Skip to main content

एउटा फरक श्रृंखला : "बिजौला”

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर Bijaulaउपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो ।

कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को  कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ  भेट्न निकै मुस्किल पर्छ ।

लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखेका छन् । उपन्यास पढिसकेपछि लाग्यो, यो उपन्यासलाई कुनै पनि पुरस्कार दिइयो भने पुरस्कार कै बेइज्जत हुनेछ, अत: लेखक ले पहिले नै भविष्य  विचारेर,‘ आफ्नो कृति पहिलो र अन्तिम’ भन्नु मनासिव नै रहेछ । लेखक ले भने झैँ, यो कृति चल्ति को ‘ट्रेन्ड’ भन्दा पृथक छ, तर यसमा पनि खासै गह्रौँ कुरा त केही छैन ।

कृति पढुन्जेल, ठाउँ ठाउँ मा लेखक ले पाठकलाई भुल्याइरहेका हुन्छन्, नानाथरि का प्रसंगहरु जोडेर । कहिले सहर त कहिले गाउँ अनि कहिले स्वयम्भु त कहिले कहाँ । कृति मा ‘युवक’ नाम को पात्र छ, किताब भरि युवक पटक पटक दोहोरिन्छ, हरेक पेज मा युवक उपस्थित हुन्छ तर पाठक ले अन्त्य सम्म नै फेला पार्न सक्दैनन्, आखिर उपन्यास को ‘युवक’ ले के सन्देश दिन खोजेको छ !

हुन त उपन्यास मा लेखिएका दृश्यहरु हाम्रै वरिपरि का हुन्, अनि कत्ति कुरा मा ‘युवक’ हाम्रै प्रतिनिधि पात्र हो । अनि परम्परागत उपन्यास को ढर्राबाट यो बिल्कुल फरक छ, तर मलाई शंकै लाग्छ, यसलाई पनि उपन्यास भनिन्छ र ?

तर केही ठाउँ मा भने मर्मस्पर्शी, निकै गहन र सान्दर्भिक कुरा पनि गरिरहेको हुन्छन् लेखक । एक ठाउँ मा उनी भन्छन् “सहयात्रीहरु उस्तै छन्, कामलाई सानो भन्छन्, मुखले बोली मिलाउँछन्, आफ्नो काम को सफल सम्पादन पछि हराउँछन् सुदुर दिशामा ।’ अर्को लाइन मा लेख्छन् ‘मित्रहरु पर्खन्छन्, केही कुरा को खडेरी मा, आवश्यकता मा, जटिलता मा, दैनिक गुजारा को छन्द लरबराएको बखत Long Time No See भन्दै तातो हात बढाउँछन्’

कृतिलाई पुरै नराम्रो भनेर लेबल लगाउन त सक्दिन तर धेरै ठाउँ मा लेखक ले तल्लो स्तर को व्यवहार गरेका छन् । नेपाल एफएम मा एउटा विज्ञापन बज्छ, “ठूलालाई आदर नगर भन्दै”, सायद त्यसकै प्रभाव हो कि क्या हो, लेखक ले ठाउँ ठाउँ मा मनलागि लेखेका छन् ।

“यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर लेखेका लेखक ले एकठाउँ मा लेखेकाछन्, “देशको सम्मानित बूढो लेखक, अमेरिका जान नपाएको झोँक मा राष्ट्रिय दैनिक अखबार मा लेख्छ – कुरुप शीर्षक मा ‘मलाई नर्क जा भन्यो भने तयार छु तर अमेरिका जाने छैन’ । सायद पुरस्कार पाइँदैन भन्ने झोकँ मा लेखक ले परस्कार दिइयो भने पनि लिन्न भनेका त हैनन् ।

पात्र युवक को, कवि, साहित्यकार, कलाकार देखि बाबु आमा, साथि भाइ आदि सबै सँग गुनासो छ । युवक को गुनासो त किताब मा झन् मज्जैले लेखिएको छ । कहिँ रोगी साहित्यकार को रोगी साहित्य भनिएको छ त कहिँ अन्तर्मन को यात्री भन्दै जगदिश घिमिरे,कहिँ नारायण वाग्ले, त कहिँ कृष्ण धरावासी, सञ्जिव उप्रेती लगायत का साहित्यकार को बद्खोइ गरिएको छ । युवक ले भिक्षुहरु बस्ने ठाउँ वरिपरि कन्डम को थुप्रो भेटेँ भन्छ तर युवक को भनाइ मा कति सत्यता छ थाहा छैन ।

लेखकलाई लाग्दो हो, ठूला ठूला शब्द राखेर वाक्य बनाएपछि त्यसै राम्रो हुन्छ तर मैले कुनै कुनै वाक्य त जति नै दोहोर्याएर पढ्दा पनि केही अर्थ लगाउन सकिँन । एक ठाउँ मा अर्थ न बर्थ को वाक्य यस्तो लेखिएकोछ, “ममता ले निथ्रुक्क भिजेका कामना का पङ्खहरु महत्वकाङ्क्षा को पहाड उक्लदैँ गर्दा ढुंगाको खिरिलो भुँइमा मनहरु नाङ्गै सुत्छन्” । लेखक को विम्व को प्रयोगहरु देखेर म तिनछक्क परेँ बेलाबेला मा । अर्को लाइन मा लेखेका छन् ‘दर्शन को विगुल फुक्दा चोइटिएको चुल्ठो आभास शब्दहरु मा पोखिन्छ’

लेखक ले केही ठाउँ मा अत्यन्त क्लिष्ट शब्दहरु को प्रयोग पनि गरेका छन् । एक ठाउँ मा लेख्छन् ‘उदेक लाग्दो शशि शाह को पिकासो बिर्साउने चित्रकला हेरेर सुसु गरौँ लाग्छ वा प्रगतिशिल लोकतनन्त्रधारी मुखौटेहरुको कविता, चित्र र सङ्गितलाई नगरबधु को गुप्ताङ्ग मा ‘फिक्स डिपोजिट’ को रुप मा सञ्चित गरिदिउँ लाग्छ । थाहा छैन, उनले आफ्नो कृतिलाई कुन स्तर मा राखेका छन् ?

मलाई ‘बिजौला’ ले तान्न सकेन, पढुन्जेल केही ठाउँ मा, ए यो कुरा त हो नि भन्या जस्तो भयो, तर पढिसकेपछि ‘बिजौला’ गालीगलौज को श्रृंखला भन्दा बढि केही लागेन । मुख्यत: अग्रजहरु प्रति लेखक ले देखाएको रुखो व्यवहार तथा दृष्टिकोण मलाई चाँहि मन परेन ।

सायद ब्लग मा म पनि ‘बिजौला’ प्रति नकरात्मक रुप मै प्रस्तुत भएँ होला तर आफैँलाई कुरो खुट्याउन मन छ भने, रङ्ग नेपाल ले प्रकाशन गरेको निर्मल थापा को ‘बिजौला’ हेर्न एकपटक आग्रह गर्छु है । कृति जे जस्तो भएपनि कृति को अन्तिम पृष्ठ मा लेखेक ले लेखेको कुरा चाँहि यस्तो छ “मान्छेहरु मलाई जे सोच्छन् त्यो ‘म’ होइन र ‘म’ जे हुँ – त्यो कसैलाई भन्ने छैन ।

बिजौला को केही राम्रा अंश पढ्ने भए यहाँ छ है ।

Comments

  1. लौ पढिएन आकार जी । शायद पढ्न मन नै भएपनि मेरो हात परुञजेल बर्षौं बित्छ होला । मैले यहाँ कमेण्ट राख्नुको उद्देश्य चाहिं प्रवासी साथीहरुलाई कुनै पुस्तक प्रकाशित भएमा त्यस्को जानकारी अनि राम्रो भएमा पढ्ने रहर हुन्छ , र त्यो पुस्तक प्राप्तिको लागि घरबाट पठाइने कोशेली फ्याँकिन्छ । हामी नेपालमा रहनु भएका साथीहरुको समालोचना हेरेर किताब मगाउने गर्छौं । यो लेखको लागि धन्यबाद । राम्रा कृतिहरुको बारेमा समालोचना पनि पढ्न पाऊँ है ।

    ReplyDelete
  2. हात परेमा एकचोटि पढ्ने कोशिश भने हुनेछ मेरो पनि। आफ्नो अनुबव राखिदिएकोमा आकार भाइलाई धन्यबाद!

    अचेल नेपाली साहित्यमा क्लिष्ट शब्दहरु, अमूर्त वाक्यहरु र गाली-गलौज राखेर आफूलाई अरुभन्दा फरक र 'आधुनिक' देखाउनेहरुको जमात बढिरहेको छ। यी लेखक पनि त्यहि गुटका हुन सक्छन्। जसले आफ्ना अग्रजहरुप्रति यथोचित सम्मान समेत देखाउन जान्दैन, त्यस्ता ब्यक्तिका रचनामा गतिलो कुरा केहि हुने बिश्वाश नगरे हुन्छ।

    ReplyDelete
  3. तपाइको यो पोस्टले समयमै सचेत गराइदियो । यत्ति पढेपछि अब लेखकले कुनै पुरस्कार दिएमा ससम्मान नलिने भने जस्तै यो किताब हातमै आए पनि ससम्मान नपढ्ने निधो गरें मैले ।

    ReplyDelete
  4. समीक्षात्मक विश्लेषणका लागि धन्यवाद आकार जी ! मैले किताब पहिल्यै ल्याइसके पनि पढ्ने सूचीमा अरु किताबहरूले 'बिजौला'लाई पालो कुराएका छन् ।
    उक्त पुस्तकको तयारीको क्रममा पाण्डुलिपिको जोरजाम हुँदै गर्दा म पनि एक साक्षी थिएँ । त्यस बेलैल मलाई किताब अलि रुखो र क्लिष्ट लागेको हो । लेखकीय अहमको अलि बढ्तै रङ निर्मलजी मसीमा मैले अनुभूति गरेको थिएँ । 'किताब जहाँ बाट पढ्न सुरु गरे पनि हुने, र जहाँ बिसाएर पछि फेरि निरन्तरता दिए पनि हुने' गुण पक्कै किताबका विशेषतामा उल्लेख हुने कुरा होइनन् । प्रयोगको नाममा दुरुहता र अरुभन्दा बेग्लो बन्ने धुनमा नेपाली साहित्य असम्प्रेषणीय बन्दै जाने खतरा देखिदैछ एकातर्फ ।

    लेखाइको प्रविधिमा नयाँपन निर्मलजीले उपन्यास (?, मलाई पनि शङ्का छ ) मा घोलेका होलान्, तर त्यसको आभास भाषिक अभिव्यक्तिकै काँचो र ढुङ्गा लाग्ने प्रस्तुतिमा दिन खोज्ने, र त्यसैलाई उत्तरआधुनिकता साबित गर्ने हो भने तानिदै गरेक नेपाली साहित्यका पाठक पनि विकर्षित होलान् कि भन्ने लाग्छ । मैले एक हिसाबले पारख गरेकै रूपमा तपाईंले पनि छिचोल्नुभएछ । किताब कत्तिको कामलाग्दो छ, त्यो चाँही अरुले पनि पढून् जरुर । निषेधको बाटोमा कम्तीमा हामी साहित्य-शब्दसंसारका बटुवा भने नलागौँ । नराम्रो थाहा पाउन र चिन्न-बुझ्न पनि त नराम्रो पढ्नुपर्ला । त्यसले सही किताबतिरको भोक हामीभित्र बढाउला ।

    ReplyDelete
  5. thanks for the information and hope to read it!

    ReplyDelete
  6. धन्यवाद आकार जी, यहाँको समिक्षा मार्फत मैले 'बिजौला' का बारेमा केही थाहा पाएँ । समयले साथ दियो भने छिट्टै पढ्ने कोशीस गर्नेछु । :)

    ReplyDelete
  7. धन्यवाद आकारजी ,
    विश्लेषण गर्दा मन लागेजति कुरा लेख्नु भएको पढन पाइयो । मेरो हातमा यो पुस्तक परेको छैन । तर, अब मेरो हेराइ नै नकारात्मक हुने भयो भन्ने शंका पनि मनमा छ । तपाइसँग कुनै मान्छे भेटन आउदैछ । म भन्छु - उ चोर हो । सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
    यसपछि तपाइलाई उ भेटन आउछ । तपाइले बोली, भेषभुषा अनि उसको भाव हेरेर चोर खोज्न थाल्नुहुन्छ । अनि धेरै कुरामा अघि भनिएका कुरा तपाइ उसमा चोर नै रहेको निष्कर्शमा पुग्नु हुन्छ । उ चोर हो होइन समयकालले तपाइलाई बुझाउनेछ । तर, पहिलो भेटमा तपाइलाई त्यो सल्लाहले प्रभाव पार्छ ।
    मैले भनिरहेको प्रसङ्ग के हो भने विजौलाका लेखकको बुझाइ, लेख्ने परिवेश अनि उनको प्रस्तुती पहिलो कृति भएकाले खारिएको हुनैपर्छ भन्ने जरुरी छैन । लेखक कसैले पनि पहिलो र अन्तिम कृति भनेर दावी गर्न नमिल्ने कुरा हो भन्ने मलाइ लाग्छ । तपाइले बिजौलाको विषयमा यति धेरै कुरा लेख्नु भएपछि यो पोष्ट पढनेहरुमा त्यसलाइ पढने जाँगर हराउँछ भन्ने मलाइ लाग्यो । जे होस परिश्रमपूर्ण लेखाइ पढन पाइयो । जारी रहोस ।

    ReplyDelete
  8. धन्यवाद आकरजी ,
    तपाईंको समिक्षा बाट बिजौलाको बारेमा धेरै कुरा त थाहापाय ,तर यस्तो पनि पुस्तक हुन्छ र भन्ने लागेकेाले एक पटक त्येा कितावमा दुखकेा पैसा खर्चिएर भए पनि पुस्तक पढ्न मन लागेकेा छ ।

    ReplyDelete
  9. बिजौला'लाई नेपाली साहित्यको आधुनिक 'पारा' भन्न सकिन्छ तेसो भये। लेखक ले मेहनत गरेर कृति पाठक सामु ल्याएका छन पुरस्क्रित हुने लालच नराखी कलम चलाएको सर्हानिय काम हो अरुले पनि केही सिक्नु पर्छ शायद ।

    ReplyDelete
  10. बिजौला'लाई नेपाली साहित्यको आधुनिक 'पारा' भन्न सकिन्छ तेसो भये। लेखक ले मेहनत गरेर कृति पाठक सामु ल्याएका छन पुरस्क्रित हुने लालच नराखी कलम चलाएको सर्हानिय काम हो अरुले पनि केही सिक्नु पर्छ शायद ।

    ReplyDelete
  11. धन्यवाद आकारजी ,
    विश्लेषण गर्दा मन लागेजति कुरा लेख्नु भएको पढन पाइयो । मेरो हातमा यो पुस्तक परेको छैन । तर, अब मेरो हेराइ नै नकारात्मक हुने भयो भन्ने शंका पनि मनमा छ । तपाइसँग कुनै मान्छे भेटन आउदैछ । म भन्छु - उ चोर हो । सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
    यसपछि तपाइलाई उ भेटन आउछ । तपाइले बोली, भेषभुषा अनि उसको भाव हेरेर चोर खोज्न थाल्नुहुन्छ । अनि धेरै कुरामा अघि भनिएका कुरा तपाइ उसमा चोर नै रहेको निष्कर्शमा पुग्नु हुन्छ । उ चोर हो होइन समयकालले तपाइलाई बुझाउनेछ । तर, पहिलो भेटमा तपाइलाई त्यो सल्लाहले प्रभाव पार्छ ।
    मैले भनिरहेको प्रसङ्ग के हो भने विजौलाका लेखकको बुझाइ, लेख्ने परिवेश अनि उनको प्रस्तुती पहिलो कृति भएकाले खारिएको हुनैपर्छ भन्ने जरुरी छैन । लेखक कसैले पनि पहिलो र अन्तिम कृति भनेर दावी गर्न नमिल्ने कुरा हो भन्ने मलाइ लाग्छ । तपाइले बिजौलाको विषयमा यति धेरै कुरा लेख्नु भएपछि यो पोष्ट पढनेहरुमा त्यसलाइ पढने जाँगर हराउँछ भन्ने मलाइ लाग्यो । जे होस परिश्रमपूर्ण लेखाइ पढन पाइयो । जारी रहोस ।

    ReplyDelete
  12. धन्यवाद आकार जी, यहाँको समिक्षा मार्फत मैले 'बिजौला' का बारेमा केही थाहा पाएँ । समयले साथ दियो भने छिट्टै पढ्ने कोशीस गर्नेछु । :)

    ReplyDelete
  13. धन्यवाद आकरजी ,
    तपाईंको समिक्षा बाट बिजौलाको बारेमा धेरै कुरा त थाहापाय ,तर यस्तो पनि पुस्तक हुन्छ र भन्ने लागेकेाले एक पटक त्येा कितावमा दुखकेा पैसा खर्चिएर भए पनि पुस्तक पढ्न मन लागेकेा छ ।

    ReplyDelete
  14. समीक्षात्मक विश्लेषणका लागि धन्यवाद आकार जी ! मैले किताब पहिल्यै ल्याइसके पनि पढ्ने सूचीमा अरु किताबहरूले 'बिजौला'लाई पालो कुराएका छन् ।
    उक्त पुस्तकको तयारीको क्रममा पाण्डुलिपिको जोरजाम हुँदै गर्दा म पनि एक साक्षी थिएँ । त्यस बेलैल मलाई किताब अलि रुखो र क्लिष्ट लागेको हो । लेखकीय अहमको अलि बढ्तै रङ निर्मलजी मसीमा मैले अनुभूति गरेको थिएँ । 'किताब जहाँ बाट पढ्न सुरु गरे पनि हुने, र जहाँ बिसाएर पछि फेरि निरन्तरता दिए पनि हुने' गुण पक्कै किताबका विशेषतामा उल्लेख हुने कुरा होइनन् । प्रयोगको नाममा दुरुहता र अरुभन्दा बेग्लो बन्ने धुनमा नेपाली साहित्य असम्प्रेषणीय बन्दै जाने खतरा देखिदैछ एकातर्फ ।

    लेखाइको प्रविधिमा नयाँपन निर्मलजीले उपन्यास (?, मलाई पनि शङ्का छ ) मा घोलेका होलान्, तर त्यसको आभास भाषिक अभिव्यक्तिकै काँचो र ढुङ्गा लाग्ने प्रस्तुतिमा दिन खोज्ने, र त्यसैलाई उत्तरआधुनिकता साबित गर्ने हो भने तानिदै गरेक नेपाली साहित्यका पाठक पनि विकर्षित होलान् कि भन्ने लाग्छ । मैले एक हिसाबले पारख गरेकै रूपमा तपाईंले पनि छिचोल्नुभएछ । किताब कत्तिको कामलाग्दो छ, त्यो चाँही अरुले पनि पढून् जरुर । निषेधको बाटोमा कम्तीमा हामी साहित्य-शब्दसंसारका बटुवा भने नलागौँ । नराम्रो थाहा पाउन र चिन्न-बुझ्न पनि त नराम्रो पढ्नुपर्ला । त्यसले सही किताबतिरको भोक हामीभित्र बढाउला ।

    ReplyDelete
  15. तपाइको यो पोस्टले समयमै सचेत गराइदियो । यत्ति पढेपछि अब लेखकले कुनै पुरस्कार दिएमा ससम्मान नलिने भने जस्तै यो किताब हातमै आए पनि ससम्मान नपढ्ने निधो गरें मैले ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post