Skip to main content

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को आतंक #facebook

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । Facebook-logo

झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ ।

ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ ।

ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने ।

“विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !”

फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भएका कारण हामी तपाईहरुलाई के आग्रह गर्छौँ भने, ती खबरहरु सरासर झटा हुन् । अर्वौ मा व्यापार गरिरहेको साइट र ५ सय मिलियन प्रयोगकर्ताहरु भएको साइट बन्न हुँदैन । हल्ला को पछि लागेर, फेसबुक बन्द हुँदैछ भन्ने कुरा नपत्याउनु हुन आग्रह गर्दछौँ । केही दिन अघि मात्रै पनि ‘गोल्डम्यान’ नामक व्यक्ति ले ५ सय करोड डलर, फेसबुक मा लगानी गरेका छन् । के ५ सय करोड डलर लगानी भएको साइट, के बन्द हुन्छ भनेर तपाई विश्वास गर्नुहुन्छ ?

यस किसिम का भ्रामक खबरहरु  इन्टरनेटमा बारम्बार फैलिरहेकाछन् । खबरहरु यति सम्म भ्रामक हुन्छन् कि, केही समय पहिले ‘थ्रि-डी, ब्लु मुभी’ हेरेर महिला गर्भवति भएको वाहियात खबर फैलिएको थियो । केही दिन अघी मात्रै पनि, एक हलिउड कि स्टार को मृत्यु भएको खबर फैलिएको थियो । केही समय पहिले सन् २०१२ मा विश्व ध्वस्त हुने भन्ने कुरा ले पनि निकै चर्चा पाएको थियो, त्यही चर्चा का कारण २०१२ नामक अंग्रेजी चलचित्र को व्यापार पनि राम्रै भयो । तर त्यो २०१२ नामक चलचित्रलाई सन् २०१० कै सबैभन्दा खराब ‘साइन्स फिक्सन’ चलचित्र मानिएको छ ।

नेपालीहरु का बिच मा मनोकामना, बमभोले, गणेश, सन्तोषी माता आदि का नाम मा पर्चा बाँढेर चलाइने हल्ला जस्तै यो पनि तल्लोस्तर को हल्ला हो । अत: भ्रामक खबर को पछाडी नलागौँ, वित्थामा हल्ला फैलाउने लिंकहरु सेयर नगरौँ र नचाहिँदो रुपमा अरुलाई ट्याग गर्ने काम पनि नगरौँ । फेसबुक सुरक्षित छ, तपाई को फोटोहरु पनि सुरक्षित नै रहनेछ, फेसबुक बन्द हुने छैन ।

Comments

  1. Being a fan of aakarpost i want all fans of aakarpost Review this blog about nepal tourism year 2011
    http://itsnepal.blogspot.com
    i wait response of aakarpost fans...for http://itsnepal.blogspot.com

    ReplyDelete
  2. yedi Mark lai facebook chalauna man na lage kasailai beche ra aananda le basna sakchha tara facebook banda huna sakdain. dhukka bhayera facebook chalayera aananda lida hunchha

    ReplyDelete
  3. फेसबुक को लोकप्रियता कम हुँदै जानेछ भन्ने खबरलाइ १ कान २ कान मैदान बनाउँदै बन्दै हुन्छ भनेर उडाएछन्, मिडिया मा ह्विप चल्न कति सजिलो छ भने अचेल ।

    ReplyDelete
  4. its great aakarpost.com , me also sure never facebook END , hi all freinds pls Reviews this Nepal tourism Blog we work hard
    my blog is http://itsnepal.blogspot.com
    pls Reviews
    i want show a blog also will be good...pls help me all blogger freind

    ReplyDelete
  5. मार्च १५ मा फेसबुक बन्द हुने चाहीँ हैन, त्यतीबेला सम्ममा फेसबुकमा २-४ वटा नयाँ फिचरहरु भने पक्कै थपिन्छन् जस्तो लाग्छ मलाई त :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post