Skip to main content

खैलावैला Google सोसल नेटवर्क Google Me को ! [Friday Tech]

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ ।



हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् ।

पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् ।

केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ ।

एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभुत्व कायम राख्न, गुगल सोसल नेटवर्क ‘गुगल मी’ बनाउन चाहन्छ ।

फेसबुक को डर
सर्च मा ख्याति कमाएको गुगललाई अहिले फेसबुक को डर ले छोपेको छ । फेसबुक को ‘लाइक बटनहरु’ ५० हजार भन्दा बढि साइटहरुमा प्रयोग भएको छ । फेसबुक ले, तिनै ‘लाइक बटनहरु’ को माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरु को रुचि बटुलिरहेको छ ।

लाइक बटनहरु का माध्यम बाट ‘फेसबुक’ ले जम्मा पारेको डाटाहरु बाट फेसबुक ले ‘शक्तिशाली’ सर्च इन्जिन को निर्माण गर्न सक्छ । लिंक को आधार मा गुगल ले सर्च इन्जिन को निर्माण गरेको छ भने, फेसबुक ले ‘लाइक’ का आधार मा सर्च इन्जिन बनाउन सक्छ । फेसबुक ले यस किसिम को सर्च बनाउन सक्छ कि, उसले इन्टरनेट प्रयोगकर्ताहरु को ‘रुचि’ र ‘ईच्छा’ अनि चलिरहेको ट्रेन्ड हेरेर नतिजाहरु दिन सक्छ ।

फेसबुक ले यो कदम चालेमा, गुगललाई ठूलो क्षति हुने देखिन्छ । फेसबुक मा हुने व्यक्तिगत ‘तथ्याङ्क’ को आधार मा, फेसबुक ले, गुगल को भन्दा निकै सरल अनलाईन विज्ञापनहरु प्रसारण र प्रयोग गर्न सक्छ । सरल यस अर्थ मा कि, मान्छे को रुचि बुझेर, त्यही किसिम को विज्ञापन प्रसारण गर्न सक्छ ।

अनि यदि, फेसबुक ले सर्च इन्जिन र विज्ञापन दुवै नेटवर्क निर्माण गर्यो भने, सबैभन्दा ठूलो घाटा गुगललाई हुनेछ । आफ्नो आम्दानी को ठूलो हिस्सा, गुगल ले गुमाउनेछ ।

हुन त, फेसबुक ले यस्तो कदम चालेमा, गुगललाई मात्र नभइ धेरै कम्पनीहरुलाई घाटा लाग्नेछ । साथै, फेसबुक को अर्को विकल्प नहुँदा, प्रयोगकर्ताहरुलाई मन नलागि-नलागि पनि फेसबुक नै प्रयोग गर्नुपर्ने बाध्यता आउनसक्छ । साथै, फेसबुक को मनोमानी पनि बढ्ने देखिन्छ ।

विकल्प छैन
हालैका विगत मा फेसबुक का ‘प्राइभेसी’ सेटिङहरु बाट इन्टरनेट प्रयोगकर्ताहरु ‘प्राईभेसी’ का बारेमा जागरुक हुन थालेकाछन् । तर अहिले सम्म फेसबुक को अन्य विकल्प देखिएको पनि छैन । माइस्पेस दिक्क लागे,  या हाइफाइभ दिक्क लागे, मान्छेहरु अहिले फेसबुक नै छिर्छन् । अनि मन परेपनि, मन नपरेपनि, दिक्क लागे पनि, फेसबुक चलाउनै पर्ने जस्तो बाध्यता बनिरहेको छ । फेसबुक बाट दिक्क भएकाहरु लाई एउटै मात्र विकल्प छ, फेसबुक एकाउन्ट ‘डिलेट’ गरिदिने !

गुगल को सोसल हुने फड्को
गुगल ले चालेका हालसम्म का सबै सोसल हुने कदमहरु सबै ‘फेल’ भएका छन् । ब्राजिल र भारत मा अत्याधिक प्रयोगकर्ता भएको ‘अर्कुट’ ले सफलता पाउन सकेको छैन । त्यस्तै ‘फेसबुक कनेक्ट’ को विकल्प को रुपमा आएको ‘गुगल फ्रेन्ड कनेक्ट’ ले पनि कुनै सफलता हात पार्न सकेन ।

त्यस्तै गुगल को ‘वेभ’, एक चोटि तरंग ल्याएर बाहिरियो । अनि गुगल बज, जसले फेसबुक, ट्विटर सबैको  जस्तो काम गर्थ्यो, त्यो गुगल बज पनि, ‘फेल’ भयो । साथै ‘गुगल बज’ बाट प्राइभेसी तोडिएका कारण, गुगल ले धेरै आलोचना पनि खेप्नुपर्यो ।

गुगल जो, सानो भन्दा सानो कुरा पनि खोज्न सक्छ, सर्च को दुनियाँ मा अधिपत्य जमाएको छ । तर जब सोसल हुने, अर्थात सामान्य भाषामा भन्दा, ‘सामाजिक’ हुने कुरा आउँछ, गुगल सँधै फेल हुन्छ । ‘अलगोरिदम – स्ट्राटिजि – पोलिसी’ लाएर गर्ने काम गुगल सजिलै गर्छ तर जब प्रयोकर्ताहरु सँग सोसल हुन खोज्छ, गुगल धेरै ठाउँ मा चुक्छ ।

गुगल का पक्ष मा
सामाजिक संजाल मा धेरै पटक धोका खाइसकेको गुगल ले, यस पटक ‘गुगल मी’ बाट तहल्का मच्चाउन सके धेरै हदसम्म, सोसल नेटवर्क को एकाधिकार तोडिन्थ्यो भने प्रयोगकर्ताहरु ले ‘फेसबुक’ भनेर मात्र बस्नु पर्दैनथियो । यदि गुगल ले ‘गुगल मी’ बाट फेसबुक का आधि प्रयोगकर्ताहरु पनि तान्न सक्यो भने, ‘फेसबुक’ ले पनि आफ्नो प्रतिस्पर्धि पाउँथ्यो । जब प्रतिस्पर्धा हुन्छ, तब प्रयोगकर्ताहरु फेसबुक नै चलाउनु पर्ने बाध्यताबाट मुक्त हुन्थे ।

यदि यसो भए मा, गुगल मात्र होइन, सम्पुर्ण ‘वेव’ कै जित हुन्थ्यो । किनकी मान्छेहरु फेसबुक बाट केही हदसम्म थाकिसकेकाछन् । तर पनि फेसबुक को विकल्प नहुँदा,  ‘खाए खा, नखाए घिच’ को अवस्था सिर्जना भएको छ । मन नलागेरै या भनौँ दिक्क लागेर पनि फेसबुक नै चलाउनु पर्ने बाध्यता छ ।

एसएफ विक्ली ले पछिल्लो  ब्लग मा लेखेको छ, सम्भवत: अक्टोबर २०१० सम्म मा ‘गुगल मी’ सार्वजनिक हुने छ ।

वेभ, बज, अर्कुट मा फेल भएको गुगल को ‘गुगल मी’ पनि हेरिहालौँ न त ! ‘गुगल मी’ लाई सफलताको अग्रिम शुभकामना !!!

स्रोत: टेक ब्लगसिएनएनएसएफ विक्ली
फोटो : एसएफ विक्ली

Comments

  1. फेसबूकले जिन्दगी र समय डामाडोल पारिसक्यो, अब अरु बुकहरु निस्के भने झन के होला हालत ?

    ReplyDelete
  2. Interesting post...and very much informative too

    ReplyDelete
  3. फेसबूकले जिन्दगी र समय डामाडोल पारिसक्यो, अब अरु बुकहरु निस्के भने झन के होला हालत ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

Subscribe to Aakar Post