तर पनि… ! कान्तिपुर र नागरिक मा छापिएका केही मुसा सम्बन्धि समाचार यसप्रकार छन् ।

कान्तिपुर

विमानभित्र मुसा

मुसा वोकेरै फर्कियो जहाज मलेसियावाट

चालकले भने 'मोबाइलमा फोटो देखाएर उडाउन दबाब दिइयो’

मुसाले पुर्‍यायो १.३२ करोड घाटा

समातेको मुसो पनि फुत्क्यो

मुसा नभेटी जहाज नउडाउने क्याप्टेनको अडान

निगमलाई हङकङमा उडान रोक्ने संकेत

नेपालको मुसो हङकङमा छोपियो


नागरिक

मुसा पसेपछि काठमाडौँबाट ब्याङ्कक उड्न ठीक्क परेको जहाज रोकियो

मुसा बोकेरै जहाज मलेसिया

विमाने मुसा र नारी गायिका

मुसाले फेरि हङकङमा जहाज रोक्यो

मुसा अझै गायब

ककपिटमै मुसा उफ्रिएपछि

 बल्ल-बल्ल समातिएको मुसा फुत्कियो

 मुसा फेला पर्‍यो, मध्यरातमा विमान मलेसिया फर्कियो


तस्विर: नागरिकन्युज

Comments

  1. अनिल त नागरिक को दुस्मन हो क्या हो ? जहाँ नि नागरिक को खोइरो ?

    ReplyDelete
  2. Khai malai ta testo lagena ta. Paper ma yesto lekhya chha vanera lekhya ta chha.

    ReplyDelete
  3. प्रकाश समीरAugust 1, 2012 at 11:59 AM

    भाग्यमानी मुसो रहेछ, भिषा न पासपोर्ट बिना कती देश भ्रमण् गर्न पायो। भो हाम्रा संचार माध्यमको कुरै नगरम् । 

    ReplyDelete
  4. k bhako nepal ma muso le po palne chhada n thaleo ta ....wants more news of sports http://www.vidfootie.com//soccer

    ReplyDelete
  5. you are 100 % right !

    rina

    ReplyDelete
  6. nepali unicode:moro muso bhagyamani raicha ni..... desh bidesh ghumyo ta... :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

खेल्ने हैन त बाघचाल अनलाइनमा? [Online Bagh Chal]

बाघचाल हामी नेपालीको लोकप्रिय दिमाग ख्याउने खेल ! २० वटा बाख्रा अनि ४ वटा बाघका साथ खेलिने ‘बाघचाल’ केही महिना देखि अनलाइनमा खेल्न थालिएकोछ । सेमिकलन डेभ्लपर्स’ले निर्माण गरेको बाघचालमा यो हप्ता “बाघचाल” टुर्नामेन्ट पनि सञ्चालन गरिएकोछ । अनलाइनबाघचालमा दुईजनाको खेल अरु’ले पनि हेर्न पाउँछन्, खेलाडिहरुले आपसमा कुरा गर्न पनि पाउँछन्, अरु कोही खेलाडी छैनन् र आफू एक्लै भइएकोछ भने कम्प्युटर सँग पनि खेल्न मिल्छ । अनलाइन बाघचालको गृहपृष्ठ (Home Page) मा अनलाइनमा चलिरहेको खेलहरुको विवरण देख्न सकिन्छ, त्यहाँबाट आफूले नयाँ खेल सुरु (create) गर्न सकिन्छ, या अरुले सुरु गर्न लागेको खेलमा प्रतिस्पर्धा पनि गर्न सकिन्छ, वा सकिएको खेलको ‘रिप्ले’ पनि हेरेर बस्न मिल्छ । त्यसबाहेक अनलाइन बाघचालको पब्लिक च्याटमा गएर बात मारेर बस्न पनि सकिन्छ । बाघचाल (Bagh Chal) मा बाघ र बाख्रा जनाउन बाघ र बाख्राको टाउका’को फोटो राखिएकोछ, जसबाट खेल्नेलाई एउटा रमाइलो अनुभव हुन्छ, खेलको दायाँ साइडमा कसको पालो हो, खेल सुरु भएको कति टाइम भयो, कति वटा बाख्रा बाँकी छन् भन्ने जानकारी देख्न सकिन्छ । खेलको पेज छोडेर अन्य पेजमा

Subscribe to Aakar Post