Skip to main content

Posts

Showing posts with the label Review

अभिभावक छोराछोरीको बारेमा एककिसिमको सपना देख्छन्, अनि छोराछोरी आफ्नो भविष्यको बारेमा बेग्लै सपना बुनिरहेकाहुन्छन् । दुई पुस्ताले आ-आफ्नै किसिमले भविष्यको सपना बुन्छन्, अनि दुवै आफूले चाहेको होस् भन्ने चाहन्छन् । तर आफूले सोचेको र भनेको जस्तो नहुँदा ‘फ्रस्ट्रेसन’ को शिकार बन्न पुगिन्छ । आफ्ना सपना र चाहनाहरु अरुले नबुझिदिँदा युवाहरुमा उत्पन्न ‘फ्रस्ट्रेसन’ र त्यसले निम्त्याउने परिणाम नै चलचित्र ‘अपवाद’को कथासार हो। चलचित्रको मुख्य पात्र सुयोग (राजबल्लभ कोइराला) व्यवस्थापन (Managemet) को विद्यार्थी भएपनि उसको चाहना एउटा सफल लेखक बन्ने छ । उसको बुवा (रवि गिरी) को चाहना छ, म्यानेजमेन्ट पढेको छोरोले कुनै ठूलो कम्पनीमा जागिर खाओस् । उसकी आमा (विजया गिरी) को चाहना छ, छोरोले चाँडै बिहे गरिदेओस् । सुयोगकी साथी सुनन्दा (निशा अधिकारी)को चाहना छ, सुयोगले उसको बुवाले भनेको जस्तै गरिदियोस्, अनि बचेको समयमा आफ्नो साहित्यको सोख पुरा गरोस् । बुवाको जागिर खानुपर्ने अडान अनि आफ्नो लेखक बन्ने चाहना बिच अन्तरसंघर्ष चर्किएपछि, सुयोग युके जाने चक्करमा लाग्छ । त्यसै समयमा युकेका धेरै कलेजहरु कालोसूचीमा परेप

हामीलाई डरलागेको वा गर्न नसक्ने जस्तो कुरा आफ्नो सामुन्ने आउँदा हामी नेपालीको मुखबाट फुत्कने शब्द हो, आबुई ! आबुई वा आब्बुइ वा अबुइ जे भने’पनि मैले भन्न खोज्या कुरा त बुझ्नु भो होला । म चैँ आबुई (Abui) भन्छु है । त्यही हामीभित्र रहको डर जनाउने शब्द ‘आबुई’लाई समेट्दै र हामी भित्रको शब्दको डर हटाउन ‘ आबुई डटकम’ आइपुगेकोछ । कुनै नेपाली शब्दको अर्थ आएन वा उखान टुक्काको अर्थ बुझ्न सकिएन भने अब त्यसको समाधान प्राय आबुई डटकममा भेट्न सकिन्छ । गतसाल पुषदेखि सञ्चालनमा आएको ‘आबुई डटकम’ नै ‘अनलाइन नेपाली शब्दकोष’ (Online Nepali Dictionary) हो। आबुई डटकममा नेपाली शब्दका अर्थका साथै नेपाली उखानहरुका अर्थ भेट्न सकिन्छ । नेपाली ब्लगका ब्लगर नेपाली ले निर्माण गरेको आबुई डटकममा दैनिक रुपमा एउटा शब्दलाई “आजको शब्द” भनेर त्यसको अर्थ दिने गरिएकोछ । आबुई डटकम कसरी चलाउने? आबुई डटकमको गृहपृष्ठमा टेक्स्टबक्स रहेकोछ । टेक्स्टबक्स माथि ‘शब्द कोरे कोरे जस्तो गरौँ’ भन्ने वाक्य राखिएकोछ, त्यहाँ भनिएजस्तै टेक्स्टबक्स भित्र गएर शब्द कोरे जस्तो गर्नुस अर्थात कुनै शब्द लेखेजस्तो गर्नुस्, तपाईले रोमनमा

‘म सँग बैंक लुत्ने मास्तर प्लान छ’ –  जब पनि आफ्नो लुटेरा समूह बनाउनको लागि हाकु काले ले नयाँ केटाहरु भेट्छ, उ यही संवाद दोहोर्याउँछ ! नेवारी लवजमा हाकुले यस्तै अन्य संवादहरु दोहोर्याउँदा हलमा हासोँ फैलिन्छ ! निश्चल बस्नेत निर्देशित  नेपाली चलचित्र ‘लुट’ (Loot – A Nepali Movie) अहिले देशभरिका विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ! “लुट”को कथा नौलो होइन ! कथा साधारणछ, हाकु काले नामक व्यक्तिले चाँडै धनि बन्ने सपना बुन्छ, र बैंक लुट्नको लागि अन्य सहयोगीहरु खोज्छ र एउटा लुटेरा समूह बनाउँछ ! आफ्नो योजनाअनुसार उसले ती चार पात्रहरुलाई बैंक लुट्न तयार पार्छ र बैंक लुट्न कसरी सफल हुन्छ भन्ने कुरा नै चलचित्र लुटको मुख्य कथासार हो । यही “बैंक लुट्ने” कथामा हलिउड र बलिउडमा दर्जनौँ चलचित्रहरु बनिसकेकाछन् तर पनि “लुट” ले आफ्नो छुट्टै छाप छोड्न सफल भएकोछ ! कथालाई मौलिक बनाइदिएकोछ ! कथा सामान्य भएपनि, चलचित्रको प्रस्तुतीका कारण चलचित्रले दर्शकहरुलाई सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल भएकोछ ! चलचित्रमा हाकु (सौगात मल्ल), पेशाले भट्टि साहु हुन्छ, जो चाँडै पैसा कमाउनको लागि बैंक लुट्ने योजना बनाउँछ

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” ( Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ । ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ । नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ । त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन

कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ । मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहा

By Anjali Timalshina , “ LUST ” as a title for movie- the first time I heard about it, I thought it was something related to a sensual relationship between a guy and a girl -- obviously, the title gave it away. Nevertheless it was not quite the story that matched my prophecy. Having the opportunity to watch the premier show of the “BUDS Best Film” award winner movie, I could say that I had raised expectations from the enthusiastic team of the filmmakers. On the other hand, what added my prospects was the fact that the movie was releasing on one of the prospective and active youth blogger “Aakar’s” blog Aakar Post that promoted the movie utilizing every possible resource. Getting to the story- the protagonist (or the con protagonist) portrayed by Pawan Jha and Manisha Bista as the lead lady in the movie seriously could not win my heart. I cannot exact about the conditions and time the movie was directed under, neither would I say that the director could not find the right person to

फ्ल्यास ब्याक मा गएर कथा भनिएको र सरल भाषामा उनीएको कर्नाली ब्लुज, प्रकाशक का अनुसार ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिता को संघर्ष देखाउने उपन्यास हो’ । तर प्रकाशक ले जे भनेपनि, आफूले बुझेको चाँहि, कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ । उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ । अनि आफ्ना ‘बा’ को जिवनचर्या पनि सँगसँगै अघि बढ्दै जान्छ उपन्यास मा ! सुदुर तराई को गाउँ मटेरा मा उनको जन्म हुन्छ ।  अमौरीखोला, चन्द्रे, बा’को साइकल, कै वरिपरि कथा घुम्छ ! पार्वतीदिदी, ममतादिदी, भागिराम आदि ले पनि कथा मा आफ्नो उपस्थिति जनाएकाछन् । बाल्यकाल मा गरिएका उट्पट्याङ र रमाइला कर्तुतहरु ले कथा अघि बढेको छ, तर बिच बिच मा ममतादिदी को प्रसंग ले झस्काइदिन्छन् । पढाइ मा निकै लद्दु रहेका लेखक, ‘ब

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  screened today at GopiKrishna Cinema Hall, Chabahil. Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then story moves on. But at last, She was paralyzed by him…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. Note: Nepali Short Movie, ‘LUST’ will screen soon in an Internet and will be available in our blog, ‘Aakar Post’.

“Knitting Innovators” को थिम सहित ‘काठमाडौँ बारक्याम्प २०१०’ को दोस्रो संस्करण हिजो अगष्ट २८, २०१० शनिबार का दिन काठमाडौँ स्थित फल्चा, बबरमहल मा सम्पन्न भयो । विभिन्न क्षेत्र का युवाहरु को जमघट रहेको कार्यक्रम मा, सहभागिहरु ले आ-आफ्ना विचार, अनुभव र आइडियाहरु सबै सामु बाँडेका थिए । ३ सेसन मा विभाजित समय मा करिब ३० जना सहभागिहरु ले, बारक्याम्प मा आफ्ना कुराहरु राखेका थिए ।  एउटै टपिक र एउटै क्षेत्र मा मात्र सिमित नरहेको कार्यक्रम काठमाडौँ बारक्याम्प २०१० मा, विभिन्न क्षेत्र का युवाहरुले आफ्ना कुराहरु राखेका थिए, आइडियाहरु सेयर गरेका थिए । कार्यक्रम मा, कोर टेक्नोलोजी देखि लिएर कला, फेसन र मुभि लगायत विविध कुराहरु माथि विचार मन्थन गरिएको थियो । कार्यक्रम मा निम्न कुराहरु माथि वक्ताहरु ले आफ्ना धारणा राख्नुभएको थियो । (शीर्षक र वक्ता को नाम तल दिइएको छ) Crowdsourcing and Microwork in Nepal  -  M Sears Karma, A framework for Creating Educational Software   - Peter Gijsels Hello Messy political economy!   - Chandan Sapkota V.E.N.T! how we do it?   - Sanjana

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces

In-rev systems ले भर्खरै GT Blind Search नामक पेज लन्च गरेको छ । Search Engine Comparator को स्लोगन सहित आएको GT Blind Search ले search रिजल्ट कम्पेयर गर्छ ।  तपाईको सबैभन्दा मन पर्ने सर्च इन्जिन कुन हो ? Google, Bing या Yahoo ? अहिले नै भन्नु भो, भने Google भन्न सक्नुहुन्छ तर GT Blind Search  बाट Search Engine Compare गर्नु भो भने, तपाई को choice फरक हुन सक्छ । सम्भवत: तपाईले आफ्नो सर्च इन्जिन नै बदल्न सक्नुहुन्छ । तपाइलाई मन पर्ने search engine को रिजल्ट तपाईलाई मन पर्दोरहेछ कि रहेनछ, त्यो पनि थाहा पाउनुहुन्छ, GT Blind Search  को माध्यमबाट ! अथवा या भनौँ, तपाईलाई सबैभन्दा मन परेको नतिजा को आधार मा तपाई ले आफ्नो सर्च इन्जिन यो रहेछ है भन्ने थाहा पाउन सक्नुहुन्छ । GT Blind Search  ले ३ वटा सर्च इन्जिन को नतिजा दिन्छ । Google, Bing र Yahoo को search नतिजाहरु तपाई ले एकैठाउँ मा पाउन सक्नुहुन्छ । के गर्ने ? तपाईलाई रमाइलो गर्न मन छ या आफ्नो सर्च इन्जिन को बारेमा जान्ने मन छ भने, GT Blind Search मा जानुहोस् । अनि त्यहाँ जुनसुकै कुरा टाइप गरेर सर्च गर्नुहोस् । त्यहाँ ३ वटा कोलम

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर उपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो । कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को  कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ  भेट्न निकै मुस्किल पर्छ । लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखे

तपाई ब्लग वा साइट मा भिजिटर बढाउने सोच्दै हुनुहुन्छ भने, Inrev Systems को Buzzom.Com उपयोगी हुनसक्छ । Inrev Systems India को एउटा वेवसाइट buzzom.com मा Twitter Account को सहयोग मा आफूलाई रजिष्टर गरेर, आफ्नो Feed लाई रजिष्टर गर्न सक्नुहुन्छ । बढ्दै गएको प्रतिस्पर्धा सँगै, सबैलाई आफ्नो Traffic बढाउने सोच हुन्छ । तपाई को Twitter Account तथा ब्लग छ भने, buzzom.com तपाई को लागि धेरै नै उपयोगी हुनेछ । Buzzom.com को Feed Management मा गएर आफ्नो Feed  लाई म्यानेज गर्नसक्नुहुन्छ । तपाई ले त्यहाँ Feed URL, Post Cycle आदि मिलाउन सक्नुहुन्छ, बाँकि काम Buzzom ले गरिदिन्छ । तपाई ले आफ्नो ब्लगको पोष्टहरु लाई Cycle मा घुमाउन पनि सक्नुहुन्छ, कुन पोस्ट कति अन्तराल मा ट्वीटर तथा फेसबुक मा प्रकाशित गर्ने भनेर तपाई ले Buzzom मा मिलाउन सक्नुहुन्छ । अत: अटोमेटिक रुप मा तपाई का ब्लग पोष्टहरु Twitter तथा Facebook मा प्रकाशित हुन्छन् । फलस्वरुप, तपाई को ब्लग मा भिजिटर बढ्नेछन्, साथै nxy.in मा रजिष्टर गरेर, ट्वीट गर्दै केही हदसम्म पैसो कमाउन पनि सक्नुहुनेछ । Buzzom मा तपाई ले एक भन्दा बढि Feed हरु पनि

ट्विटर मा कत्ति को ट्विटिनु हुन्छ, आफ्ना कुराहरु ! सायद अधिकांश लिंकहरु छोटो पारेर नै ट्विट गर्नुहुन्छ होला, हुन त ट्विटर ले bit.ly लाई आफ्नो default Url Shortener बनाएको छ । यस्तै लिंक छोटो पार्ने Url Shortener हरु को भिड मा अर्को नयाँ NXY.IN नाम को Url Shortener  थपिन आइपुगेको छ । हुन त Url Short गर्न को लागि  tinyurl.com, bit.ly,tr.im,goo.gl आदि अनगिन्ति साइटहरु छन् । तर पनि nxy.in मा विशेष त्यस्तो के छ, जसको कारण nxy.in को प्रयोग हिजो आज दिनानुदिन बढ्दै छ ? nxy.in को बढ्दो प्रयोगलाई मध्यनजर राख्दै, आज म यसकै बारेमा केही चर्चा गर्दैछु ।  InRev systems , ले निर्माण गरेको nxy.in URL Shortener ले लामो लामो url लाई छोटो पारिदिन्छ । यसरी छोटो पारिएको URL ट्विटर, फेसबुक आदि जस्ता सोसल नेटवर्किङ साइटहरुमा सेयर गर्न सकिन्छ । NXY.IN मा गएर जो कोही ले लामा लामा भद्दा url हरुलाई छोटो पार्न सक्छन् । url short गर्ने त्यति धेरै साइट छन् तर किन यही नै भन्ने प्रश्न पनि उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविक पनि हो । अत: nxy.in नै किन भन्ने कुरा तल का केही बुँदा मा InRev systems का CEO, Bhupendra

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ । कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर