Skip to main content

फेसबुक मा फैलिएको नचाहिँदो हल्ला

फेसबुक मा हिजो आज अचम्म लाग्ने किसिम का हल्लाहरु फैलिएका छन् । केही दिन अघि सम्म, फेसबुक मा बाहिर का देशमा यस्तो र उस्तो भएर सुनिरहेका हामीहरु, अहिले हाम्रै देश नेपाल मा गृहमन्त्रालय ले फेसबुक प्रयोगकर्तालाई सजग रहन निर्देशन दिएको हल्ला चलेको छ ।

हल्ला हल्लै नै हो, खै फेसबुक बाहेक यो कुरा अन्त कहिँ सुनिएको छैन । हल्ला पनि आफैँमा रमाइलो छ, हल्ला मा भनिएको छ, “हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५ दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।”picयही माथि उल्लेखित व्यहोरा को हल्ला मा फोटो मा ट्याग गर्नेहरु को संङ्ख्या बढ्दो छ । थाहा छैन, यो हल्ला कसले फैलायो, म यो कुरा गृह मन्त्रालय ले निकालेको विज्ञप्ति हुँदै होइन भन्ने कुरा मा विश्वस्त छु । मन्त्रि भिम रावल को हस्ताक्षर सहित को फोटो, अहिले प्राय: का वाल मा घुमिरहेको छ । हल्ला मा “गृहमन्त्रालयले नेपाल सरकार र मन्त्रिहरुको प्रतिष्ठामा आँच आउने गरी फेसबुकका वालहरुमा पोष्ट गरिएका विविध नक्कली पोष्टर र लेखहरु माथी गम्भिर ध्यानाकर्षण भएको जनाउदै कडा आपत्ति जनाएको छ ।” यस बारेमा मैले केही मान्छेलाई पनि सोधिहेरेँ, उनीहरु सबै अनभिज्ञ छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु नचाँहिदो हल्ला कै पछि लागिरहेकाछन् । हुन त हिजोआज फेसबुक मा जे पायो त्यही लेखिन थालेको छ, सायद यही कारण ले गर्दा पनि केहीले सबैलाई उल्लु बनाउँदैछन्, गृहमन्त्रालय को नाउँमा ।

सुचना साँच्चै निस्किएको भए, वेवसाइट र पत्रिका मा यही फेसबुक नै प्रमुख खबर हुन्थ्यो, तर अहिले सम्म यो कुरा को पुष्टि कसैले गरेको छैन । फेसबुक प्रयोगकर्ताहरु उल्लु बनाइँदैछन्, डर मा राखिरहेकाछन् सबैलाई ! यो आफ्नो स्वतन्त्रता को कुरा हो, मन लागेको कुरा लेख्नु र बोल्नु भनेको, अत: यस्तो हल्ला को पछि नलागौँ ।  यो कुरा को स्वतन्त्र रुप ले पुष्टि नभएसम्म फेसबुक मा फैलिएको नचाँहिदो हल्ला को पछि नलागौँ है ।

यही माथि को फोटो हेरौँ न, के यो सक्कली सुचना जस्तो लाग्छ कसैलाई ?

Comments

  1. मैले त साच्चै पो ठानेको थिएँ त। धन्यबाद जानकारी दिनुभएको मा।

    ReplyDelete
  2. @mahesh आधिकारिक रुप ले सुचना नआएसम्म, पत्रिका र समाचार पोर्टलहरु मा समाचार नछापिएसम्म, यस्ता कुराहरु नपत्याए हुन्छ । यो कुरा सर्च गरेर हेर्नुभने, गुगल मा फेसबुक का लिंकहरु भेट्नुहुने, अनि नामै नसुनिएका १-२ वटा न्युज पोर्टल भेट्नुहुन्छ । गृह मन्त्रालय ले यो सुचना निकालेकै भए, अहिले सम्म हंगामा भैसक्थ्यो ! :D

    ReplyDelete
  3. फेसबूक प्रयोगकर्ताहरु बिना प्रमाण यस्ता कुराहरु विश्वाश गर्दैनन जस्तो लाग्छ मलाई त । फेरी सुचना लेखाइको standard हेर्नु भयो भने मन्त्रालयद्वारा लेखिएको जस्तो कहाँ छ र ? मनिरञ्जनको लागि गरिएका यस्ता किसिमका कृयाकलापलाई सम्बन्धित निकायले यती धेरै चासो किन दिएको हो फेरी - अस्ती सुनेको थिएँ मैले समाचार । कुनै कानुनी प्राबधान छ भने हल्ला गर्ने होइन कारबाही गर्नु पर्छ । मन्त्रालयको लोगो यसरी अबैधानिक रुपमा प्रयोग गर्नेलाई कुनै सजाय हुने ब्यबस्था छ होला र? छ भने किन निष्कृय त ?

    हुन त जहिले नि यहाँ "कुकुरको छाउरो" र "ढाडे बिरालो" को खेल जस्तो देख्न पाहिन्छ यस्ता कुरामा ।

    ReplyDelete
  4. कसैले मलाई पनि ट्याग गरेकोले मैले पनि हेरेको हो यो 'नक्कली अनुरोध' ।

    भन्छन नि नक्कल गर्न पनि अक्कल चाहिन्छ। यो विज्ञप्ती भनेर राख्ने मान्छेको अलिकता अक्कल पुगेको छैन।

    माथीको स्न्यापमा अलिकता ध्यान पुर्‍याएर हेर्ने हो भने फोटोसपमा "Clone Stamp Tool" र "Eraser Tool" को प्रयोग बढो अनाडि ढंगले गरिएको छ । विशेषगरी नेपाल सरकारको निशान छाप 'काटकुट' गरेर राखेको एकदमै प्रष्ट देखिन्छ भने "भिम रावल" को हस्ताक्षर पनि 'नजान्नेले' माउस घुमाएर गरेको ठम्मयाउन गाह्रो पर्दैन । लेटरहेडको मुख्य अंश छुटेको छ भने सर्रर हेर्दा नै 'नक्कली' सावित गर्ने खोजेभन्दा बढि चिन्ह देखिनेछन् ।

    फेरि नेपाल सरकारलाई "फेसबुक व्यबस्थापन" गर्न न फुर्सद छ न टाउको दुखाई ने :)

    ReplyDelete
  5. त्यो मन्त्रीको हस्ताक्षरले स्पष्ट पार्छ कि यो सूचना पक्का नक्कली हो। यस्ता कुरा भईरहन्छन्, फेसबुकको सबैभन्दा बढी उपयोग यस्तै-यस्तै कुरामा भएको छ।

    ReplyDelete
  6. मैले त साच्चै पो ठानेको थिएँ त। धन्यबाद जानकारी दिनुभएको मा।
    sab jhut ho!!!
    kura afno thau ma sahi holan but i deleted facebook
    it is useless,
    sab depression ko akhada ho!
    hunae khanae ko group ho!
    yesto jhur pani hun6
    nepal ma 81900 jana sanga matra internet a/c 6 ani yo awasta ma yo samta ta chinari matra ho!
    mero appeal delete garnus fb account
    _______________________
    Anonymous

    ReplyDelete
  7. जस्तो सुकै भए'नि अलिक ( मलाइ लाग्छ ) विकृति बढ्दै गएको छ ! केहि कुरा लाइ हेर्ने हो भने अलिक हदै गर्या हुन्छन ... केहि फेस बुक प्रयोग गर्ताहरुले !!

    यो त्यसैको एउटा उदाहरण मात्र हो !

    ReplyDelete
  8. AnuragFromDhulikhelMay 16, 2010 at 4:42 PM

    यो हल्लै हल्लाले चलेको देशमा हल्ला को पछी लाग्नु यहाँ को मान्छेको स्वाभाव हो, काम हो । तेस्तै एस्ता बकम्फुसे हल्लाहरुलाई आफ्नो ब्लगमा, पोर्टलमा.... निकाल्नु यहाँका ब्लगरहरुको कर्तब्य हो शायद । नेपाल को गृह मन्त्रालय, नेपाल सरकार जस्ता निकायमा त अहिलेसम्म कम्प्युटर , ईन्टरनेट, Digital-कार्टून,फेसबूक... आदी कुन चाराको नाम हो चिन्ने मान्छे नै छैनन वास्तवमा । अब सधैं गाइजात्रा, हुतुतु भैरहने ठाउँमा यदी भैहाले पनि कुन ठुलो कुरो हुन्थ्यो र ?

    ReplyDelete
  9. Mantri ko Handwriting herera ta haina jasto lagyo, kunai Nursary ko student ko jasto 6, bhakkar ka, kha sikdai garya jasto

    ReplyDelete
  10. nepal sarkar ko logo matra hernus na ..thaha bhai halchha ni sakkali ki nakkali bhanera....yo sab nakkali kaam hho.....dont worry facebook users...

    ReplyDelete
  11. hya yo ramailo ko lagi gareko ho bey!! n

    ReplyDelete
  12. hya yo ramailo ko lagi gareko ho bey!! n

    ReplyDelete
  13. जस्तो सुकै भए'नि अलिक ( मलाइ लाग्छ ) विकृति बढ्दै गएको छ ! केहि कुरा लाइ हेर्ने हो भने अलिक हदै गर्या हुन्छन ... केहि फेस बुक प्रयोग गर्ताहरुले !!

    यो त्यसैको एउटा उदाहरण मात्र हो !

    ReplyDelete
  14. फेसबूक प्रयोगकर्ताहरु बिना प्रमाण यस्ता कुराहरु विश्वाश गर्दैनन जस्तो लाग्छ मलाई त । फेरी सुचना लेखाइको standard हेर्नु भयो भने मन्त्रालयद्वारा लेखिएको जस्तो कहाँ छ र ? मनिरञ्जनको लागि गरिएका यस्ता किसिमका कृयाकलापलाई सम्बन्धित निकायले यती धेरै चासो किन दिएको हो फेरी - अस्ती सुनेको थिएँ मैले समाचार । कुनै कानुनी प्राबधान छ भने हल्ला गर्ने होइन कारबाही गर्नु पर्छ । मन्त्रालयको लोगो यसरी अबैधानिक रुपमा प्रयोग गर्नेलाई कुनै सजाय हुने ब्यबस्था छ होला र? छ भने किन निष्कृय त ?

    हुन त जहिले नि यहाँ "कुकुरको छाउरो" र "ढाडे बिरालो" को खेल जस्तो देख्न पाहिन्छ यस्ता कुरामा ।

    ReplyDelete
  15. @mahesh आधिकारिक रुप ले सुचना नआएसम्म, पत्रिका र समाचार पोर्टलहरु मा समाचार नछापिएसम्म, यस्ता कुराहरु नपत्याए हुन्छ । यो कुरा सर्च गरेर हेर्नुभने, गुगल मा फेसबुक का लिंकहरु भेट्नुहुने, अनि नामै नसुनिएका १-२ वटा न्युज पोर्टल भेट्नुहुन्छ । गृह मन्त्रालय ले यो सुचना निकालेकै भए, अहिले सम्म हंगामा भैसक्थ्यो ! :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post