Skip to main content

हाइवे [Highway Nepali Movie: Review]

हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ ।

ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् ।
Nepali-film-Highwayकहिले फ्ल्यासब्याकममा गएर त कहिले बससँगै अघि बढेर पात्रहरु परिचय गराउँदै लगिएकोछ । कुराभन्दा पनि काम र पात्रहरुले गरेका हर्कतबाट उनीहरुको परिचय खुल्दै जान्छ । दयाहाङलाई भारतिय लाहुरे देखाउन, नेपाल-भारत सिमाना देखाइएकोछ, सृष्टिको बच्चाबेला’को साथि अमेरिकाबाट बिहे गर्न फर्केकोछ, ऊ अमेरिकाबाट फर्केको भन्ने कुरा उसको हाउभाउ र ड्रेसअपले जनाउँछ । सृष्टि बिहे गर्न काठमाडौँ जाँदै गरेतापनि, उनी सौगात सँग ‘रिलेसनसिप’मा रहेकी कुरा, बुढासुब्बामा बाँधिएको धागोहरु र सेक्सलाई सिम्बोलाइज गरिएको क्षणले बताउँछ । डाक्टर रविन्द्र र उनकी श्रीमती बिच किन विश्वासको संकट सिर्जना भएकोछ भनेर देखाइएकोछैन तर आफ्नो छोरी ज्वाईको सम्बन्धमा खटपट आएपछि रविन्दकी सासु काठमाडौँ हान्निएकीछिन् र काठमाडौँ चाँडै पुग्नुपर्ने बाध्यता उनलाई आइलागेकोछ । उता काठमाडौँमा लाहुरेनी ‘आशा’ र विनयको सम्बन्ध झाँगिएकोछ, तर लाहुरे आउने खबर काठमाडौँ पुगिसकेकोले दुवैविच ‘टेन्सन’ उत्पन्न भइरहेकोछ । डान्सबार डान्सर रिचा आफ्नी बिरामी छोरीको हेरचाहमा जुटेकीछिन् र बस ड्राइभरको पर्खाइमा रहेकीछिन्, ड्राइभरलाई काठमाडौँ चाँडो पुग्नुपर्ने बाध्यताछ । ड्राइभरलाई चिनाउन, बस मुनिबाट राजनलाई निकालिन्छ, रिचालाई चिनाउन डान्सबारको पप्लु गित झुलुक्क झुल्किन्छ ।

बस काठमाडौँ आउँदै गर्दा, काठमाडौँमा रहेका केही पात्रहरुको जिवनमा ठूलो नाटकिय मोडहरु आउँछन् । काठमाडौँ आउँदैगर्दा काठमाडौँमा घटेका विविध घटनाहरुका कारण ‘बस’का यात्रुलाई झन् चाँडो काठमाडौँ पुग्नुपर्ने बाध्यता भएकोछ, तर हाम्रा देशमा जुनसुकै निहुँमा गरिने सानो, ठूलो बन्द हामी सबैको ‘भिलेन’ को रुपमा उभिएकोछ । साथै, चाहिएको बेला फोन नलाग्ने बाध्यता यहाँ पनि दोहोरिन्छ । बन्द झेल्दै यात्रु काठमाडौँ आइपुग्छन् र सबैलाई जिवनको यथार्थ सँग साक्षात्कार गराएर चलचित्र सकिन्छ । दर्शकहरु चलचित्र’को बारेमा सोच्दै रहन्छन् । भर्खर चलचित्र सुरु हुनलागेको महशुस गर्दा गर्दै चलचित्रले धेरै प्रश्नहरुको भारी दर्शकलाई बोकाएर जान्छ । दर्शकहरुले नै चलचित्रले उठाएका प्रश्नहरु र तिनका उत्तरहरु खोज्नुपर्ने हुनजान्छ !
Nepali Movie Higwayमाथि पनि भनिसकेँ पात्रहरुलाई भनेर भन्दा गरेर देखाउन खोजिएको कुरा मलाई चाँहि गजब लाग्यो । जस्तो ईलम आफ्नो ‘गे’ साथिलाई काठमाडौँ भेट्न हान्निएकाछन् । ईलाम जस्तो सुन्दर चियाबगानहरु भएको ठाउँमा बस रोकिएकोछ तर ईलमलाई काठमाडौँमा घटेको घटनाले टेन्सन थपिदिएकोछ । यो कुरा हामीलाई दृश्यमा देखाउन ब्याकग्राउन्डमा चिया बगानमा अरु कसैको टेलिभिजन अन्तरवार्ता लिइरहेको देखाइएकोछ । आफुलाई अप्ठ्यारो र गाह्रो परिरहेको, बेला आफ्ना वरिपरि हुने हर्कतले झनै ‘टेन्सन’ उत्पन्न गराउनु स्वभाविक हो, यो कुरा ईलममा पनि लागु हुन्छ । यता ईलमले फोन गरिरहँदा ब्याकग्राउन्डमा सुनिने कुराले ईलमलाई मात्र होइन हामीलाई पनि झर्को लगाउँछ, असजिलो महशुस गराउँछ ।

‘जम्प कट’ गरिएको चलचित्रका कारण हामीलाई प्राय हरेक दृश्यमा असजिलो महशुस गराउँछ । कुन फ्ल्यासब्याक र कुन अगाडि बढिरहेको कथा हो भनेर छुट्याउन गाह्रो पर्दा, दर्शकहरु अलमलमा रहन्छन् । सायद ‘जम्प कट’ नगरि ४ घन्टा’को फुटेज खिचिएको चलचित्रलाई ९० मिनेटको सट्टा दुई - अढाई घन्टाको चलचित्र बनाएर लम्ब्याइएको भए, दर्शकलाई चलचित्रका दृश्यहरुले असजिलो महशुस गराउँदैन थियोहोला । चलचित्रमा ५ वटा कथा भएको कारण पनि ९० मिनेट साह्रै छोटो लागेकोछ ।  एउटा मात्रै दृश्य अघिपछि गरेर देखाइएको भए, ‘अड’ लाग्नसक्थ्यो तर चलचित्रका सम्पूर्ण दृश्यहरु नै ‘अघिपछि’ गर्दै चाँडो चाँडो देखाइएकोले चलचित्र’को “फ्लो” मिलेकोछ ।

हाइवे हिजो देखि प्रदर्शनमा आयो । चलचित्रकाबारेमा सकारात्मक र नकारात्मक दुबै कुराहरु आइरहेकोछ । केही दर्शकले राम्रो भनेर तारिफ गरेकाछन् भने केही दर्शकले नराम्रो भनिरहेकाछन् । सबै दर्शकहरुको मुल्यांकन आ-आफ्नै रहेकोछ ! यसअर्थमा मेरो मुल्यांकनमा चलचित्र राम्रो छ, र यो पनि हो कि यस किसिमको चलचित्र नेपाली चलचित्र क्षेत्रमा अरु पनि बन्नुपर्छ । हाइवेले यस किसिमका चलचित्रको लागि बाटो खुला गरिदिएको छ ।
Highway-Nepali-Movieचलचित्रको कथा बन्द र व्यक्तिगत समस्याहरुको ओरिपरि घुमेकोछ । हामी बन्दमा पर्दा, ती व्यक्तिहरुको ठाउँमा हामी पनि हुनसक्छौँ, हामी पनि त्यस्तै किसिमको समस्याहरुबाट गुज्रन सक्छौँ । अनि संसार हामीले सोचेजस्तो सजिलो छैन, चलचित्रमा हरेका पात्र आफूमा ‘हिरो’ छन् तर हिरो हुँदैमा ‘भिलेन’हरुमाथि ‘विजय’ प्राप्त गर्न सोचेजस्तो सजिलो छैन, हामीले यथार्थलाई आत्मसाथ गर्नुपर्छ । प्रहरीबाट मारिएकी तेस्रोलिंगीका साथिले प्रहरीमाथि जाइलागेको कुरा अनि काठमाडौँ आइपुगेका ब्यान्डबाजहरुको हालत यथार्थको धरातलमा उभिएकोछ । उता ड्राइभर र डान्सबार’ डान्सर'को सम्बन्ध पनि ‘पैसा’ को झिनो सम्बन्धमा गाँसिएकोछ । एउटा बन्दले धेरै परिवारलाई आ-आफ्नै किसिमले दु:ख दिइरहेकोहुन्छ ।

बन्द राम्रो होइन भन्ने कुरा चलचित्रले बोकेको कुरा हो, तर बन्दले यस्तो हुन्छ, उस्तो हुन्छ, बन्द राम्रो होइन, बन्दलाई बन्द गर्नुपर्छ भनेर कसैले पनि उच्चारण गर्दैनन्, कुनै पात्रले पनि बन्द नगर भनेर उपदेश दिँदैनन् । कुनै पात्रले बन्दको विरोधमा उपदेश नदिने, कसैले उच्चारण नगर्ने भएका कारण दर्शकहरुलाई चलचित्र ‘वाहियात’ लाग्नसक्छ । ती नभनिएका कुराहरु दर्शक आफैँले मनन गर्नुपर्छ, जुन हामी आम दर्शकको लागि टाउको दुखाइको विषय हो । अत: दर्शकलाई आफ्नो पैसो र समयको सत्यानाश भएको लाग्नसक्छ । यसकारण हाइवे मुलधारको चलचित्र होइन भनेर भन्न सकिन्छ । न यो “बाम्बे टु गोआ” न “मिस्टर एन्ड मिसेज ऐयर” नै हो, न यो सफल चलचित्र “लुट” को दोस्रो भाग नै हो, यो हाम्रो देशको “हाइवे” हो ।

तपाई चलचित्र हेर्न जानुहुँदैछ भने एउटा सुझाव, यो चलचित्रमा हाँस्न पाइँदैन, नाच्न पाइँदैन,  यो चलचित्रले तपाईलाई यो गर्नुस्, त्यो नगर्नुस् भनेर पनि भन्दैन । मुख्य कुरो, चलचित्रको एउटा दृश्यमा नि अरुसँग खासखुस नगर्नुस्, आफू यता खासखुस गर्दा चलचित्रको धेरै भाग उम्किसकेकोहुन्छ, किनकी चलचित्र निकै छिटो छिटो कुद्ने गरि सम्पादन गरिएको छ । “मनोरञ्जन”को लागि चलचित्र हेर्न जाँदै हुनुहुन्छ भने, तपाईलाई चलचित्र मन नपर्न सक्छ, आखिर आफूले रगत र पसिना बगाएर कमाएको पैसो आफ्नो ‘रुचि’ भन्दा बाहिरको क्षेत्रमा खर्चमा भयो भने कसलाई पो राम्रो लाग्ला र हैन? हैन म चलचित्र हेर्छु र हलबाट निस्किँदा केहीकुरा सोच्ने भएर निस्कन्छु भन्ने लाग्छ भने, तपाईको “पैसो” को सदुपयोग होला । अत: आफ्नै ‘रिस्क’ मा चलचित्र हेर्नुहोस् ।

Aadi Productions in association with Louverture Films presents 'Highway'
Starring: Karma, Saugat Malla, Reecha Sharma, Binaya Shrestha, Eelum, Dayahang Rai, Rajan Khatiwada, Asha Magarati, Shristi Ghimire, Mamata Rai, Sandip Chhetri, Bhumika Shrestha, Keshav Bhattrai, Rabindra Mishra
Directed By: Deepak Rauniyar
Written By: Kedar Sharma, Khagendra Lamichhane and Deepak Rauniyar
Screenplay By: Abinash Bikram Shah
Produced By: Executive producers Mita Hoseli, Dr. Sameer M Dixit and Dr. Lonim P Dixit, co-producers Joslyn Barnes and Danny Glover

Synopsis from Highway Team:
Set against the backdrop of the new culture of bandhs (general strikes) that frequently immobilize post-conflict Nepal, HIGHWAY explores five different relationship stories that become intertwined during an ill-fated bus journey from eastern Nepal to the capital, Kathmandu. While the passengers - each of whom urgently needs to be somewhere else - await a resolution to the combustible strike that is blocking the only passable road, the film explores the psychological and spiritual bandhs that many Nepalis are contending with.
Disclaimer: I’m not a crew member of this new Nepali movie Highway. This review is not sponsored by anyone, though I’ve got a ‘Highway’ T-shirt a month ago from the film crew. As a blogger, I’ve written not only about Highway, but also about many Nepali movies and documentaries like Loot, Apabaad, Third Generation, Lust, Duplicity and many more.

Comments

  1. Truly a nepali movie.one of the best movie that have ever made in nepalese movie history.A must watch movie.a single word remarkable movie.

    ReplyDelete
  2. I too liked your review... But I wonder why people don't have courage to write reviews without bias...

    ReplyDelete
  3. Already read your review. Liked it. :)

    ReplyDelete
  4. केदार शर्माAugust 1, 2012 at 11:25 AM

    निष्पक्ष भएर र सही अर्थमा फिल्म बुझेर लेखिएको राम्रो समीक्षा।

    ReplyDelete
  5. Here is my review for the movie Highway...http://rdulal.blogspot.com/2012/07/highway-nepali-movie-review.html

    ReplyDelete
  6. I agree with your idea.You look like very talented.It is very happy to meet you. Thank you!viewster

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

बलियो पासवर्ड राख्ने तरिका [VIDEO]

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

नेपाल टेलिकमले ल्यायो नि:शुल्क अनलाइन कक्षा

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम ले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको विषयहरु अब घरै बसेर अनलाइन, त्यो पनि नि:शुल्क पढ्न पाइने भएको छ। नेपाल टेलिकमको फेसबुक पोष्ट अनुसार, तीन महिनाको परिक्षणको रुपमा रहेको यो सेवा हाललाई नेपाल टेलिमकका ग्राहकहरुको लागि नि:शुल्क उपलब्ध गराईएकोछ । नेपाल टेलिमकका प्रयोगकर्ताहरुले स एकेडेमीमा 'रजिष्ट्रर' गरि, आफ्नो रुची अनुसारको कोर्समा नि:शुल्क भर्ना हुन सक्नेछन् । स-एकेडमीमा डिजिटल मार्केटिङ, फोटोग्राफी, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सोसल मिडिया मार्केटिङ, फोटोसप, अंग्रेजी भाषा आदि विभिन्न विषयहरु उपलब्ध छन् । नेपाल टेलिकमको नि:शुल्क कक्षामा भर्ना हुनको लागि  shawacademy.com/nepaltelecom लिंकमा क्लिक गरेर स-एकेडमीमा जानुहोस्, र आफूलाई मन परेको विषय छानेर, रजिष्ट्रर गर्नुहोस् । टेलिकमको यो सेवा अन्तर्गत एकजनाले कतिवटा विषयहरु पढ्न सक्ने (छान्न सक्ने) भन्नेबारेमा चाँहि खुलाइएको छैन । साइटमा रजिष्ट्रर गरेपछि, कक्षा हुने अघिल

गुगलको यात्रा

सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ । १३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो । गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल ( Google ) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ । १९९६-१९९७: ब्याकरब संस्थापकद्वय पेज र ब्रिन ले सुरु

Subscribe to Aakar Post