Skip to main content

Posts

Showing posts with the label Facebook

फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’ मा फेसबुक का सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्ग ले फेसबुकमा हुन लागेको नयाँ परिवर्तनहरु बारे जानकारी दिएकाछन् । अब हिजो अस्ति सम्म चलाइँदै आएको फेसबुक को हुलिया केही दिनभित्र नै परिवर्तन हुने भएको छ । बारम्बार आफ्नो डिजाइन परिवर्तन गरिरहने फेसबुक ले यसपटक पनि आफ्नो डिजाइन मा आमुल परिवर्तन गरेको छ । सानफ्रान्सिस्को मा भइरहेको कन्फ्रेन्स मा बोल्दै, मार्क जकरवर्ग ले ‘फेसवुक प्रोफाइल’ मा आमूल परिवर्तन गरिएको बताएकाछन् । फेसबुक मा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको छ, ‘टाइमलाइन’ को अर्थ हुन्छ, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रम मा राखिने छ । समग्रमा भन्दा ‘टाइमलाइन’ ले अब आफ्नो इतिहास बताउने छ । फेसबुक मा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउने छ । यसलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’ को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर

फेसबुकमा साथि बनाउने, फोटो हेर्ने, कमेन्ट लेख्ने, ‘गेम’ खेल्ने मात्र नभइ अब फेसबुकबाटै सिधै गीत-संगीत को आनन्द लिन सकिनेछ । अब कुनै गित सुन्नपरे, फेसबुक मा सर्च गरे हुन्छ । यही सेप्टेम्बर २२ मा सानफ्रान्सिस्को मा हुने फेसबुक ‘f8’ ‘डेभ्लपर मिट’ मा फेसबुक ले “फेसबुक म्युजिक” सार्वजनिक गर्ने तयारी गरिरहेको कुरा ‘सिएनबिसी’ ले जनाएको छ । फेसबुक संगीतको लागि स्पोटिफाइ, र्यापसोडि,स्ल्याकर आदि विभिन्न कम्पनीहरुसँग फेसबुक को कुराकानी चलिरहेको छ । गिगाओम का अनुसार, फेसबुक म्युजिक आएपछि फेसबुक को वाँया साइडमा फोटो, फ्रेन्डस सँगै “म्युजिक” भन्ने ट्याब देखिनेछ । त्यस ट्याबमा क्लिक गरेर ‘म्युजिक ड्यासबोर्ड’मा गइ फेसबुकमा गीत-संगीत सुन्न सकिनेछ । फेसबुक को म्युजिक ड्यासबोर्डमा, Music Notifications, Recommended Songs, Top Songs, Top Albums from Friends, Recent Listens आदि कुराहरु हुनेछ । जहाँबाट आफूलाई मन परेको गित सुन्न सकिनु को साथै, साथीहरुले के सुनिरहेकाछन्, आफूले के कति पटक सुनियो आदि कुराहरु जान्न सकिनेछ । हाललाई फेसबुक म्युजिकमा अंग्रेजी गितहरु मात्र उपलब्ध हुनेछ । अहिले च्याट ‘आइकोन’

The country is all set to get its 35 th prime minister today. Dr. Baburam Bhattarai of UCPN (Maoist) and Ram Chandra Paudel have registered their candidacy for PM election. As the United Democratic Madeshi Front (UDMF), the alliance of five Madhes-based parties, has already decided to support UCPN (Maoist) prime ministerial candidate Baburam Bhattarai. It is likely that, we are going to get Dr. Baburam Bhattarai as our 35 th prime minister. I’ve been seeing streams of tweets and updates on Twitter and Facebook respectively. And everyone is claiming that Dr. Baburam Bhattari is next PM. Lets have a look what people are saying about PM election on Facebook and Twitter. Tweepals are tweeting about PM election with #pmelection as hashtag.

Few of the Nepalese students in US has proposed "The Constitution of Nepal". They have released their proposed Constitution of Nepal on Facebook Page called “ The Constitution of Nepal 2068 B.S .” On Facebook Page they have written, “While the constitutional assembly is apparently failing to concur on designing a new constitution of Nepal, it is imperative that someone from civil society steps up and suggests a possible governing document that will inevitably succeed in forming an effective and a stable government.” Students who proposed this constitution are not professional writers. On Facebook they wrote, “We would like to mention to all our readers that we are neither professional writers nor members of constitutional assembly and that there might be several flaws in the proposed constitution that we are unaware of. Our intention is to suggest a model of a new constitution to the respective authorities and we strongly believe that they will help to improve it, if

संविधान सभाको म्याद नजिकिँदै गर्दा, विभिन्न संगठनहरुको नाममा दिनहुँ जसो बन्द को आयोजना गर्ने गरिएको छ । अस्ति क्षेत्री समाजले काठमाडौँ उपत्यका बन्द गर्यो, हिजो पूर्व बन्द गर्यो, आज मातृका यादव को पुनर्गठित माओवादीले नेपाल बन्द को आह्वान गर्‍यो । केही दिन अघि देखि ब्राम्हण समाजले पश्चिमाञ्चलमा बन्द गरेको थियो । कहिले कुन संगठन को नाम मा त, कहिले कुन संगठन को नाम मा । यहाँ दिनहुँ बन्द हुन्छन् भन्दा फरक नपर्ला । बन्द गर्ने बानी, हाम्रो दिर्घ रोग नै भइसक्यो । आज मातृका यादव को समूह को आह्वान मा नेपाल बन्द गरियो । काठमाडौँ उपत्यकामा गाडी फाट्टफुट्ट चलेपनि, तराई का जिल्लातिर भने, बन्द को प्रभाव अत्याधिक परेको कुरा, टेलिभिजनहरु ले आफ्ना समाचार मा प्रसारण गरिरहेकाछन् । २ दिन अघि पनि काठमाडौँ बन्द नै थियो, क्षेत्री समाज को आह्वान मा । तर त्यसै दिन केही युवाहरु ले ठमेलमा ‘मोटरसाइटक र्याली’ गरेर बन्द को विरोध गरे । अनि आज पनि बन्द, तर आज को बन्द काठमाडौँ मा उनीहरुले सोचेको जति सफल हुन सकेन । स्कुल, क्याम्पस बन्द भएपनि, ट्याक्सी, ट्याम्पु जस्ता सार्वजनिक सवारीसाधनहरु गुडिरहेको कुरा, साथिहरुले ट्

एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो । उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो।

फेसबुक मा ‘डिसलाईक’ बटन ‘इनेबल’ गर्नुस् अर्थात "Enable Dislike Button"  भन्ने म्यासेज ‘वाल’हरुमा फैलिरहेको छ । फेसबुक चलाउँदा, कसैलाई ‘डिसलाइक’ गरिदिउँ झैँ लाग्दो हो, कसैको स्टाटस, लिङक, फोटो वा भिडियो मा डिसलाइक गर्न पाए हुन्थ्यो भन्ने लाग्दो हो । तर ‘डिसलाइक बटन’ भन्ने बित्तिकै ‘क्लिक’ नगर्नुहोला, किनकी अहिले सम्म फेसबुकमा ‘डिसलाइक’ बटन आएको छैन है । सेक्युरिटि एक्सपर्ट ‘ सोफोज ’ ब्लग ले ‘डिसलाइक बटन’ को म्यासेज फेसबुक मा तिव्र रुपमा फैलिरहेको जनाएको छ । सोफोज का अनुसार निम्नानुसार को म्यासेज फेसबुक मा फैलिरहेको छ । Facebook now has a dislike button! Click 'Enable Dislike Button' to turn on the new feature! फेसबुक मा ‘डिसलाईक’ बटन ‘क्लिके’ पछि, तपाई अर्को पेज मा पुग्नुहुन्छ तर त्यतिबेला सम्म तपाईका दर्जनौँ साथीहरु को ‘वाल’ मा अटोमेटिक रुपमा उक्त म्यासेज ‘पोष्ट’ हुन्छ । ‘वाल’ मा ‘म्यासेज’ पोष्ट हुनु को साथै, एकाउन्ट ह्याक हुने, भाइरस लाग्न सक्ने सम्भावना पनि रहन्छ भनेर, सोफोज ले जनाएको छ । याद गरिराख्नुस् अहिले सम्म फेसबुक ले, आधिकारिक रुपमा ‘डिसल

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? भन्ने कुरालाई मध्यनजर गर्दै आज युवाहरुले संविधान सभा भवन अगाडि धर्ना दिने भएका छन् । Come on "YOUTH" ....."STAND UP".......!! नामक फेसबुक ‘इभेन्ट’ मार्फत  जम्मा भएका युवाहरुले संविधान बनाउन दवाव दिने उद्देश्यले संविधान सभा भवन अगाडि  आज (शनिबार) बिहान ८ बजे देखि धर्ना दिने भएका हुन् । राजनितिक दल का नेताहरु का भाषण बाट वाक्क र दिक्क भएका युवाहरुले, आफ्नो देश बनाउन युवाहरु नै अघि सर्नुपर्छ र युवाहरु जागरुक हुनुपर्छ भन्दै, केही महिना अघि फेसबुक मा अभियान सुरु गरेका थिए । यसअघि अघिल्लो शनिवार ‘नेपाल युनाइट्स’ नाम को फेसबुक पेज मार्फत चार-पाँच सय युवा माइतिघर मा भेला भएका थिए । आज को कार्यक्रम को लागि मेरो उपस्थिति छ भनेर फेसबुकमा जनाउने को सङ्ख्या नौ हजार नाघिसकेको छ र यो अझै बढ्दो क्रम मा रहेको छ । फेसबुक मा कार्यक्रम को बारेमा यस्तो लेखिएको छ : Lets come together on 14th of May at Constituent Assembly Building for a silent protest against the government and all the so called leaders....lets make them aware how much

नयाँ संविधान जारी गर्न को लागि, अब १ महिना  समय पनि बाँकी छैन । विगत मा समय थप्दा पनि, राजनितिक पार्टिहरुले संविधान बनाउन ध्यान दिएनन्, बरु सत्ता बाँडफाँड मै सबै अल्झिएर बसे । लाजमर्दो कुरा दर्जनौँ पटक प्रधानमन्त्री को निर्वाचन भयो । तलब/भत्ता चाँही खाने तर संविधान भने नबनाउने सभासदहरुलाई खबरदारी गर्न, केही युवाहरुले फेसबुक बाट संविधान समयमै जारी गर्न दवाव अभियान प्रारम्भ गरेकाछन् । “परिवर्तनका लागि हामी नेपाली एक” नामक नाम दिइएको फेसबुक पेजमा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा सहित संविधान समय मै बनाउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ! फेसबुक बाट चालिएको यो कदमलाई समर्थन गर्दै, ३ सय जना भन्दा बढि व्यक्तिले यो पेजलाई ‘लाइक’ गरिसकेकाछन् र यो क्रम जारी रहेको छ। सबैको साथ र समर्थन हुने हो भने, फेसबुक मा जम्मा भएका समूहले साँच्चिकै भौतिक रुपमै उपस्थिति जनाएर दवाव दिएको खण्डमा अभियानले सफलता पाउने देखिन्छ । पोहोर माओवादीले गरेको अनिश्चितकालिन बन्द तोड्न पनि फेसबुक मा जम्मा भएको समूहले ठूलो भूमिका खेलेको थियो । अझ त्यसको नजिर र भर्खरै ट्युनिसिया र इजिप्टमा भएको कुरालाई

भनिन्छ, फेसबुक मा ‘फार्मभिल्ला’, ‘माफियावार’  जस्ता ‘गेम, एप्लिकेशन’ बाट ‘जिङ्ग’ (Zynga, /zɪŋɡə/) ले वर्षेनी करोडौँ डलर आम्दानी गरिरहेको छ । गत साल (२०१०) मा पनि ‘जिङ्ग’ ले ‘फेसबुक एप्लिकेशन’ हरुबाट नै  सत्तरी-असी करोड डलर आम्दानी गरेको थियो । ‘जिङ्ग’ को बढ्दो लोकप्रियता का कारण उक्त कम्पनीले ‘फेसबुक एप्लिकेशन’ बनाउनै का लागि केही महिना पहिले भारतमै कम्पनी खोलेको थियो । ‘फेसबुक को एप्लिकेशन’ बाट कसरी कुनै कम्पनी ले पैसो कमाउँछ, कसरी त्यो कम्पनी धनि हुन्छ ? सायद तपाई पनि यसै सोच्दै हुनुहुन्छ होला । साँच्चै ‘फेसबुक एप्लिकेशन’  बाट कम्पनीहरुले कसरी आम्दानी गरिरहेका छन् त ? आज हामी यसैको बारेमा चर्चा गर्दैछौँ । तपाईलाई थाहा नहुन सक्छ या याद नगर्नु भएको हुन सक्छ तर  ‘जिङ्ग’  जस्तो ‘फेसबुक एप्लिकेशन’ बनाउने कम्पनीहरुले ‘इमोशनल अत्याचार’ गरेरै आम्दानी गर्छन् भन्दा फरक नपर्ला । यसलाई अर्को वाक्यमा भन्दा, “मानिसहरुको मनोविज्ञानलाई नै ती कम्पनीहरुले ‘क्यास’ गर्छन्” । ‘फेसबुक एप्लिकेशन’ मा देखिने विज्ञापनहरु बाट ‘जिङ्ग’ जस्ता कम्पनी धनि भएका होइनन्, न कुनै ‘ब्यानर’ वा ‘ग्याजेट’ राखेर नै ! फे

अर्थमन्त्री सँग गम्भिर मतभेद हुँदै राजिनामा दिएका सचिव रामेश्वर खनाल को बारेमा कुरा गर्न अस्ति बसेको मन्त्रीपरिषद को बैठकले देश को अर्थतन्त्र सुधार्न फेसबुक को नेपाली भर्सन ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको छ ।   पाँच सय ‘मिलियन’ भन्दा धेरै प्रयोगकर्ताहरु भएको फेसबुक, विश्व मै सबैभन्दा धेरै हेरिने गुगल पछिको दोस्रो ठूलो साइट हो । हालै को तथ्याङ्क अनुसार नेपाल मा चाँही “फेसबुक” सबैभन्दा धेरै हेरिने साइट हो भने सबैभन्दा धेरै हेरिने दोस्रो साइट ‘गुगल’ हो । तथ्याङ अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् । सिएनएन को How much is Facebook really worth? भन्ने लेख अनुसार फेसबुकलाई  ६५ अर्ब डलर (नेपालीमा ४७.४५ खरब रूपैयाँ; फेसबुकभन्दा हाम्रो देशको वार्षिक बजेट १५ गुणा गरिब छ )  को साइट आँकिएको छ । त्यस्तै टेक्नोलोजी साइट ‘टेकक्रन्च’ ले  फेसबुकलाई याहु र इवे भन्दा धनी साइट को रुपमा चित्रण गरेको छ । (हेर्नुहोस् तलको चार्ट, स्रोत: टेकक्रन्च)   नेपाल का ‘इन्टेलिजेन्स’हरुले फेसबुक का बारे

केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको  २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले  फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति  आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब  ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनाम

In a latest edition BBC says “there is a new blast at Fukushima nuclear plant”   And in addition an experts on BBC says, “A disaster on the scale of Chernobyl in the 1980s is highly unlikely because the reactors are built to a much higher standard and have much more rigorous safety measures.” NOT TRUE ! “BBC FLASH NEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” But here is the latest story that hit an Internet after the damaging earthquake and Tsunami hit Japan on last Friday. Hoax called, “BBC FLASHNEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” is doing the round in an internet. The news spread out about the potential meltdown of Japan’s nuclear reactor in Fukushima due to the strong earthquake. BBC just said, “ Japan earthquake: New blast at Fukushima nuclear plant ” but some spammers were exaggerating this news. And now hoax called “BBC FLASHNEWS” is doing the round in an internet. People are posting this ‘f

३-४ वर्ष अघिसम्म सिमित व्यक्ति का हातमा हुने मोवाइल फोन, अहिले प्राय: सबै नेपाली को पहुँच मा पुगिसकेको छ । ईमेल हेर्न र च्याट गर्न साइवर धाउने जमातहरु अहिले आफ्नै मोबाइल बाट संसार नियालीरहेकाछन् । नयाँ कम्पनीहरु को आगमन सँगै कम्पनीहरु विच बढ्दो प्रतिस्पर्धाका कारण, नेपालीहरुले सस्तो मा इन्टरनेट सेवा उपभोग गर्न पाएका छन् । ती अधिकांश मोबाइल प्रयोगकर्ताहरु फेसबुक मा रमाइरहेका भेटिन्छन् । आफ्ना हरेक गतिविधिहरु अपडेट गरिरहेका हुन्छन् । हालै को तथ्यांक अनुसार नेपाल मा सबैभन्दा धेरै “ फेसबुक ” साइट हेरिन्छ भने दोस्रो मा “ गुगल ” । विश्वभरी नै चर्चा मा रहेको फेसबुक को नेपाल मा पनि चर्चा हुनु र प्रयोग हुनु कुनै नौलो कुरा त होइन । हामीले हल्काफुल्का रुपमा लिइरहेको फेसबुक विश्वप्यापी भइसकेको छ । अब फेसबुक र ट्विटर जस्ता साइटहरु ‘हाइ’ र ‘हेल्लो’ भन्ने अनि फोटो र भिडियो हेर्ने साइटहरु मात्र रहेनन् । फेसबुक र ट्विटर त आमनागरिक को जिवनशैली बनिसकेको छ । फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल का साइटबाट नै ट्युनिसिया, इजिप्ट लगायत देशमा आन्दोलन सुरु भएको थियो । पहिले नोकिया को ‘ब्ल्याक एन्ड व्हाइ

केही महिना ‘सोसल नेटवर्क’ चलचित्र मा चित्रित गरिएका फेसबुक का सह-संस्थापक मार्क जुकरवर्ग को जिवनलाई अहिले ‘कमिक बुक’ को रुपमा प्रकाशन गरिएको छ । मार्क जुकरवर्ग को जिवनी मा आधारित ४८ पेज को  ‘कमिक बुक’  क्यानेडा को ‘ब्लुवाटर प्रोडक्सन’ नामक ‘कमिक’ कम्पनी ले आज सार्वजनिक गरेको हो । फेसबुक जस्तो, सामाजिक सञ्जाल को निर्माण गरेर, चर्चा को शिखर मा रहेका मार्क को ‘कमिक’ को शब्द पत्रकार ‘जेरोम मेइडा’ ले लेखेका हुन् भने चित्र ‘साल फिल्ड’ नामक कलाकार ले बनाएका हुन् । “अहिले का जमाना का सफल तथा कान्छो धनी व्यक्ति का रुप मा चित्रित मार्क को जिवन, सायदै धेरैले बुझेका छन्, उनको जिवन अचम्म खालको छ” भन्दै कमिक का शब्द लेख्ने पत्रकार मेइडा ले मार्क को ‘कम्प्लेक्स’ देखिने जिवन लाई कमिक मा उतार्न खोजिएको बताएका छन् भनेर सोसल मिडिया साइट मासवेल ले लेखेको छ । जति हामीले मार्क को बारेमा सुनेका छौँ, उनको सफलता को कथा पढेका छौँ तर त्यति नै फरक किसिम ले हामीले बाहिरी दुनिँयाले थाहा नपाएको कुरा लेखेका छौँ, लेखक मेइडा ले भनेका छन् । लेखक मेइडा भन्छन्, “सही या गलत थाहा छैन, तर मार्क ले धेरै सँग नराम्रो

अन्तत: २५ जनवरी देखि इजिप्ट मा सुरु भएको आन्दोलन १८ दिनपछि टुङ्गिएको छ । १८ दिन को लगातार को आन्दोलन पछि, बाध्य भएर उपराष्ट्रपति ओमार सुलेमान ले घोषणा गरे, राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिएर सत्ता आर्मीलाई हस्तान्तरण गरिएको छ । उक्त घोषणा सँगै इजिप्ट का जनता को आन्दोलन टुंगिएको छ भने, देशमा मात्र नभइ फेसबुक , ट्विटर र यु्ट्युब जस्ता साइटमा विजय उत्सव मनाइरहिएको छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा वेवसाइट, ब्लग र युट्युब जस्ता साइटहरु को कति सम्म शक्ति हुँदो रहेछ, इजिप्ट मा भएको आन्दोलन ले देखाएको छ । सबैलाई थाहा नहुन सक्छ तर फेसबुकमा एउटा ग्रुप को निर्माण गरेर इजिप्ट मा आन्दोलन को शंखघोष गरिएको थियो । ट्युनिसिया मा महिना दिन अघि भएको आन्दोलन बाट प्रेरित हुँदै इजिप्ट का जनताहरु पनि राष्ट्रपति होस्नि मुवारक को ३० वर्षे लामो शासन को अन्त्य को माग गर्दै आन्दोलन मा होमिएका थिए । फेसबुक को ग्रुप मा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्यहरु थपिएका थिए । र तिनै ग्रुपका सदस्यहरुले पहिलो पल्ट राजधानी सहर कायरो मा आन्दोलनको सुरुवात गरेका थिए । फेसबुक बाट सुरु भएको आन्दोलन मा त