Skip to main content

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’ #SikleskoThito [Review]

कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, ‘धन्य हुन् मञ्जुश्री र दीपक ।’ अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए ।

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । ‘यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ’, उनले भने, ‘चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।’

घुम्सा दुर्घटनाको स्मरण पुस्तक लोकार्पणको समयमा दुवै अतिथि वक्तहरुले गरे । नेपालको माटोलाई नजिकबाट चिनेका निकै कम व्यक्तिहरुमध्येका एक चन्द्र गुरुङ पनि हुन् भन्दै डा जयमानले उनलाई ‘द म्यान अफ दि फिल्ड’ को सङ्ग्या दिए । भने, ‘नेपालको संरक्षण क्षेत्रमा हर्क गुरुङको सिर्जनशील दिमाग र चन्द्र गुरुङको सीप निकै मिसिएको छ ।’ त्यसैले पनि यस पुस्तक ग्रामीण भेगका गाउँदेखि नीति निर्माण हुने सिंहदरवारसम्म सबैका लागि राम्रो सन्दर्भ सामग्री हुने उनको तर्क थियो ।

तीर्थमान श्रेष्ठले ‘सिक्लेसको ठिटो’ नेपालका आरक्ष, वन्यजन्तु निकुञ्जहरुदेखि लिएर राजारानीको शिकारका कुरासम्मको उल्लेख भएकाले यो प्रकृति संरक्षणको इतिहास झल्काउने अभिलेख भएको बताए । नेपालको संरक्षण अभियानमा स्थानिय जनताको मन जित्नैपर्ने चन्द्र गुरुङको धारणा आजका दिनमा झनै बढि सान्दर्भीक हुँदै गइराखेको उनको विचार थियो । ‘यसमा चन्द्र गुरुङको व्यावसायिक जीवनका अनेकौं हर्ष र विस्मात समेटिएका छन्’, उनको भनाई छ, ‘त्यसैले यो जीवनी नै भएता पनि पढ्दैजाँदा उपन्यासजस्तो लाग्छ ।’ तीर्थमानले पुस्तकको अनुवाद उत्कृष्ठ रहेको बताउँदै यसले यसको अंग्रेजी अनुवाद नै नभएको झल्को दिने बताए ।

अनुवादक अधिकारीले भने चन्द्र  जीवित छँदा कहिल्यै भेट्ने अवसर नपाएता पनि पछि उनकै जीवनी अनुवाद गर्न पाउँदा निकै गर्व लागेको बताए । ‘आम नागरिकजस्तै चन्द्र गुरुङका समेत जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरु पुस्तकमा झल्किएका छन्’, उनी भन्छन्, ‘तर पनि मान्छे महान सकारात्मक र नकारात्मक दुवै कुराको मिश्रणबाट बन्छ भन्ने कुरा यो पुस्तकले बताउँछ ।’ १ बर्ष लगाएर सकिएको पुस्तकलाई अनुवाद भन्दा पनि भावानुवादको रुपमा आफूले काम गरेको अधिकारीले बताए ।

१८४ पृष्ठको पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् जसले उनको व्यक्तिगत जीवन, कार्यशैली र घुन्सा दुर्घटनासम्मका धेरै कुरा बताउँछन् । एउटा प्राविधिक क्षेत्रका व्यक्तिको काम; साहित्यकार वा राजनेताको जसरी जीवनीमा उतार्न सजिलो छैन । तर मञ्जुश्रीको क्षमता यहाँ अझ राम्ररी उजागर भएको छ । उनले चन्द्र गुरुङको जीवनीलाई एउटा रोचक उपन्यासभन्दा कमको बनाएकी छैनन् । किताब पढ्दैजाँदा पाठकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको झल्को त पाउँछ नै, समस्या कहाँनेर छ भन्ने पनि उसैगरी थाह पाउँछ । किताबको शुरुवात चन्द्रको मात्र नभएर पृथ्वीको भौगोलिक विकासक्रमसँगै शुरु गरिनु यसको महत्वपूर्ण पक्ष हो । यस्ता प्राविधिक बिषयमा अंग्रेजीमा लेख्नु जति सहज छ नेपालीमा त्यो उत्तिकै जटिल काम पनि हो । तर अनुवादकले यस मामिलामा पनि आफूलाई सफल तुल्याएका छन  । ति शब्दका नेपाली अनुवाद, कोष्टकमा केही थप अर्थ दिने वाक्यकहरु र आम रुपमा प्रचलित शब्दहरुको मिश्रणले त्यो उत्कृष्ठ भएको छ । सायद अधिकारीको अखबारी लेखनको प्रभाव यहाँ झल्किएको हो । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा उजागर गरेको छ । चन्द्र स्वयं त्यसका उदहारण हुन् । उनका कतिपय साथीहरु अहिले पनि त्यही भेँडागोठाला गर्छन् भने चन्द्र विश्वव्यापी नागरिक बनिसकेका थिए । नेपालको कर्मचारीतन्त्र, चाकरी, नातावाद, कृपावादको कारण पनि पछाडि परेको हो भन्ने उनको जीवनबाटै झल्किन्छ । चन्द्रको व्यक्तिगत जीवन अर्को रोचक पाटो हो जसलाई सकारात्मक वा नकारात्मक केही नभनिकन प्रत्येक आम मानिसको जीवनको एउटा हिस्साकै रुपमा चित्रण गर्नु ठीक हुन्छ ।

पुस्तकका कमजोर पक्ष पनि थोरबहुत नभएका होइनन् । बर्णविन्यास वा टाइपिङमा कतिपय ठाउँमा हतार गरेको देखिन्छ । कहिँकतै भाव अर्को लाग्ने वाक्यहरु पनि परेका छन् जसको सुधार आगामी संस्करणमा गर्नुपर्ने देखिन्छ । यद्यपि पुस्तकका राम्रा पक्षहरुका बिच ती नगन्य छन् । यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । पुस्तक प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दामै झण्डै पाँच सय प्रति बिक्री हुनुले पनि पाठकमा परेको यसको छापको केही हदसम्म प्रतिबिम्ब पाइन्छ । चन्द्रको जीवनी देशलाई माया गर्ने र देशको लागि केही गर्न खोज्ने सबैले एकपटक पढ्नुपर्ने पुस्तक हो । उनको जीवनले दिएको पाठ यो या त्यो भन्दा पनि चन्द्र गुरुङको जीवन आफैमा एउटा प्रेरणा र पाठ हो ।

- प्रदिप बस्याल ( लेखक, विभिन्न पत्रपत्रिका मा लेख लेख्नु को साथै प्रदिपपोष्ट मा ब्लग गर्छन् )

This Blog Originally Published on : pradeepbasyal.com.np

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post