Skip to main content

जापान मा बढ्यो ‘ट्वीटर’ को प्रयोग [Friday Tech]

जापान मा मिनि ब्लगिङ ‘ट्विटर’ को प्रयोग बढेको कुरा सार्वजनिक भएको छ । जापानीजहरु आफ्नो ट्वीटरलाई जापानिज स्वाद दिँदै, ट्विट गरिरहेकाछन् ।

सन् २००८ मा जापानिज भाषामा ट्विटर आएपछि, जापान मा युवाहरु विच ट्विटर लोकप्रिय भएको थियो । विशेषत: जापानिज युवाहरु ट्विटर तर्फ बढि आकर्षित भएको कुरा हालै को एक सर्वेक्षण ले देखाएको छ ।

अझ गतवर्ष अक्टोबर मा जापानीज भाषा मा मोबाइल भर्सन  ट्विटर आएपछि, ट्विटर को प्रयोग आश्चार्यजनक रुपमा बढेको थियो । प्राय: मोबाइल बोक्ने प्रत्येक युवाहरुले ट्वीटर को प्रयोग गरेका थिए ।

जापान मा ट्विटर यति सम्म लोकप्रिय भइसक्यो कि, राम्रो ट्विट कसरी गर्न सकिन्छ भनेर विभिन्न सेमिनारहरु पनि आयोजना गर्ने गरेको कुरा ‘एसोसिएटस् प्रेस’ ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ ।

एक टिभि च्यानल ले त ट्विट मा भनिएका कुराहरु पनि प्रसारण गरिरहेको छ । त्यसो त टोक्यो बार मा ‘विश्वकप फुटबल’ सँगै ट्विट पनि प्रसारण भइरहेको छ । पप गायक, भुतपुर्व प्रधानमन्त्री देखि आमजनता र युवाहरु पागल (crazy) सरह ट्वीटर मा ट्विट गरिरहेकाछन् ।

जापान का कुल इन्टरनेट प्रयोगकर्ताहरु मध्ये १६.३ प्रतिशत ले ट्विटर को प्रयोग गरिरहेकाछन्, जब कि अमेरिका मा ९.८ प्रतिशत ले ट्वीटर को प्रयोग गर्छन् । जापना को ‘टप’ सोसल नेटवर्किङ साइट ‘मिक्सी’ लाई ट्विटर ले हालै को दिन मा चुनौति  दिएको छ ।  Ratings agency Nielsen Online का अनुसार गत महिना ९ मिलियन ले ट्विटर र १० मिलियन ले ‘मिक्सी’ मा उपस्थिति जनाउनुलाई ट्विटर को प्रयोग बढेकै मान्नुपर्छ ।

तर अचम्म को पाटो के छ भने, करिब ३ प्रतिशत ले मात्र जापान मा ‘फेसबुक’ प्रयोग गरिरहेकाछन् । जब कि, अमेरिका मा ६२ प्रतिशत ले फेसबुक को प्रयोग गर्छन् । Nielsen का अनुसार, फेसबुक, माइस्पेश जस्ता सोसल नेटवर्किङ साइट ले जापानीहरुलाई आकर्षित गर्न सकेको छैन ।

ट्विटर का अनुसार जापानजिहरु ले प्रत्येक दिन ८ मिलियन ट्विट गर्ने गरेका छन्, जुन कुल ट्विट को १२ प्रतिशत हुन आउँछ । ६५,००० फलोअर भएका जापानिज लेखक Daisuke Tsuda भन्छन्, “जापान ले ट्विटर को मज्जा, मज्जासँग ले लिएको छ, अनि धेरै प्रयोकर्ता ले कम्युनिकेट गर्न को लागि ट्विटर को प्रयोग गरिरहेकाछन्” । उनी अगाडि थप्छन, ‘इन्टरनेट नै ट्विटरमय भएको छ’  । एउटा वेवसाइट ले भनेको छ, कहिलेकाँहि त जापानीहरु अमेरिकी भन्दा धेरै ट्विट गर्छन् ।

जापानीज भाषामा हुनु र, १४० क्यारेक्टर मा कुरा भनिने हुँदा पनि जापानमा ट्विटर को प्रयोग बढिरहेको छ । Tsuda ले भनेको छ, निकट भविष्य मा नै ट्विटर ले २० मिलियन जापानिजलाई आकर्षित गर्नेछ ।

आखिर ट्विटर हो के?

पछिल्लो समयको सबैभन्दा लोकप्रिय यो सोसल मिडियामा बढीमा १ सय ४० अक्षरमा आफ्नो सन्देश दिन सकिन्छ। यसलाई पत्रकारिताको सबैभन्दा राम्रो माध्यमसमेत मान्न थालिएको छ। कुनै पनि विषयमा सोझो र सटीक सूचना दिन र लिन सकिने भएकोले आफ्ना माध्यमसँग यसबाट जोडिन सकिन्छ। यसमा आन्तरिक र सार्वजनिक सूचना प्रवाह, समाचार आदान प्रदानको सुविधा छ । आफूलाई मनलागेका संस्था वा व्यक्तिलाई पछ्याउन (फलो) गर्न सकिने सुविधा छ।

जापान मा त, ट्वीटर को प्रयोग बढ्दैरहेछ, हामी पनि प्रयोग गर्ने हैन त ट्विटर ?

हामीलाई ट्वीटर मा भेट्नुहोस् !

आकार : http://twitter.com/aakarpost (व्यक्तिगत तथा आकारपोष्ट ब्लग)

आकार टेक अपडेट: http://twitter.com/AakarTech (टेक्नोलोजी, सूचना र कम्प्युटर प्रविधि का ताजा समाचार)

नेपाल न्युज नेटवर्क: http://twitter.com/NewsBlogsNepal (नेपाली ताजा समाचारहरु र नेपाली ब्लग अपडेटहरु चौबिसै घन्टा)

सन्दर्भ स्रोत: याहु | गुणराज लुईटेल को बाइरोड

Comments

  1. भाषाले पनि हुन सक्छ मैले त्यती ख्याल गरेको छैन जापनीहरुले प्रयोग गरेको, ( मेरो वरिपरीको कुरा गरे मैले) तर पक्कै पनि सुचना सन्देशको जमनामा बढी हुनै पर्छ। मैले भने यो ट्वीटरमा पसेको छैन, अब पस्नु पर्ला।।
    तर यतै बसेर पनि थाह पाउन नसकेको जानकारी पाए निकै खुसी लाग्यो..

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post