Skip to main content

ट्वीटर अब नयाँ स्वरुपमा [The New Twitter]

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” (Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ ।

new-twitterट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ ।

new twitter - icon

new twitter home page

नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ ।

त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन देख्न सकिन्छ । डाइरेक्ट म्यासेज भने माथि मेनुबारको ड्रपडाउनमा सरेको छ । माथिको मेनुको ड्रापडाउनबाट आफ्नो प्रोफाइलमा जानसकिन्छ, त्यसको तल डाइरेक्ट म्यासेज (DM) रहेकोछ । ड्रपडाउनबाटै नयाँ आएको म्यासेजको बारेमा थाहापाउन सकिन्छ ! यसको अलावा लिस्ट, हेल्प, किबोर्ड सटकट, सेटिङ् र साइटनआउट पनि ड्रपडाउनमै रहेका छन् ।

new twitter aakarpost profile

प्रोफाइल पेजमा आफ्नो प्रोफाइल सबैभन्दा माथि देखाउँछ जहाँ आफूले गरेको ट्विट, फलोअर, फलोइङ आदिको जानकारी रहेकोछ भने त्यहिँबाटै आफ्नो प्रोफाइल सम्पादन (Edit) गर्न सकिन्छ । प्रोफाइलको वायाँ साइडमा रहेको मेनुबाट आफ्नो ट्वीट, फलोइङ, फलोअर, फेवरेट, लिस्ट र फोटो रहेकोछ, जहाँ क्लिक गरेर आफ्नो ट्विट, फलोअर, फोटो आदि हेर्ने सकिन्छ । पेजको दायाँ साइडमा आफूले गरेको ट्विटका साथै फलोअर, लिस्टआदि देख्न सकिन्छ ।

ट्वीटरमा ट्वीट गरिएको फोटो, भिडियो अब त्यही ट्वीटमै देखिन्छन्, यसभन्दा पहिले फोटो र भिडियो दायाँ साइडमा अलग्गै खुल्ने गर्थ्यो । साथै ट्विटरमा कुन ट्वीटको रिप्लाइमा लेखिएको ट्विट हो भन्ने कुरा पनि सहज रुपमा थाहा पाउन सकिन्छ । साइट र ब्लगमा कुनै ट्विट राख्ने हो भने, सिधै टाइमलाईनबाटै कोड कपी गरेर आफ्नो ब्लगमा उक्त ट्विट राख्न सकिन्छ ।

new twitter connect

नयाँ ट्वीटरमा एक्टिभिटी भन्ने ट्याब हटाइएकोछ, त्यसको सट्टामा कनेक्ट भन्ने नयाँ ट्याब थपिएकोछ जसभित्र “इन्टर्याक्सन” र “मेन्सन” भन्ने मेनु ‘फिचर’ राखिएको छ । इन्टर्याक्सनमा आफ्नो ट्विट कसले रिट्विट गर्यो, कसले रिप्लाइ गर्यो, कसले फेवरेट गर्यो, कसले कसलाई फलो गर्यो भन्ने देख्न सकिन्छ ! त्यस्तै मेन्सनभित्र चाँही आफूलाई आएको मेन्सन देख्न सकिन्छ ।

new twitter discover

डिस्कभर ट्याब भित्र भने अहिले भइरहेको कुराकानी, ट्रेन्डिङ टपिकमा भइरहेक कुराकानीहरु, ट्वीटर स्टोरीज (Twitter Stories) पढ्न सकिन्छ । ट्विट गरिएका लिंकहरुको स्टोरी यहाँ देख्न सकिन्छ !

new twitter happy nepal

अरुको प्रोफाइल भने माथि फोटोमा देखिए जस्तो देखिन्छ । कसैले आफूलाई फलो गरेको छ कि छैन भन्ने कुरा, प्रोफाइलमा लेखिएको हुन्छ । जस्तो कि माथि लेखिएकोछ, @HappyNepal FOLLOWS YOU ! कसैलाई मेन्सन गर्नुपर्दा प्रोफाइल तल रहेको बारबाट मेन्सन गरेर सिधै ट्विट गर्न सकिन्छ । तर डाइरेक्ट म्याजेस पठाउन भने, प्रोफाइलको दायाँ तिर रहेको प्रोफाइल आइकोनमा क्लिक गरेर ड्रपडाउन मेनुबाट पठाउन सकिन्छ !

नयाँ ट्वीटरले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।  बिहीबार देखि नयाँ ट्वीटर आएको भएपनि, अहिले नै सबै प्रयोगकर्ताले प्रयोग गर्न भने पाउनेछैनन् । ट्वीटरले क्रमैसँगै आफ्ना सबै प्रयोगकर्तालाई यो नयाँ ट्वीटर उपलब्ध गराउने भएकोछ ।

Comments

  1. how can we use new version twitter.

    ReplyDelete
  2. मलाई पनि पहिलेको भन्दा रमाइलो लाग्यो यो डिजाइन ! । 

    साथै अहिले नै ट्वीटरको नयाँ interface activate गर्न सबैभन्दा सजिलो तरिका भने Android/iOS डिभाइसमा लेटेस्ट ट्वीटर सफ्टवेयर हालेर एकचोटी लगइन गरेपछि , वेबमा समेत नयाँ डिजाइन एक्टिभेट हुने रहेछ।

    अब २-४ दिनमा फेरि फेसबुक र गुगलप्लसले पनि लुगा फेर्ने हुन कि :)

    ReplyDelete
  3. thikai thikai chha. dherai kam lagne paribartan hoina mero lagi

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post