केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् ।
८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् ।
हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् ।
समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनामा पुरुषहरु भने विपरित लिङ्गी प्रति खासै आकर्षित भएको देखिएको छैन ।
त्यस्तै १९ वर्षका केटा र केटी फेसबुक प्रयोगकर्ताहरु भने बराबर रुपमा अर्थात फेसबुक चलाउने १९ वर्ष उमेर समूहका करिब ८ प्रतिशत प्रयोगकर्ताहरु विपरित लिङ्गी प्रति आकर्षित रहेकाछन् । १३ देखि १९ वर्ष उमेरसमूहका महिलाहरु विपरित लिङ्गी (पुरुष)हरु सँग सम्बन्ध गाँस्न लालायित देखिएकाछन् ।
२० वर्ष कटेपछि भने महिलाहरु मा विपरितलिङ्गी प्रति को आकर्षण घट्दै गएको छ । तर पुरुषहरु को विपरितलिङ्गी प्रतिको आकर्षण दर मा भने खासै फरक देखिएको छैन । ३० वर्ष उमेरका महिला फेसबुक प्रयोगकर्ताहरु भने पुरुषप्रति आकर्षित देखिएका छैन ।
Facebook Ad Platform बाट डाटा लिएर Simplify360 ले तयार पारेको इन्फोग्राफिबाट आएको नतिजालाई आफैँले मुल्याङ्कन गरेर हेर्नसक्नुहुन्छ । फेसबुक प्रयोगकर्ताहरुलाई लिएर तयार पारिएको नतिजा हेर्दा, ‘टिनएज’ मा धेरै महिला/केटीहरु पुरुषप्रति आकर्षित भएको पाइएको छ । फेसबुक ले सबै नेपाली को प्रतिनिधित्व नगर्ने भएपनि यो इन्फोग्राफिकले सबै नेपाली को प्रतिनिधित्व गर्नसक्छ, भन्ने हाम्रो धारणा छ । महिला र पुरुषहरु विचको आकर्षणका सम्बन्धमा हामीले सोच्ने भन्दा फरक किसिम को नतिजा फेसबुक ले देखाएको छ । बाँकी कुराहरु तलको ‘फोटो’ बाट बुझ्नुहोस् तपाई का केही धारणा भए तलको कमेन्ट बक्समा लेख्नुहोस् !
Click on Image For Full Size Image.
स्रोत : simplify360.com
Aakar, I really loved the writeup.. :)
ReplyDeleteSerious myopic data interpretation.
ReplyDeleteStatistics are statistics are statistics.
ReplyDeleteit sure is interesting
Nice write-up buddy. Have to agree with Deep here.
ReplyDeleteoops...isn't this confusing.......
ReplyDeleteHuh ? Is it so ??
ReplyDeleteI think everything is clear.
Try again...
:)
jpt
ReplyDelete