Skip to main content

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को आतंक #facebook

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । Facebook-logo

झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ ।

ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ ।

ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने ।

“विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !”

फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भएका कारण हामी तपाईहरुलाई के आग्रह गर्छौँ भने, ती खबरहरु सरासर झटा हुन् । अर्वौ मा व्यापार गरिरहेको साइट र ५ सय मिलियन प्रयोगकर्ताहरु भएको साइट बन्न हुँदैन । हल्ला को पछि लागेर, फेसबुक बन्द हुँदैछ भन्ने कुरा नपत्याउनु हुन आग्रह गर्दछौँ । केही दिन अघि मात्रै पनि ‘गोल्डम्यान’ नामक व्यक्ति ले ५ सय करोड डलर, फेसबुक मा लगानी गरेका छन् । के ५ सय करोड डलर लगानी भएको साइट, के बन्द हुन्छ भनेर तपाई विश्वास गर्नुहुन्छ ?

यस किसिम का भ्रामक खबरहरु  इन्टरनेटमा बारम्बार फैलिरहेकाछन् । खबरहरु यति सम्म भ्रामक हुन्छन् कि, केही समय पहिले ‘थ्रि-डी, ब्लु मुभी’ हेरेर महिला गर्भवति भएको वाहियात खबर फैलिएको थियो । केही दिन अघी मात्रै पनि, एक हलिउड कि स्टार को मृत्यु भएको खबर फैलिएको थियो । केही समय पहिले सन् २०१२ मा विश्व ध्वस्त हुने भन्ने कुरा ले पनि निकै चर्चा पाएको थियो, त्यही चर्चा का कारण २०१२ नामक अंग्रेजी चलचित्र को व्यापार पनि राम्रै भयो । तर त्यो २०१२ नामक चलचित्रलाई सन् २०१० कै सबैभन्दा खराब ‘साइन्स फिक्सन’ चलचित्र मानिएको छ ।

नेपालीहरु का बिच मा मनोकामना, बमभोले, गणेश, सन्तोषी माता आदि का नाम मा पर्चा बाँढेर चलाइने हल्ला जस्तै यो पनि तल्लोस्तर को हल्ला हो । अत: भ्रामक खबर को पछाडी नलागौँ, वित्थामा हल्ला फैलाउने लिंकहरु सेयर नगरौँ र नचाहिँदो रुपमा अरुलाई ट्याग गर्ने काम पनि नगरौँ । फेसबुक सुरक्षित छ, तपाई को फोटोहरु पनि सुरक्षित नै रहनेछ, फेसबुक बन्द हुने छैन ।

Comments

  1. Being a fan of aakarpost i want all fans of aakarpost Review this blog about nepal tourism year 2011
    http://itsnepal.blogspot.com
    i wait response of aakarpost fans...for http://itsnepal.blogspot.com

    ReplyDelete
  2. yedi Mark lai facebook chalauna man na lage kasailai beche ra aananda le basna sakchha tara facebook banda huna sakdain. dhukka bhayera facebook chalayera aananda lida hunchha

    ReplyDelete
  3. फेसबुक को लोकप्रियता कम हुँदै जानेछ भन्ने खबरलाइ १ कान २ कान मैदान बनाउँदै बन्दै हुन्छ भनेर उडाएछन्, मिडिया मा ह्विप चल्न कति सजिलो छ भने अचेल ।

    ReplyDelete
  4. its great aakarpost.com , me also sure never facebook END , hi all freinds pls Reviews this Nepal tourism Blog we work hard
    my blog is http://itsnepal.blogspot.com
    pls Reviews
    i want show a blog also will be good...pls help me all blogger freind

    ReplyDelete
  5. मार्च १५ मा फेसबुक बन्द हुने चाहीँ हैन, त्यतीबेला सम्ममा फेसबुकमा २-४ वटा नयाँ फिचरहरु भने पक्कै थपिन्छन् जस्तो लाग्छ मलाई त :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post