Skip to main content

फेसबुक मा फैलिएको नचाहिँदो हल्ला

फेसबुक मा हिजो आज अचम्म लाग्ने किसिम का हल्लाहरु फैलिएका छन् । केही दिन अघि सम्म, फेसबुक मा बाहिर का देशमा यस्तो र उस्तो भएर सुनिरहेका हामीहरु, अहिले हाम्रै देश नेपाल मा गृहमन्त्रालय ले फेसबुक प्रयोगकर्तालाई सजग रहन निर्देशन दिएको हल्ला चलेको छ ।

हल्ला हल्लै नै हो, खै फेसबुक बाहेक यो कुरा अन्त कहिँ सुनिएको छैन । हल्ला पनि आफैँमा रमाइलो छ, हल्ला मा भनिएको छ, “हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५ दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।”picयही माथि उल्लेखित व्यहोरा को हल्ला मा फोटो मा ट्याग गर्नेहरु को संङ्ख्या बढ्दो छ । थाहा छैन, यो हल्ला कसले फैलायो, म यो कुरा गृह मन्त्रालय ले निकालेको विज्ञप्ति हुँदै होइन भन्ने कुरा मा विश्वस्त छु । मन्त्रि भिम रावल को हस्ताक्षर सहित को फोटो, अहिले प्राय: का वाल मा घुमिरहेको छ । हल्ला मा “गृहमन्त्रालयले नेपाल सरकार र मन्त्रिहरुको प्रतिष्ठामा आँच आउने गरी फेसबुकका वालहरुमा पोष्ट गरिएका विविध नक्कली पोष्टर र लेखहरु माथी गम्भिर ध्यानाकर्षण भएको जनाउदै कडा आपत्ति जनाएको छ ।” यस बारेमा मैले केही मान्छेलाई पनि सोधिहेरेँ, उनीहरु सबै अनभिज्ञ छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु नचाँहिदो हल्ला कै पछि लागिरहेकाछन् । हुन त हिजोआज फेसबुक मा जे पायो त्यही लेखिन थालेको छ, सायद यही कारण ले गर्दा पनि केहीले सबैलाई उल्लु बनाउँदैछन्, गृहमन्त्रालय को नाउँमा ।

सुचना साँच्चै निस्किएको भए, वेवसाइट र पत्रिका मा यही फेसबुक नै प्रमुख खबर हुन्थ्यो, तर अहिले सम्म यो कुरा को पुष्टि कसैले गरेको छैन । फेसबुक प्रयोगकर्ताहरु उल्लु बनाइँदैछन्, डर मा राखिरहेकाछन् सबैलाई ! यो आफ्नो स्वतन्त्रता को कुरा हो, मन लागेको कुरा लेख्नु र बोल्नु भनेको, अत: यस्तो हल्ला को पछि नलागौँ ।  यो कुरा को स्वतन्त्र रुप ले पुष्टि नभएसम्म फेसबुक मा फैलिएको नचाँहिदो हल्ला को पछि नलागौँ है ।

यही माथि को फोटो हेरौँ न, के यो सक्कली सुचना जस्तो लाग्छ कसैलाई ?

Comments

  1. मैले त साच्चै पो ठानेको थिएँ त। धन्यबाद जानकारी दिनुभएको मा।

    ReplyDelete
  2. @mahesh आधिकारिक रुप ले सुचना नआएसम्म, पत्रिका र समाचार पोर्टलहरु मा समाचार नछापिएसम्म, यस्ता कुराहरु नपत्याए हुन्छ । यो कुरा सर्च गरेर हेर्नुभने, गुगल मा फेसबुक का लिंकहरु भेट्नुहुने, अनि नामै नसुनिएका १-२ वटा न्युज पोर्टल भेट्नुहुन्छ । गृह मन्त्रालय ले यो सुचना निकालेकै भए, अहिले सम्म हंगामा भैसक्थ्यो ! :D

    ReplyDelete
  3. फेसबूक प्रयोगकर्ताहरु बिना प्रमाण यस्ता कुराहरु विश्वाश गर्दैनन जस्तो लाग्छ मलाई त । फेरी सुचना लेखाइको standard हेर्नु भयो भने मन्त्रालयद्वारा लेखिएको जस्तो कहाँ छ र ? मनिरञ्जनको लागि गरिएका यस्ता किसिमका कृयाकलापलाई सम्बन्धित निकायले यती धेरै चासो किन दिएको हो फेरी - अस्ती सुनेको थिएँ मैले समाचार । कुनै कानुनी प्राबधान छ भने हल्ला गर्ने होइन कारबाही गर्नु पर्छ । मन्त्रालयको लोगो यसरी अबैधानिक रुपमा प्रयोग गर्नेलाई कुनै सजाय हुने ब्यबस्था छ होला र? छ भने किन निष्कृय त ?

    हुन त जहिले नि यहाँ "कुकुरको छाउरो" र "ढाडे बिरालो" को खेल जस्तो देख्न पाहिन्छ यस्ता कुरामा ।

    ReplyDelete
  4. कसैले मलाई पनि ट्याग गरेकोले मैले पनि हेरेको हो यो 'नक्कली अनुरोध' ।

    भन्छन नि नक्कल गर्न पनि अक्कल चाहिन्छ। यो विज्ञप्ती भनेर राख्ने मान्छेको अलिकता अक्कल पुगेको छैन।

    माथीको स्न्यापमा अलिकता ध्यान पुर्‍याएर हेर्ने हो भने फोटोसपमा "Clone Stamp Tool" र "Eraser Tool" को प्रयोग बढो अनाडि ढंगले गरिएको छ । विशेषगरी नेपाल सरकारको निशान छाप 'काटकुट' गरेर राखेको एकदमै प्रष्ट देखिन्छ भने "भिम रावल" को हस्ताक्षर पनि 'नजान्नेले' माउस घुमाएर गरेको ठम्मयाउन गाह्रो पर्दैन । लेटरहेडको मुख्य अंश छुटेको छ भने सर्रर हेर्दा नै 'नक्कली' सावित गर्ने खोजेभन्दा बढि चिन्ह देखिनेछन् ।

    फेरि नेपाल सरकारलाई "फेसबुक व्यबस्थापन" गर्न न फुर्सद छ न टाउको दुखाई ने :)

    ReplyDelete
  5. त्यो मन्त्रीको हस्ताक्षरले स्पष्ट पार्छ कि यो सूचना पक्का नक्कली हो। यस्ता कुरा भईरहन्छन्, फेसबुकको सबैभन्दा बढी उपयोग यस्तै-यस्तै कुरामा भएको छ।

    ReplyDelete
  6. मैले त साच्चै पो ठानेको थिएँ त। धन्यबाद जानकारी दिनुभएको मा।
    sab jhut ho!!!
    kura afno thau ma sahi holan but i deleted facebook
    it is useless,
    sab depression ko akhada ho!
    hunae khanae ko group ho!
    yesto jhur pani hun6
    nepal ma 81900 jana sanga matra internet a/c 6 ani yo awasta ma yo samta ta chinari matra ho!
    mero appeal delete garnus fb account
    _______________________
    Anonymous

    ReplyDelete
  7. जस्तो सुकै भए'नि अलिक ( मलाइ लाग्छ ) विकृति बढ्दै गएको छ ! केहि कुरा लाइ हेर्ने हो भने अलिक हदै गर्या हुन्छन ... केहि फेस बुक प्रयोग गर्ताहरुले !!

    यो त्यसैको एउटा उदाहरण मात्र हो !

    ReplyDelete
  8. AnuragFromDhulikhelMay 16, 2010 at 4:42 PM

    यो हल्लै हल्लाले चलेको देशमा हल्ला को पछी लाग्नु यहाँ को मान्छेको स्वाभाव हो, काम हो । तेस्तै एस्ता बकम्फुसे हल्लाहरुलाई आफ्नो ब्लगमा, पोर्टलमा.... निकाल्नु यहाँका ब्लगरहरुको कर्तब्य हो शायद । नेपाल को गृह मन्त्रालय, नेपाल सरकार जस्ता निकायमा त अहिलेसम्म कम्प्युटर , ईन्टरनेट, Digital-कार्टून,फेसबूक... आदी कुन चाराको नाम हो चिन्ने मान्छे नै छैनन वास्तवमा । अब सधैं गाइजात्रा, हुतुतु भैरहने ठाउँमा यदी भैहाले पनि कुन ठुलो कुरो हुन्थ्यो र ?

    ReplyDelete
  9. Mantri ko Handwriting herera ta haina jasto lagyo, kunai Nursary ko student ko jasto 6, bhakkar ka, kha sikdai garya jasto

    ReplyDelete
  10. nepal sarkar ko logo matra hernus na ..thaha bhai halchha ni sakkali ki nakkali bhanera....yo sab nakkali kaam hho.....dont worry facebook users...

    ReplyDelete
  11. hya yo ramailo ko lagi gareko ho bey!! n

    ReplyDelete
  12. hya yo ramailo ko lagi gareko ho bey!! n

    ReplyDelete
  13. जस्तो सुकै भए'नि अलिक ( मलाइ लाग्छ ) विकृति बढ्दै गएको छ ! केहि कुरा लाइ हेर्ने हो भने अलिक हदै गर्या हुन्छन ... केहि फेस बुक प्रयोग गर्ताहरुले !!

    यो त्यसैको एउटा उदाहरण मात्र हो !

    ReplyDelete
  14. फेसबूक प्रयोगकर्ताहरु बिना प्रमाण यस्ता कुराहरु विश्वाश गर्दैनन जस्तो लाग्छ मलाई त । फेरी सुचना लेखाइको standard हेर्नु भयो भने मन्त्रालयद्वारा लेखिएको जस्तो कहाँ छ र ? मनिरञ्जनको लागि गरिएका यस्ता किसिमका कृयाकलापलाई सम्बन्धित निकायले यती धेरै चासो किन दिएको हो फेरी - अस्ती सुनेको थिएँ मैले समाचार । कुनै कानुनी प्राबधान छ भने हल्ला गर्ने होइन कारबाही गर्नु पर्छ । मन्त्रालयको लोगो यसरी अबैधानिक रुपमा प्रयोग गर्नेलाई कुनै सजाय हुने ब्यबस्था छ होला र? छ भने किन निष्कृय त ?

    हुन त जहिले नि यहाँ "कुकुरको छाउरो" र "ढाडे बिरालो" को खेल जस्तो देख्न पाहिन्छ यस्ता कुरामा ।

    ReplyDelete
  15. @mahesh आधिकारिक रुप ले सुचना नआएसम्म, पत्रिका र समाचार पोर्टलहरु मा समाचार नछापिएसम्म, यस्ता कुराहरु नपत्याए हुन्छ । यो कुरा सर्च गरेर हेर्नुभने, गुगल मा फेसबुक का लिंकहरु भेट्नुहुने, अनि नामै नसुनिएका १-२ वटा न्युज पोर्टल भेट्नुहुन्छ । गृह मन्त्रालय ले यो सुचना निकालेकै भए, अहिले सम्म हंगामा भैसक्थ्यो ! :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post