Skip to main content

Posts

Showing posts with the label Review

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने। निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो कलम, निधारमा रातो अव

अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा। एउटा प्रयोग २०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द

सानोछँदा दशैँ अनि तिहार'ताका मामाघर गएको समयमा खोरखोरे (लंगुरबुर्जा) खेल्ने गरिन्थ्यो । नेपालमा लाग्ने हरेक किसिमका मेलामा यो खेल खेलाइन्छ,  अझ दशैँ तिहारको समयमा सहर अनि गाउँ सबैतिर यो खेल खेलाइन्छ, साँच्चै भन्ने हो भने यो एक प्रकारको जुवा नै हो। तर तिहारको समयमा आफ्नो घरपरिवारमा बस्दा मोबाइलबाट यो खेल खेलेर रमाइलो गर्न सकिने भएको हुँदा, खोरखोरे (लंगुरबुर्जा) एन्ड्रोइड एपको बारेमा यो पोस्ट तयार गरिएको हो । यसअघि हामीले अनलाइन बाघचाल को बारेमा लेखेका थियौँ। ठाउँ अनुसार खोरखोरेलाई लंगुरबुर्जा वा झन्डाबुर्जा पनि भन्ने गरिन्छ, जुन खेल प्राय: दशैँ तिहारमा खेल्ने गरिन्छ  । छ वटा 'डाइस' लाई बाल्टिन वा कुनै भाँडो भित्र राखेर हल्लाइन्छ, खेलाडीहरुले आफूले इच्छा गरेको संकेत रोज्छन्, पैसा राख्छन्, त्यसपछि बाल्टिनलाई उठाइन्छ, डाइसमा माथिपट्टि आएका संकेतहरु हेरेर हारजित फैसला गरिन्छ । तल फोटोमा देखाइए झैँ, खोरखोरेमा छ किसिमका संकेत हुन्छन्, जसमा झन्डा, बुर्जा, इट्टा, पान, हुकुम/सुरत, र चिडी पर्छन् । तिहारमा खोरखोरे खेल्ने रहर छ, तर आफूसँग डाइस छैन भन्दैमा अब खिन्न हुनुपर्दैन । ह

पूल्चोक इन्जिनियरिङ क्याम्पसले यस वर्ष देखि दुई चरणमा प्रवेश परिक्षा सञ्चालन गर्दैछ, पहिलो चरणको परिक्षामा कम्तिमा ३० प्रतिशत अंक ल्याउनेहरु मात्र दोस्रो परिक्षामा सम्मिलित हुन पाउनेछन् । असार २५ गतेबाट सुरु हुने पहिलो चरणको परिक्षा कम्प्युटरको माध्यमबाट लिइनेछ । इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षा भनेपछि यसैपनि विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुन्छ, हजारौँ विद्यार्थीहरु सँग प्रतिस्पर्धा गर्नुपर्ने मात्र नभइ, नयाँ ठाउँ र नयाँ परिवेशमा परिक्षा दिनुपर्छ, त्यसमाथि 'क्यारियर'को पहिलो खुड्किलोको रुपमा पनि प्रवेश परिक्षालाई हेर्ने गरिन्छ । इन्जिनियरिङ तथा मेडिकलको, प्रवेश परिक्षा दिन तम्तयार विद्यार्थीहरुका यस्तै यावत समस्याहरु समाधान गर्न नेपाली स्टार्टअप 'फुङ्का टेक्नोलोजी' ले नयाँ उपाय सुझाएको छ, 'मेरो एन्सर' एप मार्फत ।मेडिकल तथा इन्जिनियरिङ प्रवेश परिक्षाको पाठ्यक्रम अनुसार निर्माण गरिएको 'मेरो एन्सर', एप मार्फत इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षाको अभ्यास आफूले चाहेको समयमा गर्न सकिन्छ । ' मेरो एन्सर'एप वेब र एन्ड्रोइड मा उपलब्ध छ

नोभेम्बर २०१३ मा प्रकाशित भएको " ह्याचिङ ट्विटर " न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton)  ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"( @TheYGoffice ) लाई हार्दिक धन्यवाद । ब्ल

"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, " थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"। पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।

सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् । पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो । धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन । तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् । एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानु

चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ,  ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् । "मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फि

"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?"  गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो । तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ ।  प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न

गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।" दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने  चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारि

फेसबुकले गत हप्ता जनवरी १५ मा “ग्राफ सर्च” ‘फिचर’ सार्वजनिक गरेकोछ । फेसबुक ले ग्राफ सर्चको सार्वजनिकिकरण सँगै टेक जगतमा फेसबुकलाई गुगलको दह्रो प्रतिस्पर्धिको रुपमा हेर्न थालिएकोछ । भविष्यमा ‘सर्च’, ‘सोसल सर्च’मा रुपान्तरित हुनेकुरामा कुनै दुईमत छैन तर यसो भन्दैमा फेसबुकको ग्राफ सर्चले अहिले नै गुगललाई कुनै किसिमको धक्का पुर्याउने छाँट देखिँदैन ।  ‘फेसबुकको लाइक’ र ‘गुगलको प्लसवान’ दुबैको आफ्नै छुट्टै विशेषता र बेग्लै किसिमका सोसल सिग्नल भएका कारण पनि गुगल सर्च र फेसबुक ग्राफ सर्च दुबै एक-अर्काका बाटोमा पर्दैनन् भन्दा अत्यु्क्ति नहोला । वेब सर्च र ग्राफ सर्च फरक कुरा हुन् भनेर त फेसबुक आफैँले ब्लगमा उल्लेख पनि गरेकोछ । फेसबुकले वेव सर्चको जिम्मा भने माइक्रोसफ्टको ‘बिङग’लाई दिएकोछ । खैर, फेसबुक ग्राफ सर्चका पक्ष विपक्षमा आ-आफ्नै किसिमका तर्क होलान्, तर आज यो ब्लगमा भने फेसबुक ग्राफ सर्च चलाउँदाका केही कुराहरु लेख्ने जमर्को गरेकोछु । फेसबुकको ग्राफ सर्च अत्यन्तै नौलो र आश्चार्यजनक कुरा होइन । ग्राफ सर्च, फेसबुकमा पहिले नै उपलब्ध भएका जानकारीहरुलाई, फेसबुकले केही सरलीकृत मात्र गरेको हो

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए। नाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ । नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती

बाघचाल हामी नेपालीको लोकप्रिय दिमाग ख्याउने खेल ! २० वटा बाख्रा अनि ४ वटा बाघका साथ खेलिने ‘बाघचाल’ केही महिना देखि अनलाइनमा खेल्न थालिएकोछ । सेमिकलन डेभ्लपर्स’ले निर्माण गरेको बाघचालमा यो हप्ता “बाघचाल” टुर्नामेन्ट पनि सञ्चालन गरिएकोछ । अनलाइनबाघचालमा दुईजनाको खेल अरु’ले पनि हेर्न पाउँछन्, खेलाडिहरुले आपसमा कुरा गर्न पनि पाउँछन्, अरु कोही खेलाडी छैनन् र आफू एक्लै भइएकोछ भने कम्प्युटर सँग पनि खेल्न मिल्छ । अनलाइन बाघचालको गृहपृष्ठ (Home Page) मा अनलाइनमा चलिरहेको खेलहरुको विवरण देख्न सकिन्छ, त्यहाँबाट आफूले नयाँ खेल सुरु (create) गर्न सकिन्छ, या अरुले सुरु गर्न लागेको खेलमा प्रतिस्पर्धा पनि गर्न सकिन्छ, वा सकिएको खेलको ‘रिप्ले’ पनि हेरेर बस्न मिल्छ । त्यसबाहेक अनलाइन बाघचालको पब्लिक च्याटमा गएर बात मारेर बस्न पनि सकिन्छ । बाघचाल (Bagh Chal) मा बाघ र बाख्रा जनाउन बाघ र बाख्राको टाउका’को फोटो राखिएकोछ, जसबाट खेल्नेलाई एउटा रमाइलो अनुभव हुन्छ, खेलको दायाँ साइडमा कसको पालो हो, खेल सुरु भएको कति टाइम भयो, कति वटा बाख्रा बाँकी छन् भन्ने जानकारी देख्न सकिन्छ । खेलको पेज छोडेर अन्य पेजमा

हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ । ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् । कहिले फ्ल्यासब्य