Skip to main content

फेसबुक, ट्विटर, युट्युब, अलजजिरा र इजिप्ट आन्दोलन -- मुवारक व्दारा राजिनामा, आन्दोलन टुङ्गियो #Egypt

अन्तत: २५ जनवरी देखि इजिप्ट मा सुरु भएको आन्दोलन १८ दिनपछि टुङ्गिएको छ । १८ दिन को लगातार को आन्दोलन पछि, बाध्य भएर उपराष्ट्रपति ओमार सुलेमान ले घोषणा गरे, राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिएर सत्ता आर्मीलाई हस्तान्तरण गरिएको छ । उक्त घोषणा सँगै इजिप्ट का जनता को आन्दोलन टुंगिएको छ भने, देशमा मात्र नभइ फेसबुक, ट्विटर र यु्ट्युब जस्ता साइटमा विजय उत्सव मनाइरहिएको छ ।

फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा वेवसाइट, ब्लग र युट्युब जस्ता साइटहरु को कति सम्म शक्ति हुँदो रहेछ, इजिप्ट मा भएको आन्दोलन ले देखाएको छ । सबैलाई थाहा नहुन सक्छ तर फेसबुकमा एउटा ग्रुप को निर्माण गरेर इजिप्ट मा आन्दोलन को शंखघोष गरिएको थियो ।

ट्युनिसिया मा महिना दिन अघि भएको आन्दोलन बाट प्रेरित हुँदै इजिप्ट का जनताहरु पनि राष्ट्रपति होस्नि मुवारक को ३० वर्षे लामो शासन को अन्त्य को माग गर्दै आन्दोलन मा होमिएका थिए । फेसबुक को ग्रुप मा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्यहरु थपिएका थिए । र तिनै ग्रुपका सदस्यहरुले पहिलो पल्ट राजधानी सहर कायरो मा आन्दोलनको सुरुवात गरेका थिए ।

फेसबुक बाट सुरु भएको आन्दोलन मा तुरुन्तै ट्विटर पनि होमियो । आन्दोलनकारीहरूले ट्विटर को उपयोग भरपुर रुप मा गर्न थाले । ट्विटरबाटै जनताहरु आन्दोलन का लागि जुट्न थाले, के भइरहेको छ, कहाँ के हुँदैछ भनेर इजिप्टका जनताहरुले ट्विटरमा ट्विट गरिरहे । सरकार का विरोध मा फेसबुक र ट्विटर मा निरन्तर इजिप्टका जनताले लेखिरहे अनि आन्दोलन मा होमिन आह्वान गरिरहे । उनीहरुले फेसबुक र ट्विटर बाटै राष्ट्रपति होस्नी मुवारक को राजिनामा मागिरहे । आन्दोलन का फोटो, भिडियोहरु पनि फेसबुक र ट्विटर मा फैलन थालेपछि, इजिप्ट का  लाखौँ जनताहरु सडक मा ओर्लिए ।  फलत आन्दोलन निस्तेज पार्न को लागि सरकार ले फेसबुक, ट्विटर र युट्युब मात्र होइन, सारा इन्टरनेट र फोन सेवानै अवरुद्ध पार्यो । celebration in egyptइन्टरनेट र सुचना प्रविधि को युग मा ५ दिन सम्म इजिप्ट ‘अफलाइन’ भयो । ५ दिन पछि इन्टरनेट सेवा फेरि सञ्चालन मा आयो तर आन्दोलन झनै चर्कियो । साँच्चै भन्ने हो भने, इजिप्टका जनताले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल का साइटहरु को सही किसिम ले सदुपयोग गरे ।  नेपाली भ्वाइस का ब्लगर उज्वल आचार्य को भनाइ लिने हो भने “ट्विटर भनेको जनता को आवाज हो” (Tweets: People’s voices) भनेर मान्न सकिन्छ । नेपाल मा १९ दिने जनआन्दोलन हुँदा ट्विटर र फेसबुक थिएनन् हुँदो हो त नेपाल मा पनि त्यसको प्रयोग अत्याधिक रुपमा हुन्थ्यो होला । तर जनआन्दोलन का बेला नेपाल मा केही ब्लगहरु थिए, अनि जनआन्दोलन को बेला ब्लग ले निकै ठूलो भुमिका खेलेको थियो ।

 

नेपाल मा ट्विटर का प्रयोगकर्ताहरु फेसबुक प्रयोगकर्ताहरु को दाँजो मा कमै छन् । तर पनि राजिनितक, सामाजिक क्षेत्रमा केही हुँदा ट्विटर चलाउने नेपाली समूहले आफ्ना विचारहरु ट्विटर गरिरहेका हुन्छन् । सामाजिक सञ्जाल को प्रयोगबाट भएको आन्दोलन/विरोध को उदाहरण खोज्न हामी इजिप्ट सम्म पुग्नु पर्दैन । गतवर्ष नेपालमै पनि फेसबुक मार्फत विशाल प्रदर्शन भएको थियो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल को राजिनामा माग गर्दै माओवादी ले देशै ठप्प हुने गरि नेपाल बन्द गरेपछि, नेपाल मा पनि फेसबुक मार्फत नै विरोध को स्वर गुन्जिएको थियो । एउटा इभेन्ट पेज निर्माण गरेर लाखौँ को संङ्ख्या मा माओवादी बन्द को विरोध मा जनताहरु वसन्तपुर मा भेला भएका थिए । (हेर्नुस् - फेसबुक बाटै बन्द को विरोध [Friday Tech] ) त्यसपछि बाध्य भएर माओवादीले आफ्नो आन्दोलन विचै मा रोक्नु परेको थियो ।

ब्लग ट्विटर र फेसबुक मार्फत नै अनुराधा कोइराला को लागि भोट मागिएको थियो, फलत उनी सिएनएन हिरो हुन सफल भइन । त्यस्तै यु्ट्युब मार्फत भोटिङ गरेर अनुप पौडेल को ‘Democracy is Black’ भन्ने भिडियो ले, भिडियो च्यालेन्ज मा सर्वोत्कृष्ट बनेको थियो । अनि ७ महिना सम्म देशमा नयाँ सरकार नबन्दा सयौँ ग्रुप र फ्यानपेजहरु र ट्विटर मार्फत जनताहरुले आफ्ना आक्रोश पोखिरहेका थिए । अनि काठमाडौँ मै ट्विटरमार्फत ‘बारक्याम्प’ नामक कार्यक्रम नियमित रुपमा आयोजना हुने गरेको छ ।  साँच्चै भन्दा, फेसबुक र ट्विटर को प्रयोग सही तरिका ले गर्न जानिएको खण्डमा ठूलो परिवर्तन हुन सक्छ ।

इजिप्ट का जनताले मात्र नभइ रिपोर्टिङ स्थल मा खटिएका पत्रकारहरु ले पनि ट्विटर को प्रयोग अधिक रुपमा गरेका थिए । इजिप्ट मा ट्विटर ले खेलेको भुमिका सायदै कुनै इजिप्ट का जनताले बिर्सनेछन् । पत्रकारहरु का ट्विर पच्छ्याउँदै हामीले इजिप्ट का पलपल का खबरहरु थाहा पाइरह्यौँ र आन्दोलन मा ‘भर्चुअल’ साथ दिइरह्यौँ । इतिहासमै पहिलोपल्ट पत्रकारहरुले रिपोर्टिङ गर्दा ट्विटर को अत्याधिक प्रयोग गरे ।  यतिसम्म कि, प्रहरी र सरकारविरोधी समर्थकहरु बाट आफूले कुटाइ खाएको सिएनएन का प्रख्यात पत्रकार एन्डरसन कुपर ले तत्काल ट्विट गरेर इजिप्ट को स्थिति को बारेमा सारा संसारलाई जानकारी दिएका थिए ।

egypt victory

यसबाहेक, अलजजिरा टेलिभिजन ले पनि एउटा नयाँ इतिहास रचेको छ । ट्युनिसिया मा भएको आन्दोलन को रिपोर्टिङ गरेर चर्चा मा आएको अलजजिरा ले  इजिप्ट आन्दोलन को रिपोर्टिङ गरेर ‘सिएनएन’ को झझल्को दिलायो । स्मरणिय रहोस अलजजिरा टेलिभिजन अमेरिका मा प्रसारण मा बन्देज लगाइएको छ । तर अलजजिरा ले आफ्ना फुटेजहरु टेलिभिजन मात्र होइन युट्युब मार्फत प्रसारण गरिरह्यो । यतिसम्म भनिएको थियो कि, अमेरिकीहरु ‘सिएनएन’ हेर्छन् तर ‘सिएनएन’ आफैँ चाँही अलजजिरा हेरिरहेको छ । त्यसबाहेक हिलारी क्लिन्टन, राष्ट्रपति वाराम ओवामाहरुले पनि त्यही अलजजिराका रिपोर्टहरु हेरेर इजिप्ट आन्दोलन को आँकलन गरे अनि अमेरिका ले, इजिप्ट सरकार माथि मुवारक को राजिनामा दिन दवाव दिएको थियो, जनता को आवाज को सम्मान गर्न आग्रह गरेको थियो । अलजजिरा का रिपोर्टिङहरु, फोटो र भिडियोहरु प्राय अन्य सबै सञ्चामाध्यमहरुले प्रयोग गरेका थिए । यसै आन्दोलन पछि, अलजजिरा टेलिभिजनलाई अमेरिका मा पनि प्रसारण गर्न दिनुपर्छ भनेर आवाज उठेको छ ।

१८ दिनपछि आन्दोलन टुंगियो, राष्ट्रपति ले राजिनामा दिए अनि अहिले ट्विटर र युट्युब मा विजयउत्साव मनाइरहिएको छ । युट्युब मा धमाधम भिडियोहरु अपलोड भइरहेकाछन् भने ट्विटर मा खुशीयाली का ट्विटहरु लगातार वर्षिरहेकाछन् । मासावेल साइटबाट हामीले केही ट्विटर मा भनिएका भनाइहरु को फोटो तल राखेका छौँ ।


Further Readings:

The Guardian's Twitter network of Arab protests - interactive map – Guardian

Hosni Mubarak resigns – and Egypt celebrates a new dawn – Guardian

Egyptian army calls the shots as nation embarks on democratic transition – Guardian

इजिप्ट मा चर्किँदै आन्दोलन #Egypt – Aakar Post

Egypt's Mubarak resigns as leader – BBC

18 days of protest culminate in Mubarak's ouster - CNN

YouTube & Twitter React to Mubarak’s Resignation – Mashable

Egyptian President Steps Down Amidst Groundbreaking Digital Revolution – Mashable

Tweets: People’s voices – Nepali Voices

Images: Mashable, Guardian, BBC & CNN

Comments

  1. I think Nepal has set an example for world modern days revolution, the world was in surprise when neplese defy the curfew and many county later tried to defy curfew impose to shut their voice, similarly last year we used FB and Twitter and ask people to join peace rally and it turn out to be a huge sucess.

    ReplyDelete
  2. Mubarak ko ante sangai naya yug ko suruwat bhayeko chha. congratulation to Egypt people

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

Subscribe to Aakar Post