“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ । के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ? अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !” माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई । एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ? अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथिका