Skip to main content

Posts

Showing posts with the label Facebook

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ । ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ । ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने । “विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !” फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भए

सामाजिक सञ्जाल फेसबुक को  प्रोफाइल  पेज अब नयाँ डिजाइन मा आउँदै  छ । प्रोफाइल पेज पहिले को भन्दा सरल र राम्रो बनाइएको दावी फेसबुक ले आफ्नो अनलाइन ब्लग मा गरेको छ । फेसबुक ले आफ्नो अनलाइन ब्लग मा, नयाँ प्रोफाइल पेज मा फोटो को भरपुर उपयोग गरेको कुरा उल्लेख गर्दै, नयाँ डिजाइन राम्रो भएको दावी पनि गरेको छ । के छ नयाँ डिजाइन मा ? व्यक्तिगत विविरण, स्कुल, विश्वविद्यालय, जागिर, स्थान, जन्म मिति आदि सहित आफ्ना ट्याग भएका नयाँ फोटोहरु प्रोफाइल को सबैभन्दा माथि रहेको छ भने त्यसपछि स्टाटस अपडेट गर्ने, फोटो, भिडियो र लिंक सेयर गर्ने फेसबुक वाल रहेको छ । त्यस्तै आफ्नो फोटो हुने वाँया साइड तल ‘वाल’, ‘इन्फो’, ‘फोटो’, ‘नोट्स’ तथा ‘साथीहरु’ को ट्याव रहेको छ । त्यहीँबाट नै ‘साथी’हरुलाई विभिन्न ग्रुप मा राख्न तथा सम्पादन गर्न सकिनेछ । नयाँ फेसबुक प्रोफाइल पेज को डिजाइन अहिले को भन्दा निकै नै फरक रहेको छ । जब जब डिजाइन परिवर्तन हुन्छ, फेसबुक का प्रयोगकर्ताहरु, आफूलाई पुरानो डिजाइन फिर्ता दे’ भन्ने गर्छन् । फेसबुक ले नयाँ प्रोफाइल (नयाँ डिजाइन) त ल्याइसकेको छ, प्रयोगकर्ताहरु को प्रतिक्रिया भने

फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ । 'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला । ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल&

विगत २-३ दिन यता, फेसबुक प्रयोगकर्ताहरु को स्टाटस र वाल मा अनौठा वाक्य र शंकास्पद लिंकहरु देखिएका छन् । तर सावधान ती लिंकहरु ‘क्लिक’ गर्ने काम नगर्नुहोला । यदि तपाईले ती लिंकहरु क्लिक गरेको खण्ड मा तपाई को फेसबुक स्टाटस तथा तपाईका साथिहरु का फेसबुक वाल मा अटोमेटिक रुपमा ‘चाहिने नचाहिने’ कुराहरु ‘पोस्ट’ हुन सक्छन्, जसले तपाई को साथिहरु बिच को सम्बन्ध बिगारिदिन सक्छ ! त्यति मात्र होइन, तपाई को कम्प्युटर भाइरसले ग्रस्त हुन्छ र तपाई को फेसबुक ‘ह्याक’ हुनसक्छ । अहिले फेसबुक का स्टाटस र वालहरुमा यसप्रकार का वाक्यहरु देखिएकाछन् : माथि उल्लेख गरिएका स्टाटसहरु तथा यस्तै किसिम का अन्य स्टाटस वा वालपोष्टहरु फेसबुक मा भेट्नुभयो भने, त्यसलाई तत्काल डिलेट गरिदिनुहोला । अथवा साथीलाई त्यस्ता लिंकहरु क्लिक नगर्न भन्नुहोला र आफू पनि त्यस्ता लिंकहरु क्लिक नगर्नहोस् । प्राय: फेसबुक एप्लिकेसनहरु बाट यस्तो समस्या सबैतिर सरिहेकोले, बुझ्दै नबुझी हत्तपत्त फेसबुक एप्लिकेशनहरु नचालाऔँ । Don’t click any suspicious links which are being posted from Facebook Apps. फेसबुक प्रयोगकर्ताहरुलाई ‘क्लिक’ गरुँ

A : Accept B : Birthday C : Comment D : Delete E : Events F : Facebook / Farmville / Friend G : Group H : Home I : Invite / Ignore J : Join K : L : Like M : Message N : News Feed O : Online / Offline P : Poke / Profile Q : R : Relationship / Request S : Status T : Tag U : Update V : Video W : Wall X : Y : Z : Zuckerberg Facebook has been fashion nowadays. A newly born baby may not have their birth certificate but their parents are keen enough to make their Facebook account. The day is not far when a kindergarten child will write his/her paper like one in picture. And who says Facebook decreases students grades?  They learn a lot :)   -- by Chandan P. Gupta

नोभेम्बर १५, सनफ्रान्सिस्को मा भएको कार्यक्रम मा 'जिमेल किलर' को संज्ञा पाएको र फेसबुक को गोप्य प्रोजेक्ट भनिएको 'टिटान' अर्थात फेसबुक को ईमेल सेवा सार्वजनिक गरिँदैछ भन्ने हल्ला ईन्टरनेटमा व्यापक रुपमा फैलिएको थियो । तर सबैलाई आश्चार्यचकित बनाउँदै, फेसबुक का संस्थापक 'मार्क जुकेर्वग' ले 'फेसबुक ईमेल' नभइ सुधारिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गरे । संसारका प्रसिद्ध टेक्नोलोजी ब्लग, टेक्नोलोजी वेवसाइट र टेक पण्डितहरु को भविष्यवाणीलाई विफल पार्दै, फेसबुक ले सुधारिएको र नयाँ कुराहरु थपिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गर्यो । ईमेल सेवालाई, फेसबुक म्यासेज ले विस्थापित गरिरहेको र 'गुगल र फेसबुक' बिच 'डाटा' आदानप्रदान को सन्दर्भमा 'शितयुद्ध' चलिरहेको अवस्थामा, 'फेसबुक' ले 'जिमेल किलर' को संज्ञा पाएको ईमेल सेवा सुरु गर्न लाग्दैछ भन्ने धेरै को बुझाइ थियो ।(हामी ले केही दिन अघि लेखेका थियौँ - फेसबुक को ईमेल सेवा सोमवार देखि आउने ) सुधारिएको भनिएको 'फेसबुक म्यासेजिङ सिस्टम' मा केही नयाँ कुर

फेसबुक ले भोलि सोमबार एक विशेष कार्यक्रम का बिच फेसबुक ईमेल को घोषणा गर्ने आशंका गरिएको छ । ‘टिटान’ नाम दिइएको भनिएको फेसबुक को ईमेल सेवालाई टेक्नोलोजी ब्लग तथा साइटहरुले ‘जिमेल किलर’ को संज्ञा दिएका छन् । हालको समय मा गुगल र फेसबुक का बिच देखिएको दौड तथा दुरी ले गर्दा, ‘जिमेल किलर’ को रुप मा फेसबुक को ईमेल सेवालाई प्रचार गरिएको छ । अधिकांश प्रयोगकर्ताले जिमेललाई अहिले सम्म को राम्रो ईमेल सेवा मान्दै आएकाछन् । इन्टरनेट मा प्रचार गरिएजस्तै, फेसबुक ले आफ्नो ईमेल सेवा सुरु गर्ने हो भने, यसको धेरै मार जिमेललाई पर्ने देखिन्छ, भनेर टेक्नोलोजी ब्लगहरु ले उल्लेख गरेकाछन् । हुन त अहिले कै स्थिति मा पनि, ईमेललाई केही हदसम्म, फेसबुक मेसेज ले विस्थापन गरिसकेको छ । हिजोआज धेरै जसो साथीभाइ बिच, सुचना आदान प्रदान फेसबुक मेसेज बाट नै हुने गरेको छ । सबैभन्दा, राम्रो फोटो प्रणाली भएको, राम्रो ‘इभेन्ट’ प्रणाली भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा उत्कृष्ट हुने निर्क्यौल टेक पण्डितहरुले गरेकाछन् । फेसबुक ले ‘सर्च’, अनलाइन विज्ञापन,फोटो, ईभेन्ट, ईमेल आदि सबै क्षेत्रमा हात हाल्दै गर्दा

फेसबुक मा जोडिएर आएको शब्द, ‘बुक’, फेसबुक ले आफ्नै पेवा बनाएछ ! हिजो देखि इन्टरनेट मा फेसबुक  को पेवा ‘बुक’ को बारे को चर्चा आक्कासिएको छ । कुरा हो,  ठूलो ‘फेसबुक’ ले  सानो ‘टिचबुक’ माथि गरेको आक्रमण ! आफ्नो ‘बुक’ को सिको गर्दै, ‘टिचबुक’ साइट ले, नाम नै ‘टिचबुक’ राखेको भन्दै, फेसबुक ले निहुँ खोजेको छ ! फेसबुक ले  निहूँ  खोजेको मात्र हैन, ‘टिचबुक’ माथि मुद्दा नै हालिसकेको छ ! विभिन्न साइट र ब्लगहरु ले लेखिरहेका छन् : Teachbook is currently being sued by Facebook for trademark infringement — yes, the "book" part of its name. फेसबुक, अधिकांश मानिस को समय लुट्ने वेवसाइट हो भने, टिचबुक शिक्षकहरु को अनलाइन कम्युनिटि हो, जसले शिक्षकहरु को समय राम्रो काम मा खर्च गराउँछ । टिचबुक मार्फत शिक्षकहरु, सामुहिक रुपमा भेला भएर छलफल गर्छन्, कक्षा प्लान आदि बनाउँछन् । तर सोसल नेटवर्किङ साइट फेसबुक ले क्यालिफोर्निया को अदालतमा हिजो टिचबुक विरुद्ध ‘बुक’ को विषयमा मुद्दा दर्ता गरेको छ । हेर्दा, सामान्य लाग्ने घटना छ ! कपिराइट को प्रसंग नि उठ्ला तर के ‘बुक’ भन्ने कुरा, ‘फेसबुक’ को पेवा हो र ? के

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ । हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् । पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् । केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ । एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभु

विश्वकपको १९ औं संस्करण सुरु भइसकेको छ, दक्षिण अफ्रिका मा ! अनि सबै को ध्यान त्यही फुटबल मै तानिएको छ । खेलप्रेमी को त कुरै छाडौँ, कहिले खेल नहेर्नेहरु पनि World Cup भनेर उत्साहित भएका छन् । फुटबल खेल हुँदैछ, दक्षिण अफ्रिका मा, तर हामीहरु यहाँ फेसबुक मा मज्जा ले नै तातेका छौँ, मानौँ कि खेल हामी नै खेल्दैछौँ, या मानौँ नेपाल नै खेल्दैछ विश्वकप मा । यसो भन्दै मा हाम्रो उत्साहलाई नराम्रो भन्न खोजेको भने पक्कै होइन । सारा संसार भर नै सबैको हालत हाम्रो जस्तै भएको छ होला भन्ने कुरा हामीलाई अनुमान गर्न कुनै गाह्रो छैन । हुन पनि खेल को महाकुम्भ को चर्चा नगर्ने त को नै होला र ? क्लास मा साथिहरु विभिन्न देशका जर्सीहरु लाएर आउन थालेकाछन् । अनि फेसबुक मा पनि, सबैले आफ्ना प्रोफाइल फोटो मा, आफ्नो टिम समर्थित झण्डा वा जर्सी राखेका छन् ।  त्यति मात्र होइन, विश्वकप सम्बन्धि स्टाटस नलेख्ने मान्छे भेट्न निकै मुस्किल नै छ । कोही लेख्छन् अर्जेन्टिना त कोही ब्राजिल, अनि कसैले जर्मनी त कसैले पोर्चुगल लेखिरहेकाछन् भने केहीले चाँहि स्पनेलाई नि कम नआँक्न सुझाव दिइरहेकाछन् । सबै को आ-आफ्नै टिम छन्, अनि सबै आफ्नै

यदि मैले, फेसबुक मा ‘गाँजा’ खेति फस्टाउँदैछ भन्दा सायद यहाँहरुलाई पत्याउन गाह्रो पर्ला तर यथार्थ यही हो कि, फेसबुक मा ‘गाँजा’ खेति फस्टाइरहेको छ । चाहे तपाई पत्याउनुस् या नपत्याउनुस तर ‘आर फ्लोएड’ नामक कम्पनी ले फेसबुक मै गाँजा (Marijuana) खेति गरिरहेको छ, र फेसबुक प्रयोगकर्ताहरुलाई पनि गाँजा खेति गर्न उक्साइरहेको छ । साँच्चै हो, अहिलेसम्म करिब ५ लाख फेसबुक प्रयोगकर्ताहरु निर्धक्क गाँजा खेति गरिरहेकाछन् । फार्मभिल्ला लगायत खेलहरु बाट प्रभावित भइ ‘आर फ्लोएड’ कम्पनी ले फेसबुक को लागि ‘पटफार्म’ भन्ने एप्लिकेशन बनाएको छ, जसमा गाँजा खेति गर्ने काम धमाधम भइरहेको छ । धेरै नसोच्नुहोस्, यो गाँजा खेति गर्न तपाईसँग जमिन चाहिँदैन, मात्र तपाईसँग इन्टरनेट र फेसबुक चाहिन्छ । आफ्नो समय आफूलाई बढि भइरहेको छ भने, फेसबुक मा तपाईले पनि गाँजा खेति गर्नसक्नुहुन्छ । वास्तव मा यो गाँजा खेति वास्तविक खेति भने होइन । फेसबुक को “फार्मभिल्ला” खेलमा मा जसरी भर्चुअल अन्न उब्जाइन्छ, त्यसरी नै ‘पटफार्म’ मा पनि भर्चुअल रुपमा गाँजा खेति गरिन्छ । ‘गाँजा’ खेति को बारेमा स्पस्ट पार्दै ‘आर फ्लोएड’ कम्पनीले भनेको छ, “ह

पाकिस्तानी सरकार ले पाकिस्तान मा ‘ फेसबुक र युट्युव ’ माथि प्रतिबन्ध लगाएको छ । ती दुवै वेवसाइटहरु पाकिस्तान मा अनिश्चितकाल का लागि बन्द गरिएका छन् । फेसबुक को Everybody Draw Mohammad Day — May 20 नामक पेज मा मुस्लिमहरु का आस्था का केन्द्र तथा ईश्वर का दुत ‘मोहम्मद’ को कार्टुन बनाएर, ‘मोहम्मद’ र सम्पुर्ण मुस्लिम समुदाय को धार्मिक आस्था माथि प्रहार गरिएको भन्दै, पाकिस्तान मा प्रदर्शन चर्केपछि, पाकिस्तानी सरकार ले बुधबार देखि फेसबुक माथि प्रतिबन्ध लगाएको हो । उक्त फ्यान पेज मा हालसम्म करिब १० हजार वटा मोहम्मद का विकृत कार्टुनहरु राखिएको छ । मोहम्मद माथि आस्था राख्ने जो कोहीलाई ती कार्टुनहरु सह्य नहुने किसिम का रहेका छन् । अघिल्लो दिन, त्यो पेज मात्र बन्द गरिएको भएपनि बुधबार दिउँसो देखि भने, फेसबुक पुर्ण रुपमा बन्द गरिएको थियो । त्यस्तै, पाकिस्तानी सरकार ले बिहिबार देखि भिडियो साटिने साइट ‘युट्युब’ लाई पनि अनिश्चितकाल का लागि पाकिस्तान मा प्रतिबन्ध लगाएको छ । युट्युब बन्द गर्नु को कारण, स्पस्ट रुपमा नखुलाइएको भएपनि, युट्युब मा ‘आपत्तिजनक’ भिडियोहरु रहेका कारण युट्युबलाई प्रतिबन्ध लगा

फेसबुक मा हिजो आज अचम्म लाग्ने किसिम का हल्लाहरु फैलिएका छन् । केही दिन अघि सम्म, फेसबुक मा बाहिर का देशमा यस्तो र उस्तो भएर सुनिरहेका हामीहरु, अहिले हाम्रै देश नेपाल मा गृहमन्त्रालय ले फेसबुक प्रयोगकर्तालाई सजग रहन निर्देशन दिएको हल्ला चलेको छ । हल्ला हल्लै नै हो, खै फेसबुक बाहेक यो कुरा अन्त कहिँ सुनिएको छैन । हल्ला पनि आफैँमा रमाइलो छ, हल्ला मा भनिएको छ, “हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५ दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।” यही माथि उल्लेखित व्यहोरा को हल्ला मा फोटो मा ट्याग गर्नेहरु को संङ्ख्या बढ्दो छ । थाहा छैन, यो हल्ला कसले फैलायो, म यो कुरा गृह मन्त्रालय ले निकालेको विज्ञप्ति हुँदै होइन भन्ने कुरा मा विश्वस्त छु । मन्त्रि भिम रावल को हस्ताक्षर सहित को फोटो

माओवादी को आमहड्ताल लम्बिँदै जाँदा, फेसबुक जेनेरेसन ले, फेसबुक कै माध्यमबाट बन्द को विरोध मा आवाज उठाइरहेकाछन् । यही फेसबुक कै आवाजहरु, टिभि, रेडियो, पत्रपत्रिका, वेव र ब्लग मार्फत अधिकांशको कान सम्म पुगिरहेको छ । फेसबुक मा, बन्द को विरोधमा ग्रुप  र फ्यान पेजहरु प्रशस्तै खोलिएका छन् । फेसबुक बन्दकर्ताहरुलाई गाली गर्न र विरोध गर्न को लागि मात्र सिमित रहेन । आज वसन्तपुर मा भएको शान्ति र्याली मा फेसबुक बाटै धेरै ले खबर थाहा पाए । फेसबुक मार्फत नै, आफ्नो उपस्थिति को मात्र जानकारी दिएनन्, फेसबुक जेनेरेसन राष्ट्रिय झन्डा फहराउँदै वसन्तपुर पुगे । मोबाइल, ल्यापटप मार्फत पलपल का गतिविधिहरु संसार सामु अपडेट गरिरहे । यो पक्कै पनि एउटा भिन्न र सफल अभ्यास थियो, नेपाली नेटिजनहरु को, शान्ति को पक्षमा । सोसल नेटवर्किङ साइट फेसबुक र ट्विटर मा बन्द का विरुद्ध आवाजहरु गुन्जिरहेकाछन् । पलपल मा नयाँ ग्रुप र फ्यान पेजहरु बनिरहेकाछन् । अनि प्राय: सबै नेपाली फेसबुक प्रयोकर्ता को फेसबुक मा कतै न कतै यही बन्द ले ठाउँ पाएको छ । मैले देखेको पेजहरु मध्ये मा कमैले मात्र बन्द को समर्थन गरेका छन्, अधिकांश नेटिजनहरु ब

सोसल नेटवर्किङ साइट फेसबुक , अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुराला‌ई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ । दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को  मा  ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगल लाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत ! के भनियो 'Facebook f8 Developer Conference'  मा ?   फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । नेपाल मा अहिले सम्म, यस किसिम को खबर या भनौँ कसैको  मृत्यु को खबर इन्टरनेट मा फैलिएको थिएन तर कोइराला भने अपवाद का रुप मा इन्टरनेट मा छाइहाले । यति चाँडो इन्टरनेट मा फैलनु चानचुने कुरा पक्कै पनि होइन, यसबाट प्रस्ट हुन्छ कि, नेपालीहरु कोइराला प्रति कति उत्सुक थिए । सर्च मा अधिपत्य जमाएको गुगल ले पनि भन्यो, ‘ त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ । निधन को खबर फैलने बित्तिकै एकैपटक त्यति धेरै मात्रा मा खोजि गरिएका व्यक्ति बने, कोइराला गुगल मा । गुगल युएस ट्रेन्ड ले यो कुरा को पुष्टि गरिसकेको छ । यसबाट प्रस्ट थाहा हुन्छ, उनको लोकप्रियता चानचुने थिएन, अनि सारा संसार भर का नेपाली जान्न उत्सुक थिए आफ्ना नेता को बारेमा । फलस्वरुप, नागरिक न्युज, नेपाल न्युज, ईकान्तिपुर आदि साइट त डाउन नै भए, भिजिटर को चाप थाम्न नसकेर । नेपाली ईतिहास मै, यस्तो कहिले भएको थिएन । कोइराला को निधन, अनि शवयात्रा मा देखिएको मानवसागर ले पनि, कोइराला को महत्व प्रष्

तपाई ब्लग वा साइट मा भिजिटर बढाउने सोच्दै हुनुहुन्छ भने, Inrev Systems को Buzzom.Com उपयोगी हुनसक्छ । Inrev Systems India को एउटा वेवसाइट buzzom.com मा Twitter Account को सहयोग मा आफूलाई रजिष्टर गरेर, आफ्नो Feed लाई रजिष्टर गर्न सक्नुहुन्छ । बढ्दै गएको प्रतिस्पर्धा सँगै, सबैलाई आफ्नो Traffic बढाउने सोच हुन्छ । तपाई को Twitter Account तथा ब्लग छ भने, buzzom.com तपाई को लागि धेरै नै उपयोगी हुनेछ । Buzzom.com को Feed Management मा गएर आफ्नो Feed  लाई म्यानेज गर्नसक्नुहुन्छ । तपाई ले त्यहाँ Feed URL, Post Cycle आदि मिलाउन सक्नुहुन्छ, बाँकि काम Buzzom ले गरिदिन्छ । तपाई ले आफ्नो ब्लगको पोष्टहरु लाई Cycle मा घुमाउन पनि सक्नुहुन्छ, कुन पोस्ट कति अन्तराल मा ट्वीटर तथा फेसबुक मा प्रकाशित गर्ने भनेर तपाई ले Buzzom मा मिलाउन सक्नुहुन्छ । अत: अटोमेटिक रुप मा तपाई का ब्लग पोष्टहरु Twitter तथा Facebook मा प्रकाशित हुन्छन् । फलस्वरुप, तपाई को ब्लग मा भिजिटर बढ्नेछन्, साथै nxy.in मा रजिष्टर गरेर, ट्वीट गर्दै केही हदसम्म पैसो कमाउन पनि सक्नुहुनेछ । Buzzom मा तपाई ले एक भन्दा बढि Feed हरु पनि

हुन त Facebook को डिजाइनलाई खासै खोट लाउेन ठाउँ त छैन तर पनि सँधै एकैनास को लेआउट देख्दा देख्दा दिक्क लाग्न सक्छ । सँधै सेतो र निलो भएको क्लासिक थिम कति चलाउँ झैँ लाग्दो हो । अझ जिमेल मा थिम फेरि फेरि जिमेल चलाउने गरिएको छ भने त फेसबुक को यो एकैनास को थिम देख्दा पक्कै पनि दिक्क लाग्दैछ होला । यही फेसबुक को थिम चेन्ज गर्ने, 100% working नाम भएका धेरै ग्रुपहरु मा पनि आफ्नो उपस्थिति जनाउनु भएको छ होला ! तर पनि प्रतिफल शुन्य नै होला । निराश नहुनुस्, आज यहाँ म फेसबुक थिम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे लेख्दैछु । फेसबुक को थिम परिवर्तन गर्नुहोस्, आफ्नो चाहना अनुसार, तर यो थिम चेन्ज गर्ने सुविधा फायरफक्स का प्रयोगकर्ताहरुलाई मात्र हो है ! फेसबुक मा आफ्नो इच्छा अनुसार को थिम राख्न निम्न कुरा गर्नुहोस् । STEP 1:  Install Firefox Add-Ons “ Stylish Add Ons” Install ‘Stylish Add-Ons” from here . Btw, This Stylish add-ons lets you easily install themes and skins for Google, Facebook, YouTube, Orkut, and many other sites. STEP 2: ‘Stylish add-ons’ has already installed in your b

ट्विटर मा कत्ति को ट्विटिनु हुन्छ, आफ्ना कुराहरु ! सायद अधिकांश लिंकहरु छोटो पारेर नै ट्विट गर्नुहुन्छ होला, हुन त ट्विटर ले bit.ly लाई आफ्नो default Url Shortener बनाएको छ । यस्तै लिंक छोटो पार्ने Url Shortener हरु को भिड मा अर्को नयाँ NXY.IN नाम को Url Shortener  थपिन आइपुगेको छ । हुन त Url Short गर्न को लागि  tinyurl.com, bit.ly,tr.im,goo.gl आदि अनगिन्ति साइटहरु छन् । तर पनि nxy.in मा विशेष त्यस्तो के छ, जसको कारण nxy.in को प्रयोग हिजो आज दिनानुदिन बढ्दै छ ? nxy.in को बढ्दो प्रयोगलाई मध्यनजर राख्दै, आज म यसकै बारेमा केही चर्चा गर्दैछु ।  InRev systems , ले निर्माण गरेको nxy.in URL Shortener ले लामो लामो url लाई छोटो पारिदिन्छ । यसरी छोटो पारिएको URL ट्विटर, फेसबुक आदि जस्ता सोसल नेटवर्किङ साइटहरुमा सेयर गर्न सकिन्छ । NXY.IN मा गएर जो कोही ले लामा लामा भद्दा url हरुलाई छोटो पार्न सक्छन् । url short गर्ने त्यति धेरै साइट छन् तर किन यही नै भन्ने प्रश्न पनि उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविक पनि हो । अत: nxy.in नै किन भन्ने कुरा तल का केही बुँदा मा InRev systems का CEO, Bhupendra