Skip to main content

फेसबुक बाटै बन्द को विरोध [Friday Tech]

माओवादी को आमहड्ताल लम्बिँदै जाँदा, फेसबुक जेनेरेसन ले, फेसबुक कै माध्यमबाट बन्द को विरोध मा आवाज उठाइरहेकाछन् । यही फेसबुक कै आवाजहरु, टिभि, रेडियो, पत्रपत्रिका, वेव र ब्लग मार्फत अधिकांशको bandaकान सम्म पुगिरहेको छ ।

फेसबुक मा, बन्द को विरोधमा ग्रुप  र फ्यान पेजहरु प्रशस्तै खोलिएका छन् । फेसबुक बन्दकर्ताहरुलाई गाली गर्न र विरोध गर्न को लागि मात्र सिमित रहेन । आज वसन्तपुर मा भएको शान्ति र्याली मा फेसबुक बाटै धेरै ले खबर थाहा पाए । फेसबुक मार्फत नै, आफ्नो उपस्थिति को मात्र जानकारी दिएनन्, फेसबुक जेनेरेसन राष्ट्रिय झन्डा फहराउँदै वसन्तपुर पुगे । मोबाइल, ल्यापटप मार्फत पलपल का गतिविधिहरु संसार सामु अपडेट गरिरहे । यो पक्कै पनि एउटा भिन्न र सफल अभ्यास थियो, नेपाली नेटिजनहरु को, शान्ति को पक्षमा ।

सोसल नेटवर्किङ साइट फेसबुक र ट्विटर मा बन्द का विरुद्ध आवाजहरु गुन्जिरहेकाछन् । पलपल मा नयाँ ग्रुप र फ्यान पेजहरु बनिरहेकाछन् । अनि प्राय: सबै नेपाली फेसबुक प्रयोकर्ता को फेसबुक मा कतै न कतै यही बन्द ले ठाउँ पाएको छ । मैले देखेको पेजहरु मध्ये मा कमैले मात्र बन्द को समर्थन गरेका छन्, अधिकांश नेटिजनहरु बन्द को विपक्ष मा छन् ।

Peace Rally to oppose Nepal Bandh - STILL ON भन्ने फेसबुक ईभेन्ट पेज मा हालसम्म २७ सय भन्दा बढि ले आफ्नो उपस्थिति जनाइसकेकाछन् । उनीहरुले त्यहाँ उपस्थिति मात्र जनाएनन्, काठमाडौँ मै हुने नेटिजनहरु सबै र्याली मा उपस्थित भए । त्यस्तै FNCCI, Nepal chamber of commerce, PAPAD & other non political organizations are going to organize a peace really to oppose the Bandh on May 7th Friday from basantapur at 9AM. Please joing the rally with your family and friends to show support. भन्ने मा १४ सय बढि ले आफ्नो उपस्थिति जनाएकाछन् भने Peace Rally नाम को ईभेन्ट मा करिब ३०० जना जति ले आफ्नो उपस्थिति जनाएकाछन् । फेसबुक को माध्यमबाट नेपाल मा पनि, यसरी हजारौँ ले सहभागिता जनाउनु ले नेपाली नेटिजनहरु फेसबुक मा झुन्डेर बस्ने मात्र नभइ, परिआउँदा सडक मै ओर्लिँदारहेछन् भन्ने कुरा प्रस्ट भएको छ ।fbस्मरणीय रहोस्, यी कुराहरु रमाइलो या टाइम पास को लागि गरिएको थिएन, फेसबुक मा सहभागिता जनाउने अधिकांशहरु वसन्तपुर मा पैदलै हिँडेर उपस्थित भएका थिए । माइक्रोसफ्ट नेपाल का एमएसपिहरु पनि, माइक्रोसफ्ट नेपाल को अगुवाइ मा शान्ति र्याली मा उपस्थित भएका थिए । शान्ति र्याली मा सहभागीहरु ले नेपाल को रा्ष्ट्रिय झण्डा फहराइरहेका थिए । सबै जना स्वतस्फुर्त रुप मा र्याली मा सहभागि भएका थिए ।

फेसबुक का पेज तथा ग्रुपमा नेटिजनहरु आ-आफ्ना रिस पोखिरहेकाछन् । सरकार र माओवादी दुवै देखि रुष्ट देखिएपनि, मुख्यत: सबैको आवाज बन्द को विरुद्ध केन्द्रित रहेको छ । बधाइ तथा धन्यवाद छ, नेपाली फेसबुक जेनेरेसनलाई !!! बन्द को विरोध फेसबुक बाटै !!!

ट्विटर मा ट्विट गरिएका आज का शान्ति र्याली का केही फोटोहरु:

Peace rally in Kathmandu Basantapur  Peace rally in Kathmandu Basantapur   Peace rally in Kathmandu Basantapur Madan Krishna n Haribansha wonderfully entertaining huge crowd of peace lovers in Basantapur  really huge, ppl at peace rally excited, clapping, hooting, moving slow. Whole New Road filled, extends 2 army ground

बसन्तपुरमा भएको शान्तिसभाका सहभागी। तस्बिरः चन्द्रशेखर कार्की बसन्तपुरमा भएको शान्तिसभाका सहभागी। तस्बिरः चन्द्रशेखर कार्की 1st and 2nd photo by: Ujjwal Acharya & 3rd,4th and 5th photo by: Dinesh Wagle

Comments

  1. अब त अत्ती भयो । मैले पनि ब्लगबाटै विरोध सुरु गरें ।

    छिटो जानकारी र तस्बिर सहितको अपडेटको लागि आभार !

    ReplyDelete
  2. यो पोष्ट पढुन्जेलसम्म बन्द फिर्ता हुने खबर आएको छ। भोलीदेखी आन्दोलनको स्वरूप परिवर्तन गर्छन् रे हेरू के हुन्छ ?

    ReplyDelete
  3. Facebook and SMS had helped a lot to make this rally a huge sucess i guess :)

    ReplyDelete
  4. अब त अत्ती भयो । मैले पनि ब्लगबाटै विरोध सुरु गरें ।

    छिटो जानकारी र तस्बिर सहितको अपडेटको लागि आभार !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

My First Post on Blog

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post