Skip to main content

Posts

Showing posts with the label Internet

नेपालका इन्टरनेट सेवा प्रदायक (आइएस्पी) कम्पनीहरुले आइतबार (आज) १ घन्टा (१ देखि २ बजेसम्म) दिउँसो देशभर इन्टरनेट सेवा ठप्प पारेका छन् । अन्तरिम संविधानमा मौलिक हक का रुपमा परिभाषित गरिएको इन्टरनेट सेवा, कम्पनीले बन्द गर्नु अत्यन्त खेदजनक र आपत्तिजनक छ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को यस अपरिपक्व (इन्टरनेट सेवा ठप्प पार्ने) कदम को जति नै भत्सर्ना गरे पनि कम नै हुनजान्छ । आज बिहान ब्रोडलिंकबाट एउटा ईमेल आएको थियो, जसमा आज दिउँसो १ घन्टा सेवा बन्द हुने कुरा उल्लेख गरिएको थियो । ‘कल वाइपास’ गरेको निहुँमा ‘आइएस्पी’हरुलाई दु:ख दिने काम नेपाल दुरसञ्चार प्राधिकरण र प्रहरीबाट भएको भन्दै, ‘आइएस्पी’लाई नभइ ‘कल वाइपास’ गर्ने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने आग्रह गर्दै, आन्दोलन स्वरुप आज दिउँसो १ घन्टा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो । नेपाल दुरसञ्चार प्राधिकरण ले आफ्नो अधिकार को दुरुपयोग गर्दै, कलवाइ पास गरेको आरोपमा,‘आइएस्पी’ का सञ्चालकलाई पक्राउ गर्न प्रहरीहरुलाई  निर्देशन दिएको कुरा ‘ आइस्पान ’ ले उल्लेख गरेको छ । नेपाली टाइम्स का अनुसार, नेपाल दुरसञ्चार प्राधिकरण ले ‘सुव

नेपाली भाषाको पहिलो र चर्चित नेपाली ब्लग ‘माइसंसार’ ले पछिल्लो पटक ब्लगमा राजस्व ठगी गरेको ‘चौधरी घराना’ सम्बन्धी ब्लगहरु निरन्तर प्रकाशित गरिरहेको छ । अर्थ सचिव रामेश्वर खनाल को राजिनामा अनि त्यस सँगै जोडिएर आएको कर छलि लगायत का खबरहरुमा चौधरी घराना मुछिएको छ । चारै तिरबाट चौधरी का विरुद्ध करछलि को मुद्दा दह्रो रुपमा उठाइँदैछ र यो उठाइनुपर्छ पनि । राजस्व छलि गर्नेलाई सजाय हुनुपर्छ र अहिले सम्म को परिस्थिति हेर्दा चौधरी समूहले अर्बौँ को राजस्व ठगी गरेको बुझिन्छ । नियमित हेरिने  ‘माइसंसार’ ब्लग मा “ कान्तिपुरमा विनोद चौधरीले खण्डन लेख छपाए ” भन्ने ब्लगपोष्ट १ दिन पहिले प्रकाशित गरिएको थियो । र अहिले माइसंसार मा नियमित रुपमा ३-४ वटा अन्य ब्लगहरु पनि ‘राजस्व ठगी’ का बारेमा छापिएकाछन् । साथै, कान्तिपुर जस्तो ठूलो मिडिया ले यस प्रकार को लेख छाप्नुहुँदैन थियो भन्ने कुरा पनि, ती ब्लगहरुमा उठाइएको छ । ब्लगमा उठाइएका सबै कुरा जाजय नै छन्, धेरै कुराहरु खुलाएर जनताका सामू पस्किएको ब्लग का लागि ‘माइसंसार’ धन्यवाद को पात्र बनेको छ । अब लागौँ, आज हामीले उठान गरेको कुरातर्फ । “ कान्तिपुरमा विनोद

केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको  २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले  फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति  आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब  ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनाम

In a latest edition BBC says “there is a new blast at Fukushima nuclear plant”   And in addition an experts on BBC says, “A disaster on the scale of Chernobyl in the 1980s is highly unlikely because the reactors are built to a much higher standard and have much more rigorous safety measures.” NOT TRUE ! “BBC FLASH NEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” But here is the latest story that hit an Internet after the damaging earthquake and Tsunami hit Japan on last Friday. Hoax called, “BBC FLASHNEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” is doing the round in an internet. The news spread out about the potential meltdown of Japan’s nuclear reactor in Fukushima due to the strong earthquake. BBC just said, “ Japan earthquake: New blast at Fukushima nuclear plant ” but some spammers were exaggerating this news. And now hoax called “BBC FLASHNEWS” is doing the round in an internet. People are posting this ‘f

अन्तत: २५ जनवरी देखि इजिप्ट मा सुरु भएको आन्दोलन १८ दिनपछि टुङ्गिएको छ । १८ दिन को लगातार को आन्दोलन पछि, बाध्य भएर उपराष्ट्रपति ओमार सुलेमान ले घोषणा गरे, राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिएर सत्ता आर्मीलाई हस्तान्तरण गरिएको छ । उक्त घोषणा सँगै इजिप्ट का जनता को आन्दोलन टुंगिएको छ भने, देशमा मात्र नभइ फेसबुक , ट्विटर र यु्ट्युब जस्ता साइटमा विजय उत्सव मनाइरहिएको छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा वेवसाइट, ब्लग र युट्युब जस्ता साइटहरु को कति सम्म शक्ति हुँदो रहेछ, इजिप्ट मा भएको आन्दोलन ले देखाएको छ । सबैलाई थाहा नहुन सक्छ तर फेसबुकमा एउटा ग्रुप को निर्माण गरेर इजिप्ट मा आन्दोलन को शंखघोष गरिएको थियो । ट्युनिसिया मा महिना दिन अघि भएको आन्दोलन बाट प्रेरित हुँदै इजिप्ट का जनताहरु पनि राष्ट्रपति होस्नि मुवारक को ३० वर्षे लामो शासन को अन्त्य को माग गर्दै आन्दोलन मा होमिएका थिए । फेसबुक को ग्रुप मा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्यहरु थपिएका थिए । र तिनै ग्रुपका सदस्यहरुले पहिलो पल्ट राजधानी सहर कायरो मा आन्दोलनको सुरुवात गरेका थिए । फेसबुक बाट सुरु भएको आन्दोलन मा त

तपाई ले आज गुगल को होमपेज हेर्नुभयो? गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ । नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ । जब कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्मिएक

सामाजिक सञ्जाल फेसबुक को  प्रोफाइल  पेज अब नयाँ डिजाइन मा आउँदै  छ । प्रोफाइल पेज पहिले को भन्दा सरल र राम्रो बनाइएको दावी फेसबुक ले आफ्नो अनलाइन ब्लग मा गरेको छ । फेसबुक ले आफ्नो अनलाइन ब्लग मा, नयाँ प्रोफाइल पेज मा फोटो को भरपुर उपयोग गरेको कुरा उल्लेख गर्दै, नयाँ डिजाइन राम्रो भएको दावी पनि गरेको छ । के छ नयाँ डिजाइन मा ? व्यक्तिगत विविरण, स्कुल, विश्वविद्यालय, जागिर, स्थान, जन्म मिति आदि सहित आफ्ना ट्याग भएका नयाँ फोटोहरु प्रोफाइल को सबैभन्दा माथि रहेको छ भने त्यसपछि स्टाटस अपडेट गर्ने, फोटो, भिडियो र लिंक सेयर गर्ने फेसबुक वाल रहेको छ । त्यस्तै आफ्नो फोटो हुने वाँया साइड तल ‘वाल’, ‘इन्फो’, ‘फोटो’, ‘नोट्स’ तथा ‘साथीहरु’ को ट्याव रहेको छ । त्यहीँबाट नै ‘साथी’हरुलाई विभिन्न ग्रुप मा राख्न तथा सम्पादन गर्न सकिनेछ । नयाँ फेसबुक प्रोफाइल पेज को डिजाइन अहिले को भन्दा निकै नै फरक रहेको छ । जब जब डिजाइन परिवर्तन हुन्छ, फेसबुक का प्रयोगकर्ताहरु, आफूलाई पुरानो डिजाइन फिर्ता दे’ भन्ने गर्छन् । फेसबुक ले नयाँ प्रोफाइल (नयाँ डिजाइन) त ल्याइसकेको छ, प्रयोगकर्ताहरु को प्रतिक्रिया भने

फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ । 'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला । ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल&

विगत २-३ दिन यता, फेसबुक प्रयोगकर्ताहरु को स्टाटस र वाल मा अनौठा वाक्य र शंकास्पद लिंकहरु देखिएका छन् । तर सावधान ती लिंकहरु ‘क्लिक’ गर्ने काम नगर्नुहोला । यदि तपाईले ती लिंकहरु क्लिक गरेको खण्ड मा तपाई को फेसबुक स्टाटस तथा तपाईका साथिहरु का फेसबुक वाल मा अटोमेटिक रुपमा ‘चाहिने नचाहिने’ कुराहरु ‘पोस्ट’ हुन सक्छन्, जसले तपाई को साथिहरु बिच को सम्बन्ध बिगारिदिन सक्छ ! त्यति मात्र होइन, तपाई को कम्प्युटर भाइरसले ग्रस्त हुन्छ र तपाई को फेसबुक ‘ह्याक’ हुनसक्छ । अहिले फेसबुक का स्टाटस र वालहरुमा यसप्रकार का वाक्यहरु देखिएकाछन् : माथि उल्लेख गरिएका स्टाटसहरु तथा यस्तै किसिम का अन्य स्टाटस वा वालपोष्टहरु फेसबुक मा भेट्नुभयो भने, त्यसलाई तत्काल डिलेट गरिदिनुहोला । अथवा साथीलाई त्यस्ता लिंकहरु क्लिक नगर्न भन्नुहोला र आफू पनि त्यस्ता लिंकहरु क्लिक नगर्नहोस् । प्राय: फेसबुक एप्लिकेसनहरु बाट यस्तो समस्या सबैतिर सरिहेकोले, बुझ्दै नबुझी हत्तपत्त फेसबुक एप्लिकेशनहरु नचालाऔँ । Don’t click any suspicious links which are being posted from Facebook Apps. फेसबुक प्रयोगकर्ताहरुलाई ‘क्लिक’ गरुँ

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ

फेसबुक मा जोडिएर आएको शब्द, ‘बुक’, फेसबुक ले आफ्नै पेवा बनाएछ ! हिजो देखि इन्टरनेट मा फेसबुक  को पेवा ‘बुक’ को बारे को चर्चा आक्कासिएको छ । कुरा हो,  ठूलो ‘फेसबुक’ ले  सानो ‘टिचबुक’ माथि गरेको आक्रमण ! आफ्नो ‘बुक’ को सिको गर्दै, ‘टिचबुक’ साइट ले, नाम नै ‘टिचबुक’ राखेको भन्दै, फेसबुक ले निहुँ खोजेको छ ! फेसबुक ले  निहूँ  खोजेको मात्र हैन, ‘टिचबुक’ माथि मुद्दा नै हालिसकेको छ ! विभिन्न साइट र ब्लगहरु ले लेखिरहेका छन् : Teachbook is currently being sued by Facebook for trademark infringement — yes, the "book" part of its name. फेसबुक, अधिकांश मानिस को समय लुट्ने वेवसाइट हो भने, टिचबुक शिक्षकहरु को अनलाइन कम्युनिटि हो, जसले शिक्षकहरु को समय राम्रो काम मा खर्च गराउँछ । टिचबुक मार्फत शिक्षकहरु, सामुहिक रुपमा भेला भएर छलफल गर्छन्, कक्षा प्लान आदि बनाउँछन् । तर सोसल नेटवर्किङ साइट फेसबुक ले क्यालिफोर्निया को अदालतमा हिजो टिचबुक विरुद्ध ‘बुक’ को विषयमा मुद्दा दर्ता गरेको छ । हेर्दा, सामान्य लाग्ने घटना छ ! कपिराइट को प्रसंग नि उठ्ला तर के ‘बुक’ भन्ने कुरा, ‘फेसबुक’ को पेवा हो र ? के

इन्टरनेट हिजोआज हामी सबैले चलाउँछौ  तर के हामी इन्टरनेट को इतिहास को बारेमा जानकार छौँ त ? हामी इन्टरनेट बाट ईमेल पठाउँछौ, विभिन्न वेवसाइटहरु हेर्छौँ, अन्तर्क्रिया गर्छौँ । अहिले हामीलाई सोच्दा लाग्छ, इन्टरनेट नहुँदो हो त, हामी के गरिबसेका हुन्थ्यौँ होला ? एउटा कुरा अचम्म लाग्न सक्छ, विगत मा भएका विश्वयुद्ध को कारण नै इन्टरनेट को विकास यस तरिका ले भएको हो । विभिन्न नेटवर्कहरु मिलेर बनेको अर्को नेटवर्कलाई नै इन्टरनेट भनिन्छ ! सन् १९६० को दशक देखि इन्टरनेट अर्थात नेटवर्कहरु को विकास हुन थालेको हो । इन्टरनेट को इतिहास को बारेमा, आज युट्युब बाट एउटा भिडियो लिएर आएका छौँ, एकपटक हेर्नुहोस् धेरै कुरा थाहा हुनेछ !!   Watch Video: History of the Internet  

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ । हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् । पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् । केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ । एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभु

जापान मा मिनि ब्लगिङ ‘ ट्विटर ’ को प्रयोग बढेको कुरा सार्वजनिक भएको छ । जापानीजहरु आफ्नो ट्वीटरलाई जापानिज स्वाद दिँदै, ट्विट गरिरहेकाछन् । सन् २००८ मा जापानिज भाषामा ट्विटर आएपछि, जापान मा युवाहरु विच ट्विटर लोकप्रिय भएको थियो । विशेषत: जापानिज युवाहरु ट्विटर तर्फ बढि आकर्षित भएको कुरा हालै को एक सर्वेक्षण ले देखाएको छ । अझ गतवर्ष अक्टोबर मा जापानीज भाषा मा मोबाइल भर्सन  ट्विटर आएपछि, ट्विटर को प्रयोग आश्चार्यजनक रुपमा बढेको थियो । प्राय: मोबाइल बोक्ने प्रत्येक युवाहरुले ट्वीटर को प्रयोग गरेका थिए । जापान मा ट्विटर यति सम्म लोकप्रिय भइसक्यो कि, राम्रो ट्विट कसरी गर्न सकिन्छ भनेर विभिन्न सेमिनारहरु पनि आयोजना गर्ने गरेको कुरा ‘एसोसिएटस् प्रेस’ ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । एक टिभि च्यानल ले त ट्विट मा भनिएका कुराहरु पनि प्रसारण गरिरहेको छ । त्यसो त टोक्यो बार मा ‘विश्वकप फुटबल’ सँगै ट्विट पनि प्रसारण भइरहेको छ । पप गायक, भुतपुर्व प्रधानमन्त्री देखि आमजनता र युवाहरु पागल (crazy) सरह ट्वीटर मा ट्विट गरिरहेकाछन् । जापान का कुल इन्टरनेट प्रयोगकर्ताहरु मध्ये १६.३ प्रतिशत ले ट्विटर क

सोसल नेटवर्किङ साइट फेसबुक , अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुराला‌ई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ । दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को  मा  ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगल लाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत ! के भनियो 'Facebook f8 Developer Conference'  मा ?   फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ

In-rev systems ले भर्खरै GT Blind Search नामक पेज लन्च गरेको छ । Search Engine Comparator को स्लोगन सहित आएको GT Blind Search ले search रिजल्ट कम्पेयर गर्छ ।  तपाईको सबैभन्दा मन पर्ने सर्च इन्जिन कुन हो ? Google, Bing या Yahoo ? अहिले नै भन्नु भो, भने Google भन्न सक्नुहुन्छ तर GT Blind Search  बाट Search Engine Compare गर्नु भो भने, तपाई को choice फरक हुन सक्छ । सम्भवत: तपाईले आफ्नो सर्च इन्जिन नै बदल्न सक्नुहुन्छ । तपाइलाई मन पर्ने search engine को रिजल्ट तपाईलाई मन पर्दोरहेछ कि रहेनछ, त्यो पनि थाहा पाउनुहुन्छ, GT Blind Search  को माध्यमबाट ! अथवा या भनौँ, तपाईलाई सबैभन्दा मन परेको नतिजा को आधार मा तपाई ले आफ्नो सर्च इन्जिन यो रहेछ है भन्ने थाहा पाउन सक्नुहुन्छ । GT Blind Search  ले ३ वटा सर्च इन्जिन को नतिजा दिन्छ । Google, Bing र Yahoo को search नतिजाहरु तपाई ले एकैठाउँ मा पाउन सक्नुहुन्छ । के गर्ने ? तपाईलाई रमाइलो गर्न मन छ या आफ्नो सर्च इन्जिन को बारेमा जान्ने मन छ भने, GT Blind Search मा जानुहोस् । अनि त्यहाँ जुनसुकै कुरा टाइप गरेर सर्च गर्नुहोस् । त्यहाँ ३ वटा कोलम

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । नेपाल मा अहिले सम्म, यस किसिम को खबर या भनौँ कसैको  मृत्यु को खबर इन्टरनेट मा फैलिएको थिएन तर कोइराला भने अपवाद का रुप मा इन्टरनेट मा छाइहाले । यति चाँडो इन्टरनेट मा फैलनु चानचुने कुरा पक्कै पनि होइन, यसबाट प्रस्ट हुन्छ कि, नेपालीहरु कोइराला प्रति कति उत्सुक थिए । सर्च मा अधिपत्य जमाएको गुगल ले पनि भन्यो, ‘ त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ । निधन को खबर फैलने बित्तिकै एकैपटक त्यति धेरै मात्रा मा खोजि गरिएका व्यक्ति बने, कोइराला गुगल मा । गुगल युएस ट्रेन्ड ले यो कुरा को पुष्टि गरिसकेको छ । यसबाट प्रस्ट थाहा हुन्छ, उनको लोकप्रियता चानचुने थिएन, अनि सारा संसार भर का नेपाली जान्न उत्सुक थिए आफ्ना नेता को बारेमा । फलस्वरुप, नागरिक न्युज, नेपाल न्युज, ईकान्तिपुर आदि साइट त डाउन नै भए, भिजिटर को चाप थाम्न नसकेर । नेपाली ईतिहास मै, यस्तो कहिले भएको थिएन । कोइराला को निधन, अनि शवयात्रा मा देखिएको मानवसागर ले पनि, कोइराला को महत्व प्रष्

A Web browser is a software application for retrieving, presenting, and traversing information resources on the World Wide Web. The major web browsers are Internet Explorer, Mozilla Firefox, Apple Safari, Google Chrome, Netscape Navigator 9, and Opera for Windows and Apple Safari, Mozilla Firefox, Netscape Navigator 9, and Opera for Macintosh. WorldWideWeb was the world’s first web browser and was introduced on February 26, 1991, by British scientist Sir Tim Berners-Lee, and ran on the NeXTSTEP platform. It was later renamed Nexus to avoid confusion with the World Wide Web. The World’s First Graphical Browser was Erwise and it was developed by four Finnish college students in 1991. Mosaic was developed at the National Center for Supercomputing Applications (NCSA) beginning in late 1992. NCSA released the browser in 1993, and officially discontinued development and support on January 7, 1997. The Lunascape Web Browser from Tokyo is the world’s fast hybrid browser.