Skip to main content

हाइवे [Highway Nepali Movie: Review]

हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ ।

ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् ।
Nepali-film-Highwayकहिले फ्ल्यासब्याकममा गएर त कहिले बससँगै अघि बढेर पात्रहरु परिचय गराउँदै लगिएकोछ । कुराभन्दा पनि काम र पात्रहरुले गरेका हर्कतबाट उनीहरुको परिचय खुल्दै जान्छ । दयाहाङलाई भारतिय लाहुरे देखाउन, नेपाल-भारत सिमाना देखाइएकोछ, सृष्टिको बच्चाबेला’को साथि अमेरिकाबाट बिहे गर्न फर्केकोछ, ऊ अमेरिकाबाट फर्केको भन्ने कुरा उसको हाउभाउ र ड्रेसअपले जनाउँछ । सृष्टि बिहे गर्न काठमाडौँ जाँदै गरेतापनि, उनी सौगात सँग ‘रिलेसनसिप’मा रहेकी कुरा, बुढासुब्बामा बाँधिएको धागोहरु र सेक्सलाई सिम्बोलाइज गरिएको क्षणले बताउँछ । डाक्टर रविन्द्र र उनकी श्रीमती बिच किन विश्वासको संकट सिर्जना भएकोछ भनेर देखाइएकोछैन तर आफ्नो छोरी ज्वाईको सम्बन्धमा खटपट आएपछि रविन्दकी सासु काठमाडौँ हान्निएकीछिन् र काठमाडौँ चाँडै पुग्नुपर्ने बाध्यता उनलाई आइलागेकोछ । उता काठमाडौँमा लाहुरेनी ‘आशा’ र विनयको सम्बन्ध झाँगिएकोछ, तर लाहुरे आउने खबर काठमाडौँ पुगिसकेकोले दुवैविच ‘टेन्सन’ उत्पन्न भइरहेकोछ । डान्सबार डान्सर रिचा आफ्नी बिरामी छोरीको हेरचाहमा जुटेकीछिन् र बस ड्राइभरको पर्खाइमा रहेकीछिन्, ड्राइभरलाई काठमाडौँ चाँडो पुग्नुपर्ने बाध्यताछ । ड्राइभरलाई चिनाउन, बस मुनिबाट राजनलाई निकालिन्छ, रिचालाई चिनाउन डान्सबारको पप्लु गित झुलुक्क झुल्किन्छ ।

बस काठमाडौँ आउँदै गर्दा, काठमाडौँमा रहेका केही पात्रहरुको जिवनमा ठूलो नाटकिय मोडहरु आउँछन् । काठमाडौँ आउँदैगर्दा काठमाडौँमा घटेका विविध घटनाहरुका कारण ‘बस’का यात्रुलाई झन् चाँडो काठमाडौँ पुग्नुपर्ने बाध्यता भएकोछ, तर हाम्रा देशमा जुनसुकै निहुँमा गरिने सानो, ठूलो बन्द हामी सबैको ‘भिलेन’ को रुपमा उभिएकोछ । साथै, चाहिएको बेला फोन नलाग्ने बाध्यता यहाँ पनि दोहोरिन्छ । बन्द झेल्दै यात्रु काठमाडौँ आइपुग्छन् र सबैलाई जिवनको यथार्थ सँग साक्षात्कार गराएर चलचित्र सकिन्छ । दर्शकहरु चलचित्र’को बारेमा सोच्दै रहन्छन् । भर्खर चलचित्र सुरु हुनलागेको महशुस गर्दा गर्दै चलचित्रले धेरै प्रश्नहरुको भारी दर्शकलाई बोकाएर जान्छ । दर्शकहरुले नै चलचित्रले उठाएका प्रश्नहरु र तिनका उत्तरहरु खोज्नुपर्ने हुनजान्छ !
Nepali Movie Higwayमाथि पनि भनिसकेँ पात्रहरुलाई भनेर भन्दा गरेर देखाउन खोजिएको कुरा मलाई चाँहि गजब लाग्यो । जस्तो ईलम आफ्नो ‘गे’ साथिलाई काठमाडौँ भेट्न हान्निएकाछन् । ईलाम जस्तो सुन्दर चियाबगानहरु भएको ठाउँमा बस रोकिएकोछ तर ईलमलाई काठमाडौँमा घटेको घटनाले टेन्सन थपिदिएकोछ । यो कुरा हामीलाई दृश्यमा देखाउन ब्याकग्राउन्डमा चिया बगानमा अरु कसैको टेलिभिजन अन्तरवार्ता लिइरहेको देखाइएकोछ । आफुलाई अप्ठ्यारो र गाह्रो परिरहेको, बेला आफ्ना वरिपरि हुने हर्कतले झनै ‘टेन्सन’ उत्पन्न गराउनु स्वभाविक हो, यो कुरा ईलममा पनि लागु हुन्छ । यता ईलमले फोन गरिरहँदा ब्याकग्राउन्डमा सुनिने कुराले ईलमलाई मात्र होइन हामीलाई पनि झर्को लगाउँछ, असजिलो महशुस गराउँछ ।

‘जम्प कट’ गरिएको चलचित्रका कारण हामीलाई प्राय हरेक दृश्यमा असजिलो महशुस गराउँछ । कुन फ्ल्यासब्याक र कुन अगाडि बढिरहेको कथा हो भनेर छुट्याउन गाह्रो पर्दा, दर्शकहरु अलमलमा रहन्छन् । सायद ‘जम्प कट’ नगरि ४ घन्टा’को फुटेज खिचिएको चलचित्रलाई ९० मिनेटको सट्टा दुई - अढाई घन्टाको चलचित्र बनाएर लम्ब्याइएको भए, दर्शकलाई चलचित्रका दृश्यहरुले असजिलो महशुस गराउँदैन थियोहोला । चलचित्रमा ५ वटा कथा भएको कारण पनि ९० मिनेट साह्रै छोटो लागेकोछ ।  एउटा मात्रै दृश्य अघिपछि गरेर देखाइएको भए, ‘अड’ लाग्नसक्थ्यो तर चलचित्रका सम्पूर्ण दृश्यहरु नै ‘अघिपछि’ गर्दै चाँडो चाँडो देखाइएकोले चलचित्र’को “फ्लो” मिलेकोछ ।

हाइवे हिजो देखि प्रदर्शनमा आयो । चलचित्रकाबारेमा सकारात्मक र नकारात्मक दुबै कुराहरु आइरहेकोछ । केही दर्शकले राम्रो भनेर तारिफ गरेकाछन् भने केही दर्शकले नराम्रो भनिरहेकाछन् । सबै दर्शकहरुको मुल्यांकन आ-आफ्नै रहेकोछ ! यसअर्थमा मेरो मुल्यांकनमा चलचित्र राम्रो छ, र यो पनि हो कि यस किसिमको चलचित्र नेपाली चलचित्र क्षेत्रमा अरु पनि बन्नुपर्छ । हाइवेले यस किसिमका चलचित्रको लागि बाटो खुला गरिदिएको छ ।
Highway-Nepali-Movieचलचित्रको कथा बन्द र व्यक्तिगत समस्याहरुको ओरिपरि घुमेकोछ । हामी बन्दमा पर्दा, ती व्यक्तिहरुको ठाउँमा हामी पनि हुनसक्छौँ, हामी पनि त्यस्तै किसिमको समस्याहरुबाट गुज्रन सक्छौँ । अनि संसार हामीले सोचेजस्तो सजिलो छैन, चलचित्रमा हरेका पात्र आफूमा ‘हिरो’ छन् तर हिरो हुँदैमा ‘भिलेन’हरुमाथि ‘विजय’ प्राप्त गर्न सोचेजस्तो सजिलो छैन, हामीले यथार्थलाई आत्मसाथ गर्नुपर्छ । प्रहरीबाट मारिएकी तेस्रोलिंगीका साथिले प्रहरीमाथि जाइलागेको कुरा अनि काठमाडौँ आइपुगेका ब्यान्डबाजहरुको हालत यथार्थको धरातलमा उभिएकोछ । उता ड्राइभर र डान्सबार’ डान्सर'को सम्बन्ध पनि ‘पैसा’ को झिनो सम्बन्धमा गाँसिएकोछ । एउटा बन्दले धेरै परिवारलाई आ-आफ्नै किसिमले दु:ख दिइरहेकोहुन्छ ।

बन्द राम्रो होइन भन्ने कुरा चलचित्रले बोकेको कुरा हो, तर बन्दले यस्तो हुन्छ, उस्तो हुन्छ, बन्द राम्रो होइन, बन्दलाई बन्द गर्नुपर्छ भनेर कसैले पनि उच्चारण गर्दैनन्, कुनै पात्रले पनि बन्द नगर भनेर उपदेश दिँदैनन् । कुनै पात्रले बन्दको विरोधमा उपदेश नदिने, कसैले उच्चारण नगर्ने भएका कारण दर्शकहरुलाई चलचित्र ‘वाहियात’ लाग्नसक्छ । ती नभनिएका कुराहरु दर्शक आफैँले मनन गर्नुपर्छ, जुन हामी आम दर्शकको लागि टाउको दुखाइको विषय हो । अत: दर्शकलाई आफ्नो पैसो र समयको सत्यानाश भएको लाग्नसक्छ । यसकारण हाइवे मुलधारको चलचित्र होइन भनेर भन्न सकिन्छ । न यो “बाम्बे टु गोआ” न “मिस्टर एन्ड मिसेज ऐयर” नै हो, न यो सफल चलचित्र “लुट” को दोस्रो भाग नै हो, यो हाम्रो देशको “हाइवे” हो ।

तपाई चलचित्र हेर्न जानुहुँदैछ भने एउटा सुझाव, यो चलचित्रमा हाँस्न पाइँदैन, नाच्न पाइँदैन,  यो चलचित्रले तपाईलाई यो गर्नुस्, त्यो नगर्नुस् भनेर पनि भन्दैन । मुख्य कुरो, चलचित्रको एउटा दृश्यमा नि अरुसँग खासखुस नगर्नुस्, आफू यता खासखुस गर्दा चलचित्रको धेरै भाग उम्किसकेकोहुन्छ, किनकी चलचित्र निकै छिटो छिटो कुद्ने गरि सम्पादन गरिएको छ । “मनोरञ्जन”को लागि चलचित्र हेर्न जाँदै हुनुहुन्छ भने, तपाईलाई चलचित्र मन नपर्न सक्छ, आखिर आफूले रगत र पसिना बगाएर कमाएको पैसो आफ्नो ‘रुचि’ भन्दा बाहिरको क्षेत्रमा खर्चमा भयो भने कसलाई पो राम्रो लाग्ला र हैन? हैन म चलचित्र हेर्छु र हलबाट निस्किँदा केहीकुरा सोच्ने भएर निस्कन्छु भन्ने लाग्छ भने, तपाईको “पैसो” को सदुपयोग होला । अत: आफ्नै ‘रिस्क’ मा चलचित्र हेर्नुहोस् ।

Aadi Productions in association with Louverture Films presents 'Highway'
Starring: Karma, Saugat Malla, Reecha Sharma, Binaya Shrestha, Eelum, Dayahang Rai, Rajan Khatiwada, Asha Magarati, Shristi Ghimire, Mamata Rai, Sandip Chhetri, Bhumika Shrestha, Keshav Bhattrai, Rabindra Mishra
Directed By: Deepak Rauniyar
Written By: Kedar Sharma, Khagendra Lamichhane and Deepak Rauniyar
Screenplay By: Abinash Bikram Shah
Produced By: Executive producers Mita Hoseli, Dr. Sameer M Dixit and Dr. Lonim P Dixit, co-producers Joslyn Barnes and Danny Glover

Synopsis from Highway Team:
Set against the backdrop of the new culture of bandhs (general strikes) that frequently immobilize post-conflict Nepal, HIGHWAY explores five different relationship stories that become intertwined during an ill-fated bus journey from eastern Nepal to the capital, Kathmandu. While the passengers - each of whom urgently needs to be somewhere else - await a resolution to the combustible strike that is blocking the only passable road, the film explores the psychological and spiritual bandhs that many Nepalis are contending with.
Disclaimer: I’m not a crew member of this new Nepali movie Highway. This review is not sponsored by anyone, though I’ve got a ‘Highway’ T-shirt a month ago from the film crew. As a blogger, I’ve written not only about Highway, but also about many Nepali movies and documentaries like Loot, Apabaad, Third Generation, Lust, Duplicity and many more.

Comments

  1. Truly a nepali movie.one of the best movie that have ever made in nepalese movie history.A must watch movie.a single word remarkable movie.

    ReplyDelete
  2. I too liked your review... But I wonder why people don't have courage to write reviews without bias...

    ReplyDelete
  3. Already read your review. Liked it. :)

    ReplyDelete
  4. केदार शर्माAugust 1, 2012 at 11:25 AM

    निष्पक्ष भएर र सही अर्थमा फिल्म बुझेर लेखिएको राम्रो समीक्षा।

    ReplyDelete
  5. Here is my review for the movie Highway...http://rdulal.blogspot.com/2012/07/highway-nepali-movie-review.html

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Subscribe to Aakar Post